Wednesday, August 5

समाचार

प्रतिनिधिसभा निर्वाचन- एक हजार ६१ उजुरी फर्छ्यौट
प्रशासन, समाचार

प्रतिनिधिसभा निर्वाचन- एक हजार ६१ उजुरी फर्छ्यौट

नेपालअखबार, काठमाडौँ ।  जिल्ला आचारसंहिता अनुमगन समिति र अनुगमन अधिकृतसमक्ष कूल एक हजार ७६ उजुरी परेको छ। निर्वाचन आयोगका अनुसार प्राप्त भएका उजुरीमध्ये एक हजार ६१  अर्थात् ९९ प्रतिशत फछ्र्यौट भएको छ। प्रदेशगत रूपमा सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा २४४ उजुरी परेका छन भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ९६ उजुरी परेका छन्। प्राप्त उजुरीमध्ये ९७ लिखित र ९७९ टेलिफोन, एसएमएसलगायत अन्य स्रोतबाट प्राप्त भएका थिए। प्राप्त उजुरीमध्ये सबैभन्दा धेरै तोकिएको आकारभन्दा ठूला तुल ब्यानर र झण्डा प्रयोग गरेको रहेको आयोगले जनाएको छ। यस्तै, सामाजिक सञ्जालको दुरुपयोग गरेको, डिजे माइक बजाएर ध्वनि प्रदूषण गरेको उजुरी पनि परेको छ। त्यस्तै, शिक्षक तथा कर्मचारी र स्थानीय जनप्रतिनिधि प्रचारप्रसारमा हिँडेको, सार्वजनिक स्थान र सवारीसाधनमा झण्डा टाँगेको, अनुमति नलिएका सवारी साधन प्रयोग गरेको लगायतका छन्।...
रोल्पाबाट प्रचण्डले चुनावी अपिलसहित सार्वजनिक सम्बोधन गर्ने
राजनीति, समाचार

रोल्पाबाट प्रचण्डले चुनावी अपिलसहित सार्वजनिक सम्बोधन गर्ने

नेपालअखबार, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रोल्पाबाट चुनावअघिको अन्तिम सार्वजनिक सम्बोधन गर्ने भएका छन् । रोल्पा सदरमुकाम लिबाङस्थित टुँडिखेलमा शनिबार उनले २१ फागुनको चुनावका लागि सार्वजनिक अपिल गर्ने भएका हुन् । चुनावअघि देशभर कुनै ठूला कार्यक्रम नरहेका र रोल्पाबाट सार्वजनिक सन्देशसहित सम्बोधन गर्ने पूर्वप्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । प्रचण्डको सम्बोधनलाई भव्य बनाउन पार्टीले व्यापक तयारी गरेको जिल्ला इन्चार्ज राजबहादुर बुढाले बताए । उनकाअनुसार शनिबार लिबाङमा करिब १५ हजार मानिसले प्रचण्ड सहभागी कार्यक्रमलाई प्रत्यक्ष अवलोकन गर्ने छन् । ‘नेपाली क्रान्तिका नायक प्रचण्डले रोल्पाबाट चुनावी सम्बोधन गर्नु आफैंमा अर्थपूर्ण हुनेछ,’ उनले भने, ‘रोल्पाबाटै निर्णायक अवस्थामा सम्बोधन गर्नु रोल्पालीप्रतिको उहाँको सम्मान पनि हो भन्ने हाम...
न नाराबाजी, न जुलुस — चुल्होछेउबाट सुरु भएको सुनसरी–२ को फरक चुनाव
राजनीति, समाचार

न नाराबाजी, न जुलुस — चुल्होछेउबाट सुरु भएको सुनसरी–२ को फरक चुनाव

नेपालअखबार, इनरुवा । सुनसरी–२ मा चुनावी माहोल तातिएको छ । सडकमा रोड–सो, चोकमा कोणसभा, झन्डा–ब्यानर र नाराबाजी—यी सबै चुनावी दृश्य सामान्य जस्तै लाग्छन् । तर यही भीडभाडको बीचमा एक जना उम्मेदवार भने फरक बाटो समातेका छन् । स्वतन्त्र उम्मेदवार इकवाल अहमद अहिले आफ्नो निर्वाचन क्षेत्रका घरघरमा पुग्ने पहिलो उम्मेदवारको रूपमा चर्चा कमाइरहेका छन् । गौतमपुरदेखि इनरुवा नगरपालिका र रामधुनी नगरपालिकाभित्रका बस्तीहरूमा उनी एक्लै पुगिरहेका छन् । न ठूलो टोली, न माइक, न नाराबाजी । चुपचाप घरको आँगन छिर्ने, भान्सासम्म पुग्ने, मतदाताको जिज्ञासा सुन्ने र उत्तर दिने—उनको चुनावी शैली यस्तै छ । उनी आफैं दाबी गर्छन् कि करिब २० हजार मतदातासम्म प्रत्यक्ष पुगेका छन् । “चुल्होमै आएर मत माग्नुभयो” जल्पापुरकी नबेदा खातुनको अनुभव इकवालको अभियानको प्रतिनिधि उदाहरण हो । “म भात पकाउँदै थिएँ । एक जना युवा स्वतन्त्र उम्मे...
नेपालमा आएर काम गर्ने विदेशीको संख्या प्रत्येक वर्ष बढ्दो
समाचार, समाज

नेपालमा आएर काम गर्ने विदेशीको संख्या प्रत्येक वर्ष बढ्दो

नेपालअखबार, काठमाडौँ । नेपालमा आएर काम गर्ने विदेशीको संख्या प्रत्येक वर्ष बढेर गएको छ । श्रम, रोजगार तथा व्यवसायजन्य सुरक्षा विभागकाअनुसार चीन, भारत, अमेरिका, बेलायत, क्यानडासहित ७४ देशका नागरिकले श्रम इजाजत लिएर निर्माण, स्वास्थ्य, हबाइ उडानसहितका क्षेत्रमा काम गरिरहेका छन् । विभागकाअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा ८ सय ९२ जना विदेशीले नयाँ श्रम स्वीकृति लिएका थिए भने १ हजार ६ सय ६७ जनाले श्रम नविकरण गराएका थिए । यसरी कुल २ हजार ५ सय ५९ जना विदेशी श्रम इजाजत लिएर नेपालमा कार्यरत छन् । चालु आर्थिक वर्षको माघ मसान्तसम्म ३ सय ७३ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् भने ७ सय ९३ जनाले नविकरण गराएका छन् । यस अवधिमा १ हजार १ सय ६६ जना विदेशीले श्रम इजाजत प्राप्त गरेका छन् । भारतबाट नेपालमा आएर विभिन्न क्षेत्रमा ठूलो संख्यामा काम गरिरहेका छन् तर भारतीय नागरिकले नेपालमा आएर काम गर्दा श्रम स्व...
सुनको मूल्य केही घट्यो, चाँदीको बढ्यो
अर्थ, समाचार

सुनको मूल्य केही घट्यो, चाँदीको बढ्यो

नेपालअखबार, काठमाडौँ । आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको छ भने चाँदीको मोलमा सामान्य बढोत्तरी भएको छ । बिहीबारको तुलनामा सुनको मूल्य रु ५०० ले घटेको छ भने चाँदीको मोल रु १५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १४ हजार ९०० र एक तोलाको चाँदीको मोल रु पाँच हजार ७४० कायम भएको छ । बिहीबार प्रतितोला सुन रु तीन लाख १५ हजार ४०० र एक तोला चाँदीको मोल रु पाँच हजार ७२५ निर्धारण भएको थियो । गत बुधबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १४ हजार ९०० र एक तोला चाँदीको मोल रु पाँच हजार ५८५ निर्धारण भएको छ । गत सोमबार एक तोला छापावाल सुन रु तीन लाख १३ हजार ५०० र एक तोला चाँदी रु पाँच हजार ५९५ मा खरिदबिक्री भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १८७ अमेरिकी डलर तथा त्यत...
ललितपुरमा कामबाट फर्कँदै गरेका व्यक्ति परे चितुवाको आक्रमणमा
समाचार, समाज

ललितपुरमा कामबाट फर्कँदै गरेका व्यक्ति परे चितुवाको आक्रमणमा

नेपालअखबार, ललितपुर । ललितपुरमा चितुवाको आक्रमणबाट एक व्यक्ति घाइते भएका छन्। बिहीबार बेलुकी साढे ८ बजे ललितपुरको गोदावरी नगरपालिका-५ सुनारटोलमा ६१ वर्षीय रण बहादुर गर्तौलालाई चितुवाले आक्रमण गरेको थियो। सोलुखुम्बु घर भई सुनारटोल बस्दै आएका उनी बेलुकी कामबाट घर फर्कँदै थिए। गोरेटो  बाटोमा हिँडिरहेका उनीमाथि अकास्मात चितुवाले आक्रमण गरेको थियो। उनलाई स्थानीयले उद्धार गरेका थिए। घाइतेलाई बचाउने क्रममा स्थानीयले चितुवालाई मारेका छन्। घाइते गर्तौलाको लगनखेलस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। चितुवा मारिएकोबारे जिल्ला वन कार्यालयसँग समन्वय भइरहेको पनि ललितपुर प्रहरीले जनाएको छ।...
भासण गरेर मात्र भोट माग्दैन जगदीश कुसियैत
राजनीति, समाचार

भासण गरेर मात्र भोट माग्दैन जगदीश कुसियैत

नेपालअखबार, सुनसरी। सुनसरी क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार जगदीश कुसियैतले भने केबल भासण गरेर मात्र भोट मागेर हुदैन । बजेट र योजनासहित काम गरेर देखाएका नेता हुन् कुसियैत यति खेरा मतदातामाझ आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरू आ–आफ्ना एजेन्डा र योजनासहित मतदातामाझ सक्रिय देखिएका छन्। यस क्रममा उम्मेदवार जगदीश प्रसाद कुसियैतले सार्वजनिक गरेको आर्थिक वर्ष ०७६/०७७ का योजनाहरूको विवरणसहितको बजेट चार्ट अहिले चर्चाको केन्द्र बनेका छन्। कुसियैत दोस्रोपटक प्रदेश सभामा निर्वाचित हुँदा बिकासको धेरै कामहरु गरेका छन् जस्तै सामुदायिक भवन तथा पूर्वाधार, खानेपानी तथा सिँचाइ, पर्यटन तथा धार्मिक क्षेत्र विकास, सडक तथा पुल निर्माणलगायत विभिन्न शीर्षकमा विनियोजित बजेट उल्लेख गरिएको छ। कुसियैत पक्षधरहरूका अनुसार यी योजनाहरूले क्षेत्रको समग्र विकासमा मह...
२३ सहसचिवको सरुवा
प्रशासन, समाचार

२३ सहसचिवको सरुवा

नेपालअखबार, काठमाडौँ । २३ जना सहसचिवको सरुवा गरिएको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले २३ जना सहसचिवको सरुवा गरेको हो। ५ जनालाई कामकाजमा खटाइएको छ भने अन्यको सरुवा गरिएको हो। एक नारायण शर्माको राष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ । झनक कुमार खत्रीको राष्ट्रिय दलित आयोगमा सरुवा गरिएको छ । हिरालाल चौधरीको प्रदेश प्रमुखकको कार्यालय कर्णाली प्रदेशमा सरुवा गरिएको छ भने जनकराज भट्टलाई धनगढी उपमहानगरपालिकामा कामकाजमा खटाइएको छ ।...
प्रधानसेनापति सिग्देलद्वारा निर्वाचन सुरक्षा केन्द्रित छलफल
प्रशासन, समाचार

प्रधानसेनापति सिग्देलद्वारा निर्वाचन सुरक्षा केन्द्रित छलफल

नेपालअखबार, कञ्चनपुर ।  प्रधानसेनापति अशोकराज सिग्देलले आज कैलालीको तेघरीस्थित सुदूरपश्चिम पृतनामा आसन्न निर्वाचनको विषयमा प्रदेश सुरक्षा संयन्त्रसित छलफल गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थापन सुदूरपश्चिम पृतनाको निरीक्षणका क्रममा उनले निर्वाचन सुरक्षालाई त्रुटीरहित ढङ्गबाट सम्पन्न गर्न निर्देशन दिए । छलफलपछि प्रधानसेनापति सिग्देलले मातहतका युनिटलाई निर्देशन दिनुभएको सुदूरपश्चिम पृतनाले जनाएको छ । सो छलफलमा कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीकोसमेत सहभागिता थियो । सुदूरपश्चिममा निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै सेनाले यहाँका कारागार र विमानस्थलका साथै धनगढीस्थित आयल निगमको डिपोको सुरक्षा जिम्मेवारी लिइसकेको छ । त्यसैगरी यहाँका नौ वटै जिल्लामा सेनाले गस्ती बढाउनुका साथै निर्वाचनका लागि सबै किसिमका तयारी गरेको जनाएको छ । प्रधानसेनापति सिग्देलले आजै सुर्...
माइनस डिग्री मुस्ताङको चिसोमा बढिरहेको चुनावी सरगर्मी
राजनीति, समाचार

माइनस डिग्री मुस्ताङको चिसोमा बढिरहेको चुनावी सरगर्मी

नेपालअखबार, मुस्ताङ। माइनस डिग्री तापक्रमका बाबजुद मुस्ताङमा निर्वाचन सरगर्मी बढिरहेको छ। यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै यहाँ राजनीतिक दल र तिनका उम्मेदवारको प्रचार–प्रसार अभियान तीव्र छ। जतिबेला निर्वाचनको माहोल बन्न सुरु भएकामे थियो, त्यसबेला अर्थात् अघिल्लो महिना माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्री पुगेको थियो। हाल चुनावी माहोल उत्कर्षमा छ र फागुनदेखि भने यहाँको मौसमी तापक्रम घट्दैछ। हाल माथिल्लो मुस्ताङको तापक्रम माइनस १० डिग्रीमा झरेको छ। तल्लो मुस्ताङको तापक्रम पनि माइसन ३ डिग्रीमा छ। यद्यपि, मौसम चिसो र प्रतिकूल बने पनि निर्वाचन प्रचार–प्रसार तीव्र रूपमा भइरहेको छ। तल्लो मुस्ताङको घाँसादेखि नेपाल–चीन सिमानाका कोरलासम्मै निर्वाचनको माहोल तातिएको छ। जिल्लामा उम्मेदवारी दर्ता गराएका आठ राजनीतक दलमध्ये छ दल र तिनका उम्मेदवारले नि...