सभापति गगन थापाले निर्वाचन आयोगलाई बुझाए नयाँ कार्यसमितिको अद्यावधिक विवरण
नेपालअखबार,काठमाडाैँ । नेपाली कांग्रेसका सभापति गगन थापाले दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको अद्यावधिक विवरण निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई बुझाएका छन्।
सभापति थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायतका पदाधिकारीले प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई भेटेर अद्यावधिक विवरण हस्तान्तरण गरेका हुन्।
ललितपुरको कुपन्डोलमा पहिलो केन्द्रीय समितिको बैठक बसेपछि नवनिर्वाचित पदाधिकारीहरू कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग गएका थिए।
पार्टीको आधिकारिक निर्णय र पत्रहरूमा शेरबहादुर देउवाको नाम हटाएर सभापति गगन थापाको हस्ताक्षर राख्ने निर्णय पहिलो केन्द्रीय समिति बैठकबाट भएको छ। उक्त निर्णयको जानकारी पनि निर्वाचन आयोगलाई दिइनेछ।
पहिलो केन्द्रीय समिति बैठकले देवराज चालिसेलाई प्रवक्ता तोकेको छ। प्रवक्ता चालिसेले बैठकको निर्णय सुनाउँ...










