Monday, August 10

समाज

नेपाल फिजिकल ट्रेनिङ एशोसियसन संघिय समितिको १३ औं साधारण सभा सम्पन्न
समाचार, समाज

नेपाल फिजिकल ट्रेनिङ एशोसियसन संघिय समितिको १३ औं साधारण सभा सम्पन्न

नेपालअखबार,पोखरा । नेपाल फिजिकल ट्रेनिङ एशोसियसन संघिय समितीको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले समितिका उपाध्यक्ष सु.शेर बहादुर गुरुङलाई वरिष्ठ उपाध्यक्षमा निर्वाचित गरेको छ । साधारण सभाको उद्घाटन गर्दै संस्थाका संरक्षक याम बहादुर गुरुङले ब्यवसायीहरुले संस्थाको हित हुने गरी ब्यवसायलाई मर्यादित ढंगले सञ्चालन गर्नुपर्नेमा जोड दिए । संस्थाले ब्यवसायीहरुलाई हित हुने काम गर्ने भएकाले ब्यवस्थित र मर्यादित ढंगले ब्यवसायीहरु अगाडी वढे संस्था मजबुद हुने उनको भनाइ रहेको थियो । ब्यवसायीहरु पूर्वाग्रही नभइकन एक अर्काबीच सहकार्य गरेर समेत अगाडी वढ्नुपर्नेमा गुरुङले जोड दिए । त्यस्तै संस्थाका संरक्षक तथा निवर्तमान अध्यक्ष मिन बहादुर गुरुङले संस्था र संगठन बलियो बनाउनका लागि संस्थाको गतिबिधी र सदस्यहरुको भुमिका महत्वपूर्ण रहने बताए । संस्थामा आवद्ध सदस्यहरुले समयअनुसार आफुहरुल...
पोखरामा अवैध लागूऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ
अपराध, प्रशासन, समाचार, समाज

पोखरामा अवैध लागूऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ

नेपालअखबार,पोखरा । पोखरामा अवैध लागूऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन्। बिहीबार बेलुका ६ बजे पोखरा महानगरपालिका– १ सिद्धनाथ टोलबाट सोही स्थान बस्ने वर्ष ३७ कानिसद बाबु श्रेष्ठ र पर्वत कुश्मा नगरपालिका– १० स्थायी वतन भई हाल पोखरा– ८ नयाँबजार बस्ने वर्ष ३२ को दीपक वि.क.लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। प्रहरीले उनीहरुको घरकोठा खानतलासी गर्दा लागूऔषध खैरो हिरोईन (ब्राउन सूगर) जस्तो देखिने पदार्थ ०.४९० ग्राम, लागू औषध डाईजापाम– ३ एम्पुल, नाम उल्लेख नभएको सादा एम्पुल २ एम्पुल गरी जम्मा ५ एम्पुल, डिजिटल तराजु १ थान र मोवाईल २ थानसमेत बरामद गरिएको जनाएको छ। यस्तै, बिहीबार राति ९ बजे पोखरा महानगरपालिका–२५ हेम्जाबाट सोही स्थान बस्ने वर्ष २८ कोलगिन थापालाई पनि प्रहरीले पक्राउ गरेको छ। थापाको घरकोठा खानतलासी गर्दा लागूऔषध खैरो हिरोईन (ब्राउन सूगर) जस्तो दे...
पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनको अध्यक्षमा कोइराला
समाचार, समाज

पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनको अध्यक्षमा कोइराला

नेपालअखबार,पोखरा । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) पोखराको अध्यक्षमा दीपेन्द्र कोइराला निर्वाचित भएका छन् । शुक्रबार पोखरामा सम्पन्न १९औं साधारणसभा तथा दसौं अधिवेशनले उनको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । एसोसिएसनको वरिष्ठ उपाध्यक्षमा शिव श्रेष्ठ, उपाध्यक्षमा निरन केसी, महासचिवमा विनय थापा, कोषाध्यक्षमा अशोक चालिसे र सचिवमा दीपेन्द्र भण्डारी निर्वाचित भएका छन्। त्यस्तै कार्यसमिति सदस्यमा छबिलाल सुवेदी, सन्ध्या पौडेल, नूरज बाटाजू, सौरभ थापा, अशोक चौधरी, शिव ॐ बराल, अम्बिका मोहन भट्टराई, बालकृष्ण कोइराला र प्रतीक सुवेदी निर्वाचित भएको निर्वाचन संयोजक तथा वाडाका पूर्व अध्यक्ष मोहनबाबु खड्काले जानकारी दिए । निवर्तमान अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ पदेन सदस्य रहनेछन् । नवनिर्वाचित अध्यक्ष कोइरालाले देबेन्द्र नकर्मी, नरेश सुवेदी र छबिलाल गौतमलाई कार्यसमिति सदस्यमा मनो...
पोखरामा कक्षा ८ को परीक्षालाई व्यवस्थित गर्न परीक्षा केन्द्रहरू तोकिने, होम सेन्टरको प्रावधान हटाइयो
प्रशासन, शिक्षा, समाचार, समाज

पोखरामा कक्षा ८ को परीक्षालाई व्यवस्थित गर्न परीक्षा केन्द्रहरू तोकिने, होम सेन्टरको प्रावधान हटाइयो

नेपालअखबार,पोखरा। पोखरा महानगर भित्र सञ्चालन हुने कक्षा ८ को परीक्षालाई थप व्यवस्थित गरिने भएको छ । होम सेन्टरका रूपमा विद्यार्थीहरूले शैक्षिक सत्रको अन्तिममा दिने वार्षिक परीक्षा आफ्नै विद्यालयमा दिने व्यवस्थालाई परिमार्जन गरी परीक्षा केन्द्रहरू नै तोकेर परीक्षा सञ्चालन गरिने भएको हो । शुक्रवार बसेको सरोकारवाला सहित महानगर शिक्षा समितिको बैठकले यस्तो निर्णय गरेको महानगर शिक्षा समितिका अध्यक्ष समेत रहनुभएका नगर प्रमुख धनराज आचार्यले बताउनुभयो । उहाँका अनुसार महानगर क्षेत्रमा सञ्चालन गरिने कक्षा ८ को विद्यमान परीक्षा प्रणालीलाई परिमार्जन गरी थप व्यवस्थित बनाउन लागिएको हो । यसले विद्यार्थीहरूलाई एसइई परीक्षाका लागि समेत मार्गदर्शन प्रदान गर्ने उहाँको विश्वास छ । ‘हालको परीक्षा सञ्चालन प्रणालीले विद्यार्थीहरूलाई परीक्षाका सम्बन्धमा कुनै प्रकारको नयाँ अनुभूति मिल्ने अवस्था रहेन, यो आफ्नै...
लेखनाथ महोत्सवमा आर्कषणको केन्द्र बन्दै बुद्धको प्रतिमा
अर्थ, समाचार, समाज

लेखनाथ महोत्सवमा आर्कषणको केन्द्र बन्दै बुद्धको प्रतिमा

नेपालअखबार,लेखनाथ । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने नाराका साथ सुरु भएको २० औं संस्करणको लेखनाथ महोत्सवमा राखिएको बुद्धको प्रतिमा दर्शकहरुको आर्कषणको केन्द्र बनेको छ । हरेक संस्करणमा केही न केही नयाँ प्रयोगको माध्यमबाट दर्शकहरुको ध्यान तान्न सफल महोत्सवले यसपटक भने विश्व शान्तिको कामनाका साथ महोत्सव परिसरमा भगवान गौतम बुद्धको आर्कषक प्रतिमा स्थापना गरेको हो । महोत्सवमा स्थापना गरिएको उक्त प्रतिमाले बालबालिका देखी वृद्ध वृद्धाहरुसम्मको ध्यान खिच्न सफल भएको छ । प्रतिमामा सँगै फोटो खिचाउनेदेखी टिकटिक बनाउनेसम्मको भिड लाग्ने गरेको छ । उक्त प्रतिमाका परिकल्पनाकार विश्वगोपाल श्रेष्ठ भन्छन बुद्धको प्रतिमाले महोत्सवमा दर्शकहरुको ध्यान तान्न त सफल भएको छ नै त्यसबाहेक धार्मिक सहिष्णुता र विश्व शान्तिको सन्देश पनि प्रवाह गर्न सफल भएको छ । झण्डै ३ लाख ५० हजार ...
स्व.बसन्तकेशव पराजुलीको छैटौं स्मृति दिवस मनाइयो
समाचार, समाज

स्व.बसन्तकेशव पराजुलीको छैटौं स्मृति दिवस मनाइयो

नेपालअखबार,पोखरा । गण्डकी प्रदेशको सामाजिक क्षेत्रमा कार्यरत अगुवा संस्था पोखरा बृद्धाश्रम एवम निबृत्त शिक्षक समुदाय, कास्कीका अध्यक्ष स्व. बसन्तकेशव पराजुलीको छैठौ स्मृति दिवस बिभिन्न कार्यक्रमका साथ मनाइएको छ । राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका तत्कालिन केन्द्रीय सल्लाहकार एवम् पोखरा बृद्धाश्रममा दुई दशक सम्म अनवरत सेवा गर्नुुभएका स्वर्गीय पराजुलीको स्मृति दिवश हरेक वर्र्ष विभिन्न रचानात्मक कार्यक्रमका साथ मनाउँदै आइएको प्रेस स्वतन्त्रता सेनानी तथा पोखरा बृद्धाश्रमका अध्यक्ष कुसुम केशव पराजुलीले बताउनुुभयो । यसवर्ष स्व.बसन्तकेशवको छैटौं स्मृति दिवसको उपलक्षमा पोखरा र आसपासका जिल्लाका ज्येष्ठ नागरिकलाई लक्षित गरी डिमेन्सिया अर्थात अल्जाईमर रोग सम्बन्धी सचेतना कार्यक्रम गरिएको छ । अल्जाईमर एवम डिमेन्सिया रोगबारे नेपाली जनमानसमा धेरै जानकारी नभएको र यो बिषयमा जनचेतना जगाउने कार्यक्रम अत्...
पर्यटकीयस्थल मुना मालिकाको प्रवर्द्धनका लागि पहल
समाचार, समाज

पर्यटकीयस्थल मुना मालिकाको प्रवर्द्धनका लागि पहल

नेपालअखबार,म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-३ मा रहेको पर्यटकीयस्थल मुना मालिका क्षेत्र भौतिक पूर्वाधार विकास र प्रचारप्रसार नहुँदा ओझेलमा छ। हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोल, वन पैदावार, वन्यजन्तुको अवलोकन गर्न सकिने यो स्थान समुन्द्री सतहदेखि तीन हजार सात सय मिटर उचाइमा छ । प्रचुर सम्भावना भए पनि पूर्वाधार र प्रचारप्रसारको अभावमा मुना मालिकामा पर्यटकीय गतिविधि बढ्न नसकेका गाउँपालिका–३ का वडाअध्यक्ष देवेन्द्र रोकाले बताए । उनका अनुसार यहाँबाट पुथा, गुर्जा, सिस्ने, धौलागिरि, मानापाथी, अन्नपूर्ण, नीलगिरि हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ। साथै म्याग्दी र बागलुङका बस्ती, बादल र पहाडको लुकामारी हेर्न पाइन्छ। मुनादेखि मालिका धुरी जाने पदमार्ग दुर्लभ वन्यजन्तु रेडपाण्डा (हाब्रे) को बासस्थान पनि भएको वडाअध्यक्ष रोकाले जानकारी दिए । मुना मालिकामा हरेक वर्ष बुद्ध पूर्णिमाका दिन...
मुख्यमन्त्री पाण्डेले भने अर्थतन्त्र चलायमान बनाउन सहकार्य आवश्यक
अर्थ, राजनीति, समाचार, समाज

मुख्यमन्त्री पाण्डेले भने अर्थतन्त्र चलायमान बनाउन सहकार्य आवश्यक

नेपालअखबार,लेखनाथ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अर्थतन्त्र चलायमान बनाउन नीजि क्षेत्र र सरकारको सहकार्य आवश्यक रहेको वताएका छन । लेखनाथको तालचोकमा बिहीबार देखि सुरु भएको २० औँ संस्करणको लेखनाथ महोत्सव २०८१ को उद्घघाटन गर्दै उहाँले कोभिड पछि देशको खस्कँदो अर्थतन्त्रलाई अब नीजि क्षेत्र र सरकारको सहकार्य र समन्वयले अर्थतन्त्रलाई सुधार र बलियो बनाउन सकिने बताएका हुन । नेपालको पर्यटन राजधानी पोखरामा गण्डकी प्रदेशमा नीजि क्षेत्र सँगको साझेदारीमा पर्यटनको क्षेत्रमा प्रदेश सरकार काम गर्न तयार रहेको मुख्यमन्त्री पाण्डेले बताए । नीति नियमका कारण उद्योग, व्यापार, व्यवसायको क्षेत्रमा समस्या परेको र प्रदेश सरकारबाट संशोधन गर्नु परेमा सरकारले तत्काल संवोधन गर्ने उनले बताएका थिए । समृद्ध गण्डकी प्रदेश बनाउने अभियानमा सबैको सहकार्य जरुरी रहेको मुख्यमन्त्री पाण्डेको भनाई थियो । पोख...
मुगुको लुमा केन्द्रबिन्दु भएर भूकम्प
समाचार, समाज

मुगुको लुमा केन्द्रबिन्दु भएर भूकम्प

नेपालअखबार, मुगु। मुगुमा भूकम्प गएको छ। शुक्रबार बिहान ८:०३ बजे मुगुको लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्म गएको हो। भूकम्पको तीव्रता ४.४ म्याग्नेच्युड मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। मुगुका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले बिहान भूकम्पको धक्का महशुस भएको जानकारी दिए। उनले भूकम्पले क्षति पुर्‍याएको सूचना प्राप्त नभएको जानकारी दिए।...
झन्डै ७ करोडमा बन्दैछ पिलीमा ‘युद्ध संग्रहालय’
प्रशासन, समाचार, समाज

झन्डै ७ करोडमा बन्दैछ पिलीमा ‘युद्ध संग्रहालय’

नेपालअखबार,कालीकोट। कालीकोटको खाँडाचक्र नगरपालिका–७ को पिलीमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘युद्ध संग्रहालय’ निर्माण गर्न थालिएको छ। भौगोलिक रूपमा विकट मानिने कालीकोटको पर्यटन प्रवर्द्धनका लागि युद्ध संग्रहालय निर्माणदेखि द्वन्द्वका बेलाको स्मरण गर्न स्मारक निर्माण थालिएको हो। कालीकोट १० वर्षे सशस्त्र द्वन्द्वकालको समयमा अत्यन्त्यै प्रभावित जिल्ला भएकाले सो समयमा जिल्लावासीले कयौं सास्ती भोग्नुपरेको थियो। द्वन्द्वकालमा भएका ठूला युद्धमध्येको कालीकोटको पिलीमा पनि भएको थियो। सोही स्थानमा कर्णाली प्रदेश सरकारको लगानीमा तीव्र गतिमा युद्ध संग्रहालय निर्माण भइरहेको छ। कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ देखि बर्सेनि बजेट विनियोजन गरेर प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत् डिभिजन वन कार्यालय कालीकोटले युद्ध संग्रहालय निर्माणलाई निरन्तरता दिइरहेको खाँडाचक्र...