‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ नामक कृति विमोचन
नेपालअखबार, काठमाडौँ। ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ नामक कृति आजदेखि बजारमा आएको छ ।
लेखक परमानन्द भट्टले लेख्नुुभएको कृतिमा संघर्षको सुरुवात र सांगठनिक नेतृत्व, नेकपा (एमाले) को अःपमतको सरकार, विचार र संगठनमा सुद्धिकरणर सुदृढीकरण अभियान, शान्ति प्रक्रिया र गणतन्त्र, नैतिक जिम्मेवारी बोध र पदत्याग, माधव नेपालको आवश्यकता बोध, सरकारको नेतृत्वमा रहँदा, नेकपा (एमाले) को नवौ राष्ट्रिय महाधिवेशन, संविधान निर्माण प्रक्रियाअन्तर्राष्ट्रिय सम्बन्ध, विचारधारात्मक नेतृत्व, कार्यशैली, आलोचनाका कोणहरु, पार्टी एकता, विधाजव र पुनर्गठन, बाम–लोकतान्त्रिक गठबन्धन, कम्युनिष्ट आन्दोलनका उपलब्धी र वर्तमान कार्यभार तथा छानिएका केही मन्तव्य तथा लेखरचना छन्।
मंगलबार राजधानीको पर्यटनबोर्डमा आयोजित कार्यक्रममा पूर्व राष्ट्रपति डा.रामवरण यादवले कृतिको विमोचन गर्दै मुलुकमा शान्ति प्रक्रिया स्था...










