Monday, August 17

समाज

सिन्धुलीको दुम्जा डाँडास्थित नेपाल टेलिकमको टावरमा कुकर बम विस्फोट
समाचार, समाज

सिन्धुलीको दुम्जा डाँडास्थित नेपाल टेलिकमको टावरमा कुकर बम विस्फोट

नेपालअखबार, काठमाडौं । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ दुम्जा डाँडास्थित नेपाल टेलिकम (एनटिसी)को टावर परिसरमा कुकर बम विस्फोट भएको छ । शुक्रबार बिहान करिब ३ बजेतिर दुम्जा डाँडास्थित बीपी पार्कमा रहेको नेपाल टेलिकमको टावर परिसरमा कुकर बम विस्फोट भएको हो । विस्फोटबाट टावर परिसरमा रहेको भवनको झ्यालमा सामान्य क्षति भएको तर टेलिकमको टावरमा भने क्षति नभएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता एवम् डीएसपी चिरञ्जीवी दाहालले जानकारी दिए । बम विस्फोटको सूचना पाउनासाथ प्रहरी चौकी कुशेश्वर दुम्जाबाट टोली खटिएको थियो । टोलीले नेपाल टेलिकमको टावर परिसर भित्र रहेको पक्की घरको झ्यालमा कुकरको बिर्को अड्किएको, कुकरको भाग भुईंमा रहेको, त्यस नजिकै पेट्रोलको गन्ध आउने दुईवटा खाली बोतल र जनमुक्ति सेना लेखिएको पर्चा फेला पारेको थियो । घटनाको थप अनुसन्धान भइरहेको र विस्फोट गराउने काममा संलग्नहरुको ...
जग्गाको मुआब्जाको माग गर्दै रूपाताल संरक्षण क्षेत्रका बासिन्दाले दिए निवेदन
समाचार, समाज

जग्गाको मुआब्जाको माग गर्दै रूपाताल संरक्षण क्षेत्रका बासिन्दाले दिए निवेदन

नेपालअखबार, पाेखरा। कास्कीमा सञ्चालित रूपाताल एकीकृत संरक्षण विकास परियोजना प्रभावित क्षेत्रका बासिन्दाले जग्गाको मुआब्जा र रोक्का रहेको जग्गा फुकुवाको माग गर्दै बुधबार प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाएका छन्। अधिग्रहण गरेको जग्गाको उचित मुआब्जा र परियोजनालाई आवश्यक नपर्ने जग्गा फिर्ता पाउनुपर्ने माग आफूहरूको रहेको बाँध क्षेत्र समस्या समाधान समितिका संयोजक हरिप्रसाद अधिकारीले बताए। विसं २०६६ देखि स्थानीयवासीको  १४ सय ७२ रोपनी जग्गा रोक्का रहेको उनको भनाइ छ। ‘अधिग्रहणमा परेका केहीले मुआब्जा पाए पनि अझै झण्डै तीन सय परिवार मुआब्जा पाउनबाट वञ्चित छौं,’ उनले भने, ‘पटकपटक आवाज उठाउँदा पनि परियोजना कार्यालय र स्थानीय प्रशासनबाट कुनै सुनुवाइ हुन सकेको छैन।’ रोक्का रहेको सबै जग्गा परियोजनाले लिने भएमा चलनचल्तीको मूल्यअनुसार मुआब्जा दिनुपर्ने स्थानीयवासीको माग छ। वर्षौंसम्म जग्गा...
सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्यो, २० लाखभन्दा बढीको क्षति
समाचार, समाज

सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्यो, २० लाखभन्दा बढीको क्षति

नेपादअखबार, खोटाङ। सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित खिसाकामा घर,  गोठ र पशुचौपाया जलेर नष्ट हुँदा २० लाख बढीको क्षति भएको छ। बतासेस्थित डुगुरडुम सामुदायिक वनमा लागेको डढेलोले बुधबार अपराह्न गाउँ पस्दा जीवन राई,सुवास राई तथा ताराकुमार राईको घर नष्ट भएको थियो । गाउँका अन्य घरलाई स्थानीय बासिन्दाको प्रयासले आगोबाट जोगाउन सफल भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए। गाउँको चारैतिर फैलिएको सामुदायिक वनमा डढेलो लाग्दा खिसाका र ढाँडे बस्तीमा दिनभर समस्या भएको थियो । साँझ परेपछि हवारातिर डढेलो फैलिँदै गएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पिएस्पी चाम्लिङले जानकारी दिए। गाउँ पसेको डढेलो अस्थायी प्रहरीचौकी भँडारेघाट र प्रहरीचौकी दिप्रुङ चुइचुम्माबाट खटिएका प्रहरी, गाउँ प्रहर...
नेपाल एयरलाइन्सले मलेसियाबाट बिरामीलाई नेपाल ल्याउन नमानेको पछि
समाचार, समाज

नेपाल एयरलाइन्सले मलेसियाबाट बिरामीलाई नेपाल ल्याउन नमानेको पछि

नेपालअखबार, काठमाडाैं। नेपाल एयरलाइन्सले मलेसियाबाट नेपाल ल्याउन नमानेको बिरामी बझाङ्गका दीपक बहादुर धामी हिजाे हिमालयन एयरलाइन्सबाट काठमाडौं फर्केका छन् । सबै प्रकृया मिलाएर विमानस्थल जादा पनि नेपाल एयरलाइन्सका कर्मचारिहरुले पिडितलाई याे वा त्याे बाहानामा तीन पटक कुरुवा र बिरामीको टिकट किन्दै विमान स्थल पुगेका बिरामी र उनको सहयोगीलाई मलेसियाको विमानस्थलबाट फिर्ता पठाएको थियाे। राेजगारिकाे लागि मलेसिया १९अहीना पहिले पुगेकाका बझाङ केदास्युँ गाउँपालिका वडा नं ७ घरभएका ३२ वर्षका दिवक बहादुर धामि केही समय अघि देखि मानसिक बिरामीका कारण अस्वस्थ भएकालेे नेपाल फर्किन नेपाल एयरलाइन्सकाे टिकट काटेर बाेर्डिङ पास भईसकेकाे अबस्थामा मलेसिया विमान स्थलमा खटिएका नेपाल एयरलाइन्सका कर्मचारीहरुले बिरामी भएकोले नेपाल लैजान नसक्ने भनेर मेडिकल रिपोर्ट फिट टु फ्लाई चाहिने भनेर विमानस्थलबाट फर्काएका थिए । ...
आजदेखि  इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान सुरु
धर्म/संस्कृति, समाचार, समाज, हाइलाइट-समाचार

आजदेखि इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान सुरु

नेपालअखबार, काठमाडौं ।  इस्लाम धर्मावलम्वीको महान् पर्व रमजान मुबारक महिना आजदेखि सुरु भएको छ । एक महिनासम्म चल्ने यस पर्वमा मुसलमानहरु दिनभर निराहार बस्ने गर्दछन् । सूर्योदय हुनुअघि अर्थात् बिहानको नमाज पढ्नुअघि केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाज(मगरिब)को आजान सुनेर खोल्ने चलन छ । निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने तालिका पनि परिवर्तन भइरहन्छ । रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिइन्छ । उर्दू पात्रोअनुसार हिजरी सम्बत्को रमजान नवौँ महिना हो । रमजानमै मुसलमानहरुको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यस महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिइन्छ । दान गर्न, गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । रमजान व्रत बस्न साँझ मुसलमानहरुले चन्द्रमा हेर्ने प्...
कर्णाली पुलमा बन्द गरियो आवागमन
प्रशासन, समाचार, समाज

कर्णाली पुलमा बन्द गरियो आवागमन

नेपालअखबार,कर्णाली। सोमबार भएको आगलागीबाट आंशिकरूपमा क्षति भएपछि कर्णाली पुलमा सवारीसाधन आवागमन बन्द गरिएको छ। प्राविधकको विशेषज्ञ टोलीले पुलको परीक्षण गरेरमात्र सवारी आवागमन सञ्चालन गर्न सकिने सडक डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ। आगलागीबाट पुलको १४  ‘सपोट’ डोरीमा आंशिक क्षति पुगेको छ। पुलमा तत्कालका आगि यातायात आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय नेपालगञ्जका इन्जिनियर नीरज शाक्यले जानकारी दिए। उनले भने, ‘हामी घटनास्थलमा राति नै पुगिसकेका छौं। आज बिहान अर्को प्राविधिकको विशेषज्ञ टोली आउँदैछ । पुलको परीक्षण नहुँदासम्म पुलमाथि सवारी आवागमन बन्द गरेका छौं।’ कर्णाली पुलबाट सवारी आवागमन बन्द गरिएपछि सुदूरपश्चिमका विभिन्न जिल्लाबाट सङ्घीय राजधानी काठमाडौँ तथा अन्य प्रदेशमा जाने सवारीसाधन लम्की, टीकापुर हुँदै सत्ति पुलबाट बर्दिया तथा नेपालगञ्जको मार्ग प्रयोग गर्न सबैलाई अग्रह गरिएको...
नेपालमा सहायता बढाउन विश्व बैंकसँग अर्थमन्त्रीको आग्रह
अर्थ, राजनीति, समाचार, समाज

नेपालमा सहायता बढाउन विश्व बैंकसँग अर्थमन्त्रीको आग्रह

नेपालअखबार, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नेपालमा थप सहायता बढाउन विश्व बैंकसँग आग्रह गरेका छन् । विश्व बैंकको नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने कन्ट्री डाइरेक्टर फेरिस हदाद जेर्बोससँग सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले अर्थतन्त्र अझै केही दबाबमा रहेकाले नेपाललाई प्राथमिकतामा राख्न आग्रह गरे । विश्व बैंक नेपालको ठूलामध्येको विकास साझेदार भएकाले समन्वय र सहकार्यको अपेक्षा पनि उच्चस्तरकै रहेको उनको भनाइ थियो । सरकारको खर्च बढाउने, रोजगारी सिर्जना र आर्थिक गतिविधिमा तीव्रता पैदा गरेर अर्थतन्त्र चलायमान बनाउने सरकारको नीति सफल बनाउन महत्वपूर्ण विकास साझेदारका हैसियतले विश्व बैंकको सहयोग जरुरी रहेकामा उनले जोड दिए । ‘कतिपय आन्तरिक र कतिपय वाह्य कारण अर्थतन्त्र केही दबाबमा छ,’ पुनले भने, ‘यो चुनौतीपूर्ण अवस्थामा विश्व बैंकबाट थप सहयोगको अपेक्षा गर...
१२ घण्टा बित्यो तर नियन्त्रणमा आएन झापाको उद्योगमा लागेको आगो
समाचार, समाज

१२ घण्टा बित्यो तर नियन्त्रणमा आएन झापाको उद्योगमा लागेको आगो

नेपालअखबार,झापा । झापा मेचीनगर-१५ ज्यामिरगढीस्थित प्लाइउड उद्योग भगवती लेमिनेट्समा आगलागी सुरू भएको १२ घण्टा पूरा हुँदा पनि आगो नियन्त्रणमा आउन सकेको छैन। आज बिहान ५ बजे सुरू भएको आगलागीबाट उद्योगको एउटा सेडभित्र रहेको केही मेसिनसहितको कच्चा पदार्थ ध्वस्त भएको छ। घना आवादी भएको गाउँको मध्यभागमा रहेको उद्योगमा भएको आगलागीले सिंगो गाउँ त्रस्त बनेको छ। आगलागी भैरहेको सेडसँग जोडिएको अर्को ब्लकमा आगो फैलिन नदिन प्रयास जारी रहेको प्रहरीले जनाएको छ। ‘आगो लागिरहेको ब्लकसँगै जोडिएको अर्को ब्लकमा झनै धेरै प्रज्ज्वलनशील सामग्री छ,’ उद्योगमा बिहानैदेखि खटिएका प्रहरी अधिकारीहरूले भने, ‘त्यतातिर आगो सर्न नदिने प्रयास जारी छ।’ झापा, इलाम, मोरङ र भारतका १० वटा दमकल, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीसहितको टोली आगो निभाउन बिहानैदेखि खटिएका छन्। तर, सुख्खा काठका सामानको थुप्रोमा लागेको आ...
दार्चुलामा भागेका थुनुवा पक्राउ गर्न जाँदा लडेर प्रहरी जवानको मृत्यु
समाचार, समाज

दार्चुलामा भागेका थुनुवा पक्राउ गर्न जाँदा लडेर प्रहरी जवानको मृत्यु

नेपालअखबार, धनगढी । दार्चुलामा फरार थुनुवा पक्राउ गर्न जाँदा भीरबाट लडेर एक प्रहरी जवानको मृत्यु भएको छ । जबर्जस्ती करणी मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका महाकाली नगरपालिकाका २३ वर्षका उमेश सिंह कुँवर भागेपछि पक्राउ गर्न गएका प्रहरी जवान सोहन चौधरीको भीरबाट लडेर मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका एसएसपी प्रज्वल महर्जनका अनुसार भीरबाट लडेर गम्भीर घाइते भएका कैलालीको कैलारी गाउँपालिकाका चौधरीको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । चौधरीको शव परीक्षणका लागि अस्पतालमै राखिएको छ । जबर्जस्तीकरणी  र ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धानका लागि प्रहरीले कुँवरलाई २१ फागुनमा पक्राउ गरेको थियो । थुनुवा कक्षबाट भागेका कुँवर महाकाली नदीमा पौडी खेलेर भारततिर पुगेका थिए । कुँवरलाई नदी किनारमा रहेका भारतीय गोरखा रेजिमेन्ट (जीआर) को सहयोगमा ...
आगामी चैत १ गतेदेखि वैशाख १५ सम्म हेटौँडा पुग्ने कान्तिराजपथ बन्द गरिने
प्रशासन, समाचार, समाज

आगामी चैत १ गतेदेखि वैशाख १५ सम्म हेटौँडा पुग्ने कान्तिराजपथ बन्द गरिने

नेपालअखबार, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा पुग्ने कान्तिराजपथ ४५ दिनका लागि बन्द हुने भएको छ ।  ललितपुरको काल्चे खण्डको सडक चौडा गर्नका लागि आगामी चैत १ गतेदेखि वैशाख १५ सम्म कान्तिराजपथ बन्द गरिने कान्ति राजमार्ग सडक योजनाका इन्जिनियर रवीन्द्र महर्जनले जानकारी दिए । “मर्मतसम्भारका लागि काल्चेदेखि बगुवा खण्ड चैत १ गतेदेखि वैशाख १५ गतेसम्म बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म बन्द हुनेछ । यो खण्ड करिब १ दशमलव ५ किलोमिटर सडक खण्डको साँघुरो ठाउँमा सडक चौडा गर्न लागिएको हो । सडकमाथिका कडा चट्टान कटिङ गर्ने निर्णय भएको छ । यसका लागि अहिले ४५ दिन लाग्छ भन्ने हाम्रो अनुमान हो”, उनले भने । ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठको अध्यक्षतामा यही फागुन १६ गते बसेको बैठकले काल्चे खण्डमा पर्ने चेनेज कट...