Monday, August 17

समाज

टोड्केमा ढकमक्क लालीगुराँस फुलेपछि
समाचार, समाज

टोड्केमा ढकमक्क लालीगुराँस फुलेपछि

नेपालअखबार,  म्याग्दी। प्रकृतिसँग रमाउनेको लागि गुराँस फुलेर रंगिएको म्याग्दीको टोड्के क्षेत्रको जंगल आकर्षक गन्तव्य बनेको छ। रघुगंगा, मंगला गाउँपालिका र बेनी नगरपालिकाको अवस्थित टोड्केको उचाइ समुद्री सतहदेखि दुई हजार तीन सय मिटर हो। टोड्केका अनिल बुढाथोकीले गुराँस फुल्न थालेपछि म्याग्दीका साथै छिमेकी जिल्ला र देशका विभिन्न ठाउँबाट पर्यटक आउन थालेका बताए। ‘पाखामा ढकमक्क गुराँस फुलेर रङ्गिएपछि बिदा मनाउन टोड्के आउनेको लर्को लागेको छ,’ उनले भने, ‘टोड्केको दायाँ र बाँया रहेको जङ्गलमा ढकमक्क लालीगुराँस फुलेपछि मनमोहक बनेको छ।’ मंगला–२ सहश्रधारादेखि नवविवाहित श्रीमतीलाई लिएर आइतबार टोड्के आएका आरुस किसानले स्वच्छ हावापानी र शान्त वातावरणले तन/मन चङ्गा बनाएको अनुभव सुनाए। ‘गुराँस, चराको चिरविर आवाज र हिमालको दृष्यले लठ्ठै बनायो,’ उनले भने, ‘हिमाल हेर्दै गुराँससँग रमाउँदा दिन बितेक...
मिथिला माध्यमिक परिक्रमा आजदेखि
धर्म/संस्कृति, समाचार, समाज

मिथिला माध्यमिक परिक्रमा आजदेखि

नेपालअखबार, धनुषा। पन्ध्र दिने ऐतिहासिक मिथिला माध्यमिक परिक्रमा आजदेखि धनुषाको कौचरीबाट विधिवत सुरुआत भएको छ। नेपाल र भारतका हजारौँ सङ्ख्याका श्रद्धालु भक्तजनहरुको सहभागीता हुने सो परिक्रमा विभिन्न १५ स्थानमा विश्राम गरी एक सय ३३ किलोमिटर पैदलयात्रा गरिन्छ। सोही यात्राका लागि आज विहान धनुषाको मिथिला विहारी नगरपालिका–८ कौचरीस्थित मिथिला विहारी मन्दिरबाट झाँकी कीर्तनसहित श्रद्धालुहरू प्रस्थान गरेका छन्। कौचरीको मिथिला विहारी, जनकपुरको सुन्दर सदन मन्दिरबाट किशोरीजी र रामजानकीसहित जनकपुरको अन्य डोला हनुमानगढीमा आज जम्मा हुने मिथिला विहारी मन्दिरका महन्त रामनरेश शरणले जानकारी दिए। आज सबै तीर्थालु हनुमाँगढमा जम्मा हुनेछन् । फागुन २८ गते बिहानै कल्याणेश्वरको लागि यात्रुहरू प्रस्थान गर्नेछन् भने २९ गते भारतकै फुलहरस्थित गिरिजा स्थानमा पुगेर परिक्रमाका यात्रीहरूले विश्राम गर्ने जनाइएको छ।...
विद्यालय परिसरमै च्याउ र तरकारीखेती : पढ्दै कमाउँदै विद्यार्थी
शिक्षा, समाचार, समाज

विद्यालय परिसरमै च्याउ र तरकारीखेती : पढ्दै कमाउँदै विद्यार्थी

नेपालअखबार, म्याग्दी । विद्यालय परिसरमा नै च्याउ र तरकारीखेती गरेर म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर  र मालिका गाउँपालिका–७ बिमका विद्यार्थीले पढाइसँगै पैसा पनि कमाएका छन् । पश्चिम म्याग्दीको मङ्गला –२ स्थित मङ्गला माध्यमिक विद्यालय र मालिका –७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा प्राविधिक धारअन्तर्गत बाली विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीले तरकारी, फलफूल र  च्याउ उत्पादन गरी बिक्री गरेर आम्दानी गर्न थालेका हुन् । मङ्गला माध्यमिक विद्यालयमा प्राविधिक धार कक्षा (९–१२)मा बाली विज्ञान विषयमा पढाइ सुरु भएपछि विद्यार्थी कक्षाकोठाबाहेक खेतबारीमा समेत पुगेर च्याउ उत्पादन गरी बाबियाचौरमा बिक्री गर्दै आएका विद्यालयका प्रधानाध्यापक गमबहादुर खत्रीले जानकारी दिए । बजारमा विद्यार्थीले उत्पादन गरेको च्याउलाई विद्यार्थी च्याउले चिनिने गरेको छ । विद्यालयले प्राविधिक धारका विद्य...
अन्तर्राष्ट्रिय महिला दिवसस् विपद् र प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
समाचार, समाज

अन्तर्राष्ट्रिय महिला दिवसस् विपद् र प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

नेपालअखबार, काठमाडौं । ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा मबाट महिलावाद अन्तर्गत विपद् र प्रजनन स्वास्थ्य तथा अधिकारसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । सेन्टर फर रिप्रोडक्टिभ राइट ९सीआरआर०, केयर, निड्स नेपाल, ह्युमनेटेरियन पार्टनसिप प्लेटफर्म ९एचपीपी० र महिला कानुन र विकास मञ्च ९एफडब्लुएलडी० ले संयुक्त रुपमा उक्त कार्यक्रम आयोजना गरेका हुन् । प्रत्यक्ष चित्रकला प्रदर्शनी, नाटक, कविता, गीत संगीत तथा अन्य प्रस्तुतिकरणबाट विपद् र प्रजनन स्वास्थ्य तथा अधिकारका बारेमा सचेतना गरिएको थियो । चित्रकार उमेशचन्द्र अधिकारीले विपद् र प्रजनन स्वास्थ्य तथा अधिकारबारे प्रत्यक्ष चित्र बनाएका थिए । उनले अतिथिहरुबाट थिम लिएर दुईवटा चित्र बनाएका थिए । उनको चित्रलाई दर्शकले टिप्पणी गरेका थिए । विपद् र प्रजनन स्वास्थ्य तथा अधिकारका बारेमा नाट्यकर्मीहरुले मार्मिक नाटक प्रस्तुत गरेका थिए । ना...
पोखरामा लैङ्गिकताको सवालमा मिडियाको भुमिका विषयक संवाद सम्पन्न
समाचार, समाज

पोखरामा लैङ्गिकताको सवालमा मिडियाको भुमिका विषयक संवाद सम्पन्न

नेपालअखबार, पोखरा । पोखरामा ११४ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज लैङ्गिकताको सवालमा मिडियाको भुमिका विषयक संवाद सम्पन्न भएको । नेपाल पत्रकार महासंघ कास्की शाखा,सञ्चारिका समुह गण्डकी प्रदेश,इन्सेक गण्डकी तथा महिला मानव अधिकार रक्षक संजाल कास्कीको संयुक्त आयोजनामो उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गण्डकी प्रदेश सभाका उपसभामुख विना कुमारी थापामगरले समाज परिवर्तनमा सञ्चारको महत्वपुर्ण भुमिका रहेकोले पत्रकारहरुले सुचना र समाचार प्रवाह गर्दा लैङगिक सम्वेदनशिलतालाई ध्यान दिनुपर्नेमा जोड दिए । उनले दिवस र अभियानमा मात्र नभई पत्रकारहरुले ३ सय ६५ दिन नै सजकताका साथ महिलाका विषयका समाचारहरुलाई प्राथमिकता दिन आग्रह गरिन् । सोही अवसवरमा कार्यक्रमका सभाध्यक्ष तथा नेपाल पत्रकार महासंघका अध्यक्ष विमला भण्डारीले महिलाका सवालमा बिभिन्न नीतिहरु निर्माण भए...
९० प्रतिशत एम्बुलेन्स नवीकरण हुन सकेनन्
समाचार, समाज

९० प्रतिशत एम्बुलेन्स नवीकरण हुन सकेनन्

नेपालअखबार, चितवन । नेपालमा रहेका एम्बुलेन्समध्ये ९० प्रतिशतको नवीकरण हुन सकेको छैन । सरकारले ल्याएको एम्बुलेन्स सञ्चालन निर्देशिका, २०७८ अनुसार स्तरोन्नति हुन नसकेपछि एम्बुलेन्स नवीकरण हुन नसकेका हुन् । राष्ट्रिय एम्बुलेन्स निर्देशका, २०७८ मा ‘क’ र ‘ख’ वर्ग मात्रैको व्यवस्था गरेपछि विगतमा ‘ग’ वर्गबाट सञ्चालित एम्बुलेन्स नवीकरण हुन सकेका छैनन् । यसअघि कार्यान्वयनमा रहेको एकीकृत एम्बुलेन्स तथा पूर्वअस्पताल सेवा सञ्चालन निर्देशिका,२०७७ खारेज भएपछि तत्कालीन निर्देशिका अनुरुप सञ्चालनमा रहेका ग वर्गका एम्बुलेन्स नवीकरण हुन नसकेका हुन् । संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपाल (ट्रेड युनियन महासङ्घ)का अध्यक्ष नवराज लामिछानेका अनुसार अहिले नेपालमा सञ्चालनमा रहेका छ हजार एम्बुलेन्समध्ये ९० प्रतिशत ग वर्गका छन् । आठ प्रतिशत ख वर्ग र दुई प्रतिशत हाराहारी क वर्गका रहेका उनले जानकारी दिए । नयाँ नि...
बाँकेमा लुटेरा  समूहको आक्रमणबाट एक जनाको मृत्यु
समाचार, समाज

बाँकेमा लुटेरा समूहको आक्रमणबाट एक जनाको मृत्यु

ने पालअखबार,बुटवल । बाँकेको जानकी गाउँपालिकाको मानपुर नजिकै लुटेरा समूहको आक्रमणबाट एक जनाको ज्यान गएको छ । गए राति ५-७ जनाको समूहमा लुटपाटका लागि आएकालाई प्रतिकार गर्ने क्रममा जानकी ३ रुद्रपुर नयाँ बस्तीका सन्तोष कठरिया थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको  छ । लुटेरा समूहले उनलाई चिर्पटले आक्रमण गरेका थिए । बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवास चन्द्र बोहराले सो समूहको प्रतिकारका क्रममा मृतक केडेरियाकी श्रीमती सविता राजवंशी थारु पनि घाइते भएको बताए । लुटेराहरूले सबिताले लगाएको सुनको फुली र ४० हजार नगद लुटेर लगेको प्रहरीले जनाएको छ । खजुरा रोडबाट भित्री सडकमा पर्ने रुद्रपुरमा एकान्तमा रहेको घरमा लुटपाटकै उद्देश्यले सो समूह आएको बताइएको छ । प्रहरीले घटनाको बारेमा थप अनुसन्धान सुरु गरेको जनाएको  छ।...
मनाङको हिमपहिरो पन्छाउन थालियो
प्रशासन, समाचार, समाज

मनाङको हिमपहिरो पन्छाउन थालियो

नेपालअखबार, मनाङ । ङिस्याङ गाउँपालिका–१ ढुकुरपोखरीमा आइतबार आएको हिमपहिरालाई पन्छाउन थालिएको छ । हिमपहिराका कारण माथिल्लो मनाङ र तल्लो मनाङ आवतजावतमा समस्या हुने जनाइएको छ । प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले ढुकुरपोखरीमा आएको हिमपहिरा पन्छाउन थालिएको जानकारी दिए । उनले भने, “हिमपहिरो गएको स्थानसम्म पुग्नै समय लाग्यो । सवारीसाधन जानसक्ने अवस्था छैन । सुरक्षाकर्मी पनि हिँडेर पुग्ने हो । अहिले एक्साभेटर र सुरक्षाकर्मीसहितको टोलीले हिउँ फाल्ने काम गरिरहेका छन् ।” उनका अनुसार आइतबार भारी हिमपात भएपछि उक्त क्षेत्रमा हिमपहिरो गएको हो । प्रजिअ लामिछानेले भने, “ मनाङ पर्यटकीय क्षेत्र भएकाले पर्यटक आउने याम सुरु भइसकेको छ । आज बेलुकीसम्म बाटो खुलाउने प्रयासमा छौँ ।” माथिल्लो मनाङ क्षेत्र आवतजावतमा जोखिम हुँदा यात्रा नगर्न सुझाव दिइएको उनले बताए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना...
कोशीटप्पुमा चराको संख्या घट्यो
समाचार, समाज

कोशीटप्पुमा चराको संख्या घट्यो

नेपालअखबार, मोरङ। कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रलगायत कोशी क्षेत्रमा यस वर्ष चराको सङ्ख्या घटेको छ। चराको गुणस्तरीय बासस्थानको अभाव, बासस्थान क्षेत्रमा भइरहेका विकास निर्माण, खेतीबालीमा बढ्दो विषादिको प्रयोग र मानवीय क्रियाकलापले गर्दा चराका संख्या घटेको हो। मिड–विन्टर वाटर वर्ड सेन्सस २०२४ अन्तर्गत यस वर्ष कोशीटप्पु आरक्षलगायत कोशी नदी क्षेत्रमा गरिएको गणनामा यस वर्ष ५३ प्रजातिका पाँच हजार पाँच सय २७ को सङ्ख्यामा चरा फेला परेको छ। गत वर्ष ५६ प्रजातिका सात हजार पाँच सय ७३ चरा रहेको तथ्याङ्क रहेको छ। बर्सेनि नयाँ–नयाँ प्रजातिका चरा आउने क्रम थपिए पनि यस वर्षको गणनामा चराको प्रजाति र सङ्ख्यामा कमी आएको राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बताए। गत पुस २५ देखि  २९ गतेसम्म पाँच दिन भएको चरा गणनाको विश्व सिमसार दिवसका अवसरमा तथ्याङ्क सार्वजनिक गर...
चालकविहीन रेल ८४ किमी गुडेपछि…
विदेश, समाचार, समाज

चालकविहीन रेल ८४ किमी गुडेपछि…

नेपालअखबार, नयाँ दिल्ली । चालक सवार नरहेको एउटा रेल ८४ किमी गुडेको छ । यो घटना भारतको हो । गत साता आइतबार बिहान एउटा मालवाहक रेल जम्मुबाट पन्जाब जाँदै थियो । चिया खानका लागि भनेर काथुवा स्टेशनमा चालक रेलबाट ओर्लिए । तर चालक दलले रेलमा ब्रेक लगाउन बिर्से । स्टेशन भिरालो ठाउँमा थियो । त्यसपछि ५३ ओटा डब्बा भएको सो रेल सर्रर गुड्दै गइरह्यो । रेल आफैँ गुडेको थाहा पाउने बित्तिकै जम्मु रेल्वे स्टेशनका निर्देशक र डिभिजन ट्राफिक म्यानेजर दौडिएर काथुवा स्टेशन तिर लागे । सारा कर्मचारीहरूलाई परिचालन गरियो । चालक बिनाको रेल गुडेपछि बाटोमा पर्ने सबै स्टेशनहरुलाई अलर्ट गराएर उक्त रेलका लागि बाटो खुला गराइएको थियो । कयौँ स्टेशनहरु रेललाई रोक्ने प्रयास पनि गरिएको थियो । तर प्रयास असफल भयो । रेलले ढुंगा बोकेको थियो । बिहान ७ बजेर २५ मिनेटमा गुड्न थालेको रेल ९ बजेमात्रै रोक्न सकियो । करिब ८४ किलोमिट...