भ्रष्टाचारविरुद्ध एकीकृत समाजवादीद्वारा बिरोध प्रदर्शन
नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले भ्रष्टाचारविरुद्ध मंगलबार बिरोध प्रदर्शन गरेको छ।
एकीकृत समाजवादी मोर्चा संगठनद्वारा आयोजित बिरोध प्रदर्शनमा भ्रष्टाचार अन्त्यका लागि सरकार कडाइका साथ लाग्नु पर्ने माग गरिएको थियो। शरणार्थी प्रकरणमा पक्राउ परेकालाई छोड्ने प्रपञ्च रच्ने काम भइरहेको भन्दै नेताहरूले त्यसको सशक्त विरोध गर्नु भएको छ।
पार्टीका उपमहासचिव डा.विजय पौडेल, नेताहरू रामेश्वर फुयाँल, उषा पोखरेल, नितेश पौडेल लगायतले शरणार्थी प्रकरणलाई सरकार र अदालतले तलमाथि गरे त्यसको सशक्त प्रतिवाद गर्ने चेतावनी दिनु भएको थियो।माइतीघरदेखि निकालिएको जुलुस प्रदर्शन वानेश्वर पुगेर कोर्णसभामा परिणत भएको थियो। नेताहरूले सम्बोधन गर्नुका साथै राष्ट्रिय जनसाँस्कृतिक महासंघ, समाजवादीका कलाकारहरूले गीत संगीतमार्फत खबरदारी गर्नु भएको थियो।
कोर्ण सभालाई सम्बोधन गर्दै डा.पौडेलले भ्रष्टाचारविर...










