बंगलादेशलाई लोकतन्त्रको संक्रमणमा नेपालको तर्फबाट पूर्ण सहयोग र समर्थन गर्ने : सञ्चारमन्त्री गुरुङ
नेपालअखबार,काठमाडौँ। आज काठमाडौंस्थित बंगलादेशी राजदूतावासमा ‘जुलाई जनआन्दोलन दिवस’को अवसरमा आयोजित कार्यक्रममा नेपाल सरकारका सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बंगलादेशलाई लोकतन्त्रको संक्रमणमा नेपालको तर्फबाट पूर्ण सहयोग र समर्थन गर्ने बताउनु भयाे ।
सञ्चारमन्त्री गुरुङले आफ्नो विज्ञप्तिमा जुलाई जनआन्दोलनलाई ‘लोकतन्त्रका लागि बंगलादेशका जनताको सामूहिक इच्छा’ र नयाँ पुस्ताले सिर्जना गरेको गतिको संज्ञा दिनु भयाे ।सञ्चारमन्त्री गुरुङले व्यापार, लगानी, पर्यटन, सूचना तथा सञ्चार प्रविधि र जनताबीचको सम्पर्क लगायतका विभिन्न क्षेत्रमा भएको सहकार्यको स्मरण गर्दै यो अन्तरसम्बन्धित विश्वमा दुई मित्र राष्ट्रबीच नयाँ सहकार्यलाई थप प्रगाढ बनाउन पर्नेमा जोड दिनु भएकाे छ ।कार्यक्रममा सार्क महासचिवका विशेष अतिथिका रुपमा मोहम्मद गुलाम सरवरको उपस्थिति रहेको थियो । सार्कका महासचिवले जुला...









