इजरायलसँगको युद्धपछि पहिलोपटक सार्वजनिक रूपमा देखिए इरानका सर्वोच्च नेता
नेपालअखबार,तेहरान । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी इजरायलसँगको द्वन्द्व सुरु भएपछि पहिलो पटक सार्वजनिक रूपमा देखापरेका छन्। यो जानकारी सरकारद्वारा सञ्चालित सञ्चारमाध्यमले दिएका हुन्।
सरकारी टेलिभिजनमा शनिबार प्रसारित फुटेजमा खामेनी शिया पर्व आशुराको एक दिन अगाडि एक मस्जिदमा अभिवादन गर्दै देखिएका थिए। खामेनीको पछिल्लो उपस्थिति इजरायलसँगको द्वन्द्वका क्रममा रेकर्ड गरिएको सम्बोधनमा थियो । इजरायलको आक्रमणमा इरानी उच्च कमान्डर तथा आणविक वैज्ञानिकहरू मारिएका थिए।
इजरायलले इरानका आणविक र सैन्य स्थलहरूमा हमला गरेपछि इरानले इजरायललाई लक्षित गरी हवाई हमलाहरू गरेर जवाफ फर्काएको थियो। इजरायलसँगको १२ दिने युद्धका क्रममा खामेनी तीनवटा भिडियो सन्देशमार्फत टेलिभिजनमा देखा परेका थिए । त्यतिबेला उनी बंकरमा लुकेको हुनसक्ने अनुमान गरिएको थियो।
शनिबार इरानी सञ्चारमाध्यममा खामेनीको उपस्थितिल...










