यस्ता छन् मन्त्रिपरिषदका ११ निर्णय
सरकारले नेपालका निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनका लागि इजाजत प्रदान गर्ने सम्बन्धी कार्यविधि (पहिलो संशोधन), २०७६ स्वीकृत गर्ने निर्णय गरेकाे छ।
यही फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले साे निर्णय गरेकाे हाे।
मन्त्रिपरिषदका प्रवक्ता एवं अर्थ र सूचना तथा सञ्चार प्रविधिमन्त्री डा युवराज खतिवडाले नियमित पत्रकार सम्मेलन मार्फत बिहीबार मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजिनक गरेका छन्।
यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरु१. आन्तरिक राजस्व विभाग अन्तर्गतका कार्यालयहरूको कार्यक्षेत्र तथा अन्त:शुल्क अधिकृतको अधिकार क्षेत्र तोक्ने।
२. Department of Food Technology and Quality Control (DFTQC), Nepal र Bangladesh Standards and Testing Institution (BSTI), Bangladesh बीच हुने समझदारी पत्रमा नेपालको तर्फबाट हस्ताक्षर गर्न विभागका महानिर्देशकलाई अख्तियारी प्रदान गर्ने। Tradi...
