Friday, July 10

हाइलाइट-समाचार

युवराज खतिवडा पुन: अर्थमन्त्रीमा नियुक्त
अर्थ, राजनीति, समाचार, हाइलाइट-समाचार

युवराज खतिवडा पुन: अर्थमन्त्रीमा नियुक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले डा.युवराज खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्त गरेका छन् । मिर्गौला प्रत्यारोपणका लागि अप्रेसन थिएटरमा जानुअघि प्रधानमन्त्री ओलीले खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्त गरेका हुन् । खतिवडालाई अर्थमन्त्रीमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । खतिवडाले आजै अपराह्न ४ बजे राष्ट्रपति भवन शीतलनिवासमा पद तथा गोपनीयताको सपथग्रहण लिनेछन् । राष्ट्रियसभा सदस्यको दुईवर्षे कार्यकाल सकिएकै दिन मंगलवार खतिवडाले मन्त्रीबाट राजीनामा दिएका थिए ।...
प्रधानमन्त्री ओली अपरेसन थिएटरमा
समाचार, समाज, स्वास्थ्य, हाइलाइट-समाचार

प्रधानमन्त्री ओली अपरेसन थिएटरमा

मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपरेसन थिएटरमा लगिएको छ । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्काले अस्पताल परिसरमा भेला भएका पत्रकारहरुलाई यो जानकारी दिएका हुन् । प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गाैला प्रत्यारोपणका लागि प्रा. डा. प्रेमराज ज्ञवाली नेतृत्वको चिकित्सक टोली खटिएको छ ।...
पोखरीमा डुबेर १३ बाँदरको ज्यान गयो
प्रदेश ४, समाचार, समाज, हाइलाइट-समाचार

पोखरीमा डुबेर १३ बाँदरको ज्यान गयो

लक्ष्मीबजारको शिखर खोलडाँडामा निर्माणाधीन पोखरीमा डुबेर १३ वटा बाँदर मरेका छन् । गोरखा नगरपालिका वडा नम्बर ९ ले निर्माण गरिहेको पोखरीमा डुबेर मंगलबार १३ बाँदरको ज्यान गएको हो । आगोलागी लगायतका आपतकालीन समयमा दमकलले पानी तान्न मिल्न गरी खोलडाँडाँमा पक्कि पोखरी निर्माणाधिन रहेको छ । सोही पोखरीमा मंगलबार दिउँसो १३ वटा बाँदर फसेका थिए । बाँदर डुबेको थाहा पाएपछि तत्काल स्थानीय पोखरीमा पुगेका थिए । उनिहरुले मरेका बाँदरलाई निकालेका थिए । पोखरी चार मिटर लम्बाइ, चार मिटर चौडाइ र दुइ मिटर उचाइको छ तर पोखरीमा तारबार गर्न भने बाँकी रहेको वडा कार्यालयले बताएको छ । मंगलबार पानीमा डुबेर मर्ने बाँदर सबै पोथी रहेको बताइएको छ ।...
४ करोड २७ लाख बराबरको सुन बरामद
अर्थ, समाचार, हाइलाइट-समाचार

४ करोड २७ लाख बराबरको सुन बरामद

जिल्ला प्रहरी कार्यालय मकवानपुरले ६ किलो २ सय ८९ ग्राम ९५३९ तोला सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । बरामद सुनको मूल्य करिब ४ करोड २७ लाख रुपैयाँ छ । नियमित चेकजाँचका क्रममा प्रहरीले हेटौंडा–१५ स्थित रातोमाटेमा काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गरेको बसमा सवार भारत कर्नाटक राज्यका ४२ वर्षीय अब्दुल मजिद अनेकलको साथबाट उक्त परिमाणको सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सुशिलसिं राठौरले जानकारी दिए । एसपी राठौरले बरामद सुनको बजार मूल्य करिब चार करोड २७ लाख ५८ हजार ७ सय ७४ रुपैयाँ रहेको बताए । अब्दुलले मोटर पार्टसभित्र जडान हुने फालामको ब्यरिङ, फलामको पास्ताको ब्यरिङ, फलामको मिटर ब्यरिङमा सुन लुकाएर ल्याएका थिए । प्रहरीले मंगलबार बिहान साढे ४ बजे उनलाई पक्राउ गरेको थियो ।...
पूर्वराजा ज्ञानेन्द्रले गरे प्रधानमन्त्री ओलीलाई  स्वास्थ्य लाभको कामना
प्रदेश, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

पूर्वराजा ज्ञानेन्द्रले गरे प्रधानमन्त्री ओलीलाई स्वास्थ्य लाभको कामना

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मिर्गौला प्रत्यारोपणका लागि भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वराजा ज्ञानेन्द्र शाहले स्वास्थ्य लाभको कामना गरेका छन् । पूर्वराजाका संवाद सचिव फणि पाठकले महर्जनमार्फत शाहले ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको बताए । ओलीको बुधबार दोस्रो पटक मिर्गौलाको प्रत्यारोपण गर्न लागिएको छ । शाह दुई दिनअघि मात्रै भारतको दुई साता लामो भ्रमण पूरा गरेर स्वदेश फर्किएका थिए ।...
अर्थमन्त्री डा. युवराज खतिवडा सहित राष्ट्रियसभाबाट १९ सांसद बिदा हुँदै
प्रदेश, राजनीति, समाचार, हाइलाइट-समाचार

अर्थमन्त्री डा. युवराज खतिवडा सहित राष्ट्रियसभाबाट १९ सांसद बिदा हुँदै

मंगलबारदेखि अर्थमन्त्री डा. युवराज खतिवडा सहित राष्ट्रियसभाबाट १९ सांसद बिदा हुँदैछन् । राष्ट्रियसभामा रहेको व्यवस्था अनुसार गोलाप्रथाबाट २ वर्षे कार्यकाल भएका सांसद बिदा हुन लागेका हुन् । नेकपाका ८, नेपाली कांग्रेसका ७, राजपाका २ र समाजवादी पार्टी नेपालका १ सांसद बाहिरिँदै छन् । उनीहरुको ठाँउमा गत माघ १९ गते निर्वाचित भएका सांसदहरु प्रवेश गर्नेछन् । आज बिदाइ हुने सांसदहरुका लागि राष्ट्रिय सभामा बोल्ने कार्यक्रम राखिएको छ । राष्ट्रिय सभाबाट यसरी बिदाइ हुने सांसदमध्ये अर्थमन्त्री डा. युवराज खतिवडा समेत हुन् । राष्ट्रपतिबाट मनोनित भएका खतिवडा राष्ट्रियसभाबाट बिदाइ भएपनि ६ महिनासम्म मन्त्री बन्न सक्ने प्रावधान छ । तत्कालका लागि उनी सोही प्रावधानलाई टेकेर मन्त्री पदमै रहनेछन् ।...
मह जोडीले गरे समताकाे भवन शिलन्यास, राजुबाबुले गरे २ कराेडकाे जग्गादान (भिडियाेसहित)
अर्थ, प्रदेश ४, शिक्षा, समाचार, हाइलाइट-समाचार

मह जोडीले गरे समताकाे भवन शिलन्यास, राजुबाबुले गरे २ कराेडकाे जग्गादान (भिडियाेसहित)

गाेरखा । बरिष्ठ हास्य कलाकारद्धय मदकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सदरमुकाममा रहेको समता शिक्षा निकेतनको भवन शिलन्यास गरेका छन् । गोरखा नगरपालिका ६ दरवारमार्गमा रहेको समता विद्यालयको भवन निर्माणका लागि सोमबार मह जोडीले संयुक्त रुपमा शिलन्यास गरेका हुन् । समता ट्रष्टका संस्थापक उत्तमकुमार सञ्जेलको अध्यक्षतामा भएको शिलन्यास कार्यक्रममा गोरखा नगरपालिकाका उपप्रमुख विनाकुमारी श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै कलाकार मदकृष्ण श्रेष्ठले समता स्कुल सरकारी र नीजि भन्दा फरक रहेको बताए । ‘समता नेपालको शिक्षा क्षेत्रको विकासका लागि महाअभियान हो, सरकारी र बोर्डिङ स्कुलभन्दा यो विलकुल फरक छ’ उनले भने ‘असल संस्कार सहितको निस्वार्थ शिक्षा दिन यो स्कुल खोलिएको हो ।’ असल र सर्वसुलभ शिक्षाका लागि देशैभर समता ट्रष्टले स्कुल र कलेज स्थापनाको अभियान चलाएको बताउदै उनल...
गोरखाबाट पक्राउ परेका चिनियाँ नागरिकलाई काठमाण्डौं लगियाे
प्रदेश ४, विदेश, समाचार, हाइलाइट-समाचार

गोरखाबाट पक्राउ परेका चिनियाँ नागरिकलाई काठमाण्डौं लगियाे

गोरखाबाट पक्राउ परेका आठ जना चिनियाँ नागरिकलाई काठमाण्डौं लगिएको छ । माथिल्लो बूढीगण्डकी जलविद्युत आयोजनामा काम गरिरहेका चिनियाँ नागरिकको साथमा आवश्यक कागज पत्र नभेटिएपछि उनिहरुलाई नियन्त्रणमा लिइएको हो । नौलो नेपाल हाइड्रोपावर कम्पनीले काम गर्न उनीहरूलाई नेपाल ल्याएको थियो। आरूघाट गाउँपालिका वडा नम्बर ३ स्थित सोतीबाट सोमबार नियन्त्रणमा लिइएका आठै जनालाई काठमाण्डौं पठाएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।...
जोखिम देखिए उडान अवतरणमै रोक लगाउन सर्वाेच्चकाे आदेश
पर्यटन, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

जोखिम देखिए उडान अवतरणमै रोक लगाउन सर्वाेच्चकाे आदेश

सर्वोच्च आदालतले कोरोनाको भाइरसको गम्भीर मूल्यांकन गरी जोखिम देखिए उडान अवतरणमा रोक लगाउन अन्तरिम आदेश जारी गरेको छ। अधिवक्ता पूर्ण राजवंशीले दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश तेज बहादुर केसीको इजालासले सो आदेश जारी गरेको हो। देशको उत्तर र अन्य सीमाबाट नेपाल प्रवेश गरिने स्थलमार्ग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रवेश गर्ने ब्यक्तिहरुको अनिवार्य रुपमा कडाईका साथ दक्ष जनशक्ति सहितको स्वास्थ्य जाँचको प्रभावकारी उपकरणको व्यवस्था गर्न आदेश दिइएको छ। अन्तरिम आदेशमा ‘कोरोना भाइरसको गम्भीर संक्रमण फैलिएका देशहरु (चीन, जापान, दक्षिण कोरिया, बहराईन इरान आदि) बाट सोझै र ट्रान्जिट भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने अन्तर्राष्ट्रिय उडानका अवस्था र परिस्थितिको गम्भिरताको सुक्ष्म मूल्याङ्कन गरी आम जनताको स्वास्थ्य सम्बन्धी राष्ट्रिय हितलाई ध्य...
होली नमनाउन सरकारको आग्रह
धर्म/संस्कृति, प्रदेश, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

होली नमनाउन सरकारको आग्रह

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले यस वर्षको होली नमनाउन आग्रह गरेका छन्। परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले कोरोना भाइरसको रोकथामका लागि भरसक भीड हुने कार्यक्रम आयोजना नगर्न आग्रह गरेका हुन्। ‘भीडभाड हुने गरी कुनै काम नगरौं। सकभर भीड हुने कामबाट बचौं। यसपटक होली नमनाऔं,’ ज्ञवालीले भने, ‘विवाहको विषयलाई पनि आफ्नो पारिवारिक विषय मात्रै बनाऔं।’ ज्ञवालीले अहिलेसम्म नेपाल कोरोना भाइरसबाट मुक्त रहेको भन्दै नेपाललाई संक्रमणबाट जोगाउनका लागि सरकारले विभिन्न कदम चालेको बताए। यस वर्षको होली फागुन २६ र २७ गते परेको छ। कोरोनाबाट प्रभावित पाँच वटा देशका पर्यटकलाई जारी गरेको अन एराइभल भिसा रोक्का गरिएको र अत्यावश्यक बाहेक भ्रमण विदेश भ्रमणमा नजान ट्राभल एड्भाइजरी जारी गरेको उनले बताए।...