Tuesday, May 26

हाइलाइट-समाचार

ऐतिहासिक स्थलको संरक्षणमा नागरिक समाजको चासो, बुझाए पुरातत्वलाई ज्ञापनपत्र
धर्म/संस्कृति, पर्यटन, प्रदेश ४, समाचार, समाज, हाइलाइट-समाचार

ऐतिहासिक स्थलको संरक्षणमा नागरिक समाजको चासो, बुझाए पुरातत्वलाई ज्ञापनपत्र

गोरखा । ऐतिहासिक एवं धार्मिक स्थलहरुको संरक्षण र प्रवद्र्धन गर्न माग गर्दै गोरखाका नागरिक समाजले पुरातत्व विभागलाई ज्ञापन पत्र बुझाएका छन । भ्रमण बर्षमा अत्याधिक पर्यटक भित्राउनुपर्ने भन्दै जिल्लाका ऐतिहासिक संरचनाको संरक्षणमा जोड दिन माग गर्दै नागरिक साझा सवाल गोरखाको नेतृत्वमा नागरिक समाजले गोरखा संग्रहालयका प्रमुख नवराज अधिकारी मार्फत पुरातत्व विभागलाई ज्ञापन पत्र बुझाएका हुन् । संयोजक स्थानेश्वर दुवाडीद्धारा हस्ताक्षर गरिएको पत्रमा गोरखा दरवार पुर्ननिर्माणमा भइरहेको लापरवाही र ढिलासुस्तीप्रति ध्यानाकर्षण भएको बताइएको छ । दरवार पुर्ननिर्माणको म्याद सकिदा ४० प्रतिशत पनि काम सम्पन्न हुन नसकेको भन्दै नागरिक साझा सवालले पुरातत्व विभागलाई आवस्यक पहल र ठेकेदार कम्पनीलाई दवाव दिन आग्रह गरेको छ । त्यस्तै भ्रमण बर्षलाई लक्षित गर्दै गोरखा संग्रहालय हप्ताको सातै दिन खुला गर्ने ब्यवस्था मि...
रात्री बसका लागि अस्थायी रुट कायम गराउन माग (भिडियो सहित)
ग्यालरी, भिडिओ, समाचार, समाज, हाइलाइट-समाचार

रात्री बसका लागि अस्थायी रुट कायम गराउन माग (भिडियो सहित)

गोरखाका ग्रामिण सडकमा रात्री बसका लागि हालसम्म अस्थायी रुट कायम हुन नसकेको प्रति यातायात ब्यवसायीले गुनासो गरेका छन् । ग्रामिण भेगमा बर्षौदेखि यातायातका साधन सञ्चालन गरिहेको दरौदी यातायात सेवा कम्पनीका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले अस्थायी रुट कायम नहुदा नीतिगत कठिनाई आइपरेको बताए । त्यस्तै गत पुष १० गतेदेखि कम्पनीले सोतीदेखि काठमाण्डौसम्म रात्री बस सेवा सञ्चालन सुरु गरेको छ । रात्री सेवाप्रति यात्रु सन्तुष्ट रहेको बताउदै अध्यक्ष श्रेष्ठले आगामी दिनमा अन्य स्थानबाट समेत सेवा सुरु गर्ने योजना रहेको बताए । हेर्नुस भिडियो । https://www.youtube.com/watch?v=OWe4ExGK4go&fbclid=IwAR1GTG8zKfCBAXYHaL-JagR6S3HFUwh8YPwJEBKgoo5lLSEGX4dUTK-5alo...
आज दिनभरि नै पानी र हिउँ पर्ने
समाचार, हाइलाइट-समाचार

आज दिनभरि नै पानी र हिउँ पर्ने

अहिले देशका पूर्वी, मध्य र पश्चिमी भेगमा वर्षा र हिमपात भइरहेको छ । वायुको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बिहीबारदेखि भइरहेको वर्षा र हिमपात शुक्रबार दिनैभरि रहने मौसम पुर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । उनका अनुसार शुक्रबार पनि दिनभर पूर्वी मध्य र पश्चिमी क्षेत्रमा सामान्यदेखि मध्यम खालको पानी पर्ने तथा उच्च पहाडी र हिमाली भेगमा हिउँ पर्ने सम्भावना छ । शनिबार दिउँसोदेखि भने मौसममा सुधार हुने मौसमविद् प्रधानाङ्गले जानकारी दिए । ...
खाना खाएर सुतेकी वृद्धाको घाँटी रेटेर हत्या
प्रदेश ४, समाचार, समाज, हाइलाइट-समाचार

खाना खाएर सुतेकी वृद्धाको घाँटी रेटेर हत्या

सिरानचोक गाउँपालिका ८ फिनामटारमा एक वृद्धाको घाँटी रेटेर हत्या गरिएको छ । छोराबुहारीसंग अलग्गै बस्दै आएकी ७० बर्षिया मनमाया श्रेष्ठको बुधबार राती धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको भेटिएकाे जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । बुधबार खाना खाएर सुतेकी श्रेष्ठ बिहान ढिलासम्म नउठेपछि छिमेकीले खोज्न जादा मृत भेटेका थिए । बिहान करिब ११ बजे खबर आएपछि इलाका प्रहरी चौकी जौबारीबाट टोली खटाइएको थियो । ‘उहाँ घरमा एक्लै बस्नुहुदो रहेछ, खाना खाएर सुतेको मान्छे बिहान ढिलासम्म नउठेपछि छिमेकीले ढोका फोरेर हेर्दा मृत भेटाएछन’ एसपी ओम प्रसाद अधिकारीले भने ‘घाँटीमा धारिलो हतियार प्रहार भएको देखिन्छ ।’ घटनाको छानबिनका लागि बिहिबार नै जिल्ला प्रहरी कार्यालयबाट समेत इन्सपेक्टर राजु खत्रीको नेतृत्वमा टोली खटाइएको एसपी अधिकारीको भनाई छ । ‘हामीले बिहिबार नै इन्स्पेक्टरको कमाण्डमा टोली पठाएका छ...
भीरबाट लडेर युवकको मृत्यु
प्रदेश ४, समाचार, समाज, हाइलाइट-समाचार

भीरबाट लडेर युवकको मृत्यु

माघे सक्रान्ती मेला हेरेर फर्कदा भीरबाट लडेर घाइते भएका एक युवकको मृत्यु भएको छ । शहिद लखन गाउँपालिकाको घैरुङमा मेला हेरेर घर फर्कदै गरेका ताङ्लीचोकका २३ बर्षिय मौसम थापा मगर बुधबार राती बतासे नजिकैको भीरबाट लडेर घाइते भएका थिए । मादक पदार्थ सेवन गरी साथीसंग घर फर्कदै गरेका थापा राती करिब ११ बजे भिरबाट लडेपछि स्थानीयले उद्धार गरेर तांलिचोक स्वास्थ्य चौकी पु¥याएका थिए । शरिरमा घाउचोट नदेखिएपछि होश आउने आशामा उनलाई आफन्त र परिवारले राती नै घर लगेका थिए । घाइते थापाको राती होश आएपनि बिहान एक्कासी समस्या देखिएपछि जिल्ला अस्पताल ल्याइएको थियो । तर अस्पताल पु¥याइए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका एसपी ओम प्रसाद अधिकारीले जानकारी दिए ।...
मैले भोट माग्नु पर्दैन ः नारायणकाजी श्रेष्ठ
प्रदेश ४, राजनीति, समाचार, हाइलाइट-समाचार

मैले भोट माग्नु पर्दैन ः नारायणकाजी श्रेष्ठ

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले सभामुख नेकपाको पक्षमा राख्नका लागि उपसभामुखले राजीनामा दिनुपर्ने बताएका छन् । बुधबार गृहजिल्ला गोरखा आएका श्रेष्ठले पत्रकार भेटघाटका क्रममा सो कुरा बताएका हुन् । ‘संविधानले एउटै पार्टीका सभामुख र उपसभामुख हुन नपाउने व्यवस्था गरेको छ । हाम्रो पार्टी संसद्को सबैभन्दा ठूलो पार्टी भएकाले रिक्त पदमा आफ्नो दाबी गर्नु र सभामुख पद हासिल गर्नु स्वाभाविक हो’ उनले भने ‘त्यसको लागि वर्तमान उपसभामुखले राजीनामा दिएर बाटो खोलिदिनुपर्ने आवस्यक देखिन्छ ।’ सभामुखको निर्वाचन प्रकृया अघि बढाउनका लागि पनि शिवमाया तुम्बाहाम्फेले पदबाट राजिनामा दिनुपर्ने उनको तर्क छ । ‘उहाँले राजीनामा नदिँदासम्म सभामुख हाम्रो पार्टीले पाउने सम्भावनाको अन्त्य हुन्छ’ नेकपाका प्रवक्ता समेत रहेका श्रेष्ठले भने ‘स्वविवेक प्रयोग गरेर पहिला नै पद छोड्न...
आज माघे सक्रान्ति र माघी पर्व मनाइँदै
धर्म/संस्कृति, समाचार, समाज, हाइलाइट-समाचार

आज माघे सक्रान्ति र माघी पर्व मनाइँदै

आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति । घिउ, चाकु र तरुललगायतका परिकार खाएर मनाइँदै छ । आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भन्ने चलन छ । आजको दिन परिवारका सदस्य, आफन्त तथा साथीभाइसँगै बसेर तरुल, चाकु, लड्डु तथा घिउलगायतका परिकार खाएर रमाइलो गर्ने चलन छ । पर्वका अवसरमा आज गण्डकी सहित १, २, ५ र कर्णाली प्रदेशले सार्वजानिक बिदा दिएकाे छ ।...
सर्वसाधारण भन्छन् ः ‘पृथ्वीजयन्ती मनाउदैमा राजा फर्किदैन’
ग्यालरी, धर्म/संस्कृति, प्रदेश ४, समाचार, हाइलाइट-समाचार

सर्वसाधारण भन्छन् ः ‘पृथ्वीजयन्ती मनाउदैमा राजा फर्किदैन’

मोहसिन अलि मियाँगोरखा । ‘पृथ्वीनारायण शाह हाम्रो इतिहास हो’ गोरखा नगरपालिकाले पृथ्वीजयन्तीका अवसरमा आयोजना गरेको कार्यक्रममा भेटिएका पोखरीथोकका ७४ बर्षिय विष्णुहरी अर्यालले भने ‘उहाँ नभइदिएको भए हामी न गोर्खाली हुनेथियौ न नेपाली नै’ दोस्रो जनआन्दोलनपछि पृथ्वीनारायण शाहको सन्दर्भमा सृजना भएको परिस्थिती देशका लागि दुर्भाग्यपूर्ण रहेको टिप्पणी गर्दै उनले इतिहासलाई बिर्सन नहुने बताए । ‘२०६३ ताका एक हुल मान्छे आएर पृथ्वीनारायण शाहको शालिक ढाले, बजार बजार घिसारेर अपमान गरे’ अर्यालले थपे ‘अचम्म छ, अहिले तिनैले फेरी पृथ्वीजयन्ती बनाउन थालेका छन् ।’ त्यतिबेला शाह वंशको अनुहारै हेर्न नहुनेले आज भाषणमा उहाँको योगदानको चर्चा गर्नु हास्यास्पद रहेको उनको तर्क छ । कार्यक्रममै भेटिएका ८० बर्षिय हिक्मत बहादुर थापा त झनै पृथ्वीनारायण शाह आफ्नो भगवान भएको बताउछन् । पछिल्लो समय शाहको योगदान र ...
शालिक अगाडी पृथ्वीनारायण शाहको चर्चा
ग्यालरी, धर्म/संस्कृति, पर्यटन, प्रदेश ४, समाचार, हाइलाइट-समाचार

शालिक अगाडी पृथ्वीनारायण शाहको चर्चा

मोहसिन अलि मियाँगोरखा । पहिलो पटक सार्वजानिक विदा नै दिएर गोरखा नगरपालिकाले पृथ्वीजयन्तीका अवसरमा भब्य कार्यक्रम आयोजना ग¥यो । १४ वटै वडाबाट झाँकी सहित बिभिन्न जातजातीको संस्कृती झल्कने ¥याली सहित कार्यक्रम स्थल गोरखा संग्रहालयभित्र शाहको शालिकअघि उभिएर धेरैले उनको योगदानको प्रशंसा गरे । ‘हाम्रो देश चार जात छत्तिस वर्णको फुलबारी हो’ शाहकै भनाई दोहो¥याउदै जिल्ला समन्वय समितिका प्रमुख अशोक गुरुङले भने ‘उहाँको दिव्योपदेश मात्रै पालना गर्ने हो भने पनि देशको मुहार फेरिने निश्चित छ ।’ पृथ्वीनारायण शाहको शालिकमा माल्र्यापण गर्दै जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङ कार्यक्रमका अध्यक्ष समेत रहेका गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले इतिहासलाई बद्नाम गराउन खोज्नेहरुको योजना असफल भएको टिप्पणी गरे । ‘हिजोका दिनमा जुन किसिमले इतिहासलाई बद्नाम गर्न खोजियो, कलंक सोचियो, त्यो आज ...
आज पृथ्वी जयन्ती ! हिजो के के भए र आज के छ कार्यक्रम ?
धर्म/संस्कृति, प्रदेश ४, समाचार, समाज, हाइलाइट-समाचार

आज पृथ्वी जयन्ती ! हिजो के के भए र आज के छ कार्यक्रम ?

राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मोत्सव विभिन्न कार्यक्रम गरी धुमधामले मनाइदै छ ।एकता दिवशको अबसरमा गोरखा नगरपालिकाले विशेष कार्यक्रम आयोजना गरेको छ । ‘बर्तमान नेपालका निर्माता पृथ्वीनारायण शाहको योगदानको कदर गर्दै औपचारिक रुपमा दिवश मनाउने हाम्रो प्रयास हो’ गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले भने ‘राष्ट्रले उहाँलाई सम्झनु पर्ने हो । तर त्यस्तो हुन सकेन्, स्थानीय सरकारको हैसियतमा हामी दिवश मनाउदैछौं ।’ झाँकी सहितको ¥याली र कोणसभासो अबसरमा आज आइतबार १४ वटै वडाका सांस्कृतिक झाकी सहितको ¥याली प्रर्दशन गर्ने तयारी गरिएको छ । खेलकुद मैदान हरमटारीबाट सुरु हुने ¥याली गोरखा संग्राहलय परिसरमा पुगेर कोण सभामा परिणत हुनेछन् । ‘सकेसम्म सबै जातजाती धर्म र सम्प्रदायको पहिचान झल्काउने प्रयास गरेका छौं’ ¥याली संयोजक भगवानबाबु मास्केले भने ‘यो कार्यक्रमले गोरखा सदरमुकाम आसपासमा रहेका क...