Saturday, August 8

प्रशासन

वीर र ट्रमा सेन्टरमा बिहान ८ बजेदेखि ओपिडी सेवा
प्रशासन, समाचार, स्वास्थ्य

वीर र ट्रमा सेन्टरमा बिहान ८ बजेदेखि ओपिडी सेवा

नेपालअखबार, काठमाडाैं। वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा आजदेखि बहिरङ्ग सेवा(ओपिडी) बिहान ८ बजेदेखि सुरु भएको छ। यसअघि बिहान ९ बजेदेखि ओपिडी सेवा सञ्चालन हुँदै आएको थियो। वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले बिरामीलाई सहज सेवा दिने उद्देश्यले ओपिडी सेवा बिहान ८ बजेदेखि सुरु गरिएको जानकारी दिए। दुबै अस्पतालमा टिकटको समय बिहान ७ बजेदेखि अपरान्ह २:३० बजेसम्म निर्धारण गरिएको उनले बताए। वीर अस्पतालमा शल्यक्रिया सेवा बिहान ८ बजेदेखि सुरु हुने अस्पतालले जनाएको छ। अस्पताल प्रशासनले  सबै कर्मचारीको ई–हाजिरी अनिवार्य गरिएको जनाएको छ। अस्पतालबाट दैनिक तीन हजार बिरामीले ओपिडी सेवा लिइरहेका छन्। ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री रिजालले बिहान ८:१५ बजेदेखि ओपिडी सेवा सुरु गरिएको जानकारी दिए। उनका अनुसार ट्रमा सेन्टरअन्तर्गत रहेका सबै विभागमा बिहानैदेखि ओपिडी सेव...
विना अनुमति मेडिकल सञ्चालन गर्ने १५ जना पक्राउ
प्रशासन, समाचार, स्वास्थ्य

विना अनुमति मेडिकल सञ्चालन गर्ने १५ जना पक्राउ

नेपालअखबार, कञ्चनपुर। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक महिनाका अवधिमा अवैधरुपमा मेडिकल पसल सञ्चालन गर्ने १५ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ। अनधिकृतरुपमा मेडिकल पसल सञ्चालन गरेर उपचार गर्ने १५ जनालाई नियन्त्रणमा लिएर औषधि सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए। ‘वर्षौंदेखि अनधिकृतरुपमा सञ्चालनमा रहेका मेडिकल पसल बन्द गराउने अभियान थालेका छौँ,’ उनले भने, ‘यस क्षेत्रमा बिना इजाजत जोखिमपूर्ण औषधिको बिक्री वितरण तथा उपचार भइरहेको पाइएको छ।’ औषधि सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर अवैधानिक रुपमा मेडिकल पसल सञ्चालन गर्नेलाई कानुनी दायरामा ल्याउने कार्य भइरहेको प्रहरी उपरीक्षक थापाले बताए। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार एक महिनाको अवधिमा अवैध मेडिकल सञ्चालन गर्ने १५ जनालाई नियन्त्रणमा लिएर औषधि सम्बन्धी कसुर दर्ता भएको छ। प्र...
आजदेखि हवाई भाडामा कर लाग्ने, यस्तो छ व्यवस्था
अर्थ, प्रशासन, समाचार

आजदेखि हवाई भाडामा कर लाग्ने, यस्तो छ व्यवस्था

नेपालअखबार, काठमाडौं । सोमबारदेखि हवाई भाडामा भ्याट समायोजन हुने भएको छ । नेपाल वायुसेवा सञ्चालक संघले एक विज्ञप्ति जारी गर्दै साउन १ गतेदेखि सम्पूर्ण हवाई सेवामा भ्याट कार्यान्वयनमा लगिने जनाएको हो । सरकारले आर्थिक विधेयक (बजेट) मार्फत पहिलो पटक हवाई भाडामा भ्याट लगाउने निर्णय गरेको थियो । हवाई सेवालाई भ्याटमा लैजाने सरकारको निर्णय विरुद्ध विभिन्न टिकाटिप्पणी भएपनि अन्ततः हवाई सेवा सञ्चालकहरु मूल्य अभिवृद्धि कर (भ्याट) मा जान बाध्य भएका हुन् । नयाँ आर्थिक वर्ष शुरु भएसँगै सोमबारदेखि नै भ्याट कार्यान्वयनमा जाने र सो भ्याट भाडामा समायोजन गरिने संघले जनाएको छ ।...
हेलिकोप्टरको पर्वतीय उडानमा रोक
प्रशासन, समाचार

हेलिकोप्टरको पर्वतीय उडानमा रोक

नेपालअखबार, काठमाडौं । सोलुखुम्बुमा हेलिकोप्टर दुर्घटनामा चालकसहित ६ जनाको मृत्यु भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले मनसुन अवधिभरका लागि हेलिकोप्टरको पर्वतीय उडानमा रोक लगाएको छ। यो निर्णयलाई सरोकारवालाले अव्यावहारिक भनेका छन्। दुर्घटना न्यूनीकरण गर्न भन्दै प्राधिकरणले सेप्टेम्बर २०२३ सम्म माउन्टेन, सिलिङ (सामान झुन्ड्याएर गरिने लङलाइन उडान) र पुष्पवृष्टि उडानमा रोक लगाउने निर्णय गरेको छ। मनसुन प्रतिकूल रहेका बेला उडान गर्दा जोखिम आउन सक्ने भएकाले रोक लगाइएको प्राधिकरणको दाबी छ। क्यानमाथि आफ्नो कमजोरी लुकाउन उडानमा रोक लगाएको आरोप छ। दुर्घटनाको कारण देखाउँदै हेलिकोप्टरको पर्वतीय उडानमा रोक लगाउनु नियमनकारी निकायको हतास मानसिकता भएको क्यानका एक पूर्वमहानिर्देशकले बताए। ‘अपरेसनमा ध्यान दिनुपर्ने कुरालाई कार्यान्वयनमा ल्याउने कुरा उचित हो,’ ती महानिर्देशकले भने, ‘उडानमै...
डम्पिङ साइट बनाइएको नार्कः नयाँ नेतृत्व आएपछि युवा बैज्ञानिक उत्साहित
प्रशासन, समाचार

डम्पिङ साइट बनाइएको नार्कः नयाँ नेतृत्व आएपछि युवा बैज्ञानिक उत्साहित

नेपालअखबार, काठमाडौं । अव्यवस्थित एवं फोहोरको डम्पिङ साइट जस्तै देखिने नेपाल कृषी अनुसन्धान परिषद (नार्क)लाई व्यवस्थित बनाउँने काम भईरहेको छ । ललितपुरको खुमलटारमा रहेको नार्कमा कृषीका बैज्ञानिक एवं कर्मचारीहरु बसेर काम गर्ने कार्यालय हो । तर कार्यालय भित्रै जताततै फोहोरै फोहोर एवं जथाभाविको पार्किङले कार्यालय ‘डम्पिङ’ साइट जस्तै देखिन्छ । नार्कको नेतृत्वमा नयाँ नेतृत्व आएपछि सुधारउन्मुख देखिएको छ । करिब अढाई सय भन्दा बढी क्षेत्रफलमा बिभिन्न कार्यालयहरु रहेका छन् । कृषी सम्बन्धी बिभिन्न बिषयगत कार्यालयदेखी लिएर खाद्यान्य उत्पादन एवं अनुसन्धान हुने गरेको सोही क्षेत्रमा नार्कको साढे तीन तल्ले भवन छ । सो भवनमा हाकिम पिच्छेका छुटाछुटै किचेन छ । जतिखेर नि केही न केही पाकिरहेको हुन्छ । कार्यालयको प्रत्येक तल्लामा हाकिम पिच्छेका १५ भन्दा बढी किचेन रुम रहेका छन् । ‘नार्कमा २० भन्दा बढी कृषीक...
बाराही घाट चोकमा सार्वजनिक शौचालय निर्माण नगर्न उच्च अदालतको आदेश
प्रशासन, समाचार

बाराही घाट चोकमा सार्वजनिक शौचालय निर्माण नगर्न उच्च अदालतको आदेश

नेपालअखबार, पोखरा । उच्च अदालत पोखराले बाराही घाट चोकमा सार्वजनिक शौचालय  निर्माणमा रोक लगाएको छ । सूर्य नेपालले निर्माण र एरोसन प्रालिले सञ्चालन गर्ने गरी शौचालय निर्माण गर्न दिने निर्णविरुद्ध ५ युवाले दिएको रिटको सुनुवाइ गर्दै उच्च अदालतले शौचालय निर्माणको काम अघि नबढाउन अन्तरिम आदेश दिएको हो । पोखरा महानगरपालिकाले तल्लो तलामा सार्वजनिक शौचालय र उपल्लो तलामा रेस्टुरेन्ट सञ्चालन गर्ने गरी १५ वर्षका लागि निजी कम्पनीलाई ठेक्का दिएको थियो । उक्त शौचालयको ११ जेठमा मेयर धनराज आचार्यले शिलान्यास गरेका थिए । सूचनाको हक प्रयोग गरेर माग गर्दा पनि डेढ करोड रुपैयाँमा निर्माण हुने भनिएको शौचालयको स्टिमेट र ठेक्का ममहानगरले नदिएको र यसमा मेयर आचार्यको स्वार्थ बाझिएको रिट निवेदक युवाहरुको भनाइ छ । युवा अभियन्ता अनिल थापा, राजेन्द्र अधिकारी, आनन्द कुँवर, कृष्ण बराल र राजेन्द्र बाटाजूले जनताले स...
राजु मास्टर, बल्छी ध्रुवे सहितका कलाकारलाई ५ हजार धरौटीमा छाड्न आदेश
प्रशासन, समाचार

राजु मास्टर, बल्छी ध्रुवे सहितका कलाकारलाई ५ हजार धरौटीमा छाड्न आदेश

नेपालअखबार, काठमाडौं । अनलाइन सट्टेबाजी गराउने वेबसाइट वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर) सहितका कलाकारलाई ५ हजार रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौंले सट्टेबाजीको प्रचार गरेको अभियोगमा पक्राउ परेका उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएसँगै कलाकारहरुलाई छाडिएको जिल्ला प्रहरी कार्यालय, काठमाडौंका एसपी सीताराम रिजालले बताए । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले सट्टेबाजी गराउने वेवसाइटको प्रचारमा संलग्न रहेको आरोपमा बल्छी ध्रुवे र राजुमास्टरसँगै जलन घर्तीमगर, अलिश राई गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा र सरोज घिमिरेलाई पनि पक्राउ गरेको थियो । उनीहरुलाई विज्ञापन नियमन गर्ने ऐन २०७६ को दफा ५ को उपदफा २ (ढ) र दफा २५ को उपदफा १ बमोजिम कसुर गरेको अभियोग छ । उक्त अभ...
काँक्रेविहारको जङ्गलमा जरायो मार्ने पाँच जना प्रहरी नियन्त्रणमा
अपराध, प्रशासन, समाचार

काँक्रेविहारको जङ्गलमा जरायो मार्ने पाँच जना प्रहरी नियन्त्रणमा

नेपालअखबार, सुर्खेत । काँक्रेविहार संरक्षित जङ्गल क्षेत्रभित्र जरायो मारेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । जरायो मारेर मासु भागवण्डा गरिरहेको अवस्थामा वीरेन्द्रनगरको नयाँ गाउँ भन्ने स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो ।  जरायो मारेको गोप्य सूचनाको आधारमा प्रहरी बिहान साढे ३ बजेतिर घटनास्थलमा पुगेको थियो । घटनामा अन्य व्यक्तिहरूको पनि संलग्नता देखिएकाले पक्राउ परेकाहरूको नाम भने सार्वजनिक गरिएको छैन । काँक्रेविहार एक पर्यटकीय क्षेत्रका साथै संरक्षित जङ्गल पनि हो ।...
पेट्रोलियम पाइपलाइनको बिटुबी सम्झौता प्रक्रिया अघि बढ्यो
प्रशासन, समाचार

पेट्रोलियम पाइपलाइनको बिटुबी सम्झौता प्रक्रिया अघि बढ्यो

नेपालअखबार,काठमाडाैं। दोस्रो चरणको पेट्रोलियम पाइपलाइन निर्माणका लागि बिटुबी सम्झौताको प्रक्रिया अघि बढेको छ। नेपाल आयल निगमका प्रतिनिधि र भारतीय आयल कर्पोरेशन(आइओसी)का प्रतिनिधिबीच पहिलो चरणको छलफल भएको हो। निगमका प्रतिनिधि भारत गएर आइओसीका प्रतिनिधिसँग पहिलो चरणको छलफल गरी फर्किएका छन्। बिटुबी सम्झौताको लागि निगमका अर्थ प्रशासन विभागका नायव कार्यकारी निर्देशक नागेन्द्र शाहको संयोजकत्वमा कमिटी गठन गएको छ। उक्त कमिटीमा निगमका संस्थागत मामिला विभागका नायव कार्यकारी निर्देशक करूणा क्षेत्री, बजार व्यवस्थापन विभागका नायव कार्यकारी निर्देशक विरेन्द्र गोइत, आपूर्ति तथा वितरण विभागका निर्देशक दीपक बराल, इञ्जिनियरिङ परियोजना तथा सूचना प्रविधि विभागका निर्देशक सुरज शाह र सोही विभागका उपनिर्देशक भरत रेग्मी गरी ६ सदस्यीय कमिटी गठन भएको छ। त्यस्तै, बिटुबी सम्झौताको लागि आइओसीमा पनि कमिट...
राजु मास्टर र बल्छी धुर्बे लगायतलाई एक वर्ष कैदको मागदावी गर्दै मुद्दा दर्ता
प्रशासन, समाचार

राजु मास्टर र बल्छी धुर्बे लगायतलाई एक वर्ष कैदको मागदावी गर्दै मुद्दा दर्ता

नेपालअखबार, काठमाडौँ । हास्य कलाकारद्वय राजु मास्टर र बल्छी धुर्बेलाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको मागदावी लिई काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबार अदालतमा मुद्दा दर्ता गरेको हो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधिधवक्ता अच्युतमणि नेउपानेका अनुसार आइतबार नै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिसकिएको छ । कलाकारहरु राजु मास्टर भन्ने राजु पौडेल, बल्छी धुर्बे भन्ने मरिचमान श्रेष्ठ, म्याकुरी भन्ने रोशन खतिवडा, बेगम नेपाली, अलिस राई, जलन घर्तिमगर, सरोज घिमिरे, गणेश देवकोटा र कुशल पोखरेललाई विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ५ उपदफा २ (ढ) र, दफा २५ को उपदफा (१) बमोजिम एक वर्ष कैद र जनही १० हजार रुपैयाँ जरिवानाको मागदावी लिइएको छ । उनीहरुले निषेध गरिएको विषयमा विज्ञापन गरेको र जुवा वा सट्टेबाजीलाई प्रो...