पेट्रोलियम पाइपलाइनको बिटुबी सम्झौता प्रक्रिया अघि बढ्यो
नेपालअखबार,काठमाडाैं। दोस्रो चरणको पेट्रोलियम पाइपलाइन निर्माणका लागि बिटुबी सम्झौताको प्रक्रिया अघि बढेको छ।
नेपाल आयल निगमका प्रतिनिधि र भारतीय आयल कर्पोरेशन(आइओसी)का प्रतिनिधिबीच पहिलो चरणको छलफल भएको हो।
निगमका प्रतिनिधि भारत गएर आइओसीका प्रतिनिधिसँग पहिलो चरणको छलफल गरी फर्किएका छन्।
बिटुबी सम्झौताको लागि निगमका अर्थ प्रशासन विभागका नायव कार्यकारी निर्देशक नागेन्द्र शाहको संयोजकत्वमा कमिटी गठन गएको छ।
उक्त कमिटीमा निगमका संस्थागत मामिला विभागका नायव कार्यकारी निर्देशक करूणा क्षेत्री, बजार व्यवस्थापन विभागका नायव कार्यकारी निर्देशक विरेन्द्र गोइत, आपूर्ति तथा वितरण विभागका निर्देशक दीपक बराल, इञ्जिनियरिङ परियोजना तथा सूचना प्रविधि विभागका निर्देशक सुरज शाह र सोही विभागका उपनिर्देशक भरत रेग्मी गरी ६ सदस्यीय कमिटी गठन भएको छ।
त्यस्तै, बिटुबी सम्झौताको लागि आइओसीमा पनि कमिट...










