Wednesday, August 12

राजनीति

एमालेबाट विद्रोह नगरेको भए अहिले आफ्नो कन्तबिजोग हुने : अध्यक्ष नेपाल
राजनीति, समाचार

एमालेबाट विद्रोह नगरेको भए अहिले आफ्नो कन्तबिजोग हुने : अध्यक्ष नेपाल

नेपालअखबार,काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेबाट विद्रोह नगरेको भए अहिले आफ्नो कन्तबिजोग हुने बताएका छन्। समाजवादी प्रेस संगठनको बैठकलाई सम्बोधन गर्दै उनले एमालेबाट विद्रोह नगरेको भए अहिले कन्तबिजोग हुने कुराको व्याख्या गर्नु नपर्ने धारणा राखे । उनले एमालेबाट विद्रोह गर्ने बेलामा सबैले साथ नदिएपनि पार्टी निर्माण गरेको बताए। एमाले फुटाएर आफूहरूले जायज काम गरेको नेपालको भनाई छ। उनले भने,‘हामीले आँट नगरेको भए, त्यो बेलामा विद्रोहको आँट नगरेको भए हाम्रो कन्तबिजोक हुँदैनथ्यो, विद्रोहको औचित्य के छ भन्नेहरूको दुई कौडीको पनि महत्त्व छैन, कुनै अर्थ छैन।’ उनले सबै मिलेर मेहनत गरे पार्टी पहिलो शक्तिको रुपमा स्थापित हुने दाबी गरे। ‘०८४ को चुनाव आउँदै छ, हामी अहिलेदेखि नै तयारीमा जुट्नुपर्छ। साथीहरूले मेहनत गरेर वडा, स्थानीय तह, प्रदेशमा अरू पार्टीलाई एक्लै पराजित गर...
इमानदार नेता र अनुशासित नागरिकको पहलबाट देश विकास हुन्छ: मन्त्री गुरुङ
राजनीति, समाचार

इमानदार नेता र अनुशासित नागरिकको पहलबाट देश विकास हुन्छ: मन्त्री गुरुङ

नेपालअखबार,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले इमानदार नेता र अनुशासित नागरिकको पहलबाट नै देश विकास सम्भव हुने विश्वास व्यक्त गरेका छन्। नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को २९औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा मन्त्री गुरुङले विकासका लागि सुशासन र समृद्धिका पक्षमा इमान्दार भएर काम गर्नुपर्नेमा जोड दिए। पछिल्लो समय विदेशमा विद्यार्थी अध्ययन गर्न जाने सङ्ख्या वृद्धि भएको उल्लेख गर्दै उनले विदेशिएका युवालाई स्वदेशमै फर्काउनका लागि इक्यानले पहल गर्नुपर्ने बताए। ‘उच्च शिक्षाका लागि विदेश जानु सकारात्मक हो तर, इक्यानकै पहलमा ती युवालाई स्वदेशमै भविष्य देखाउनुपर्नेछ,’ उनले भने, ‘इक्यानले विदेशमा गएका विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गरी स्वदेशमै नवीन कार्य गर्न प्रोत्साहित गर्नुपर्छ।’ नेपाल विकासका प्रशस्त सम्भावना भएको उल्लेख गर्दै मन्...
प्रधानमन्त्री ओली आज चीन प्रस्थान गर्ने
राजनीति, समाचार

प्रधानमन्त्री ओली आज चीन प्रस्थान गर्ने

नेपालअखबार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज चीन भ्रमणमा जाँदै छन् ।  तियानजिनमा हुने सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा सहभागी हुन आज  बिहान ७ बजे उनी चीन जान लागेका हुन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीन र रुसका राष्ट्रपतिसहित ६ देशका सरकार प्रमुखसँग द्विपक्षीय वार्ता गर्ने टुंगो लागेको छ । ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग तियानजिनमा भेटघाट गर्ने कार्यक्रम छ । उनले भदौ १६ गते तियानजिनमा हुने एससीओ प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । एससीओ शिखर सम्मेलनको साइडलाइनमा प्रधानमन्त्रीले केही विश्व नेताहरूसँग भेटघाट गर्नेछन् । भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, पूर्व उपप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्...
सुदूरपश्चिममा वैदेशिक लगानीका लागि परराष्ट्रमन्त्रीको आग्रह
राजनीति, समाचार

सुदूरपश्चिममा वैदेशिक लगानीका लागि परराष्ट्रमन्त्रीको आग्रह

नेपालअखबार, काठमाडौँ ।  परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेशमा उपलब्ध अथाह सम्भावनाका क्षेत्रहरुमा लगानी गर्न वैदेशिक लगानीकर्ताहरुलाई आग्रह गर्नुभएको छ । सुदूरपश्चिम प्रदेश सरकारद्वार आगामी नोभेम्बर १७— १८ मा सुदूरपश्चिमको धनगढीमा अयोजित ‘सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन’को तयारीस्वरुप आज परराष्ट्र मन्त्रालयमा आयोजित बैठकमा उहाँले सुदूरपश्चिम प्रदेश प्रकृतिको सुन्दरताले भरिपूर्ण र प्राकृतिक स्रोत एवं सम्पदाले सम्पन्न रहेकाले यस क्षेत्रमा लगानी गरेर मुनाफा कमाउन वैदेशिक लगानीकर्ताहरुलाई आग्रह गर्नुभयो । नेपालस्थित विभिन्न देशका राजदूत एवं प्रतिनिधिहरु समेत उपस्थित सो बैठकमा मन्त्री डा राणाले भन्नुयो “सुदूरपश्चिम प्रदेश नेपालकै समृद्धिको प्रवेशद्वार हो । यहाँ जलविद्युत् एवं नवीकरणीय ऊर्जा, कृषि, पर्यटन, सिमापार व्यापार, शहरी पूर्वाधार, सूचना प्रविधि र डिजिटल पूर्वा...
संवैधानिक अदालतको आदेशमा पदमुक्त भइन् थाइल्याण्डकी प्रधानमन्त्री
राजनीति, विश्व, समाचार

संवैधानिक अदालतको आदेशमा पदमुक्त भइन् थाइल्याण्डकी प्रधानमन्त्री

नेपालअखबार, काठमाडौँ । थाइल्याण्डको संवैधानिक अदालतले निलम्बित प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई पदमुक्त गरेको छ। कम्बोडियाका नेता हुन सेनसँगको फोन कल गरेपछि विवादमा तानिएकी सिनावात्राले नैतिकताको उल्लंघन गरेको भन्दै शुक्रबार पदमुक्त गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। हुन सेन कम्बोडियाका प्रभावशाली नेता हुन्। सेनसँगको फोन कलमा सिनावात्राले ‘अंकल’ भनेर सम्बोधन गरेकी थिइन्। थाइल्याण्डको इतिहासमा कम उमेरमै प्रधानमन्त्री बनेकी सिनावात्रा करिब एक वर्ष प्रधानमन्त्री भइन्। फोनवार्ताको अडिओ बाहिरिएपछि संवैधानिक अदालतले नै जुलाइ १ मा उनलाई निलम्बन गरेको थियो। उनीहरूबीच सीमा विवादबारे कुराकानी भएको थियो। तर फोन कलमा हुन सेनलाई ‘अंकल’ भनेर थाइल्याण्डको नीति विपरित काम गरेको आरोप लागेको थियो। फोन कलमा सिनावात्राले थाइल्याण्डकै सैनिक कमाण्डरको आलोचना गरे...
भूमि विधेयक प्रतिनिधिसभाबाट पारित
राजनीति, समाचार

भूमि विधेयक प्रतिनिधिसभाबाट पारित

नेपालअखबार,काठमाडौँ । भूमि विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्ताव गरेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको थियो । यसअघि उक्त विधेयक संसद्को कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा दफावार छलफल भएर फर्किएको थियो । यो विधेयकले खासगरी देशभरका ११ लाख भन्दा बढी भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा बाँड्न तथा घरजग्गा कारोबार गर्ने व्यवसयीलाई दलबन्दीभन्दा धेरै जग्गाको किनबेचका लागि खुला गर्ने विषयमा केन्द्रित रहेको छ । प्रतिनिधिसभाबाट पारित भएसँगै अब उक्त विधेयक राष्ट्रिय सभामा जानेछ । राष्ट्रिय सभाले उक्त विधेयक पारित गरी फिर्ता गरेपछि गरेपछि प्रतिनिधिसभाले प्रमाणीकरणका राष्ट्रपतिसमक्ष पठाउने व्यवस्था छ ।...
मनाङको प्रदेश सभा क्षेत्र २ मा कात्तिक १७ गते उपनिर्वाचन गर्ने
राजनीति, समाचार

मनाङको प्रदेश सभा क्षेत्र २ मा कात्तिक १७ गते उपनिर्वाचन गर्ने

नेपालअखबार, काठमाडौँ  ।  निर्वाचन आयोगले मनाङको प्रदेश सभा क्षेत्र २ मा कात्तिक १७ गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ। २०७९ मंसिरमा भएको प्रदेश सभा क्षेत्र निर्वाचनमा मनाङ प्रदेश सभा क्षेत्र २ बाट स्वतन्त्र उम्मेदवार राजिव गुरूङ (दीपक मनाङे) निर्वाचित भएका थिए। चक्रे मिलनमाथि ज्यान मार्ने उद्योग गरेको मुद्दामा दीपक मनाङेलाई सर्वोच्च अदालतले जेल सजाय सुनाएको थियो। सर्वोच्चले गण्डकी प्रदेश सभा सदस्यको हैसियतमा पदमा बस्न मनाङे अयोग्य रहेको फैसला गरेको थियो। त्यसपछि उपनिर्वाचन गर्न निर्वाचन आयोगले कात्तिक १७ को मिति तोकेको हो। रूपन्देही प्रतिनिधि सभा क्षेत्र ३ मा पनि कात्तिक १७ मै उपनिर्वाचन मिति तोकिएको छ। यहाँबाट निर्वाचित राप्रपा सांसद दीपक बोहराको मृत्यु भएपछि यो क्षेत्रमा पनि उपनिर्वाचन हुन लागेको हो।...
भूमि विधेयक फिर्ता लिन नेमकिपाको माग
राजनीति, समाचार

भूमि विधेयक फिर्ता लिन नेमकिपाको माग

नेपालअखबार, काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक फिर्ता लिन माग गरेको छ । दलित भूमिहीन सुकुम्बासीको नाममा अव्यवस्थित बसोबासीलाई जग्गा बाँड्न खोजिएको बताउँछन् नेमकिपाका सांसद प्रेम सुवाल । शुक्रबार प्रतिनिधिसभाको बैठकमा विधेयकमाथिको छलफलमा भाग लिँदै सासद सुवालले विधेयक फिर्ता लिएर फेरि छलफल चलाउन माग गरे ।‘यो विधेयक फिर्ता गरौं र खास समस्या पहिचान गरेर ऐन बनाऔं’ उनले भने ।...
नेपालमा सामाजिक सञ्जाल दर्ता नभए बन्द गरिने :सञ्चार गुरुङ
राजनीति, समाचार

नेपालमा सामाजिक सञ्जाल दर्ता नभए बन्द गरिने :सञ्चार गुरुङ

नेपालअखबार, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा सामाजिक सञ्जाल दर्ता नभए बन्द गरिने स्पष्ट पारेका छन् । शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गुरुङले मन्त्रिपरिषद्ले नै सात दिनभित्र सामाजिक सञ्जाल दर्ताका लागि सार्वजनिक रूपमा आह्वान गरिसकेको भन्दै सरकारले तोकेको समयमा दर्ता नभए सामाजिक सञ्जाल बन्द गरिने बताएका हुन् । उनले यसअघि पटक पटक दर्ताका लागि मौका दिए पनि केही सामाजिक सञ्जाल अझै नेपालमा दर्ता नभएकाले अव अन्तिम पटकका लागि दर्ता गर्न आह्वान गरिएको बताए । भाद्र ९ गते बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल सञ्चालकलाई जिम्मेवार तथा जबाफदेही बनाउन सात दिनको म्याद दिई सञ्चार मन्त्रालयमा सूचीकरणको लागि सार्वजनिक रूपमा आह्वान गर्ने निर्णय थियो ।...
प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्दै
राजनीति, समाचार

प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्दै

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् । शनिबार चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गरेर जानकारी दिन लागेका हुन् । चीन भ्रमणबाट फर्किएपछि भारत भ्रमणमा जान लागेकाले त्यसबारे पनि प्रधानमन्त्रीले जानकारी दिने अनुमान छ । साथै सीमा विवाद र पछिल्लो राजनीतिक अवस्थालाई पनि प्रधानमन्त्रीले सम्बोधनमा समेट्ने  स्रोतले जनाएको छ । बिहीबार सिंहदरबारमा बसेको प्रमुख सचेतकहरूसँग छलफलका क्रममा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी गराएका थिए । प्रधानमन्त्रीको सम्बोधनको क्रममा रास्वपाले अवरोध नगर्ने जनाएको छ । भिजिट भिसा दुरुपयोग प्रकरणको विषयलाई लिएर लामो समयदेखि संसद बहिस्कार गर्दै आएको रास्वपाले आज भने प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्न दिने जनाएको छ ।...