Wednesday, August 12

राजनीति

नास्सर अस्पतालमा इजरायलद्वारा चार पटक आक्रमण भएको पुष्टि
राजनीति, विश्व, समाचार

नास्सर अस्पतालमा इजरायलद्वारा चार पटक आक्रमण भएको पुष्टि

नेपालअखबार,गाजा । दक्षिण गाजामा सोमबार भएको इजरायलको घातक आक्रमणमा नास्सर अस्पताल कम्तीमा चार पटक प्रहार भएको बीबीसी भेरिफाईले नयाँ भिडियो विश्लेषणमार्फत पुष्टि गरेको छ।अन्तर्राष्ट्रिय स्तरमा तीव्र आलोचना भएको उक्त आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको बताइएको छ, जसमा पाँच पत्रकार पनि थिए। प्रारम्भिक प्रतिवेदनअनुसार अस्पताल दुई पटक मात्र आक्रमणमा परेको उल्लेख भए पनि नयाँ प्रमाणले चार पटक आक्रमण भएको देखाएको हो। बीबीसी भेरिफाई र विज्ञहरूको विश्लेषणअनुसार पहिलो चरणमै दुई फरक भर्‍याङमा एकैसाथ प्रहार भएको थियो भने पछिल्लो आक्रमण भने दुई पटक अलग–अलग विस्फोट भएको पाइएको छ। स्थानीय समयमा बिहान १०:०८ बजे पूर्वी भर्‍याङमा भएको पहिलो प्रहारमा रोयटरका लागि प्रत्यक्ष प्रसारण गरिरहेका पत्रकार हुस्साम अल–मास्रीको मृत्यु भएको पुष्टि भएको छ। साथै, उत्तरी भागको अर्को भर्‍याङ पनि प्रहारमा परेको नयाँ फ...
संसदीय सुनुवाइ समितिमा शुक्रबार सदस्य हेरफेर हुने
राजनीति, समाचार

संसदीय सुनुवाइ समितिमा शुक्रबार सदस्य हेरफेर हुने

नेपालअखबार,काठमाडौँ । संसदीय सुनुवाइ समिति (संयुक्त) मा सदस्य हेरफेर हुने भएका छन् । प्रतिनिधिसभाको शुक्रबारको लागि तय भएको बैठकमा सभामुख देवराज घिमिरेले समिति सदस्यको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको छ । सम्भावित कार्यसूचीको २ नम्बरमा लेखिएको छ, ‘सम्माननीय सभामुखले संयुक्त समिति अन्तर्गतको संसदीय सुनुवाइ समितिमा माननीय सदस्यको नाम हेरफेर गर्नुहुने ।’ स्रोतका अनुसार नेपाली कांग्रेसले समितिमा सदस्य हेरफेर गर्न लागेको हो । सभामुखले बिहीबार बोलाएको प्रमुख सचेतकहरूको बैठकमा प्रमुख सचेतक श्यामकुमार घिमिरेले सदस्य हेरफेरको प्रस्ताव राखेका थिए । सङ्घीय निजामती कर्मचारी विधेयकको ‘कुलिङ अफ पिरियड’ लफडा छानबिन गर्न बनेको संसदीय विशेष समितिले नैतिक जिम्मेवार ठहर्‍याएपछि राज्य व्यवस्था तथा सुशासन समिति सभापतिबाट राजीनामा दिएका रामहरि खतिवडालाई संसदीय ...
मन्त्री न्यौपाने र कार्यवाहक स्वीस राजदूत माइयरबिच शिष्टाचार भेट
राजनीति, समाचार

मन्त्री न्यौपाने र कार्यवाहक स्वीस राजदूत माइयरबिच शिष्टाचार भेट

नेपालअखबार, काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपाने र नेपालका लागि स्वीट्जरल्याण्डका कार्यवाहक राजदूत तथा स्वीस दूतावासका विकास सहायता प्रमुख मथियास माइयरबिच बिहीबार मन्त्रालयमा शिष्टाचार भेट भएको छ। भेटमा मन्त्री न्यौपानेले सन् १९५६ देखि कायम रहेको नेपाल–स्वीट्जरल्याण्डबिचको सौहार्दपूर्ण सम्बन्धप्रति सन्तोष व्यक्त गर्दै, नेपालको आर्थिक–सामाजिक विकासमा स्वीस विकास सहयोगले पुर्‍याएको योगदानको प्रशंसा गरिन्। मन्त्री न्यौपानेले कोशी र बागमती प्रदेशका नगरपालिकाको आन्तरिक राजस्व अभिवृद्धिका लागि स्वीस सरकार र अर्थ मन्त्रालयको सहकार्यमा परियोजना दस्तावेज तयार भइरहेको उल्लेख गर्दै, चाँडै द्विपक्षीय सम्झौता सम्पन्न भई कार्यक्रम कार्यान्वयनमा जाने विश्वास व्यक्त गरिन् उनले प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम (ENPA) दोस्रो चरणमा प्रवेश गरेको विषयलाई सकारात्...
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने शुक्रबार
राजनीति, समाचार

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने शुक्रबार

नेपालअखबार,काठमाडौँ । शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । बिहीबार सिंहदरबारमा बसेको प्रमुख सचेतकहरूसँग छलफलका क्रममा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको शुक्रबारको बैठकमा सम्बोधन गर्ने जानकारी प्रमुख सचेतकहरूलाई गराएका हुन् । सभामुखको सचिवालयका अनुसार यसअघि तय भएर स्थगित भएको प्रधानमन्त्रीको सम्बोधन शुक्रबारका लागि तय भएको हो । भदौ ६ गते प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएर स्थगित भएको थियो । बैठक दिउँसो एक बजेका लागि बोलाइएको छ ।...
एमाले विधान संशोधन प्रस्तावमा प्रेस चौतारीका ७ सुझाव
राजनीति, समाचार

एमाले विधान संशोधन प्रस्तावमा प्रेस चौतारीका ७ सुझाव

नेपालअखबार,काठमाडौँ । नेकपा एमाले निकट पत्रकारहरूको सङ्गठन प्रेस चौतारी नेपालले एमाले विधान संशोधन प्रस्तावमाथि सात बुँदे सुझाव दिएको छ । चौतारीका अध्यक्ष गणेश पाण्डेले बिहीबार एमाले महासचिव शंकर पोखरेललाई सुझाव हस्तान्तरण गरेका हुन् । प्रस्तावित विधानको ७० वर्षे उमेर हद हटाउने विषयलाई चौतारीले स्वागत गर्दै राष्ट्रपति र उपराष्ट्रपति भइसकेका व्यक्तिहरू सक्रिय राजनीतिमा फर्कने विषय उपयुक्त नहुने कुरा संविधान र पार्टीको विधानमै राख्ने व्यवस्था गर्न सुझाव दिएको छ । त्यस्तै चौतारीले पार्टी केन्द्रीय कमिटीमा कम्तीमा २० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ ।...
अमेरिकालाई शतप्रतिशत कर लगाउनुपर्छ : केजरीवाल
राजनीति, विदेश, समाचार

अमेरिकालाई शतप्रतिशत कर लगाउनुपर्छ : केजरीवाल

नेपालअखबार,काठमाडौं । आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘कायर’ को संज्ञा दिएका छन्। उनले नरेन्द्र मोदी नेतृत्वको संघीय सरकार अमेरिकी राष्ट्रपति ट्रम्पको अगाडि झुकेको आरोप पनि लगाएका छन्। केजरीवालले बिहीबार पत्रकार सम्मेलन गर्दै भने, ‘ट्रम्प एक कायर मानिस हुन्। जुन देश ट्रम्पविरुद्ध खडा भयो, त्यस देशको अगाडि ट्रम्पलाई झुक्नै पर्‍यो।‘ उनले थपे, ‘मोदीजीलाई के बाध्यता छ थाहा छैन तर उनी ट्रम्पको अगाडि पूर्ण रूपमा झुकेका छन्।‘ उनले बदलामा भारतले शतप्रतिशत कर लगाउनुपर्ने बताए । ‘यदि ट्रम्पले ५० प्रतिशत ट्यारिफ लगाएका छन् भने हामीले बदलामा १०० प्रतिशत ट्यारिफ लगाउनुपर्थ्यो। १४० करोड जनसंख्या कम होइन, हाम्रो बजार धेरै ठूलो छ।‘ केजरीवालले केही दिनअघि मोदीले ट्रम्पको दबाबमा कपासमा लाग्ने ११ प्रतिशत कर हटाइदिएको आरोप लगाए । ‘मोदीजीको यो निर्...
मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक
राजनीति, समाचार

मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक

नेपालअखबार,काठमाडौँ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ । बुधबार सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकका विभिन्न १० वटा निर्णयहरू सार्वजनिक गरेका हुन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र अन्तर्गतका निकायहरूको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय गरिएको मन्त्री गुरुङले बताए । यस्तै नेपाली सेनातर्फ चार जना उपरथीहरूको सरुवा गर्ने, एक जना सहायक रथीलाई उपरथी दर्जामा बढुवा गर्ने, एक जना महासेनानीलाई सहायक रथी दर्जामा बढुवा गर्ने र एक जना महासेनानीको राजीनामा स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।...
राजनीतिमा सदाचार नीति लागू गर्न आवश्यक : अध्यक्ष दाहाल
राजनीति, समाचार

राजनीतिमा सदाचार नीति लागू गर्न आवश्यक : अध्यक्ष दाहाल

नेपालअखबार, काठमाडौँ । राष्ट्रिसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राजनीतिमा सदाचार नीति लागू गर्न आवश्यक रहेको बताएका छन् । राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक, मामिला तथा सुशासन समितिद्वारा बुधबार आयोजित राष्ट्रिय सदाचार नीतिसम्बन्धी तयार गरिएको अध्ययन प्रतिवेदन, २०८२ माथिको छलफललाई सम्बोधन गर्दै उनले राजनीति क्षेत्रमा सदाचार लागू हुन नसकेका विद्यमान अवस्थामा सदाचार नीति कायम गर्नेतर्फ सम्बद्ध सबैको ध्यान जानुपर्नेमा जोड दिए । 'कानुन निर्माण, मुलुकको बजेट निर्माण प्रक्रिया, आर्थिक, सामाजिक तथा पूर्वाधार विकासमा राजनीतिक दलको संलग्नता रहेको हुन्छ, राजनीति सदाचार भएमा मात्रै यी क्षेत्रमा पनि सदाचार लागू गर्न सकिन्छ,' दाहालले भने, 'यदि घरमूलीले मद्यपान, धूमपान गर्छ भने अरुलाई अर्तीउपदेश दिन मिल्छ ? त्यसरी नै हामीले अरुलाई सदाचार नीति लागू गराउन खोज्ने तर आफूचाहिँ नीति बाहिर बस्न म...
राज्यव्यवस्थाको सभापतिमा निर्विरोध निर्वाचित न्यौपानेले लिइन् शपथ
राजनीति, समाचार

राज्यव्यवस्थाको सभापतिमा निर्विरोध निर्वाचित न्यौपानेले लिइन् शपथ

नेपालअखबार,काठमाडौँ ।  प्रतिनिधिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समिति सभापतिमा निर्विरोध निर्वाचित कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले शपथ लिएकी छन् । सभामुख देवराज घिमिरेले बुधबार पद तथा गोपनियताको शपथ लिएकी हुन् । सिंहदरबारस्थित संघीय संसद सचिवालयमा आयोजित कार्यक्रममा सभामुख घिमिरेसमक्ष न्यौपानेले समिति सभापति पदको शपथ लिएकी हुन् । शपथ ग्रहण कार्यक्रममा गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई, कानुनमन्त्री अजयकुमार चौरसिया, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी तथा संसद्‌मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका मुख्य सचेतक, प्रमुख सचेतक र सांसदहरूको सहभागिता थियो । राज्यव्यवस्था समितिको सभापति पदका लागि भएको निर्वाचनमा न्यौपानेको मात्र उम्मेदवारी परेको थियो यसअघिका समिति सभापति रामहरि खतिवडा संघीय निजामती विधेयकमा 'कुलिङ अफ पिरियड' सम्बन्धी विवादमा मुछिएपछि गत साउ...
निजामती विधेयक : प्रतिनिधिसभाले रोकेको सहसचिवमा खुला प्रतिस्पर्धा राष्ट्रिय सभाको समितिले १० प्रतिशत राख्यो
राजनीति, समाचार

निजामती विधेयक : प्रतिनिधिसभाले रोकेको सहसचिवमा खुला प्रतिस्पर्धा राष्ट्रिय सभाको समितिले १० प्रतिशत राख्यो

नेपालअखबार,काठमाडौँ । निजामती सेवामा सहसचिव पदपूर्तिका लागि १० प्रतिशत संख्या खुला प्रतिस्पर्धाबाट गराउने व्यवस्था संघीय निजामती विधेयकमा राखिएको छ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले सहसचिवमा १० प्रतिशत पदपूर्ति खुला प्रतिस्पर्धाबाट हुने प्रावधान निजामती विधेयकमा राखेको हो । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा दफावार छलफलको क्रममा रहेको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० मा राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले सहसचिवमा १० प्रतिशत पदपूर्ति खुला प्रतिस्पर्धाबाट हुने प्रावधान सर्वसम्मतिले पारित गरेको हो ।समितिको बुधबारको समितिले उक्त सहमति जुटाएको हो । प्रतिनिधिसभाबाट पारित विधेयकमा भने सहसचिवमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति नहुने व्यवस्था पारित गरेको थियो । प्रतिनिधिसभाले सहसचिव...