Saturday, August 15

राजनीति

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति, समाचार

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

नेपालअखबार,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । मन्त्रिपरिषद्को नियमित बैठक प्रधानमन्त्रीको सरकारी निवासमा साँझ साढे ६ बजे बस्नेगरी बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय हुने बुझिएको छ । आजको बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे निर्णय हुनसक्ने एक मन्त्रीले जानकारी दिए ।...
प्रतिनिधिसभा बैठक बस्दै
राजनीति, समाचार

प्रतिनिधिसभा बैठक बस्दै

नेपालअखबार,काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ। सङ्घीय संसद् सचिवालयले दिउसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूची तयार गरेको छ ।  जसमा भूमिसम्बन्धी बाहेक सरकारले ल्याएको अन्य पाँच अध्यादेश स्वीकृतिका लागि पेस हुने बताइएको छ । राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहित विधेयक टेबुल गरिने कार्यसूची छ। भानुभक्त जोशीले सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने जनाइएको छ। यसैगरी डा ...
वनबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्न उद्यमशिलता विकास गर्नुपर्छ : उपराष्ट्रपति
राजनीति, समाचार

वनबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्न उद्यमशिलता विकास गर्नुपर्छ : उपराष्ट्रपति

नेपालअखबार,काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले वन क्षेत्रमा उद्यमशिलता विकास गर्नुपर्ने बताएका छन् । ‘वन, वन्यजन्तु र जलाधार : पेशागत ऐक्यबद्धता समृद्धिको आधार’  नाराका साथ नेपाल वन प्राविधिक सङ्घ (एनएफए) को स्थापनाको ५० औँ वार्षिक उत्सवको सन्दर्भमा आयोजित स्वर्ण महोत्सव समारोहमा उपराष्ट्रपति यादवले वनबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्न वन उद्यमको विकासमा जोड दिएका हुन् ।उपराष्ट्रपति यादवले नेपालको वन संरक्षण र दिगो उपयोगमा वन प्रविधिको भूमिका रहेको उल्लेख गर्दै थप वन क्षेत्रको विकासका लागि अझै अगाडि बढ्नुपर्ने बताए । ‘जलवायु परिवर्तनको प्रभाव, वनजन्य स्रोतकोे दिगो उपयोग, पारिस्थितिकिय प्रणालीको संरक्षणमा सङ्घको भूमिका छ । ‘पछिल्ला वर्षमा वन केन्द्रित दिगो विकासका प्रयास भएका छन्,’ उनले भने- ‘वन क्षेत्रको संरक्षण सम्वर्द्धन, र दिगो व्यवस्थापनका लागि समन्वय जरुरी छ । नीतिगत सु...
न्यूनतम पारिश्रमिकभन्दा कम तलब दिएर काममा लगाउन कहीँ पनि पाइँदैन : प्रधानमन्त्री
राजनीति, समाचार

न्यूनतम पारिश्रमिकभन्दा कम तलब दिएर काममा लगाउन कहीँ पनि पाइँदैन : प्रधानमन्त्री

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कतिपय गैरसरकारी अस्पतालहरूले न्यूनतम पारिश्रमिक पनि नदिएको विषय जानकारीमा आएको भन्दै त्यसबारे आपत्ति जनाएका छन् । मंगलबार राजधानीमा आयोजित नेपाल ट्रेड युनियन महासंघ (जीफन्ट) ले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले नर्सहरू पनि श्रमिक भएकाले न्यूनतम तलब सबैले पाउनुपर्ने भनाइ राखे । ‘म चर्चा सुनिरहेको छु, खुद नर्सहरूले पनि न्यूनतम तलब पाइरहेका छैनन् । यस्तो सुनेको छु । त्यस्तो हो भने, उनीहरू पनि श्रमिक हुन् । फरक होइनन्,’ प्रधानमन्त्री ओलीले भनेका छन् । देशमा अहिले समस्या नै नभएको अवस्था नरहेको जिकिर गर्दै उनले समानता र समाजवादको विकसित रुप आइनसकेको जिकिर गरे ।‘समस्या नभएका होइनन् । हामी धेरै विकसित अवस्थामा पुग्यौं, अहिले पनि समानताको स्थिति आइसक्यो, समाजवादको पनि विकसित रुप आइसक्यो, त्यो होइन,’ प्रधानमन्त्री ओली...
नेपालमा पर्याप्त जनशक्ति उत्पादन भए पनि त्यस अनुसार अवसरहरु सिर्जना नभएकोमा चिन्ता :राष्ट्रपति पौडेल
राजनीति, समाचार

नेपालमा पर्याप्त जनशक्ति उत्पादन भए पनि त्यस अनुसार अवसरहरु सिर्जना नभएकोमा चिन्ता :राष्ट्रपति पौडेल

नेपालअखबार,काठमाडौं । नेपाल चिकित्सक संघको स्थापनाकालदेखि हालसम्म भएका ३२ अध्यक्षको विषयमा लेखिएको पुस्तक ‘चिकित्सक नेतृत्व’ विमोचन गरिएको छ । नेपाल चिकित्सक संघ स्थापना भएको ७५ वर्ष पुगेको अवसरमा म‌ंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले पुस्तकको विमोचन गरेका हुन् । पुस्तकमा संघका ३२ जना अध्यक्षको जीवनी, संघमा उनीहरूले गरेका योगदान, संघर्ष लगायतका विषय समावेश छन्। पुस्तक विमोचनपछि राष्ट्रपति पौडेलले दक्ष र विज्ञ चिकित्सकहरु नेपालमै उत्पादन हुनु र नेपालमै स्तरीय स्वास्थ्य उपचारको थालनी हुनु सुखद् पक्ष रहेको बताए। उनले स्तरीय आफूले पनि स्तरीय उपचार सेवाको अनुभव गरेको जानकारी दिए। राष्ट्रपति पौडेलले नेपालमा पर्याप्त जनशक्ति उत्पादन भए पनि त्यस अनुसार अवसरहरु सिर्जना नभएकोमा चिन्ता व्यक्त गरे। ‘जनशक्तिले पर्याप्त अवसर नपाएको गुनासो आइरहेको छ’ पौडेलले भने, ‘त...
भूमिसम्बन्धी अध्यादेश रोक्न सरकार सहमत
राजनीति, समाचार

भूमिसम्बन्धी अध्यादेश रोक्न सरकार सहमत

नेपालअखबार,काठमाडौं । सत्ता साझेदार दलहरु भूमिबाहेक पाँच अध्यादेश संसदबाट पास गर्न सहमत भएका छन् । भूमिबाहेकका अध्यादेशहरु २१ गतेको प्रतिनिधि सभा र २२ गतेको राष्ट्रिय सभा बैठकबाट पास गर्ने तयारी छ । २९ पुसमा सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी भएका थिए । यी ६ वटै अध्यादेश दुवै सदनमा प्रस्तुत भइसकेका छन् । तर, भूमि अध्यादेशमा जसपाको असहमतिका कारण सबै अध्यादेश एकैपटक संसद्बाट स्वीकृत गराउने सरकारको प्रयास सफल हुन सकेको छैन । अध्यादेशको आयु २७ दिन बाँकी रहेका बेला सरकार भूमि सम्बन्धी अध्यादेश रोक्न सहमत भएको हो । संसद ...
जनप्रियमा अनेरास्ववियुबाट आविष्कार स्ववियु सभापतिको उम्मेद्वार
राजनीति, समाचार

जनप्रियमा अनेरास्ववियुबाट आविष्कार स्ववियु सभापतिको उम्मेद्वार

नेपालअखबार,पोखरा  । नेकपा (एमाले)निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले पोखरास्थित जनप्रिय बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को सभापति पदका उम्मेद्वार घोषणा गरेको छ । पार्टी जिल्ला कमिटी सचिव दर्शन लामाको प्रमुख आतिथ्यतामा सोमबार क्याम्पस गेटमा आयोजित कार्यक्रममा पार्टी जिल्ला कमिटी सदस्य एवं विद्यार्थी इलाका इन्चार्ज महेन्द्र उपाध्याय (मन्नु)ले उम्मेद्वार घोषणा गरेका हुन् । आगामी ५ चैतमा हुने निर्वाचनका लागि अनेरास्ववियुबाट संगठनका क्याम्पस कमिटी संयोजक आविष्कार केसी सभापति लड्ने इन्चार्ज पौडेलले सार्वजनिक गरे । प्रत्यक्ष निर्वाचन हुने सचिव, कोषाध्यक्ष र सदस्यका उम्मेद्वारको नाम मनोनयन दर्ताअघि घोषणा गरिने अनेरास्ववियु क्याम्पस कमिटी सचिव सचिन अधिकारीले जानकारी दिए । स्ववियु कार्यसमितिका उपाध्यक्ष, सहायक सचिव र केही...
युरोपेली देशका नेताहरूसँग भेटघाटपछि जेलेन्स्कीले अमेरिकाबारे के भने ?
राजनीति, विश्व, समाचार

युरोपेली देशका नेताहरूसँग भेटघाटपछि जेलेन्स्कीले अमेरिकाबारे के भने ?

नेपालअखबार,कीएभ । युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले हालैको घटनापछि युरोपबाट स्पष्ट समर्थन प्राप्त भएको बताएका छन्। जेलेन्स्कीले आफ्नो सामाजिक सञ्जाल पोस्टमा उनलाई युरोपबाट केही बढी ऐक्यबद्धता र सहयोग गर्ने इच्छासहित समर्थन मिलिरहेको लेखेका हुन् ।‘वास्तविक शान्ति प्राप्त गर्ने आवश्यकतामा सबैजना एकजुट छन्,’ उनले लेखे, ‘हामीलाई वास्तविक सुरक्षा ग्यारेन्टी चाहिन्छ। यो सम्पूर्ण युरोपको माग हो।’ उनले थपे, ‘स्पष्ट रूपमा हामी संयुक्त राज्य अमेरिकाको महत्त्व बुझ्छौँ र संयुक्त राज्य अमेरिकाबाट प्राप्त सबै सहयोगको लागि हामी आभारी छौँ। हामीले अमेरिकाप्रति कृतज्ञता व्यक्त नगरेको कुनै दिन पनि भएको छैन।’ यसअघि आइतबार युक्रेन युद्धको सन्दर्भमा लन्डनमा धेरै युरोपेली देशका नेताहरूको बैठक भएको थियो, जसमा युक्रेनी राष्ट्रपति जेलेन्स्की पनि उपस्थित थिए।...
आज स्ववियु निर्वाचनका लागि संघसंगठन दर्ता
राजनीति, समाचार

आज स्ववियु निर्वाचनका लागि संघसंगठन दर्ता

नेपालअखबार,काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव अन्तर्गत आज संघ/संगठन दर्ता हुँदै छ । आगामी ५ चैतमा हुने मतदानका लागि देशभरका क्याम्पसहरुमा आज अपराह्न तीन बजेसम्म संघ/संगठन दर्ताको कार्यक्रम राखिएको हो । दिइएको छ । सोही दिन नै मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ । २६ फागुनमा उम्मेदवारका लागि मनोनयनपत्र वितरण हुनेछ । प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय २७ फागुनका लागि तोकिएको छ । सोही दिन नै दुवै तर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ । दुवै तर्फको उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने २८ फागुनका लागि तोकिएको छ । सोही दिन नै दुवै तर्फको दाबी विरोध उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ । दुवै त...
ह्वाइट हाउसमा चर्काचर्कीपछि बेलायत पुगेर जेलेन्स्कीले गरे २ अर्ब पाउन्डको ऋण सम्झौता
अर्थ, राजनीति, विश्व, समाचार

ह्वाइट हाउसमा चर्काचर्कीपछि बेलायत पुगेर जेलेन्स्कीले गरे २ अर्ब पाउन्डको ऋण सम्झौता

नेपालअखबार,काठमाडौँ। ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग चर्काचर्की गरेर वाशिङ्टनबाट फर्किएका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बेलायत पुगेका छन्। बेलायती प्रधानमन्त्री कियर स्टार्मरले आइतबार जेलेन्स्कीसहित युरोपेली नेताहरुको बैठक राखेका छन्। बैठकमा सहभागी हुन जेलेन्स्की शनिबार नै बेलायत पुगिसकेका छन्। बेलायती प्रधानमन्त्री स्टार्मरले जेलेन्स्कीलाई न्यानो स्वागत गरेका थिए। ह्वाइट हाउसको चर्काचर्कीपछि बेलायती प्रधानमन्त्री स्टार्मरले आफ्नो अटुट समर्थन युक्रेनलाई हुने बताएका थिए। लगत्तै युक्रेन युद्धबारे छलफल गर्ने लण्डनमा आइतबार बस्नेगरी युरोपेली नेताहरूको बैठक बोलाएका थिए। जेलेन्स्कीले ह्वाइट हाउसको विषयमा प्रतिक्रियाका लागि स्टार्मरलाई धन्यवाद दिए। उनले यति राम्रो साथी पाएकोको खुशी छु भनेको बिबिसीले जनाएको छ। त्यतिबेला पनि स्टार्...