कपिलवस्तुमा माओवादी, एमाले परित्याग गरी १७ सय नेताकार्यकर्ता एकीकृत समाजवादीमा
नेपालअखबार,काठमाडौँ। विभिन्न राजनीतिक दल परित्याग गर्दै १७०० नेताकार्यकर्ता नेकपा (एकीकृत समाजवादी) मा समावेश हुनुभएको छ।
शनिबार कपिलवस्तुको ११औँ जिल्ला अधिवेशन तथा पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका नेता तथा पूर्वसांसद रामलौटन चौधरी, मायादेवी गाउँपालिकाका पूर्वउपाध्यक्ष गीता तिवारीलगायत विभिन्न तहका नेताकार्यकर्ताले एकीकृत समाजवादी रोज्नु भएको हो।
उहाँहरुलाई पार्टीका अध्यक्ष माधवकुमार नेपालले पार्टीमा स्वागत गर्नुभएको छ। कार्यक्रममा अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपालले भन्नुभयो,“सत्तामा बसेर जनताको पक्षमा काम गर्ननसक्नेहरूबाट दिक्क भएर कमरेडहरू समाजवादी आन्दोलनमा सामेल हुनुभएको छ। हामी सधैं जनताको अधिकार र लोकतान्त्रिकमूल्य–मान्यताको पक्षमा खडा हुनेछौँ।”
कार्यक्रममा सहभागी नवप्रवेशी नेताकार्यकर्ताहरूले वर्तमान सत्ताधारी दलहरू जनताको भावनासँग विमुख भएको आरो...










