Sunday, July 12

समाचार

खोलाको मापदण्डको विरोधमा माइतीघरमा प्रदर्शन
समाचार, समाज

खोलाको मापदण्डको विरोधमा माइतीघरमा प्रदर्शन

नेपालअखबार, काठमाडौं । उपत्यकाका खोला किनारको मापदण्डविरुद्ध माइतीघरमा प्रदर्शन भएको छ । थप २० मिटर छाड्नुपर्ने भनी सर्वोच्च अदालतले गरेको फैसला र सोही फैसला कार्यान्वयन गर्ने काठमाडौं महानगरपालिकाको निर्णयको विरोधमा सरोकारवालाले पुन: प्रदर्शन गरेका हुन् । यसअघि नै सरोकारवालाहरूले उक्त निर्णय पुनरावलोकनको माग गर्दै आएका छन् । हाल कायम २० मिटरको छाड्नुपर्ने मापदण्डमा थप २० मिटर पनि छाड्नुपर्ने भनेर सर्वोच्चले फैसला गरेको थियो । सरोकार समितिले यो फैसला गर्ने न्यायाधीशद्वय आनन्द मोहन भट्टराई र विनोद शर्मालाई महाअभियोग लगाउन समेत माग गर्दै आएको थियो ।सरोकारवालाहरुले समाजको मनोविज्ञान नबुझी धर्म, संस्कृति, सभ्यता र पहिचान माथि कठोर र निर्मम तरिकाबाट प्रहार भएको आरोप लगाउँदै आएका छन् ।...
मुस्ताङ पुगे साढे २५ हजार विदेशी पर्यटक, १९ प्रतिशत वृद्धि
पर्यटन, समाचार, समाज

मुस्ताङ पुगे साढे २५ हजार विदेशी पर्यटक, १९ प्रतिशत वृद्धि

नेपालअखबार,  मुस्ताङ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ । सन् २०२५ मा समग्रमा गत वर्षभन्दा १८.७१ प्रतिशतले पर्यटकको आवागमन वृद्धि भएको जनाइएको छ । उक्त वर्षको जनवरीदेखि डिसेम्बर ३१ तारिखसम्म यहाँ कुल एक लाख ६१ हजार १२२ जना विदेशी पर्यटक भित्रिएको एक्याप जोमसोम कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिए । उनका अनुसार सन् २०२४ मा एक लाख ३५ हजार ७१९ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । गत वर्ष यहाँ आउने पर्यटकमध्ये सार्क राष्ट्रबाट एक लाख ३२ हजार ८४७ र अन्य राष्ट्रबाट २८ हजार २७५ जना रहेका छन् । त्यसअघि सार्क राष्ट्रबाट एक लाख नौ हजार ५४९ र अन्य राष्ट्रबा...
सिकार खेल्न गएका साथीको मृत्यु, भरुवा बन्दुकसहित ५ जना पक्राउ
समाचार, समाज

सिकार खेल्न गएका साथीको मृत्यु, भरुवा बन्दुकसहित ५ जना पक्राउ

नेपालअखबार, काठमाडौं । जाजारकोटमा सिकार खेल्न गएका एक जनाको मृत्यु भएको छ । बारेकोट गाउँपालिका-८ का ३६ वर्षीय प्रचण्डदेव सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुधीकुमार खड्काका अनुसार पुस १३ गते बिहान ९ः०० बजे बारेकोट-८ का ३६ वर्षीय प्रचण्डदेव सिंहसहित ६ जना सिकार खेल्न गएका थिए । त्यसक्रममा प्रचण्डदेवको मृत्यु भएको हो । प्रहरीले प्रचण्डदेवसँगै सिकार खेल्न गएका पाँच जनालाई  भरुवा बन्दुकसहित पक्राउ गरेको छ । अनुसन्धानका क्रममा घटनास्थल नजिक खाल्डोमा भरुवा बन्दुकसहितका हातहतियार फेला परेपछि बारेकोट गाउँपालिका-८ का ४५ वर्षीय इन्द्रबहादुर सिंह, ५४ वर्षीय मीमबहादुर सिंह, २४ वर्षीय राजीव शाही, ४४ वर्षीय जनक कार्की र १९ वर्षीय लालबहादुर सिंहलाई पक्राउ गरिएको हो । अभियुक्तहरूबाट तीन थान भरुवा बन्दुक, दुई थान फलामको चक्कु, १३५.१८ ग्राम बारुद र २१ थान...
भारतमा व्यापार गरेर बसेका व्यक्ति समानुपातिकमा परेको भन्दै सर्लाही कांग्रेसले जनायो विरोध
राजनीति, समाचार

भारतमा व्यापार गरेर बसेका व्यक्ति समानुपातिकमा परेको भन्दै सर्लाही कांग्रेसले जनायो विरोध

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेस सर्लाहीले भारतमा बसेर व्यापार गर्दै आएका व्यक्तिलाई समानुपातिक उम्मेदवार सिफारिस गरिएको भन्दै विरोध जनाएको छ । कांग्रेस सर्लाहीका कार्यवाहक सभापति डा. सरोज कुमारले पार्टी केन्द्रीय कार्यालय सानेपालाई पत्र लेखेर विरोध जनाएका हुन् । उनका अनुसार कांग्रेसबाट सिफारिसमा परेका मो. अन्सार खाँ कुनै पनि पार्टी समितिबाट सिफारिस नभएको र पार्टी संगठनमा कहिल्यै नदेखिएको व्यक्ति दाबी गरिएको छ । विगत २०–२५ वर्षदेखि भारतको लुधियानामा व्यापार गर्दै आएका व्यक्ति कुन मापदण्डका आधारमा समानुपातिक सदस्यमा सिफारिस भए भनेर उनले प्रश्न उठाएका छन् । केन्द्रीय समितिको यस्तो निर्णयले जिल्लामा बसेर पार्टी संगठन विस्तारमा लामो समयदेखि योगदान दिएका कार्यकर्ताको मनोबल गिरेको र संगठनभित्र निराशा तथा विद्रोहको भावना सिर्जना भएको पत्रमा उल्लेख छ । पार्टीमाथि चौतर्फी आक्रमण भ...
एमालेको समानुपातिक सूची– झापाबाट ९ जनाको प्रतिनिधित्व
राजनीति, समाचार

एमालेको समानुपातिक सूची– झापाबाट ९ जनाको प्रतिनिधित्व

नेपालअखबार, काठमाडौँ ।  नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा झापा जिल्लाबाट सबैभन्दा धेरैको प्रतिनिधित्व गराइएको छ। एमालेको केन्द्रीय कमिटीमा पनि झापाकै प्रतिनिधि धेरै छन्। झापाबाट अध्यक्ष केपी शर्मा ओलीसहित २६ जना केन्द्रीय कमिटीमा छन् भने ओलीकै निर्वाचन क्षेत्र झापा ५ बाट आयोग सदस्यसहित १४ जनाको प्रतिनिधित्व छ। गत पुस १४ गते निर्वाचन आयोगमा बुझाएको बन्दसूची अनुसार झापाबाट ९ जनाको प्रतिनिधित्व देखिएको छ। यसमा अनिता सुब्बा, विद्यानन्द राजवंशी, नर्मदादेवी सिवाकोटी, मेनुका काफ्ले, लता प्रसाईं, नीता घतानी, जितु दर्जी गौतम, सोम पोर्तेल र बिना साह महतो छन्। झापापछि काठमाडौंबाट ७ जनाको प्रतिनिधित्व छ, जसमा लक्की शेर्पा, मिना बरामु, कुलभक्त शाक्य, बुद्धभक्त चित्रकार, सानुमैया खड्का, मायादेवी पोडेनी र निर्मल देउला पोडेको नाम समावेश छ। धनुषाबाट पनि ७ जनाकै प्रतिनिधित्...
राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
राजनीति, समाचार

राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

नेपालअखबार,मोरङ । आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि विराटनगरमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ । मोरङ जिल्ला अदालतका मुख्य न्यायाधीश भीष्मराज प्रसाईंले बुधबार कार्यालयको शुभारम्भ गर्दै राष्ट्रियसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन कार्यक्रमबारे जानकारी गराए । आगामी माघ ११ गते हुने निर्वाचनका लागि स्थापना गरिएको कार्यालय निर्वाचन आयोगको  कार्यालय विराटनगरमा रहने निर्वाचन आयोगको कार्यालय कोशी प्रदेशका निमित्त प्रमुख चोलाराज दङ्गालले जानकारी दिए । निर्वाचन आयोगबाट स्वीकृत कार्यक्रमअनुसार २०८२ पुस १९ गते बिहान १० : ०० देखि ११ : ०० बजेसम्म मतदाता नामावली प्रकाशन हुने छभने मतदाता नामावली उपरको दाबी विरोध तथा निवेदन/उजुरीमाथि छानबिन गरी पुस २२ गते ३:०० बजेदेखि ४:०० बजेसम्म अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । यसैगरी, पुस २३ गते बिहान १०:...
वीर अस्पतालमा १०३ वर्षीया वृद्धामा मस्तिष्कको शल्यक्रिया
समाचार, समाज, स्वास्थ्य

वीर अस्पतालमा १०३ वर्षीया वृद्धामा मस्तिष्कको शल्यक्रिया

नेपालअखबार,काठमाडौं । वीर अस्पतालले मस्तिष्कमा भएको ठूलो रक्तस्रावको सफल शल्यक्रिया सम्पन्न गरेको छ । अस्पतालले काठमाडौँ कोटेश्वरकी १०३ वर्षीय वृद्धाको विश्वमै दुर्लभ मानिने न्युरोसर्जिकल उपलब्धि प्राप्त गरेको हो । वीर अस्पतालका न्युरो विभागका प्रमुख वरिष्ठ न्युरोसर्जन डा. राजीव झाका अनुसार अत्यन्तै नाजुक र उच्च उमेर हुँदाहुँदै पनि सफल मस्तिष्क शल्यक्रिया हुनु चिकित्सकीय क्षेत्रमा महत्वपूर्ण उपलब्धि हो । परिवारका सदस्यका अनुसार उनलाई एक महिनादेखि टाउको दुख्ने र पटक–पटक लड्ने समस्या देखिएको थियो । परिवारले सुरुमा यसलाई अत्यधिक उमेर र सामान्य कमजोरीका कारण भएको ठानेको थियो । तर दुई दिनसम्म लगातार बेहोस भएपछि उनलाई नजिकैको अस्पताल लगिएको थियो । त्यहाँबाट उनलाई वीर अस्पताल रेफर गरिएको थियो । वीर अस्पतालका अनुसार इमरजेन्सीमा आइपुग्दा उनी अचेत नै थिइन् । विस्तृत जाँच–परीक्षणपछि उनको ...
तोकिएकै मितिमा निर्वाचन गर्ने अवस्थामा अघि बढेका छाैँ : प्रधानमन्त्री
राजनीति, समाचार

तोकिएकै मितिमा निर्वाचन गर्ने अवस्थामा अघि बढेका छाैँ : प्रधानमन्त्री

नेपालअखबार, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा निर्वाचन गर्ने अवस्थामा मुलुक अघि बढेको बताएकी छन् । नेपाल उद्योग वाणिज्य महासङ्घले बुधबार काठमाडौँमा आयोजना गरेको शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य विषयक सर्वपक्षीय राष्ट्रिय संवादमा प्रधानमन्त्री कार्कीले सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन गर्ने गरी वर्तमान सरकार गठन भएको भन्दै सरकार राजनीतिक दल तथा युवाहरूसँगको निरन्तर संवाद र सहयोगमा तोकिएकै मितिमा निर्वाचन गर्ने अवस्थामा पुगेको बताएकी हुन् । उनले राजनीतिक परिवर्तनले समयानुकूल आम नागरिकको जीविकामा सुधार नसकेको, पेसा, व्यवसाय र रोजगारीका अवसर नभएको र आचरण र व्यवहार पनि न्यायपूर्ण हुन नसकेका कारण जेनजी आन्दोलन हुन पुगेको उल्लेख गरिन् । जेनजी आन्दोलनपछिको असामान्य परिस्थितिलाई सम्हाल्दै पुनः भड्किन नदिन र शान्ति सुव्यवस्था कायम गर्न सरकारले निकै...
जापानकी प्रधानमन्त्री ताकाइची नै गरिन् संसद भवनमा महिला शौचालय थप्न माग
राजनीति, विश्व, समाचार

जापानकी प्रधानमन्त्री ताकाइची नै गरिन् संसद भवनमा महिला शौचालय थप्न माग

नेपालअखबार, काठमाडौँ । प्रधानमन्त्री सनई ताकाइचीले सहित जापानका झण्डै ६० जना महिला सांसदहरूले संसद भवनमा शौचालयको संख्या थप गर्न माग गरेका छन्। पुरूष प्रधान जापानको केन्द्रीय संसद 'डायट' को मुख्य बैठक हल नजिकै महिलाका लागि दुई वटा मात्र कोठा भएको एउटै शौचालय छ। परम्परागत रूपमा पुरूष मात्रै सांसद हुने भए पछिल्लो समयमा महिला सांसदको संख्या पनि केही बढ्न थालेको छ। पछिल्लो निर्वाचनमा ७३ जना महिला तल्लो सदनका लागि निर्वाचित भएका थिए। भर्खरै ताकाइची जापानको पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन्। तर एक पटकमा दुई महिलाले मात्रै शौचालय प्रयोग गर्न मिल्ने भएकाले हरेक बैठकअघि उनीहरूले लामो लाम लाग्नुपर्ने हुन्छ। त्यसैले महिलाहरूको बढ्दो प्रतिनिधित्व अनुसार शौचालय थप्न भनेर प्रधानमन्त्री ताकाइचीले सहित झण्डै ६० जना महिला सांसदहरूले गर्दै निवेदन दर्ता गराएको द गार्डियनले जनाएको छ। जापानक...
रुकुम (पूर्व) का नेताको माग हालको उम्मेदवार सिफारिस बदर गरी प्रचण्डलाई एकल सिफारिस गरियोस्
राजनीति, समाचार

रुकुम (पूर्व) का नेताको माग हालको उम्मेदवार सिफारिस बदर गरी प्रचण्डलाई एकल सिफारिस गरियोस्

नेपालअखबार,काठमाडौं । रुकुम (पूर्व)का ७३ जना पार्टी नेता तथा कार्यकर्ताले आगामी प्रतिनिधि सभा निर्वाचनमा हाल सिफारिस गरिएका उम्मेदवार बदर गरी नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एकल रूपमा प्रत्यक्ष उम्मेदवार सिफारिस गर्न माग गरेका छन् । ऐतिहासिक रूपमा दश वर्षे जनयुद्धको केन्द्र रहेको र शहिद, घाइते तथा संघर्षशील जनताको भूमिका रूपमा चिनिने जिल्ला भए पनि २०६४ सालपछि निर्वाचित जनप्रतिनिधिले अपेक्षित विकास र सामाजिक न्याय दिन नसकेको उल्लेख गरेका छन् । पत्रमा शिक्षा, स्वास्थ्य, सडक, सञ्चारलगायत आधारभूत सेवा–सुविधामा रुकुम अझै पनि पछि परेको उल्लेख गर्दै जिल्लाको ऐतिहासिक भूमिका र जनताको अपेक्षा सम्बोधन गर्न पार्टी संयोजक प्रचण्डको प्रत्यक्ष प्रतिनिधित्व आवश्यक रहेको दाबी गरिएको छ उनीहरूले पार्टी केन्द्रबाट जारी सर्कुलर, उम्मेदवार छनोट मापदण्ड, पार्टी विधान र राज...