Monday, July 13

समाचार

प्रधानमन्त्रीसँग भेटेपछि देउवाले भने- सबै दल चुनावमा जान तयार
राजनीति, समाचार

प्रधानमन्त्रीसँग भेटेपछि देउवाले भने- सबै दल चुनावमा जान तयार

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै राजनीतिक दल चुनावका लागि तयार भएको बताएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि संक्षिप्त प्रतिक्रिया दिने क्रममा देउवाले यस्तो बताएका हुन् । प्रधानमन्त्री सुशीला कार्कीले सभापति देउवासहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टी पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेकी थिइन् । ‘सबै राजनीतिक दल चुनावमा जान तयार भएका छौं,’ देउवाले भने, ‘कांग्रेस पनि रेडी छ । एमाले पनि रेडी छ । अरु दल पनि रेडी छ ।’त्यसका लागि सरकारले सुरक्षाको वातावरण मिलाउनुपर्ने देउवाको भनाइ छ । ‘सरकारले सुरक्षाको वातावरण मिलाउनुपर्छ,’ उनले भने ।...
राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री नेपालबीच भेटवार्ता
राजनीति, समाचार

राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री नेपालबीच भेटवार्ता

नेपालअखबार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानमन्त्री एवम् नेकपाका सहसंयोजक माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । राष्ट्रपति पौडेलले शनिबार बिहान नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजकसमेत हरेका नेपालसँग भेटवार्ता गरेका हुन् । उनीहरूबीच राष्ट्रपति भवन शीतलनिवासमा झण्डै एक घण्टासम्म भेटवार्ता भएको थियो । भेटवार्ता समयमै निर्वाचन गराउने, सबै दल र समूहहरूलाई मिलाएर निर्वाचन गराउनेलगायत समसमाहिक विषयमा छलफल भएको थियो ।...
कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने
राजनीति, समाचार

कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने

नेपालअखबार, काठमाडौँ । नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ । केहि दिनदेखि जारी कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यसअघि तोकेको समयमा नै नियमित महाधिवेशनको सुनिश्चितता गर्ने गरी महाधिवेशनको कार्यतालिका परिमार्जन गर्न लागेको हो । शनिबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा पनि सदस्यहरूले तोकिएको समयमा नै महाधिवेशन हुने गरी व्यवहारिक कार्यतालिका बनाउनुपर्नेमा जोड दिएका थिए । बैठकपछि कांग्रेस नेता मीन विश्वकर्माले यसअघिको कार्यतालिका अनुसार काम हुन नसकेकाले तोकेको समयमा नै नियमित महाधिवेशनको सुनिश्चितता गर्ने गरी महाधिवेशनको कार्यतालिका परिमार्जन गर्न लागिएको जानकारी दिए । पुस ८ गतेभित्र क्रियाशील सदस्यताको विषय टुङ्गिन नसकेको अवस्थामा अरू कार्यतालिका प्रभावित हुने भएकाले अर्को कार्यतालिका बनाउने विषयमा बैठक केन्द्रित रहेको उनले बताए । उन...
एमाले महाधिवेशनपछिको पहिलो सचिवालय बैठक बस्दै
राजनीति, समाचार

एमाले महाधिवेशनपछिको पहिलो सचिवालय बैठक बस्दै

नेपालअखबार, काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक भोलि (आइतबार) बिहान ११ बजेका लागि बोलाइएको एक पदाधिकारीले जानकारी दिए । एघारौं महाधिवेशनपछि नयाँ नेतृत्व चयन गरेको एमालेमा त्यसपछि बस्न लागेको यो पहिलो बैठक हो ।बैठकमा देशभरबाट प्राप्त भएका समानुपातिकतर्फका उम्मेदवारहरूको बारेमा छलफल हुने बताइएको छ । एमालेले समानुपातिकको बन्दसूचीका लागि उम्मेदवारहरूको नाम संकलन गरिरहेको छ ।...
आयोगले दलहरूलाई भन्यो- कागजात पुर्‍याएर मात्रै समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउनू
प्रशासन, समाचार

आयोगले दलहरूलाई भन्यो- कागजात पुर्‍याएर मात्रै समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउनू

नेपालअखबार,काठमाडौं । निर्वाचन आयोगले आवश्यक कागजात पूरा गरेर मात्रै समानुपातिकतर्फका उम्मदेवारको बन्दसूची बुझाउन दलहरूलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै रीतपूर्वक बन्दसूची पेश गर्न आग्रह गरिएको जानकारी गराएका छन् । आयोगले पुस १३ र १४ गते बन्दसूची पेश गर्ने कार्यतालिका तय गरेको छ । जस अनुसार, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २८, प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम १४ र प्रतिनिधि सभा समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा १३ ले तोके बमोजिमको विधि, प्रक्रिया र प्रमाण कागजात पूरा गरेर रीत पुर्‍याएर उम्मेदवारको बन्दसूची तयार पार्न आयोगले आग्रह गरेको हो । ‘समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिने गरी दर्ता भएका राजनीतिक दलहरूले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २८, प्रतिनिधि सभा ...
प्रधानमन्त्रीले देउवा, ओली र प्रचण्डलाई चुनावी निम्तो दिँदै भनिन्- यो घर तपाईंहरूकै हो
राजनीति, समाचार

प्रधानमन्त्रीले देउवा, ओली र प्रचण्डलाई चुनावी निम्तो दिँदै भनिन्- यो घर तपाईंहरूकै हो

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेताहरूलाई चुनावमा सहभागी हुन निम्तो दिएकी छिन् । शनिबार बालुवाटारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्दै उनले चुनावी निम्तो दिएकी हुन् । साथै, उनले आफ्नो निमन्त्रणा स्वीकारेर बालुवाटार आएकोमा तीनै नेताहरूलाई धन्यवाद दिइन् । ‘यो घर तपाईँहरूकै हो । म त न्याय क्षेत्रको मान्छे । राष्ट्रपतिज्यूबाट चुनाव गराउने कार्यादेश पाएबमोजिम हामी चुनावको तयारी गरिरहेका छौं,’ छलफलका क्रममा प्रधानमन्त्री कार्कीले भनिन् । साथै, उनले प्रशासनिक काम–कारबाहीबाट अलग भएर पूरै निर्वाचनमा होमिनकै लागि रक्षाबाहेक आफूसँग रहेका सबै मन्त्रालय अन्य मन्त्रीलाई जिम्मा लगाएको जानकारी पनि गराइन् । ‘मैले यहाँहरूलाई बोलाएर बिन्ती गर्न खोजेको क...
झापाको मानव आश्रमद्वारा १२१ जना सडकबाट उद्धार
समाचार, समाज

झापाको मानव आश्रमद्वारा १२१ जना सडकबाट उद्धार

नेपालअखबार,झापा । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित मानव आश्रम झापा शाखाले एक वर्षमा १२१ जना सहयोगापेक्षी व्यक्तिको उद्धार गरेको छ । आश्रमले सडक र सार्वजनिकस्थलमा कष्टपूर्ण जीवन गुजारिरहेका सडक मानवहरुलाई उद्धार गरेर पालनपोषण, उपचार र सम्भव भएसम्म आफन्तसँग पुनर्मिलन गराउँदै आएको शाखाका संयोजक खगेन्द्र विश्वकर्माले बताए । आश्रमको १७ औँ शाखाको रुपमा २०८१ मङ्सिर २३ गते झापा शाखा औपचारिक रूपमा सञ्चालनमा आएको थियो । एक वर्षको अवधिमा आश्रम सञ्चालनमा रु ५४ लाख ८१ हजार ९१५ खर्च भएको शाखाको वार्षिक प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनका अनुसार सो अवधिमा शाखाले रु ५४ लाख ६९ हजार ५५७ सेवा आम्दानी गरेको छ भने पुँजीगततर्फ रु ३२ लाख ६६ हजार ३४८ आम्दानी गरेको छ । शाखाको समग्र सम्पत्ति रु दुई करोड २६ लाख ७१ हजार ११८ रहेको र आश्रमको अक्षयकोषमा रु दुई लाख ५२ हजार ८८०, नगद मौज्दात रु २१ हजार १८९...
खरबारी सुन्तला बगैँचामा परिणत
कृषि, समाचार, समाज

खरबारी सुन्तला बगैँचामा परिणत

नेपालअखबार,म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्परागत खाद्यबाली खेती हुने बारीलाई सुन्तला बगैँचामा रुपान्तरण गरिएको हो । सुन्तलाखेतीले पाखो र खरबारीको रूप मात्र नभएर किसानको जिवनस्तरमा समेत सुधार ल्याएको छ । अगुवा किसान ओम गिरीले विगतमा खाद्यबाली लगाउने र पशुका लागि खरघाँस पाइने खरबारी रहेको पाखोमा स्थापना गरेको सुन्तलाले उत्पादन दिन थालेपछि अवस्था फेरिएको बताए । “पाँच सय सुन्तलाका बोट भएको मेरो बगैँचाबाट यसपालि करिब रु ११ लाखको सुन्तला बिक्री भयो”, उनले भने, “पहिले एक पाथी कोदो फल्ने बारीको पाटामा लगाएको सुन्तलाबाट रु एक लाख आम्दानी भयो ।” गिरीका अनुसार सुन्तलाले बजार पाउन थालेपछि पछिल्लो समय घरवरपरको पाखोमा खरबारीमा झाडी फाडेर पनि बगैँचा विस्तार गर्ने क्रम बढेको छ । भेडाबा...
प्रतिनिधिसभा सदस्यका लागि मतदान गर्ने यी हुन् अस्थायी मतदाता
प्रशासन, समाचार

प्रतिनिधिसभा सदस्यका लागि मतदान गर्ने यी हुन् अस्थायी मतदाता

नेपालअखबार,काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा नाम समावेश हुनेहरुको निर्धारण गरेको छ। आयोगले अन्तिम मतदाता नामावलीमा नाम रहेका नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थामा कार्यरत कर्मचारी अस्थायी मतदाताका रूपमा रहनेछन्। यस्तै, ब्यारेकमा  रहेका नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा र कैदी, निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी पनि अस्थायी मतदाताका रूपमा रहनेछन्। नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले सञ्चालन गरेको वा ती सरकारको स्वीकृत लिई सञ्चालन भएको वृद्धाश्रममा बसेका व्यक्ति, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी पनि अस्थायी मतदाताका रुपमा रहनेछन्। अस्थायी मतदाता नामावली समन्वय समितिको...
रुकुम पश्चिमकाे चौरजहारीमा घरको जग खन्ने क्रममा सकेट बम फेला
समाचार, समाज

रुकुम पश्चिमकाे चौरजहारीमा घरको जग खन्ने क्रममा सकेट बम फेला

नेपालअखबार,रुकुमपूर्व । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१, एयरपोर्ट नजिकै शङ्कास्पद विस्फोटक पदार्थ फेला परेको छ। स्थानीय धीरजबहादुर क्षेत्रीको घरको कम्पाउण्डमा पर्खाल लगाउन जग खन्ने क्रममा शुक्रबार साँझ बम फेला परेको हो। जग खन्ने क्रममा जमिन मुनि विस्फोटक पदार्थ जस्तो देखिने वस्तु भेटिएपछि स्थानीयले तत्काल सुरक्षा निकायलाई जानकारी गराएका थिए। लगत्तै इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक अजय डाङ्गीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार फेला परेको वस्तु  सकेट बम  जस्तो देखिएको छ। ‘स्थानीयको सूचना पाउनासाथ हाम्रो टोली पुगेर घटनास्थललाई सुरक्षित घेरामा राखेको छु’, पुनले भने । उक्त शङ्कास्पद वस्तुलाई निष्क्रिय पार्न नेपाली सेनासँग समन्वय भइरहेको छ। राति भइसकेकाले सुरक्षा...