भीम रावलकाे ओलीमाथि २० आरोप
नेपालअखबार, काठमाडाैं । नेकपा एमाले नेता भीम रावलले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा भारतीय गुप्तचरका प्रमुख सामन्त गोयललाई बालुवाटारमा भेटवार्ता गरेपछि राष्ट्रिय राजनीति झन संकटग्रस्त भएको टिप्पणी गरेका छन् ।
काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रावलले भारतीय गुप्तचरलाई ओलीले भेटेपछि तत्कालिन नेकपामा समेत अन्तरविरोध चर्किएर यो अवस्था आएको बताएका छन् ।
तत्कालिन प्रधानमन्त्री ओली २०७७ साल कात्तिक ७ गते राती प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेका थिए ।
पूर्णपाठ :
२०७९ साल मंसिर ४ गते हुने आम निर्वाचनमा उम्मेदवारी रोकिएको सम्बन्धमा भीम रावलको धारणा
२०७९ साल मंसिर ४ गते हुने आम निर्वाचनमा उम्मेदवारको सिफारिश चयन गर्न भदौ १९ गते साँफेबगर, अछाममा सम्पन्न नेकपा (एमाले), प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर एक समन्वय समितिको बैठकबाट प्रतिनिधि सभाको सदस्यको उम्...










