Sunday, May 31

अपराध

अर्कै प्रेमी रहेको थाहा पाएपछि श्रीमतीको हत्या
अपराध, समाचार, समाज

अर्कै प्रेमी रहेको थाहा पाएपछि श्रीमतीको हत्या

नेपालअखबार, तनहुँ। तनहुँमा बोराभित्र मृत फेला परेको युवतीलाई आफ्नै श्रीमानले हत्या गरेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँले हत्या आरोपमा भानु नगरपालिका-५ मैबल घर भई व्यास नगरपालिका-४ स्थित डेरामा बस्ने २० वर्षीय मनोज विष्टलाई पक्राउ गरेको हो। मृतक व्यास-१२ माइती भएकी उनकै २२ वर्षीया श्रीमती रंगिला भुजेल हुन्। कार्यालयले यस घटनाबारे बुधबार साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। प्रहरीले उनका श्रीमान विष्टलाई हत्या अभियोगमा पक्राउ गरेको हो। एसपी अबदेश विष्टका अनुसार मनोजले आफ्नी श्रीमतीको अर्कै प्रेमी रहेको थाहा पाएका थिए। उनले प्रेमी रहेको थाहा पाएपछि गत शुक्रबार मध्याह्नमा डेरामा रंगिलालाई मुक्काले हिर्काएका थिए। त्यसपछि भने उनले घाँटी थिचेर हत्या गरेको एसपी विष्टले बताए। हत्यापछि उनले व्यास-४ चिहानडाँडा नजिकैको नालामा फ्याँकेका थिए। हात बाँधिएको अवस्थामा बोराभित्...
बालबालिका अपहरणमा संलग्न देवलाई तीन वर्ष कैद
अपराध, समाचार

बालबालिका अपहरणमा संलग्न देवलाई तीन वर्ष कैद

नेपालअखबार ,सप्तरी ।  दुई बालिकालाई अपहरण गरेको अभियोगमा राजविराज नगरपालिका–२ घर भई हाल सुनसरीको कोशी गाउँपालिका बस्दै आएका ३६ वर्षीय नवीनप्रसाद देवलाई तीन वर्ष कैद सजाय भएको छ। सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासले देवलाई तीन वर्ष कैद सजायका साथै रु ३० हजार जरिवाना तिराउने फैसला गरेको हो। देवले पीडितलाई रु ५० हजार क्षतिपूर्ति दिनुपर्ने र एक हजार दुई सय रुपैयाँ फौजदारी कसुर पीडित राहत कोषमा जम्मा गर्नुपर्ने गरी फैसला भएको अदालतले जनाएको छ। स्रेस्तेदार कुमार मास्केका अनुसार देवले १५ वर्षीया दुई बालिकालाई असार ११ गते अपहरण गरी शरीर बन्धक बनाएको अभियोगमा सजाय भएको हो। राजविराज नगरपालिका–८ स्थित रुपनी सडक खण्डमा देवले दुई बालिकालाई ललाईफकाई प्रलोभनमा पारी अपहरण गरी बन्धकबनाई राखेका थिए। बालिकाहरू भागी अपहरण मुक्त भएपछि पीडितका आमाहरूले जिल्ला प्रहरी कार्यालयमा ...
महिलाको हत्या आरोपमा एक जना पक्राउ
अपराध, समाचार

महिलाको हत्या आरोपमा एक जना पक्राउ

नेपालअखबार, काठमाडौँ । महिलाको हत्या गरी पोखरीको छेउमा गाडेर फरार रहेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले महिलाको हत्या गरेको आरोपमा बाराको कलैया नगरपालिका १८ घर भई हाल जनकपुर बस्दै आएका २२ वर्षीय ओमलाल मण्डललाई पक्राउ गरेको हो । मण्डलले धनुषाको मिथिलाबिहारी नगरपालिका ८ की ४२ वर्षीय उषा दासको हत्या गरेको प्रहरीले बताएको छ । प्रहरीले मण्डललाई चितवनको हाकिम चोकबाट पक्राउ गरेको बताएको छ । प्रहरी अनुसन्धानबाट मण्डल र दासबीच अनैतिक सम्बन्ध रहेको पाइएको छ  । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले दुई जनाबीच विवाहको विषयमा विवाद हुँदा मण्डलले महिलाको घाँटी थिचेर हत्या गरेको पाइएको बताए । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रहरीले जनाएको छ ।...
श्रीमानकी पूर्वप्रेमिकाको गोप्य तस्बिर लिएर चरित्रहत्या गर्ने महिला पक्राउ
अपराध, समाचार, समाज

श्रीमानकी पूर्वप्रेमिकाको गोप्य तस्बिर लिएर चरित्रहत्या गर्ने महिला पक्राउ

नेपालअखबार, काठमाडाैं। महिलाको चरित्र हत्या गरेको आरोपमा साइबर ब्युरोले एक जना महिलालाई पक्राउ गरेको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका-१३ गिजिनडाँडा बस्ने ४२ वर्षीया ज्ञानु थापालाई एक महिलाको चरित्र हत्या गरेको आरोपमा पक्राउ गरिएको ब्युरो प्रवक्ता एसपी पशुपतिकुमार रायले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय स्याङ्जाको सहयोगमा प्रहरीले उनलाई गत बुधबार पक्राउ गरी काठमाडौं ल्याएको हो। प्रहरीका अनुसार उनीविरूद्ध एक महिला पीडितले जाहेरी दिएकी थिइन्। पीडित महिलाका अनुसार सुरूमा उनलाई एक पुरूषको खाताबाट फ्रेन्ड रिक्वेस्ट आएको थियो। उक्त रिक्वेस्‍ट आएपछि उनीहरूबीच कुराकानी हुँदै गयो र पछि प्रेम सम्बन्ध पनि गाँसियो। 'फ्रेन्ड रिक्वेस्ट आएपछि मैले स्वीकार गरेँ र म्यासेन्जरमा कुराकानी गर्न थालेका थियौं। त्यस क्रममा हामीले एकअर्कालाई मनपराउन थाल्यौं। र प्रेम सम्बन्धमा भयौं,' पीडितले जाहेरीमा ...
अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा चिनियाँसहित दुई जना पक्राउ
अपराध, प्रशासन, समाचार

अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा चिनियाँसहित दुई जना पक्राउ

नेपालअखबार, काठमाडाैं। अन्तर्राष्ट्रिय कल/एसएमएस बाइपास गरेको आरोपमा प्रहरीले चिनियाँसहित दुई जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार दुई जनालाई पक्राउ गरेको प्रवक्ता एसपी संजयसिंह थापाले जानकारी दिए। ललितपुर महालक्ष्मी नगरपालिका-५ टिकाथली खरिबोट बस्ने ३२ वर्षीय चिनियाँ नागरिक झाओ जियङपेङ र सिन्धुपाल्चोक घर भई काठमाडौं महानरगपालिका-१६ बस्ने २२ वर्षीय गणेश श्रेष्ठलाई पक्राउ गरेको हो। टिकाथलीमा शंकास्पद गतिविधि भइरहेको भन्ने सूचना सिआइबीले पाएको थियो। त्यसपछि प्रहरीले उक्त स्थानमा निगरानी गर्न थालेको थियो। लामो समय निगरानी गरेपछि उनीहरूले अवैध रूपमा अन्तर्राष्ट्रिय कल/एसएमएस बाइपास गर्नेगरेको खुलेको एसपी थापाले बताए। ‘उनीहरूबाट ठूलो परिणाममा सिम कार्ड तथा अन्य अवैध उपकरणहरू बरामद गरेका छौं,ʼ उनले भने। यस्तै उनीहरूबाट विभिन्न विदेशी मुलुकका मुद्र...
लिभिङ टुगेदरमा बसेकी युवतीको हत्या
अपराध, समाचार, समाज

लिभिङ टुगेदरमा बसेकी युवतीको हत्या

नेपालअखबार, काठमाडौं। प्रेमीसँग सामान्य विषयमा मनमुटाव भएर भएको झगडाका क्रममा एक जना युवतीको ज्यान गएको छ । काठमाडौं–२६, ठमेलमा बस्दै आएकी जेनिशा तामाङको मृत्यु भएपछि प्रहरीले हत्या आरोपमा प्रेमी धुलिखेलका ३० वर्षीय अमर रञ्जितकारलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सीताराम रिजालका अनुसार ठमेलको एक रेष्टुरेन्टमा काम गर्ने उनीहरु केही समय अघिदेखि लिभिङ टुगेदरमा बस्दै आएका थिए । मंगलबार अपराह्न साढे ३ बजेतिर उनीहरुबीच झगडा भएको थियो । ‘मादक पदार्थ सेवन गरेपछि भएको झगडाका क्रममा मुड्की, लात्ताले जथाभावी हानेको पाइएको छ, घाइते भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगेका रहेछन्’ रिजालले भने, ‘चिकित्सकहरुले ७ बजेतिर मृत्यु भएको घोषणा गरे ।’ उनको मृत्यु भएपछि प्रहरी वृत्त, लैनचौरले प्रेमी अमरलाई पक्राउ गरेको थियो । उनीविरुद्ध ज्यान सम्बन्धी कसूरमा म्याद थप गरेर...
नवलपरासीमा दम्पतीको बीभत्स हत्या
अपराध, समाचार, समाज

नवलपरासीमा दम्पतीको बीभत्स हत्या

नेपालअखबार,नवलपरासी । नवलपरासीको प्रतापपुर गाउँपालिकामा एक दम्पतीको बीभत्स हत्या भएको छ। प्रतापपुर वडा नं. ८ पथलहनी बस्ने ५५ वर्षीय तीलकराम भेडिहार र उनकी ५० वर्षीया श्रीमती निर्मला भेडिहारको बीभत्स हत्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए। सोमबार राति टाउकोमा धारिलो हतियार प्रयोग गरी दम्पतीको हत्या भएको सिलवालले बताए। प्रतापपुरकै बैरिहवामा रहेको घरमा छोरीछोरीहरू बस्दै आए पनि उनीहरू भने गाईवस्तुको रेखदेख गर्न भन्दै गोठमा सुत्न गएका थिए। सोही गोठमा उनीहरूको हत्या भएको प्रहरीले जनाएको छ। हत्या भएपछि उनीहरूको शव आँगनमा फालिएको थियो। खेतीपाती गर्दै आएका दम्पतीको कसले हत्या गर्‍यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
विवाहको प्रस्ताव अस्वीकार गरेपछि प्रेमिका र काकाको हत्या
अपराध, समाचार

विवाहको प्रस्ताव अस्वीकार गरेपछि प्रेमिका र काकाको हत्या

नेपालअखबार,कपिलवस्तु । प्रेमिकाले विवाहको प्रस्ताव अस्वीकार गरेपछि कपिलवस्तुमा एक युवाले प्रेमिकासहित दुई जनाको हत्या गरेका छन्। प्रहरीका अनुसार रूपन्देहीको कंचन गाउँपालिका वडा नं. २ का २२ वर्षीय मोहन थारूले कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ६ मटेरियाकी १८ वर्षीय अन्जनी थारु र ७० वर्षीय बमबहादुर थारूको हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले बिहीबार बिहान नौ बजेतिर भएको उक्त घटनामा गम्भीर घाइते भएका बमबहादुरको सामुदायिक अस्पताल पिपरा र अन्जनीको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जानकारी दिए। घलेका अनुसार मोहन र अन्जनीबीच केही समययता प्रेम सम्बन्ध रहे पनि मोहनले गरेको विवाहको प्रस्ताव अन्जनीले अस्वीकार गरेकी थिइन्। ‘आफ्नो प्रस्ताव अस्वीकार गरेपछि त्यसैको रिसइबीमा मोहनले अन्जनी र उनका काका बम बहादुरको चक्...
खुकुरी प्रहार गरी युवतीको हत्या, युवक गम्भीर घाइते
अपराध, समाचार

खुकुरी प्रहार गरी युवतीको हत्या, युवक गम्भीर घाइते

नेपालअखबार,सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ घिमिरेगाउँमा खुकुरी प्रहार गरी आज एक युवतीको हत्या गरिएको छ। सभापोखरी गाउँपालिका–१ घर भई खाँदबारी–१ बस्दै आएकी २१ वर्षीया युना दर्नालको हत्या भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारका अनुसार सभापोखरी गाउँपालिका–१ कै २३ वर्षीय नन्दराम गदालले दर्नालको हत्या गरेका हुन्। उनी खाँदबारीमा डेरा गरी बस्दै आएकी थिइन्। गदालले युवतीको हत्या गरेपछि खुकुरी प्रहार गरी आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ। युवतीको हत्या गरेपछि गदालले आफ्नै पेटमा खुकुरी प्रहार गरेका थिए। गम्भीर घाइते उनको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ। गदाल बिहीबारमात्र नेपाल प्रहरीको तीन महिने तालिम सकेर खाँदबारी आएको खुलेको छ। गएराति गदाल मृतक दर्नालको डेरामा बसेको बताइएको छ। बिहान स्थानीयले घटनाबारे थाहा पाएपछि...
कैलालीमा लागुऔषधसहित चार जना पक्राउ
अपराध, प्रशासन, समाचार

कैलालीमा लागुऔषधसहित चार जना पक्राउ

नेपालअखबार, धनगढी । कैलालीमा लागुऔषधसहित चार जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका क्षेत्रबाट तीन र टीकापुर नगरपालिका क्षेत्रबाट एक गरेर गरेर चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले धनगढीबाट दुई ग्राम लागुऔषध ब्राउनसुगरसहित कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ बस्ने २० वर्षीय रोशन भट्ट, १९ वर्षीय १९ गणेश बोहरा र २५ वर्षीय बिनय राजबंशीलाई पक्राउ गरेको जानकारी दिए । वडा प्रहरी कार्यालय धनगढी र प्रदेश प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई शंकाका आधारमा जाँच गर्दा पक्राउ गरेको हो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । यस्तै टीकापुर नगरपालिका वडा नम्बर ९ खर्गौलाबाट २१ वर्षीय दीपेश चन्दलाई खैरो हिरोइनसहित पक्राउ गरिएको छ । जानकी गाउँपालिका वडा नम्बर ४ स्थायी घर भए...