Wednesday, July 29

अपराध

रासस गण्डकी कार्यालयमा चोरी प्रयास, २ पक्राउ
अपराध, समाचार

रासस गण्डकी कार्यालयमा चोरी प्रयास, २ पक्राउ

नेपालअखबार, पाेखरा । राष्ट्रिय समाचार समिति (रासस) को गण्डकी प्रदेश कार्यालय तोडफोड गरी चोरी प्रयास गर्ने दुई जना पक्राउ परेका छन्। पोखरा–९ नयाँबजारस्थित कार्यालयमा शुक्रबार राति प्रवेश गरी चोरीको प्रयास गर्ने पोखरा–३ नदीपुर बस्ने १९ वर्षीय राजीव दास र पोखरा–७ चोरसाँघुका २६ वर्षीय रोशन मगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो। रासस कार्यालयले दिएको उजुरीका आधारमा घटनाको तत्काल अनुसन्धान गरी दोषीलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक बेदप्रसाद जोेशीले बताए। घटनामा संलग्नमाथि चोरी तथा डाँका कसुरअन्तर्गत मुद्दा चलाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सिसी क्यामेरा फुटेजमा देखिएको हुलियाका आधारमा उनीहरु पक्राउ परेका हुन्। शुक्रबार राति १ः३० बजे कार्यालयको ढोका फोडेर चोरी प्रयास भएको थियो।...
श्रीमतीको हत्या आरोपमा पक्राउ
अपराध, समाचार

श्रीमतीको हत्या आरोपमा पक्राउ

नेपालअखबार, दाङ । दाङमा कुटपीट गरी श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पा लुङग्री गाउँपालिका– ६ गुम्चालका ४९ वर्षका कृतिमान बुढाथोकी रहेका प्रहरीले जनाएको छ । माघ २१ गते शनिबार ४४ वर्षकी श्रीमती गोबिना बुढाथोकीलाई कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए । डीएसपी गौतमका अनुसार सुरुमा उनले श्रीमती मुटु दुखेर विरामी परेको र उपचारको लागि दाङ लैजादै गर्दा बाटोमै मृत्यु भएको बताएका थिए । तर घटनाको अनुसन्धान गर्दै जाँदा हत्या भएका खुलेको थियो । पछि प्रहरीले पक्रउ गरेर सोधपुछ गरेपछि उनले माघ २१ गते राति नै दाङ घोराही उपहानगरपालिका–१९ स्थित दुईखोली खोलामा कुटपीट गरी श्रीमतीको हत्या गरेको स्वीकारेका गौतमले बताए । प्रहरीले जिल्ला अदालत दाङबाट म्याद थप गरी कारवाहीका लागि पक्रिया अघ...
धनुषामा हिरासत तोडेर ६ जना अभियुक्त फरार
अपराध, समाचार

धनुषामा हिरासत तोडेर ६ जना अभियुक्त फरार

नेपालअखबार, जनकपुरधाम । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ जना फरार भएका छन् । राति हिरासत तोडेर ६ अभियुक्त फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । भाग्नेहरूमा  दुईजना हातहतियार, तीनजना शान्तिसुरक्षा अभद्र व्यवहार र एक जना लागूऔषधसम्बन्धी मुद्दाका हुन् । डीएसपी क्षेत्रका अनुसार हिरासतमा सात जना थिए । एक जना सवारी दुर्घटना मुद्दाका भने भागेका छैनन् ।  फरार भएकाहरूको खोजी भइरहेको डीएसपी क्षेत्रीले बताए । इलाका प्रहरीको भवन पुरानाे छ । हिरासतपट्टिको भाग कमजोर भएको कारण फोडेर उनीहरू भाग्न सफल भएको प्रहरीको भनाइ छ । ‘प्रहरी डिउटीमै थिए, अगाडि । अगाडिबाट भित्रको हिरासतभित्र देखिंदैन । भवन धेरै पुरानो रहेकाले पछाडिबाट फोडेर अभियुक्त भागेछन्’, डीएसपी क्षेत्रीले भने , ‘उनीहरुको तीव्र खोजी कार्य भइरहेको छ...
बाँकेमा श्रीमती र २ वर्षे छोरालाई युवकले पेट्रोल छर्केर लगाए आगो
अपराध, समाचार

बाँकेमा श्रीमती र २ वर्षे छोरालाई युवकले पेट्रोल छर्केर लगाए आगो

नेपालअखबार, बाँके । बाँकेको कोहलपुर नगरपालिकामा एक युवकले आफ्ना छोरा र पत्नीलाई आगो लगाएका छन् । कोहलपुर–१ शत्तिनगर बस्ने ३२ वर्षीय भानुभक्त बिकले पत्नी गंगा बिक र २ वर्षका छोरा प्रिन्सलाई पेट्रोल छर्केर आगो लगाएका हुन् । बुवाले लगाएको आगोले जलेर प्रिन्सको गएराति नै मृत्यु भएको बाँकेका एसपी सन्तोष सिंह राठौरले  बताए । आइतबार राति १ बजे उपचारको क्रममा नाबालकको मृत्यु भएको थियो । गंगा बिकको घाँटी र ढाडमा जलेको छ । उनको नेपालगञ्ज स्थित भेरी अस्पतालमा उपचार हुँदै छ । आरोपीलाई भारत तर्फ भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । दिल्ली जाने बस चढेर भागेका भानुभक्तलाई गएराति पक्राउ गरिएको एसपी राठौरले जानकारी दिए ।...
खुकुरी प्रहार गरी साथीको हत्या
अपराध, समाचार, समाज

खुकुरी प्रहार गरी साथीको हत्या

नेपालअखबार, इनरुवा । सुनसरीको धरान उपमहानगरपालिका–५ मा बिहीबार खुकुरी प्रहारबाट एकजनाको हत्या भएको छ भने एकजना सख्त घाइते भएका छन् । खुकुरी प्रहारबाट स्थानीय ३५ वर्षीय कुमार बुढाथोकीको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार खुकुरी प्रहारबाट स्थानीय २५ वर्षीया मञ्जु खड्का राई गम्भीर घाइते भएकी छिन् । स्थानीय ३९ वर्षीय हर्कबहादुर राईले आफ्नै घरको भान्छा कोठामा साथी ३५ वर्षीय बुढाथोकीको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीको भनाइ छ । उनलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साथीको हत्या गरेर निस्किएका हर्कबहादुरले मञ्जुको घरमा पसेर उनीमाथि पनि खुकुरी प्रहार गरेका थिए । भागेर नजिकैको सागबारीमा पसेकी मञ्जुलाई उनले अन्धाधुन्ध खुकुरीले प्रहार गर्न थालेपछि स्थानीयले नियन्त्रणमा लिएका थिए । गम्भीर घाइते मञ्जुको धरानस्थित विजयपुर अस्पतालमा उपचार भइरहेको छ ...
सासु हत्याको अभियोगमा बुहारी पक्राउ
अपराध, समाचार

सासु हत्याको अभियोगमा बुहारी पक्राउ

नेपालअखबार, सिरहा । सिरहा प्रहरीले ७२ वर्षीया दरपी कोइरीको हत्या गरेको अभियोगमा एक महिलाईलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका-६ मोतियाही टोल बस्ने ४२ वर्षीया चन्दा देवी महतो रहेकी छिन् । चन्दादेवी कोइरीकी बुहारी हुन् । ईलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई बुधबार बिहान पक्राउ गरेको हो । पक्राउ परेकी उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।बुहारी चन्दा देवीले बाँसको भाटा प्रहार गर्दा दरपीको घट्नास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।...
बलात्कारको घटनामा उजुरी गर्न रोक लगाउने २ जनालाई कैद र जरिवानाको फैसला
अपराध, प्रशासन, समाचार

बलात्कारको घटनामा उजुरी गर्न रोक लगाउने २ जनालाई कैद र जरिवानाको फैसला

नेपालअखबार,  सप्तरी। १७ वर्षीया बालिकालाई आत्महत्या गर्न दुरुत्साहन गर्ने आरोप लागेका २ जनालाई कैद र जरिवानाको फैसला भएको छ। गम्भीर अपराधको घटना मिलाउन दबाब दिने सप्तरी डाक्नेश्वरी नगरपालिका–७ ब्रहमपुर ललितपुरका ५० वर्षीय शत्रुघन मण्डल र ४५ वर्षीय उचितलाल मण्डललाई एक वर्ष कैद सजायको फैसला भएको हो। जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले सो फैसाला गरेको हो। आरोपितहरूको नजिकका नातेदार रहेका उनीहरूबाट रु २५ हजार पीडित परिवारलाई क्षतिपूर्तिवापतको रकम भराउनुपर्ने पनि फैसला पनि भएको अदालतका श्रेस्तेदार कुमार मास्केले बताए। बलात्कारको घटनापछि आरोपितहरूविरुद्ध उजुरी गर्न रोक लगाउँदै उनीहरुले पीडित परिवारलाई प्रहरीकहाँ उजुरी गरे गाउँ निकाला गर्ने र सामाजिक बहिष्कार गर्ने चेतावनी दिएका थिए। न्याय पाउने आशा मरेपछि घटनाको भोलिपल्टै पीडित बालिकाले आत्महत्या गरेकी जनाइएको छ। शत्रुघनका दाजु ६५...
लागुऔषध कारोबारमा गाउँपालिका अध्यक्ष घर्तीलाई साढे ३ वर्ष कैदको फैसला
अपराध, प्रशासन, समाचार

लागुऔषध कारोबारमा गाउँपालिका अध्यक्ष घर्तीलाई साढे ३ वर्ष कैदको फैसला

नेपालअखबार, बागलुङ। बागलुङको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागुऔषध कारोबारमा तीन वर्ष छ महिना कैद फैसला भएको छ। अध्यक्ष घर्तीमाथि लागेको लागुऔषधसम्बन्धी कसुर ठहर गर्दै बागलुङ जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टको इजलासले तीन वर्ष छ महिना कैद सहित रु ५० हजार जरिवाना फैसाला गरेको जिल्ला अदालतका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले जानकारी दिए। निसीखोला –६ को वडाध्यक्ष हुँदा विसं २०७७ असार १२ गते ८० केजी गाँजासहित आफ्नै घरबाट पक्राउ परेका घर्तीमाथि लागेको लागुऔषध गाँजा/चरेससम्बन्धी कसुर २०७९ पुस ३ गते ठहर भएको थियो। सोमबार जिल्ला अदालत बागलुङका न्यायाधीश भट्टको इजलासले घर्तीमाथि लागेको कसुर ठहर गर्दै सजाय निर्धारणको गरेको हो। इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीको नेतृत्वमा खटिएको टोलीले घर्तीलाई तत्कालीन अवस्थामा घरबाटै पक्राउ ...
महिलाको चरित्र हत्या गरेको आरोपमा एक पक्राउ
अपराध, समाचार

महिलाको चरित्र हत्या गरेको आरोपमा एक पक्राउ

नेपालअखबार, काठमाडाैं । महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भक्तपुर नगरपालिका-९ बस्ने २५ वर्षीय सुमन त्योछिनलाई साइबर ब्युरोले पक्राउ गरेको एसपी पशुपतिकुमार रायले जानकारी दिए। उनले सामाजिक सञ्जाल फेसबुकबाट एक महिलालाई साथी बनाएका थिए। कुराकानी गरी महिलालाई अश्लिल तस्बिरहरू प्रदर्शन गर्न कर गरेको प्रहरीले जनाएको छ। त्‍यस्तै नग्न तस्बिरमा उनको टाउको जोडेर पीडित महिलाका आफन्त तथा साथीहरूलाई पठाएर मानसिक यातना र हैरानी गरेको आरोप छ। उनलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको थियो। उनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो। सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।...
अमेरिकामा शल्यक्रिया गर्न लाखौँ रकम घुस लिने चिकित्सकलाई ५ वर्ष जेल
अपराध, विश्व, समाचार

अमेरिकामा शल्यक्रिया गर्न लाखौँ रकम घुस लिने चिकित्सकलाई ५ वर्ष जेल

नेपालअखबार, काठमाडाैं । एक भारतीय मूलका अमेरिकी चिकित्सकलाई  मेरुदण्डको शल्यक्रिया गर्नको लागि लगभग ३३ लाख डलर घुस लिएको अभियोगमा ५ वर्ष जेल सजाय तोकिएको छ । अस्पतालमा मेरुदण्डको शल्यक्रिया गर्न अवैध रूपमा उक्त रकम स्वीकार गर्ने भारतीय मूलका एक अमेरिकी चिकित्सकलाई उक्त सजाय सुनाइएको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ । क्यालिफोर्नियाका ५५ वर्षीय न्युरोसर्जन डा.लोकेश एस.तन्तुवायाले लङ बीचको एक अस्पतालमा शल्यक्रिया गरेका थिए । ठगी गरेको आरोपमा अस्पतालका सञ्चालकलाई पनि जेल चलान गरिएको छ । न्याय मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार डा.तन्तुवेयाले सेप्टेम्बर १ दोषी स्वीकार गरेका थिए । उनी मे २०२१ देखि संघीय हिरासतमा छन् । सन् २०१० देखि २०१३ सम्म डा.तन्तुवायाले लङ बीचको प्यासिफिक अस्पतालका मालिक माइकल ड्रोबोटबाट मेरुदण्डको शल्यक्रिया गरेवापत पैसा लिएका थिए । मेरुदण्डको शल्यक्रियाको प्रक...