Saturday, August 1

अर्थ

ट्र्याक खुलेको १५ वर्षपछि सडक स्तरोन्नति
अर्थ, समाचार

ट्र्याक खुलेको १५ वर्षपछि सडक स्तरोन्नति

नेपालअखबार,म्याग्दी। म्याग्दीको मंगला र बागलुङको ताराखोला गाउँपालिका जोड्ने पखेर–बरङ्जा–महेश–धापुङ–ताराखोला सडक मार्ग खुलेको १५ वर्षपछि स्तरोन्नति थालिएको छ। २०६६ सालमा मार्ग खुलेको मंगला गाउँपालिकाको ३, ४ नम्बर वडा र बागलुङको ताराखोला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने यो सडक सामान्य मर्मत गरेर यातायात सञ्चालन हुँदै आएको थियो। बरङ्जा म्याग्दीको धेरै जनघनत्व भएको साविकको गाविस हो। पूर्वाधार विकास कार्यालयले म्याग्दीका प्रमुख विष्णु पौडेलले मंगला गाउँपालिका वडा नम्बर ३ पखेरदेखि बरङ्जाखण्डको सडक स्तरोन्नति गर्न सञ्चालन गरेको योजना निर्माण सुरू भएको तीन महिनामा ४० प्रतिशत भौतिक प्रगति भएको बताए। ‘गत म‌ंसिर महिनादेखि कार्यक्षेत्रमा परिचालित भएको निर्माण कम्पनीले यस वर्ष विनियोजन भएको एक करोड ६० लाख बजेट बराबरको काम तीन महिनामै गरेको छ,’ उनले भने, ‘विनियोजित बजेट सकिएपछि रकमान्तर गर्न म...
वीरगञ्ज नाकाबाट ७ महिनामा भित्रियो एक खर्ब ४ अर्बको पेट्रोलियम पदार्थ
अर्थ, समाचार

वीरगञ्ज नाकाबाट ७ महिनामा भित्रियो एक खर्ब ४ अर्बको पेट्रोलियम पदार्थ

नेपालअखबार,पर्सा । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै एक खर्ब ४ अर्ब ७६ करोड मूल्य बराबरको बराबरको डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्वाइन फ्युल (एटिएफ), मट्टितेल आयात भएको छ । यही अवधिमा आर्थिक वर्षभन्दा ८४ करोड बढीको पेट्रोलियम पदार्थ आयात भएको हो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आर्थिक वर्षको पछिल्ला महिनामा पेट्रोलियम पदार्थको आयात र राजस्व दुवैमा वृद्धि भएको बताए। ‘पूर्वाधार निर्माणको सिजन सुरु भएकाले पनि पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको हो’, उनले भने। गत आर्थिक वर्षको सात महिनाको अवधिमा भने एक खर्ब तीन अर्ब ९२ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थको आयात भएको थियो । कार्यालयका अनुसार चालु आवको सात महिनाको अवधिमा सबैखालका पेट्रोलियम पदार्थको आयातबाट ४३ अर्ब ११ करोड रुपैयाँ राजस्व संकलन भएको छ । जबकि गत...
काभ्रेपलाञ्चोकको खोपासी र शंखुबाट कोटेश्वर–तिनकुनेसम्म इभी माइक्रो सेवा
अर्थ, समाचार, समाज

काभ्रेपलाञ्चोकको खोपासी र शंखुबाट कोटेश्वर–तिनकुनेसम्म इभी माइक्रो सेवा

नेपालअखबार,पनौती  ।  मिनिबसबाट पनौती–काठमाडौं रुटमा यातायात सेवा सञ्चालन गर्दै आएको काभ्रे पुण्यवती यातायात प्रालिले आइतबारबाट इभी(विद्युतिय) माइक्रोबाट सेवा दिन थालेको छ । यो सेवाका लागि खोपासी र शंखुबाट पनौती हुँदै कोटेश्वर–तिनकुने हुँदै पुनः खोपासी र शंखु फर्कने गरी दुई वटा नयाँ रुट कायम गरिएको छ । कम्पनीका अध्यक्ष राजेशसुन्दर सैंजुले मानेश्वरी पार्कमा इभी माइक्रो सेवाको औपचारिक रुपमा उद्घाटन गरेका हुन् । ‘हामीले गत कात्तिक मै कम्पनीमातहत रहेर इभी माइक्रो सेवा सुरु गर्न चाहने व्यक्ति र कम्पनीलाई आह्वान गरेका थियौं । सोही अनुरुप हाल ५ वटा इभी माइक्रो समावेश भएको छ । अरु थप हुँदैछ’, सैंजुले थपे । हाललाई खोपासीबाट ५ वटा र शंखुबाट ५ वटा गरी १० वटा इभी माइक्रोको सेवा सुरु हुने र यसको प्रभावकारिताका आधारमा ५ वटा इभी माइक्रो थप सञ्चालन गर्ने योजना पनि उनले सुनाए । हाल खोपासीबाट ११ सिट क्ष...
२६ वर्षे युवाको लोभलाग्दो कृषि कर्म, स्ट्रबेरीबाट मात्रै वार्षिक ६ लाख बचत
अर्थ, कृषि, समाचार

२६ वर्षे युवाको लोभलाग्दो कृषि कर्म, स्ट्रबेरीबाट मात्रै वार्षिक ६ लाख बचत

नेपालअखबार,घोराही (दाङ) । किसान वीरेन्द्र खड्काले व्यावसायिक रूपमा स्ट्रबेरी (भुइँऐसेलु)को खेती गर्दै आएका छन् । आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचका साथ उनी विगत दुई वर्षदेखि स्ट्रबेरीखेतीमा छन् । उमेरले २६ वर्ष पुगेका उनले यही व्यवसायबाट वार्षिक ६ लाख बचत गर्दै आएका छन् । रोल्पा माडी गाउँपालिका–१ जबाङ दुदिलाबोट स्थायी घर भएका खड्काले दाङको घोराही उपमहानगरपालिका–१४ झिँगौरामा गरेको स्ट्रबेरी खेतीबाट सोचेभन्दा पनि राम्रो भएको बताए । सोह्र कट्ठा जग्गामा व्यावसायिक रूपमा स्ट्रबेरी खेती गर्दै आएका उनले वार्षिक रूपमा १४ लाख बराबरको कारोबार गर्न सफल भएका छन् । दाङमै स्ट्रबेरी प्रतिकिलो आठ सयका दरले बिक्री हुने गरेको छ । उनले बारीबाटै दैनिक २०–२५ किलोसम्मको बिक्री गर्दै आएका छन् भने हिजोआज फार्म छेउमै महोत्सव लागेका कारण झन् माग बढेर दैनिक ५० किलोसम्म बिक्री गर्दै आएको उनको भनाइ छ । यस...
सुनको मूल्य सामान्य वृद्धि, तोलामा १ लाख ७० हजार ३०० पुग्यो
अर्थ, समाचार

सुनको मूल्य सामान्य वृद्धि, तोलामा १ लाख ७० हजार ३०० पुग्यो

नेपालअखबार, काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य सामान्य वृद्धि भएको छ ।अघिल्लो कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा १ लाख ७० हजार कायम भएकोमा आइतबार ३०० रुपैयाँ बढेर १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको हो । यस्तै चाँदीको मूल्य भने घटेको छ । शुक्रबार तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।...
लोक्ता खोजेर ल्याउने मान्छे नहुँदा कागज उद्योगलाई कच्चा पदार्थ अभाव
अर्थ, समाचार, समाज

लोक्ता खोजेर ल्याउने मान्छे नहुँदा कागज उद्योगलाई कच्चा पदार्थ अभाव

नेपालअखबार,गोरखा। नेपाली हाते कागज उद्योगलाई कच्चा पर्दाथको अभाव हुन थालेको छ । गोरखा नगरपालिका–६, स्थित नयाँबस्तीमा सञ्चालन हुँदै आएको गोरखा मनकामना नेपाली हाते कागज उद्योगले आवश्यकता अनुसार कच्चा पर्दाथको नपाउँदा समस्या हुँदै आएको उद्योगका सञ्चालक पासाङ निमा शेर्पाले बताए। उद्योगले कच्चा पर्दाथको अभावमा मागअनुसार उत्पादन गर्नसक्ने अवस्था नरहेको उनको भनाइ छ। ‘नेपाली हाते कागज उत्पादनका लागि हिमाली भेगका जंगलबाट लोक्ता खोजेर ल्याउनुपर्छ, शेर्पाले भने, ‘'जंगलमा बाह्रै महिना लोक्ता पाउन पनि गाह्रो छ,’ उनले भने। उद्योगले उत्तरी गोरखाको धार्चे, चुमनुब्री र अजिरकोट गाउँपालिका क्षेत्रका जंगलबाट कच्चा पर्दाथ ल्याएर नेपाली कागज उत्पादन गर्दै आएको छ। ‘वर्षभरि तीन महिना फागुन चैत र वैशाख महिनामा जंगलमा अरु बेला भन्दा धेरै कच्चा पर्दाथ पाइन्छ,' उनले भने, 'तर जङ्गलमा गएर झिक्ने, सुकाउने...
नेपालमा अमेरिकाले रोक्यो एमसीसी सहयोग
अर्थ, समाचार

नेपालमा अमेरिकाले रोक्यो एमसीसी सहयोग

नेपालअखबार, काठमाडौं । नेपालमा अमेरिकी सहायता संस्था ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) अन्तर्गतका परियोजना स्थगित भएका छन् । नेपाल सरकारलाई यसबारे २ फागुन २०८१ मा इमेल आएको अर्थ मन्त्रालयले जनाएको छ । नेपाल सरकार र यस निकायबीच २९ भदौ २०७४ मा एमसीसी कार्यान्वयनबारे सम्झौता भएको थियो ।सम्झौता अन्तर्गत एमसीसीबाट भुक्तानी हुने क्रियाकलाप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २० जनवरी २०२५ को कार्यकारी आदेश अनुसार ९० दिनका लागि स्थगित भएको अर्थ मन्त्रालयले जनाएको छ ।...
पुरुषसरह ज्याला नपाएपछि आफै ठेकेदार बनेकी पार्वती
अर्थ, समाचार, समाज, हाइलाइट-समाचार

पुरुषसरह ज्याला नपाएपछि आफै ठेकेदार बनेकी पार्वती

नेपालअखबार,कञ्चनपुर। पहिला दिनभरि मजदुरी गरेर पाँच सय ज्याला पाउने कञ्चनपुरको वेदकोट नगरपालिका–५ धरपुरकी पार्वती डगौराले पछिल्लो समय दैनिक रुएक हजार आम्दानी गर्न थालेकी छन्। घर तथा विभिन्न संरचना निर्माणमा पुरुषसरह मजदूरी गर्दा पनि महिला भएकाले ज्याला कम पाउन थालेपछि पार्वतीले आफैँ घर निर्माणको ठेक्का लिने योजनासहित मिस्त्रीको काम सिकिन्। ‘दिनभर पुरुषसरह मजदुरी गर्दा पनि ज्याला कम पाउन थालेपछि आफै मिस्त्रीको काम गर्ने र घर निर्माणको ठेक्का लिने योजना बनाएँ,’ पार्वतीले भनिन्, ‘दातृ निकायको सहयोगमा मैले वडा कार्यालयमा राज मिस्त्रीको तालिम लिएँ।’ उनले वडा कार्यालय र निड्स नेपाल कञ्चनपुरको दिगो आम्दानी तथा महिला सशक्तीकरण परियोजनाको सहयोगमा ६० दिने राज मिस्त्रीको तालिम लिएको बताइन्। ‘सुरूमा मजदुरी गर्थे दिनको पाँच सय मात्रै ज्याला पाउँथे। अहिले आफै घर निर्माणको ठेक्का लिन थालेकी छु,’ ...
घट्यो घरजग्गा कारोबार, माघमा ३ अर्ब ८७ करोड राजस्व सङ्कलन
अर्थ, समाचार, समाज

घट्यो घरजग्गा कारोबार, माघमा ३ अर्ब ८७ करोड राजस्व सङ्कलन

नेपालअखबार,काठमाडौं । देशभर घरजग्गाको कारोबार सुधारोन्मुख देखिएको भए पनि गत पुसको तुलनामा माघमा भने राजस्व सङ्कलनमा गिरावट आएको छ । घरजग्गा कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार गत माघमा तीन अर्ब ८७ करोड २४ लाख ८१ हजार ६४७ खराबर राजस्व सङ्कलन भएको छ । गत पुसमा चार अर्ब २५ करोड २२ लाख २१ हजार सात सय ७९ राजस्व सङ्कलन भएको थियो । विभागका अनुसार गत मङ्सिरमा तीन अर्ब ८७ करोड ४८ लाख २६ हजार नौ सय ७६ राजस्व प्राप्त भएको थियो । चालु आर्थिक वर्षको सात महिनाको विवरणअनुसार राजस्व सङ्कलनमा सामान्य वृद्धि भएको छ । गत आवको सोही अवधिको तुलना चालु आवको सात महिनामा राजस्व सङ्कलनमा झण्डै १४ प्रतिशतले वृद्धि भएको छ । चालु आवको माघ मसान्तसम्म कुल २४ अर्ब ७१ करोड बराबर राजस्व सङ्कलन भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ । गत आवको सोही अवधिमा रु २१ अर्ब ६५ करोड बराबर र...
आज सुनको मूल्य बढ्यो
अर्थ, समाचार

आज सुनको मूल्य बढ्यो

नेपालअखबार,काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा बिहीबार छापावाल सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँ बढेको हो ।जसअनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६९ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको थियो । यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार ९३० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर १ हजार ९६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।...