पकेट क्षेत्रमा खसिबोका प्रर्दशन,पुरस्कारले किसान दंग
नेपालअखबार, पाेखरा। पोखरा महानगरपालिकाले पकेट क्षेत्र घोषणा गरेको वडामा खसिबोका प्रर्दशनी गरिएको छ । पोखरा महानगरपालिका वडा नं २८ सौर्यमा पोखरा महानगरले बाख्राको पकेट क्षेत्र घोषणा गरेको थियो । सो क्षेत्रका किसानले अहिले बाख्रा पालनलाई तिब्रता दिएपछि प्रदर्शनीमा मात्र १७५ वटा खसिबोका प्रर्दशन गरिएको थियो ।
पोखरा महानगरपालिका कार्यालय, पोखरा महानगर वडा नं २८, को आयोजना तथा जिल्ला पशुपंक्षी तथा मत्य बिकास र्निदेशनालय, जिल्ला भेटनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र, पोखरा टेलिभिजन, ब्यबशायिक बाख्रापालन समिती पोखरा २८ को सहकार्यमा आयोजना गरीएको प्रदर्शनीमा किसानलाई पुरस्कार प्रदान गरिएको थियो । प्रर्दशनीमा सबैभन्दा ठुलो खसि ल्याउने किसान डिलु खनाल प्रथम, प्रकाश रमण अधिकारी द्धितिय, बुद्धि बहादुर तिम्सना तृतिय र नारायण लामिछाने शान्वता भएका थिए । उनिहरुलाई क्रमश १० हजार, ८ हजार ६ हजार र ४ ह...










