मैले भोट माग्नु पर्दैन ः नारायणकाजी श्रेष्ठ
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले सभामुख नेकपाको पक्षमा राख्नका लागि उपसभामुखले राजीनामा दिनुपर्ने बताएका छन् ।
बुधबार गृहजिल्ला गोरखा आएका श्रेष्ठले पत्रकार भेटघाटका क्रममा सो कुरा बताएका हुन् । ‘संविधानले एउटै पार्टीका सभामुख र उपसभामुख हुन नपाउने व्यवस्था गरेको छ ।
हाम्रो पार्टी संसद्को सबैभन्दा ठूलो पार्टी भएकाले रिक्त पदमा आफ्नो दाबी गर्नु र सभामुख पद हासिल गर्नु स्वाभाविक हो’ उनले भने ‘त्यसको लागि वर्तमान उपसभामुखले राजीनामा दिएर बाटो खोलिदिनुपर्ने आवस्यक देखिन्छ ।’
सभामुखको निर्वाचन प्रकृया अघि बढाउनका लागि पनि शिवमाया तुम्बाहाम्फेले पदबाट राजिनामा दिनुपर्ने उनको तर्क छ ।
‘उहाँले राजीनामा नदिँदासम्म सभामुख हाम्रो पार्टीले पाउने सम्भावनाको अन्त्य हुन्छ’ नेकपाका प्रवक्ता समेत रहेका श्रेष्ठले भने ‘स्वविवेक प्रयोग गरेर पहिला नै पद छोड्न...
