Saturday, August 8

प्रशासन

मन्त्रिपरिषद् बैठक बस्दै, आईजीपीबारे निर्णय हुने
प्रशासन, राजनीति, समाचार

मन्त्रिपरिषद् बैठक बस्दै, आईजीपीबारे निर्णय हुने

नेपालअखबार, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिबारे निर्णय गर्न मन्त्रिपरिषदको बैठक बस्दैछ । बैठक आज अपराह्न ४ बजे सिंहदरबारमा बस्न लागेको हो । आजको बैठकले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिबारे निर्णय गर्ने बताइएको छ । आज मध्यरातिदेखि प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह अवकासमा जान लागेकाले नयाँ नियुक्तिको तयारी गरिएको हो । वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षकको दाबेदार छन् । मुख्य प्रतिस्पर्धा कुँवर र ज्ञवालीबीच हुने चर्चा छ ।...
नेपाली सेनाको संख्या नेपाल सरकारले निर्धारण गर्ने हो: प्रधानसेनापति शर्मा
प्रशासन, समाचार

नेपाली सेनाको संख्या नेपाल सरकारले निर्धारण गर्ने हो: प्रधानसेनापति शर्मा

नेपालअखबार, काठमाडाैं । प्रधानसेनापति प्रभुराम शर्माले नेपाललाई नेपाली सेना के कति चाहिन्छ भन्ने कुरा सरकारले निर्धारण गर्ने बताएका छन्। नेपाली सेना भूपू सम्मेलन– २०७९ को आज पश्चिम पृतना पोखरामा उद्घाटन गर्दै उनले नेपाली सेनाका बारेमा नचाहिँदो कुरा प्रचार हुने गरेको भन्दै आफ्नो कार्य र जिम्मेवारी पूरा गर्न नेपाली सेना के कति चाहिन्छ भन्ने कुरा सरकारले नै निर्धारण गर्ने बताए। उनले भने, ‘यो कुनै आइएनजिओ/एनजिओमा बसेर आफैं स्वघोषित प्राज्ञ, विज्ञ, सुरक्षाविज्ञ भन्नेहरूले भन्ने होइन, नेपाल सरकारको काम हो।’ प्रधानसेनापति शर्माले यस्ता अनर्गल र झूटा प्रचारबाट टाढा रहन पनि आग्रह गरे। उनले नेपाली सेनाले संविधानले तोकेको आफ्नो जिम्मेवारी प्रभावकारी तवरले निर्वाह गर्दै आएको पनि बताए। देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय एकताको रक्षाका साथै विकास निर्माण...
प्रधानमन्त्री प्रचण्डविरूद्ध नाराबाजी गर्ने तीन जनामाथि अभद्र व्यवहार मुद्दा
प्रशासन, समाचार

प्रधानमन्त्री प्रचण्डविरूद्ध नाराबाजी गर्ने तीन जनामाथि अभद्र व्यवहार मुद्दा

नेपालअखबार, काठमाडाैं । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी कार्यक्रममा नाराबाजी गर्ने तीन जनाविरूद्ध अभद्र व्यवहार मुद्दामा अनुसन्धान हुने भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले अभद्र व्यवहारमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद लिन लागिएको जानकारी दिए। ‘अभद्र व्यवहारको मुद्दामा म्याद थप गर्न भनिएको छ। त्यसका लागि उनीहरूलाई जिल्ला प्रशासन कार्यालय लगिएको छ,’ उनले भने। मंगलबार नयाँ बानेश्वरमा आयोजित एक कार्यक्रममा ती युवाले नाराबाजी गरेका थिए। पक्राउ पर्नेमा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङ सोम शर्मा छन्। प्रहरीसँगको बयानमा उनीहरूले आफूहरू नेपाल स्वतन्त्र युवा अभियान समूहका अभियन्ता भएको बताएका छन्। ‘बैंकको ब्याज निकै महंगो भएकाले घटाउनु पर्ने आफूहरूको माग भएक...
वैशाख १० मा हुने उपनिर्वाचनका लागि दल दर्ता आह्वान
प्रशासन, समाचार

वैशाख १० मा हुने उपनिर्वाचनका लागि दल दर्ता आह्वान

नेपालअखबार, काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता आह्वान गरेको छ । विभिन्न कारणले रिक्त भएका प्रतिनिधि सभा सदस्य पदका लागि हुन लागेको उपनिर्वाचनका लागि आयोगले दल दर्ताको आह्वान गरेको हो । आयोगले सूचना जारी गर्दै बुधबारदेखि १२ गतेसम्म दल दर्ताको मिति तोकिएको जनाएको छ । आगामी वैशाख १० गते, तनहुँ-१, बारा-२ र चितवन-२ मा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । तनहुँ-१ का प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति र बारा-२ का रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो । यस्तै, चितवन-२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भई पदमुक्त भएपछि उपनिर्वाचन हुने भएको हो ।...
वृद्धभत्ता पाउने उमेरमा नागरिकता
प्रशासन, समाचार

वृद्धभत्ता पाउने उमेरमा नागरिकता

नेपालअखबार, बझाङ । बझाङमा मानवबस्तीको अन्तिम गाउँ हुन् साइपालका बलौडी र धुली । सेतीको मुहान नजिकै ठीक वारिपारि भएका दुई गाउँको सम्बन्ध नदीको बहाब घटेपछि मात्रै जोडिन्छ । नदीले छिमेकी दुई गाउँको भाषा, पहिरन, चालचलन, संस्कार, संस्कृति पनि छुट्याइदिएको छ । नियमित दुई गाउँको सम्पर्क नहुँदा यो अवस्था सिर्जना भएको हो । साइपाल गाउँपालिका–५ मा पर्ने बलौडीकी स्थानीय हुन् केउडी बोहरा । उनीको उमेर एक हप्तापछि ठीक ६८ वर्ष पुग्दैछ । जन्मिएको ६७ वर्ष ११ महिना २१ दिन जन्मः २०१२ वैशाख १३) पछि उनी नेपालको आधिकारिक नागरिक बनिन् । तर केउडीलाई भने यो विषयमा जानकारी छैन । शनिबार प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको टोलीले केउडीलाई साइपालको धुलीमा पुगेर नागरिकता हातमा थमायो । उनीको भाइ गोमाले सनाखत गरे । गोमाले विसं २०६३ मा काँडा पुगेको घुम्ती शिविरबाट नागरिकता लिएका रहेछन् । शिविरमा दिदीलाई नागरिकता दि...
तनहुँ १ र बारा २ मा पनि वैशाख १० मै उपनिर्वाचन गर्ने आयोगको निर्णय
प्रशासन, समाचार

तनहुँ १ र बारा २ मा पनि वैशाख १० मै उपनिर्वाचन गर्ने आयोगको निर्णय

नेपालअखबार, काठमाडौँ । निर्वाचन आयोगले तनहुँ १ र बारा २ मा पनि वैशाख १० मै उपनिर्वाचन गर्ने निर्णय गरेको छ। यसअघि नै आयोगले चितवन २ मा सोही मितिमा उपनिर्वाचन गर्ने निर्णय गरिसकेको  छ । आयोगको सोमबार बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम उपनिर्वाचन गर्ने निर्णय गरेको हो । उक्त दिन बिहान ७ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म मतदान हुने गरी मतदानको समयसमेत निर्धारण गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । फागुन २५ गते सम्पन्न निर्वाचनबाट रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि तनहुँ–१ मा उपनिर्वाचन हुन लागेको हो । यस्तै चैत ३ गते सम्पन्न उपराष्ट्रपति निर्वाचनमा रामसहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएसँगै बारा २ मा पनि उपनिर्वाचन हुन लागेको हो । संविधानअनुसार प्रतिनिधिसभा सदस्य राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित भएमा पद रिक्त ह...
५ जना डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय
प्रशासन, समाचार

५ जना डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय

नेपालअखबार, काठमाडौँ । मन्त्रिपरिषद्ले प्रहरीका ५ जना डीआईजीलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ । बढुवा समितिको सिफारिसलाई सोमबार बसेको मन्त्रिपरिषद्ले सदर गरेको प्रधानमन्त्रीको कार्यालयका एक जना अधिकारीले  बताए । अतिरिक्त महानिरीक्षकमा बढुवा हुने पहिलो नम्बरमा वसन्त कुँवर छन् । मन्त्रिपरिषद्ले टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई बढुवा गर्ने निर्णय गरेको छ । गृह सचिव नेतृत्वको बढुवा समितिले फागुन २६ मा उनीहरूलाई बढुवा सिफारिस गरेको थियो ।...
विद्युत प्राधिकरणका ५१५ जना कर्मचारीको सरुवा
प्रशासन, समाचार

विद्युत प्राधिकरणका ५१५ जना कर्मचारीको सरुवा

नेपालअखबार, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ५१५ जना कर्मचारीहरुको सरुवा तथा पदस्थापन गरेको छ । लेखा प्रमुख, प्रशासन प्रमुख, जलविद्युत कम्पनीहरुका नेतृत्वदेखि हेल्परसम्मका कर्मचारीहरुको सरुवा तथा पदस्थापन गरिएको छ । सहनिर्देशक गणेशदत्त भट्टलाई तनहुँ हाइड्रोपावर लिमिटेडमा, सहनिर्देशक डोलनाथ कँडेललाई कार्यकारी निर्देशकको सचिवालयमा, बसन्त कुमार ढुंगानालाई केन्द्रीय भुक्तानी महाशाखामा र शोभा पौडेललाई नियुक्ति सिफारिस महाशाखामा सरुवा गरिएको छ । यसैगरी प्रबन्धक हरिकुमार श्रेष्ठलाई स्ट्रक्चरल डिजाइन महाशाखाबाट तनहुँ हाइड्रोपावर लिमिटेडमा सरुवा गरिएको छ । कतिपयलाई काज फिर्तासमेत गरिएको छ । हेर्नुहोस् सरुवा, पदस्थापन र काजका कर्मचारीहरुको नामावली–...
विराटनगरमा तनाव, प्रहरीले गर्‍यो अश्रुग्यास प्रहार र हवाई फायर
प्रशासन, समाचार, समाज

विराटनगरमा तनाव, प्रहरीले गर्‍यो अश्रुग्यास प्रहार र हवाई फायर

नेपालअखबार, विराटनगर। विराटनगरमा आइतबार दिउँसो तनाव भएको छ। कोशी प्रदेशको नामकरणप्रति असन्तुष्टि जनाउँदै पुन: नामकरणको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरूलाई लक्षित गरी प्रहरीले अश्रुग्यास प्रहार र हवाई फायर गरेको छ। प्रदेश नं १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिको आयोजनामा महेन्द्र चोकबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय छेउ रोडशेषमा प्रदर्शनकारी पुगेका थिए। जिल्ला प्रशासन कार्यालयले मुख्यमन्त्री कार्यालय आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको थियो। निषेधित क्षेत्रमा  प्रदर्शनकारी जान खोजेपछि अश्रुग्यास प्रहार गरिएको प्रहरीले बताएको छ।  प्रहरीले केही राउण्ड हवाई फायर समेत गरेको प्रदर्शनमा सहभागीले बताएका छन्। फागुन १७ मा प्रदेश सभाको दुई तिहाइ मतले प्रदेशको नाम कोशी राखेको थियो।  लगत्तै पुनः नामाकन गर्नुपर्ने मागसहित आन्दोलन सुरू भएको छ।...
पोखरामा घुससहित एक सब-इन्जिनियर पक्राउ
प्रशासन, समाचार

पोखरामा घुससहित एक सब-इन्जिनियर पक्राउ

नेपालअखबार, पाेखरा । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस रकमसहित एक जना सब-इन्जिनियरलाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका-२८ मा कार्यरत सब-इन्जिनियर प्रविन विकलाई पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए। बाटो निर्माण गर्दा जग्गा मिल्ने गरी बाटो लगिदिने भन्दै घुस माग गरेका थिए। उक्त सूचनाको आधारमा खटिएको टोलीले उनलाई सेवाग्राहीबाट १५ हजार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो। उनलाई पोखरा-१४स्थित चाउथेबाट शुक्रबार पक्राउ गरेको हो।...