Sunday, August 9

प्रशासन

रेशम चौधरीको मुद्दामा सर्वोच्चले दियो प्रत्यर्थी झिकाउने आदेश
प्रशासन, समाचार

रेशम चौधरीको मुद्दामा सर्वोच्चले दियो प्रत्यर्थी झिकाउने आदेश

नेपालअखबार, काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरीको मुद्दामा प्रत्यर्थी झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ । आइतबार न्यायाधीशद्वय टंक बहादुर मोक्तान र मनोजकुमार शर्माको संयुक्त इजलासले प्रत्यर्थी झिकाउने आदेश दिएको हो । सर्वोच्चको आदेशसँगै अब रेशमलाल चौधरी लगायतले विपक्षी बनाएकाहरू पनि सर्वोच्च अदालतमा आउनुपर्ने भएको छ । यस मुद्दाको सुनुवाइका लागि पर्खिरहेका रेशम चौधरी लगायतका कैदीबन्दीका पक्षमा सर्वोच्च अदालतले प्रत्यर्थी झिकाउने आदेश दिएको हो । प्रत्यर्थी झिकाउने आदेशसँगै यस मुद्दामा अब पुनः बहस तथा सुनुवाइ हुने र मिसिलको अध्ययन सँगै प्रमाणको मूल्याङ्कन गर्ने काम हुनेछ । हालसम्म ४ पटक पेसीमा चढेको चौधरीको मुद्दा दुई पटक हेर्न नमिल्ने न्यायाधीशको बेञ्चमा परेको थियो । एक साताअघि पेसीमा चढे पनि त्यतिबेला अदालतबाटै स्थगित गरिएको थियो । आइतबार पेसी सूचीमा चढेर १० औँ ...
गैँडा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय छलफल चितवनमा
प्रशासन, समाचार

गैँडा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय छलफल चितवनमा

नेपालअखबार, चितवन । दुर्लभ एकसिङ्गे गैँडा संरक्षणसम्बन्धी छलफल आजदेखि यहाँ सुरु हुँदैछ । एसियाका पाँच देशका उच्च अधिकारीहरूको छलफल सहभागी हुनेछन् । ‘थर्ड राइनो रेञ्ज कन्ट्रिज मिटिङ’ मा तीन दिनसम्म चितवनको पटिहानीमा छलफल हुन लागेको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी डा गणेश पन्तका अनुसार नेपाल, भारत, भुटान, इण्डोनेसिया र मलेसियाका उच्च अधिकारी बैठकमा सहभागी हुनेछन् । नेपालबाट निकुञ्ज र वन विभागका महानिर्देशकसहित मन्त्रालयका सहसचिव बैठकमा सहभागी हुनुहुने उनले जानकारी दिए । यससँगै अरु देशबाट पनि गैँडासँग सम्बन्धित विज्ञ सहभागी हुने उनले जानकारी दिए । फिल्डमा रहेर काम गर्ने कर्मचारी पर्यवेक्षकका रूपमा सहभागी हुनेछन् । उनका अनुसार विज्ञहरूले कार्यपत्र र अनुभव आदान–प्रदान गर्नेछन् । विश्वमै सबैभन्दा बढी एकसिङ्गे गैँडा क्रमशः भारत र नेपालमा पाइन्छ । यसको स...
सांसद चौधरी कारागार चलान
प्रशासन, राजनीति, समाचार

सांसद चौधरी कारागार चलान

नेपालअखबार, काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीलाई कारागार चलान गरिएको छ। बिहिबार बाँकेबाट पक्राउ गरि काठमाडौं हुदै धनगढी पुर्‍याएको प्रहरीले शुक्रबार बिहान उनलाई कैलाली जिल्ला अदालतमा बुझाएको थियो। अदालतले चौधरीलाई कैद पुर्जी दिएर जिल्ला कारागार पठाएको हो। २०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्याक्टर जलाएको भन्दै २०६७ भदौ २ गते महादेव बजगाईले कैलाली जिल्ला अदालतमा उनीसहित तीन जना विरूद्ध मुद्दा दायर गरेका थिए। ट्याक्टरमा आगजनी गरेको कसुरमा अदालतले सांसद चौधरीलाई दोषी ठहर गरेको थियो। कैलाली जिल्ला अदालतले २०७० वैशाख ९ गते सांसद चौधरीसहित परशुराम चौधरी र बिरबहादुर चौधरीका नाममा ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने समेत फैसला सुनाएको थियो। उनले अदालतको फैसला अनुसार सजाय भुक्तान नगरेको भन्दै अदालतले कारागार चलान गरेको हो। द...
प्रजनन केन्द्रमा हुर्किएका २० गोही नदीमा छाडियो
प्रशासन, समाचार

प्रजनन केन्द्रमा हुर्किएका २० गोही नदीमा छाडियो

नेपालअखबार, चितवन। चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय सौराहास्थित घडियाल प्रजनन केन्द्रमा हुर्काइएका २० घडियाल गोही प्राकृतिक बासस्थानमा छाडिएको छ। विश्व सिमसार दिवसको अवसर पारेर निकुञ्जले बिहीबार दुई भाले घडियाल तथा १८ पोथी घडियाल राप्ती नदीमा छाडेको हो । प्राकृतिक बासस्थानमा छाडिएको घडियालमध्ये तीन वटा छ वर्ष उमेरका रहेका निकुञ्जका सहायक संरक्षण अधिकृत राजु घिमिरेले जानकारी दिए। बाँकी १७ घडियाल गोही सात वर्ष उमेरका रहेको उनले बताए। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जले हालसम्म जम्मा एक हजार सात सय १२ गोही प्रकृतिक बासस्थानमा छाडेको छ। ‘यो भन्दा पहिला राप्ती नदीमा नौ सय ७२, नारायणी नदीमा चार सय १९, कालीगण्डकी नदीमा ३५, सप्तकोसी नदीमा एक सय १५, कर्णाली नदीमा ४१ र बबई नदीमा एक सय १० गरी जम्मा एक हजार छ सय ९२ गोही हामीले छ...
१५ दिन भित्र तुइनको विवरण उपलब्ध गराउन स्थानीय तहलाई परिपत्र
प्रशासन, समाचार

१५ दिन भित्र तुइनको विवरण उपलब्ध गराउन स्थानीय तहलाई परिपत्र

नेपालअखबार, काठमाडौं । सरकारले १५ दिनभित्र तुइनको विवरण उपलब्ध गराउन सबै स्थानीय तहलाई परिपत्र गरेको छ । अहिले सञ्चालनमा रहेका तुइनको विवरण पठाउन पुष २८ गतेको शहरी विकास मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै स्थानीय पूर्वाधार विभागले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ७५३ वटै स्थानीय तहलाई यस्तो विवरण उपलब्ध गराउन परिपत्र गरेको हो । कतिपय स्थानमा अझै पनि मानिसले तुइन प्रयोग गरी खोला नाला तरिरहेका समाचार सार्वजनिक भइरहेको भन्दै यस्तो निर्णय गरिएको विभागका सिनियर डिभिजनल इन्जिनियर कृष्णबहादुर कटवालले जानकारी दिए । उनका अनुसार विभागले नगरपालिका महासंघ र गाउँपालिका राष्ट्रिय महासंघलाई पनि विवरण उपलब्ध गराउनका लागि सहयोग गरिदिन आग्रह गरेको छ । प्रधानमन्त्रीस्तरीय निर्णयबाट ७ वर्ष अघि २०७२ सालमा भएको निर्णय बमोजिम पहिचान भएका लगभग सबै तुइन झोलुंगेपुलद्धारा विस्तापन हुने चरणमा प...
नेपाल प्रहरीका ९५ जना एसपीको सरूवा
प्रशासन, समाचार

नेपाल प्रहरीका ९५ जना एसपीको सरूवा

नेपालअखबार, काठमाडौं । नेपाल प्रहरीका ९५ जना प्रहरी उपरीक्षक ( एसपी) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले ५३ जना एसपीको सरुवा र ४२ जनाको काज सरुवा गरेका हुन् । हेर्नुहोस कसको कहाँ भयो सरुवा ?  
मुस्लिम समुदायलाई मधेशी सिफारिस गरिदिन मुस्मिल आयोगको आग्रह
प्रशासन, समाचार

मुस्लिम समुदायलाई मधेशी सिफारिस गरिदिन मुस्मिल आयोगको आग्रह

नेपालअखबार, जनकपुर । मुस्लिम आयोगले मधेशी मुस्लिमलाई मधेशीकै रुपमा सिफारिस गरिदिन मधेशी आयोगलाई आग्रह गरेको छ । मुस्लिम आयोगले मधेशी आयोगलाई एक पत्र पठाउदै लोकसेवा आयोग लगायत अन्य निकायहरुमा प्रतिस्पर्धा गर्न मुस्लिम समुदायलाई मधेशीकव सिफारिस दिन आग्रह गरेको हो । मधेशी आयोगले मुस्लिमलाई मधेशीको सूचीबाट हटाएपछि मुस्लिमहरुले मधेशीको सिफारिस पाउन अवरोध देखिएको छ । मधेशी आयोग द्वारा प्रकाशित ‘मधेशी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन २०७८’ मा १४९ जातसहित थारु र मुस्लिमलाई पनि मधेशीको रुपमा सुचिकृत गरिएको थियो । प्रतिवेदन राष्ट्रपति समक्ष पेश भएपछि मुस्लिम र थारु आयोगका पदाधिकारी सहित सो समुदायका विभिन्न संघ-संगठनहरुले मधेशी आयोगको सो निर्णयप्रति विरोध जनाएका थिए । त्यसपछि आयोगले मङ्सिर २० गते थारु र मुस्लिमलाई मधेशीको सूचीबाट हटाएको थियो । मधेशीको सूचीबाट मुस्लिमलाई हटाएपछि अहिले लोक...
धनुषामा प्रहरी हिरासतबाट भागेका ६ जना मध्ये ४ जना पक्राउ
प्रशासन, समाचार

धनुषामा प्रहरी हिरासतबाट भागेका ६ जना मध्ये ४ जना पक्राउ

नेपालअखबार, जनकपुर। धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थुनुवा कक्षको पर्खाल भत्काएर भागेका ६ जना अभियुक्त मध्ये ४ जना अभियुक्त पक्राउ परेका छन् । तीन जना यसअघि नै पक्राउ परेकोमा बुधबार एक जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा लागु औषध मुद्दाका अभियुक्त छिरेश्वरनाथ नगरपालिका ५ का विनोद कुमार शर्मा रहेका छन् । उनलाई जिल्लाको मथिला नगरपालिका १० लालगढको रातो खोलाको बगर छेउमा लुकीछिपी बसिरहेको अवस्थामा बुधबार राति १ बजेको समयमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए । त्यसैगरी यसअघि अभद्र व्यवहार तथा सार्वजनिक शान्ति विरुद्धको अपराध मुद्दाका अभियुक्तका अभियुक्त मिथिला २ का २५ वर्षीय हरिदीप सिंह, सोही मुद्दाका अभियुक्त छिरेश्वरनाथ नगरपालिका २ का अमित मण्डल र हातहतियार तथा खरखजाना मुद्दाका अभियुक्त रोशनकुमार महतो पक्राउ ...
३० जना प्रहरीले लिए विपद व्यवस्थापन आधारभूत तालिम
प्रशासन, समाचार

३० जना प्रहरीले लिए विपद व्यवस्थापन आधारभूत तालिम

नेपालअखबार, काठमाडौँ । नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीले ३० जना प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही कार्यालयमा संचालित २८ औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो । उक्त तालिम समापनका अवसरमा बुधबार आयोजित कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरे । उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक कडायतले तालिमले प्रशिक्षार्थीको व्यवसायिक जिवनमा निपुर्णता ल्याएको विश्वास व्यक्त गर्दै दैविक प्रकोप तथा विपदको समयमा खोजी तथा उद्दार कार्यमा नागरिकले अपेक्षा गरे अनुरुप सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीले तालिम सम्बन्धी प्रत...
लिदी पहिरोबाट विस्थापितलाई जग्गाधनी प्रमाण पुर्जा
प्रशासन, समाचार

लिदी पहिरोबाट विस्थापितलाई जग्गाधनी प्रमाण पुर्जा

नेपालअखबार, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको लिदी पहिरोबाट विस्थापित ४१ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा प्रदान गरिएको छ । जुगल गाउँपालिका–२, लिदीमा पहिरोबाट विस्थापितलाई साढे दुई वर्षपछि जग्गाधनी पुर्जा पाएका हुन् । प्रतिनिधिसभा सदस्य माधव सापकोटाले पीडित परिवारलाई मङ्गलबार पुर्जा वितरण गरे । विसं २०७७ साउन ३० गते जुगल गाउँपालिकाको लिदीमा बस्तीमाथिबाट पहिरो जाँदा दुई सय नौ परिवार विस्थापित भएका थिए । तीमध्ये ४१ परिवारलाई चौतारा साँगाचोकगढी नगरपालिका–४ देउरालीमा सुरक्षित जग्गा व्यवस्थापन गर्दै जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो । जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्वोका अनुसार नयाँ बस्ती विकास गर्ने गरी जग्गाधनी प्रमाण पुर्जा प्रदान गरिएको हो । आगामी दिनमा बाढी प्रभावित र विस्थापितका लागि आयआर्जन, स्वरोजगार बन्न थप कार्यक्रम ल्याइने उनको भनाइ छ । पीडित ६४ परिवारलाई सेलाङको ...