Monday, May 11

प्रशासन

बाँकेमा निषेधाज्ञा जारी
प्रशासन, समाचार, हाइलाइट-समाचार

बाँकेमा निषेधाज्ञा जारी

नेपाल अखबार, बाँके। कोरोनाको जोखिम बढेपछि बाँकेमा स्थानीय प्रशासनले आजदेखि तीन दिनसम्म निषेधाज्ञा जारी गरेको छ  । नेपालगञ्जमा सरकारी कार्यालय र समुदायस्तरमा गरिएको कोरोना परीक्षणमा एकै दिन ३० जनामा सङ्क्रमण देखिएपछि कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले  तीन दिनसम्म पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । कोरोनाको जोखिम हुन नदिन तीन दिन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए । उनका अनुसार, अत्यावश्यकीय कामबाहेक घर बाहिर ननिस्कन प्रशासनले आग्रह गरेको छ । प्रशासनको आग्रहलाई अटेर गरी अनावश्यकरूपमा हिँडडुल गरेको पाइएमा कानूनबमोजिम कारवाही हुनेछ । निषेधाज्ञाको अवधिमा स्वास्थ्य, सुरक्षा, विद्युत्, दूरसञ्चार, खानेपानी, दूध तथा दुग्धजन्य पदार्थ, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि पसल तथा तरकारी र खाद्यान्न आपूर्ति सेवा सञ्चालन गर...
निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य
अर्थ, प्रशासन

निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

नेपाल अखबार, काठमाडौं । नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र मट्टीतेलमा प्रतिलिटर दुई दुई रुपैयाँले मूल्य बढाईएको निगमका प्रवक्ता विनितमणी उपाध्ययले जानकारी दिए । नयाँ मूल्यवृद्धिपछि डिजेल र मट्टीतेल र पेट्रोलको काठमाडौं उपत्यकामा प्रतिलिटर मूल्य क्रमश ९० र १ सय ४ रुपैयाँ कायम भएको छ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने समायोजन नगरिएको निगमले जनाएको छ । अगष्ट एकमा भारतीय आयल कर्पाेरेसनबाट प्राप्त नयाँ मूल्य अनुसार पेट्रोलियमको मूल्य बढेर प्राप्त भएकाले स्वचालित मूल्य समायोजन कार्यविधि अनुसार मूल्य बढाइएको निगमको स्पष्टीकरण छ । जुलाई १६ मा प्राप्त मूल्यअनुसार नै निगमलाई पाक्षिक ६ करोड बढी घाटा रहेको प्रवक्ता उपाध्यायले बताए । अन्तर्राष्ट्रिय बजारमा बढ्दो कच्चा तेलको भाउले निगमलाई हाल पेट्रोलमा एक रुपैयाँ २३ प...
जलेश्वर नगरपालिकाको कार्यालय बन्द
प्रशासन

जलेश्वर नगरपालिकाको कार्यालय बन्द

नेपाल अखबार,  महोत्तरी। प्रदेश नम्बर २ मा कोरोना भाइरसको बढ्दो त्रासका कारण महोत्तरीको जलेश्वर नगरपालिकामा अत्यावश्यक कार्य बाहेक सम्पूर्ण कार्यहरु बिहीबारदेखि बन्द गरिएको छ । जलेश्वर नगरपालिकाले एक सूचना जारी गरि बिहीबारदेखि कार्यालयका अत्यावश्यक काम बाहेक सम्पुर्ण कार्य सेवाहरु बन्द गरेको हो । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि साउन १५ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक सेवा बाहेक जलेश्वर नगरपालिकाले आफ्नो कार्यालय बन्द गरेको नगरप्रमुख रामाशंकर मिश्रले बताए ।  नगरपालिकाले संक्रमण फैलिन नदिनका लागि सतर्कताका साथ बस्न समेत नगरवासीलाई आग्रह गरेको छ ।...
बाँकेमा निषेधाज्ञाको तयारी
प्रशासन, समाचार, हाइलाइट-समाचार

बाँकेमा निषेधाज्ञाको तयारी

नेपाल अखबार, बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले आइतबारदेखि तीन दिनसम्मका लागि जिल्लाभर पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने तयारी गरेको छ । समुदायस्तरमा कोरोना सङ्क्रमणको जोखिम अत्यधिक बढेसँगै प्रशासनले निषेधाज्ञा जारी गर्ने भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिए । नेपालगञ्जमा समुदायस्तरमा गरिएको कोरोना परीक्षणमा कर्मचारीसहित २७ जनामा सङ्क्रमण देखिएपछि निषेधाज्ञा जारी गर्ने तयारी गरिएको हो । गत आइतबार कन्टयाक्ट ट्रेसिङ गरी आन्तरिक राजश्व कार्यालय नेपालगञ्जबाट ६८, त्रिभुवनचोकको मिठाइ पसल आसपासबाट ११५ र यातायात व्यवस्था कार्यालय क्षेत्रबाट सङ्कलन गरिएको २८ स्वाब परीक्षणका क्रममा आन्तरिक राजश्व कार्यालय नेपालगञ्जका थप ११ कर्मचारीसहित नेपालगञ्जका २७ जनामा आज सङ्क्रमण देखिएको छ । रासस...
कक्षा ११ को वार्षिक परीक्षा माघ अगाडि नै
प्रशासन, शिक्षा, समाचार

कक्षा ११ को वार्षिक परीक्षा माघ अगाडि नै

नेपाल अखबार, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–११) महामारीका कारण स्थगित कक्षा ११ को परीक्षा आउँदो माघ महिना भन्दा अगाडि लिइसक्नुपर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डद्वारा जारी कार्यविधिमा ढिलोमा २०७८ सालको वैशाख/जेठमा सञ्चालन हुने कक्षा १२ को परीक्षाको आवेदन फर्म भर्नुपूर्व नै कक्षा ११ को परीक्षा लिइसक्नुपर्ने व्यवस्था गरिएको छ । बोर्डले सञ्चालन गर्ने कक्षा १२ को परीक्षा फर्म आगामी माघमा भर्नुपर्छ, त्यो भन्दा पहिला नै विद्यालयहरूले कक्षा ११ को परीक्षा लिइसक्नुपर्छ’ बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले भने । आंशिक तथा ग्रेड वृद्धि परीक्षार्थीले भने २०७७ सालको कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन हुनुपूर्व नै परीक्षा दिइसक्नुपर्ने अर्यालले जानकारी दिए । अर्यालका अनुसार यो परीक्षाको संपरीक्षण बोर्डले नै गर्नेछ । गत असार १९ गते बसेको पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद् बैठकले यसअघि...
चीन र नेपालसहित चार मुलुकको छुट्टै संयन्त्र बनाउने प्रस्ताव
प्रशासन, समाचार

चीन र नेपालसहित चार मुलुकको छुट्टै संयन्त्र बनाउने प्रस्ताव

नेपाल अखबार, काठमाडाैं । भारत र पाकिस्तानको आपसी वैमनस्यताका कारण दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) निष्क्रिय बनेपछि चीनको अगुवाईमा दक्षिण एशियामा छुट्टै क्षेत्रीय संगठन निर्माणको पहल शुरु भएको छ। यसका लागि चीन सक्रिय भएर लागेको छ। सोमबार नेपाल, चीन, पाकिस्तान र अफगानिस्तानका विदेशमन्त्रीहरुबीच भएको भर्चुअल बैठकमा चीनले क्षेत्रीय संगठन बनाउने औपचारिक प्रस्ताव गरेको परराष्ट्र स्रोतले बतायो। स्रोतका अनुसार चीनको प्रस्तावमा अन्य तीनवटै मुलुक सकारात्मक देखिएका छन्। कोरोना महामारीका विषयमा छलफल भन्दै चीनले विगत केही महिनायता यस प्रकारको छलफलको अगुवाई गरिरहेको छ। परराष्ट्र सचिव शंकरदास वैरागीले सोमबारको छलफल चीनको समन्वयमा भएको जानकारी दिए। सोमबारको भर्चुअल बैठकमा नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, पाकिस्तानका विदेशमन्त्री शाह महुमद कुरेशी, चीनका विदेशमन्त्री वाङ यी र अफगान...
युट्युबर शिवाकोटी बलात्कार आरोपमा  जेल चलान
प्रशासन, समाचार

युट्युबर शिवाकोटी बलात्कार आरोपमा जेल चलान

नेपाल अखबार, काठमाडौं । विश्व हिन्दु महासंघको पदाधिकारी र युट्युबरका रुपमा आफूलाई चिनाउने अर्जुन शिवाकोटीलाई डिल्लीबजार कारागार चलान गरिएको छ । जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि उनलाई कारागार चलान गरिएको हो । बानियाँटारकी १२ र १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा शिवाकोटीलाई थुनामा पठाउन आदेश भएको महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी दिपक थापाले  बताए । शिवोकाटीले पीडित बालिकाको परिवारलाई हत्या गर्ने धम्की दिएर करणी गरेको भन्दै उजुरी परेको थियो । शिवाकोटीले प्रहरी प्रशासनसँग समेत राम्रो चिनजान भएको बताएपछि बालिकाका बुबाआमा न्याय खोज्दै महानगरीय अपराध अनुसन्धान महाशाखासम्म पुगेका थिए । घटना संवेदनशील भएकाले महाशाखाले एक जना महिला डीएसपीलाई खटाएर अनुसन्धान गरेको थियो ।...
आत्महत्या गर्छु भनेर फेसबुकमा लेख्ने व्यक्तिकाे उद्दार
प्रशासन, समाचार

आत्महत्या गर्छु भनेर फेसबुकमा लेख्ने व्यक्तिकाे उद्दार

नेपाल अखबार, काठमाडौं । आत्महत्या गर्छु भनेर फेसबुकमा लेख्ने व्यक्तिलाई प्रहरीले उद्दार गरेको छ । महानगरीय प्रहरी वृत्त, महाराजगञ्ज र प्रहरी प्रभाग, बसपार्कको टोलीले झापाको अनारमनी–४ घर भएका सुनिल अग्रवाललाई उद्दार गरेको हो । महाराजगञ्जका डीएसपी रोशन खड्काका अनुसार सोमबार बिहान साढे ११ बजे अग्रवालले फेसबुकमा अन्तिम पोष्ट लेखेको घोषणा गर्दै कसैलाई पनि नरिसाउन भनेका थिए । साथै, उनले जिन्दगीमा धेरै तनाव भएर केही सोच्ने क्षमता नभएपछि आत्महत्या गर्न लागेको पनि उल्लेख गरेका थिए । उनले आफ्नो मृत्युको खबर घरसम्म पनि नपठाइदिन भनेका थिए । ‘मेरो अन्तिम इच्छा यही हो, कसैसँग केही गुनासो छैन । म आफैं हिम्मत हारिसकेको यो जुनीमा दुःख मात्र भागेको सायद अर्को जुनीमा दुःख भोग्नु नपरोस्’, उनले भनेका थिए । यो पोष्टबारे थाहा पाउने वित्तिकै प्रहरीले उनको खोजी थालेको थियो । त्यसक्रममा उनी बसपार्कमा बिजी मल नजिकै ...
दाङमा १५ किलो चरेशसहित ६ जना पक्राउ
प्रशासन, समाचार

दाङमा १५ किलो चरेशसहित ६ जना पक्राउ

नेपाल अखबार,बुटवल । दाङको घोराही उपमहानगरपालिका १४ नयाँ बसपार्कबाट १५ किलो चरेशसहित ६ जना पक्राउ परेका छन्  । ५ नं.प्रदेश प्रहरी ब्युरोबाट खटिएको प्रहरी टोलीले नयाँ बसपार्कमा रहेको रोल्पा नुवागाउँ होटलबाट १५ के.जी. लागुऔषध चरेससहित ६ जनालाई नियन्त्रणमा लिएको हो । प्रहरी निरिक्षक प्रमोदकुमार क्षेत्रीको टोलीले बाँके नेपालगञ्ज उ.म.न.पा. २५ बस्ने वर्ष ४० का सन्तोष गुरुङ, रोल्पाको रोल्पा नपा–१० बस्ने वर्ष २२ का आकाश विक, सोही ठाउँ बस्ने २२ वर्षीय जितकुमार विक, थवाङ गापा–५ बस्ने वर्ष ४० की कमला घर्तीलाई पक्राउ गरेको छ । त्यस्तै पक्राउ पर्नेमा रोल्पाको परिवर्तन गापा ४ बस्ने वर्ष ४५ की जुनु बुढा र २८ वर्षीय डिल बहादुर विक समेत रहेको प्रहरीले जनाएको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय, दाङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
दलहरुमा आर्थिक पारदर्शिता नहुँदा दलीय व्यवस्थापन र प्रणालीमा समस्या
प्रशासन, समाचार

दलहरुमा आर्थिक पारदर्शिता नहुँदा दलीय व्यवस्थापन र प्रणालीमा समस्या

नेपाल अखबार, काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरुमा आर्थिक पारदर्शिता नहुँदा दलीय व्यवस्थापन र प्रणालीमा समस्या भएको बताएको छ । राजनीतिक दलहरुले हरेक वर्षको लेखापरीक्षण प्रतिवेदन आयोगमा पेश गर्नुपर्ने कानून भएपनि न्यूनतम शर्तहरु समेत पालना नगर्दा दलीय व्यवस्थापन र प्रणालीमा समस्या भएको आयोगले बताएको हो । संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले राजनीतिक दलहरुले न्यूनतम कानून पनि पालना गर्न नसक्ने र आयोगले ध्यानाकर्षण बाहेक कारवाही पनि गर्न नसक्ने कारण दलीय व्यवस्थापन र प्रणालीमा समस्या भएको बताए । राजनीतिक दलहरु परिपक्व हुन नसकेको उल्लेख गर्दै उनले भने, ‘‘प्रत्येक दलहरुले आर्थिक वर्ष सकिएपछि वार्षिक विवरण पठाउनुपर्ने हुन्छ । आजसम्म १ सय ३१ वटा दलहरु दर्ता भएका छन् । कुनै पनि वर्ष बढीमा ७० भन्दा बढी दलले विवरण बुझाएका छैनन । क...