राष्ट्रिय जनगणनाको १२ औं श्रृंखला पूर्णगणना हुने
नेपाल अखबार, काठमाडौं । केन्द्रीय तथ्यांक विभागले हरेक १० वर्षमा गर्ने राष्ट्रिय जनगणनाको १२ औं श्रृंखलामा पहिलोपटक पूर्णगणना गरिने भएको छ । यो जनगणना विसं २०७८ जेठ २५ देखि असार ८ गतेसम्म सञ्चालन हुनेछ । यस जनगणनामा सम्पूर्ण घरको प्रयोजनसहितको गणना, प्रविधिको प्रयोग, सामुदायिक प्रश्नावलीको प्रयोग विषयगत प्रतिवेदन र तथ्यांकमा सुलभ पहुँच हुने विभागले जनाएको छ ।
विभागको टोलीले आगामी जनगणना, २०७८ को तयारी सम्बन्धमा अन्तरक्रिया गरी सो सम्बन्धमा भएका कामकारवाहीबारे जानकारीगराएको छ । विभागका निर्देशक ढुण्डीराज लामिछानेले जनगणना तयारीबारे प्रस्तुतीकरण गर्दै हालसम्म संघ, प्रदेश र स्थानीय तहबाट मस्यौदा प्रश्नावलीमा सुझाव संकलन, तहगत समन्वय, सहकार्य र सहयोगसम्बन्धी अध्ययन प्रतिवेदन तथा प्रदेश सरकारको संलग्नतामा प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम र ७७ जिल्लामा सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्...
