Saturday, October 10

प्रशासन

जाजरकोट भूकम्प : सार्वजनिक संरचना प्रदेश सरकारले निर्माण गर्ने
प्रशासन, समाचार, समाज

जाजरकोट भूकम्प : सार्वजनिक संरचना प्रदेश सरकारले निर्माण गर्ने

नेपालअखबार, जाजरकोट । जाजरकोट भूकम्पबाट क्षति भएका सरकारी तथा सार्वजनिक संरचनाको निर्माण प्रदेश सरकारले गर्ने भएको छ । सरकारी कार्यालय, विद्यालय, प्रहरी कार्यालय, खानेपानी, सिँचाइ आयोजनामा भएको क्षति प्रदेश सरकारले निर्माण गर्ने कार्य योजनाका साथ नियमित छलफलमा रहेको आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले जानकारी दिए । भूकम्पले सबैभन्दा जाजरकोट र रुकुम पश्चिममा क्षति पुर्याएको छ । भूकम्पले कर्णालीका ५४ वटा प्रहरी कार्यालयमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयदेखि अस्थायी प्रहरी चौकीसम्म भूकम्पले क्षति बनाएको कर्णाली प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । जाजरकोटमा ३३, रुकुम पश्चिममा १२, सल्यानमा तीन, जुम्लामा चार वटा, कालिकोटमा दुई वटा प्रहरी भवनमा क्षति पुगेको प्रमुख ढकालले जानकारी दिए । जाजरकोटका जिल्ला प्रहरी प्रहरी कार्यालयको चार वटा भवन भत...
हाजिर गर्न बञ्चित पशुपतिका कर्मचारीको पक्षमा श्रम अदालतको फैसला
प्रशासन, समाचार

हाजिर गर्न बञ्चित पशुपतिका कर्मचारीको पक्षमा श्रम अदालतको फैसला

नेपालअखबार, काठमाण्डौं । श्रम तथा रोजगार कार्यालय टेकुले पशुपति क्षेत्र विकास कोषले हाजिर गर्न बञ्चित गरेका २ जना कर्मचारीलाई काममा फर्काउन फैसला गरेको छ । श्रम तथा रोजगार कार्यालय टेकुले कोषले हाजिर गर्न वञ्चित गरेका एलिसा गौतम र पुरुषोत्तम खतिवडा लाई नियमित काममा फर्काउन फैसला गरेको हो  । अदालतले एक बर्स भन्दा बढी निरन्तर रोजगार सम्बन्ध कायम भइ प्रतिष्ठानमा नियमित रोजगारीमा कार्यरत रहेको अवस्थामा पशुपति क्षेत्र विकास कोषले बिना कुनै सूचना र कारण बिना एक्कासि श्रमिकहरूको रोजगारी अन्त्य गर्ने कार्य प्रचलित श्रम कानुनको सिद्धान्त र व्यवस्था  विपरीत भएको भन्दै श्रमिकहरूलाई नियमित काममा लगाउन भनेको छ । अदालतले  श्रम ऐन , २०७४ को दफा ११ को व्यवस्था बमोजिम नियमित रोजगार सम्झौता गरि श्रम ऐन २०७४ को दफा १७२ को व्यवस्था बमोजिम हाजिर गर्न बञ्चित गरेको दिनदेखि यश निर्णय बमोजिम हाजिर गर्न दिएको...
नेपाली सेनामा खुल्यो साढे ३ हजार जनालाई जागिर
प्रशासन, समाचार

नेपाली सेनामा खुल्यो साढे ३ हजार जनालाई जागिर

नेपालअखबार, काठमाडाैं। नेपाली सेनाले सैन्य पददेखि विभिन्न ट्रेडका फलोअर्स पदहरूका लागि दरखास्त आह्वान गरेको छ। सेनाले सूचना प्रकाशन गर्दै सैन्य पदमा ३ हजार जना र सुचिकार, सफाईकर्मी, चर्मकर्मी, लोहाकार, केशकर्तक, माली लगायतका पदमा ४१३ जना कर्माचारी मागेको हो। देशका विभिन्न ब्यारेकहरूमा पदपूर्ती गर्नका लागी सेनाले ठूलो संख्यामा दर्खास्त आह्वान गरेको हो। इच्छुक र योग्यता पुगेका व्यक्तिहरूलाई पुस ७ गतेसम्म निर्धारण गरिएको छ। सैन्य पदका लागि नेपाली सेनाको आधिकारी वेबसाइटबाट अनलाइन दरखास्त फाराम भरी उम्मेदवार स्वयंले सो को हार्डकपी प्रिन्टआउट गरी तोकिएको भर्ना केन्द्रमा बुझाउने  वा उम्मेदवार स्वयंम भर्ना केन्द्रमा उपस्थित भई फाराम भर्ने र ट्रेडका फलोअर्स पदहरूका लागि उम्मेदवार स्वयम् भर्ना केन्द्रमा उपस्थित भई दरखास्त फाराम भर्नुपर्नेछ।...
श्री एअरलाईन्सले पायो काठमाडौँ–सुर्खेतका लागि उडान अनुमति
प्रशासन, समाचार

श्री एअरलाईन्सले पायो काठमाडौँ–सुर्खेतका लागि उडान अनुमति

नेपालअखबार, सुर्खेत । श्री एअरलाईन्सले काठमाडौँ–सुर्खेतका लागि उडानको अनुमति पाएको छ । सुर्खेत विमानस्थलका प्रमुख राजनराज ढुङ्गेलले श्री एअरलाईन्सले बिहीबार उडानको अनुमति पाएको रातोपाटीलाई जानकारी दिए । सुर्खेतका लागि श्री एअरलाईन्सले बुद्ध एअरभन्दा पहिला नै परीक्षण उडान गरेको थियो । यद्यपि उडान अनुमति भने पाएको थिएन । ‘अनुमति पाएर पनि अब अर्को हप्तादेखि उडान गर्छु भनेर उहाँहरूले भनिरहनुभएको छ,’ ढुङ्गेलले भने, ‘यहाँ अफिस सेटअप गर्दै हुनुहुन्छ । कतिखेर राख्ने भन्ने कुरा पनि अहिले भएको छैन ।’ ७८ सिटे उक्त जहाज सुर्खेत आउने–जाने गरेसँगै सुर्खेत–काठमाडौँको भाडामा केही सस्तो पर्ने अपेक्षा गरिएको छ । उक्त जहाजका लागि सुर्खेत विमानस्थलमा भने फुल क्यापेसिटी छैन । ढुङ्गेलका अनुसार रनवे अलि सानो भएकाले समस्या चाहिँ छ । सुर्खेत विमानस्थलको उत्तरतर्फको धावनमार्ग अहिले १ हजार २५५ मिटरको छ ।...
सर्वाधिक कर तिर्ने १६ करदाता सम्मानित, सबैभन्दा धेरै आयकर तिर्ने टेलिकम
अर्थ, प्रशासन, समाचार

सर्वाधिक कर तिर्ने १६ करदाता सम्मानित, सबैभन्दा धेरै आयकर तिर्ने टेलिकम

नेपालअखबार, काठमाडौं । सरकारले सर्वाधिक कर तिर्ने करदातालाई सम्मान गरेको छ । गत आर्थिक वर्ष २०७९/८० विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने कम्पनीलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले आज सम्मान गरेका हुन् । राष्ट्रिय कर दिवस २०८० को समापनका अवसरमा करदातालाई सम्मान प्रदान गरिएको हो । आन्तरिक राजस्व विभागले हरेक वर्ष उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ । सम्मान गरिएका करदाता कम्पनीहरू : सबैभन्दा बढी आयकर : नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) निर्यात कारोबार : डाबर नेपाल प्रालि विषेश उद्योग : एसियन पेन्ट्स कृषि एवम् पशुजन्य : ओबिसी फुड्स प्राली सहकारी तथा लघुवित्त : छिमेक लघुवित्त बैंक तथा वित्तीय संस्था : ग्लोबल आईएमई बीमा : लाइफ इन्स्योरेन्स कर्पोरेसन स्वास्थ तथा शिक्षा : नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल पर्यटन : मनोकामना दर्शन प्रालि वस्तु व्यापार : भाटभटे...
बारामा मेला दुई पक्षबिच विवाद हुँदै झडप, प्रहरीले भीडलाई तितरबितर पार्न हवाई फायर
प्रशासन, समाचार, समाज

बारामा मेला दुई पक्षबिच विवाद हुँदै झडप, प्रहरीले भीडलाई तितरबितर पार्न हवाई फायर

नेपालअखबार, बारा । बारा जिल्लामा मेला लगाउने विषयमा दुई पक्षबिच विवाद हुँदै झडप भएपछि प्रहरीले भीडलाई तितरबितर पार्न हवाई फायर गर्नुपरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार प्रहरीले सोमबार राति ८ राउन्ड गोली फायर गरेको हो । प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार सोमबार राति करिब १० बजे जिल्लाको पचरौता नगरपालिका–७ बेनौलीमा झण्डा मेला लगाउने विषयमा गाउँका दुई पक्ष गरी सयौँ मानिसबिच विवाद भएको थियो । यस क्रममा ढुंगामुढा हानाहान तथा झडप समेत हुँदा उक्त स्थानमा तत्काल प्रहरी टोली खटाउँदा अवस्था तनावग्रस्त रहेको र केही व्यक्ति घाइते समेत भएकाले झडपलाई सामान्य बनाउन करिब ११ बजे प्रहरीले दुई राउन्ड गोली हवाईफायर गरी भीडलाई तितरबितर बनाइएको थियो । त्यसको केही समयपछि करिब ११ः४५ बजे पुनः झडप सुरु भएपछि प्रहरीले सुरुमा ५ राउन्ड र त्यसपछि १ राउन्ड गरी जम्मा आठ राउन्ड गोली हवाईफायर गर...
सबै अदालतलाई सूचना अधिकारी तोक्न आयोगको निर्देशन
प्रशासन, समाचार

सबै अदालतलाई सूचना अधिकारी तोक्न आयोगको निर्देशन

नेपालअखबार, काठमाडाैं। राष्ट्रिय सूचना आयोगले हरेक तीन–तीन महिनामा सार्वजनिक गर्नुपर्ने सूचना देशभरका अदालतलाई प्रकाशन गर्न र सूचना अधिकारी तोक्न निर्देशन दिएको छ। आयोगको गत कात्तिक २४ गतेको बैठकले प्रत्येक तीन–तीन महिनामा गर्नु पर्ने स्वतः प्रकाशन गर्ने व्यवस्था मिलाउन सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारमार्फत सबै अदालतलाई सूचनाको हकसम्नधी ऐनअनुसार उक्त निर्देशन दिएको हो । आयोगले सूचना अधिकारी तोक्न वा स्वतः प्रकाशन हुन बाँकी रहेका सूचना सार्वजनिक गर्न, अदालतहरुमा सूचना अधिकारी तोकी निजको नाम र सम्पर्क नम्बर तथा इमेल सार्वजनिक गर्न निर्देशन दिएको हो। हालै सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले आयोजना गरेको सम्मेलनका क्रममा कतिपय अदालतमा कानुन बमोजिम तोकिनुपर्ने सूचना अधिकारी नतोकिएको र स्वतः प्रकाशन गर्नपर्ने सूचना सार्वजनिक नभएपछि  आयोगले उक्त निर्देशन दिएको हो।...
मंसिर १ गतेदेखि फेरिने भयो जयनगरबाट बिजलपुरासम्म चल्ने रेलको समय तालिका
प्रशासन, समाचार, समाज

मंसिर १ गतेदेखि फेरिने भयो जयनगरबाट बिजलपुरासम्म चल्ने रेलको समय तालिका

नेपालअखबार ,जयनगर। नेपाल रेल्वेले जाडो मौसममा नयाँ समयतालिका निर्धारण गरी रेल सेवा सञ्चालन गर्ने जनाएको छ। भारतको जयनगरबाट जनकपुरधामसम्म जनकपुरधामबाट बिजलपुरासम्म सञ्चालन भइरहेको नेपाल रेल सेवा आगामी मङ्सिर १ गतेदेखि हालको समयतालिकामा परिवर्तन गरी सञ्चालन गर्ने नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जनकुमार झाले जानकारी दिए। मङ्सिरदेखि चिसो बढ्ने र दिउँसोको समय छोटो हुने हुँदा यात्रुको सुविधालाई ध्यानमा राखी हालको समयतालिकामा परिवर्तन गरिएको उनको भनाइ छ। दैनिक आउजाउ गरी छपटक सञ्चालन भइरहेको रेल भङ्गाहा (बिजलपुरा)–जयनगर खण्डमा पूर्ववत दैनिक एक सेवा सञ्चालन हुनेछ। जनकपुरधाम–जयनगर खण्डमा दैनिक तीन सेवा सञ्चालन यथावत रहेको छ। ‘चिसो मौसमका कारण यात्रुको सुविधा र स्वास्थ्यलाई मध्यनजर गरी समय मात्र परिवर्तन गरिएको छ,’ महाप्रबन्धक झाले भने। परिवर्तन गरिएको नयाँ तालिकाअनुसार रेल से...
कोरला नाकामा अस्थायी संरचना तयार
प्रशासन, समाचार, समाज

कोरला नाकामा अस्थायी संरचना तयार

नेपालअखबार, मुस्ताङ । चार वर्षपछि पुनःसञ्चालनको तयारी भएको मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित कोरला नाकाको नेपालतर्फ सुरक्षाकर्मीहरूको आश्रयका लागि अस्थायी संरचना तयार गरिएको छ। लोमान्थाङका जनप्रतिनिधि र सशस्त्र बोर्डर आउट पोष्ट (बिओपी)को रोहबरमा चीनले  दशगजा क्षेत्रको नेपाली भूमिमा कन्टेनर सुविधाको पूर्वाधार संरचना तयार गरेको हो। लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्वु गुरूले २० फिट लम्बाइ र दश फिुट चौडाइका झ्याल र ढोका भएका सिसाबाट बाहिर हेर्न सकिने पाँच प्रिफेव कन्टेनर जडान गरिएको जानकारी दिए। ‘कोरला नाकाको चीनतर्फ स्थायी संरचना छन्। नेपालमा थिएन। चार हजार मिटरभन्दा बढी उचाइको नाकामा नेपाली सुुरक्षाकर्मी र भन्सारका कर्मचारीका लागि नेपालको अनुुरोधमा चीनले प्रिफेव कन्टेनर उपलब्ध गराएर जडान गरिएको हो,’ उनले भने, ‘चारवटा खाट राख्न सकिने कन्टेनरभित्र १० जनासम्म अटाउन सक्छन्।’ चीनल...
पोखराबाट  २ लाखको पटका बरामद
प्रशासन, समाचार

पोखराबाट २ लाखको पटका बरामद

नेपालअखबार, पोखरा । पोखरामा टिकटकमा बसेर पटकाको मार्केटिङ गरेको थाहा पाएपछि कास्की प्रहरीले ठुलो परिमाणमा पटका तथा आतिसबाजी बरामद गरेको छ । पोखराका विभिन्न ठाउँबाट पटका, आतिसबाजी र खुर्सानी बमहरू बरामद भएको हो । आतिसबाजी ७२ प्याकेट, रकेट बम २० प्याकेट, खुर्सानी बम ४७ प्याकेट, चकलेट बम २४ वटा बरामद भएको छ । यस्तै, आलु बम २५ वटा, बुलेट बम ३ वटा, सोली बम ५ वटा, झिरझिरे ८० वटा, एटम बम १४ वटा, डवल बम १० वटा समातिएको छ । गमला बम १७ वटा, चक्र बम २५ वटा, खुर्सानी बमको ९८ सेट, सानो पटका ६ वटा, ठुलो पटका १२ वटा, चक्री ५० वटा, अनार १० वटा, लसुन १५ वटा नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ । उता ठाउँ ठाउँमा खेलाइएको लङ्गुर बुर्जा उर्फ खोरखोरे पनि बरामद भएको छ । खोरखोरेका ३०५ वटा गोटी, बाल्टी, जग, म्याट लगायत सामग्री बरामद भएको कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले बताए । २ लाख भन्...