Friday, August 7

प्रशासन

जुवा खेलेको आरोपमा पालिका अध्यक्षसहित ७ जना पक्राउ
प्रशासन, समाचार

जुवा खेलेको आरोपमा पालिका अध्यक्षसहित ७ जना पक्राउ

नेपालअखबार,  पोखरा । जुवा तास खेलेको आरोपमा बैदाम प्रहरी कार्यालय कास्कीले बिहीबार ४ लाख ४७ हजार रुपैयाँसहित ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुस्ताङ घरपझोङ गाउँपालिकाका अध्यक्ष ५८ वर्षका मोहन थकाली भनिने मोहन सिंह लालचनसहितका ७ जना छन् । उनीहरुलाई पोखरा ८ सिर्जनाचोकस्थित होटल लक्ष्मीबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको बैदाम प्रहरी प्रमुख वेद जोशीले जानकारी दिए । पक्राउ पर्नेमा होटल सञ्चालक मुस्ताङ घरपझोङ गाउँपालिका २ का ५७ वर्षीय इन्द्रबहादुर कार्की, ४६ वर्षीय नवीनप्रसाद थकाली, पोखरा ८, सिर्जनाचोकका ६३ वर्षीय शंकर ज्वारचन, महेन्द्रपुलका ५३ वर्षीय गुञ्ज हिराचन, ५९ वर्षीय दलबहादुर हिराचन पनि रहेका प्रहरीले जनाएको छ । पक्राउ परेका जुवाडेमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डिएसपी जोशीले जानकारी दिए ।...
गृह मन्त्रालय तानियो अध्यागमन विभागका महानिर्देशक अधिकारीलाई
प्रशासन, समाचार

गृह मन्त्रालय तानियो अध्यागमन विभागका महानिर्देशक अधिकारीलाई

नेपालअखबार, काठमाडौँ । अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी गृहमन्त्रालयमा तानिएका छन् । ६० किलो सुन तस्करीमा संलग्न बेल्जियन नागरिक दावा छिरिङसँग सामाजिक सञ्जालमा सम्पर्क देखिएको भन्दै उनलाई छानबिनका लागि मन्त्रालयमा झिकाइएको गृहमन्त्रालयका एक उच्च अधिकारीले बताए । ती अधिकारीले भने, ‘विवादित व्यक्तिलाई जिम्मेवारीमा राख्नु हुँदैन भनेर फिर्ता बोलाइएको हो, उनलाई मन्त्रालयको अतिरिक्त शाखामा हाजिर गराइएको छ ।’...
संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
प्रशासन, समाचार

संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

नेपालअखबार, काठमाडौँ । सरकारले बजेमार्फत ल्याएको संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । बुधवार संवैधानिक इजलासले सो आदेश गरेको हो । सर्वोच्चको आदेशमा भनिएको छ–‘आर्थिक वर्ष २०८०–०८१ को विनियोजन ऐनमा व्यवस्था गरिएका समान प्रकृतिका संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम सम्बन्धी व्यवस्थाहरु तथा ती व्यवस्थाहरुको लागि छुट्याइएको विनियोजित रकम खर्च गर्ने कार्य प्रस्तुत रिट निवेदनको अन्तिम किनारा नभएसम्म कार्यान्वयन नगर्नु नगराउनु भनि अन्तरिम आदेश जारी गरिएको छ ।’ प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ नेतृत्वको संवैधानिक ईजलासमा न्यायधीशहरु ईश्वर प्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउत सदस्य थिए । आर्थिक वर्ष २०८०–८१ को बजेटमा सरकारले सांसद आफैले आफ्नो संसदीय निर्वाचन क्षेत्रको ...
नेपाल नेत्रज्योति संघ र आईकेयर फाउन्डेशनबिच सम्झौता
प्रशासन, समाचार, समाज, स्वास्थ्य

नेपाल नेत्रज्योति संघ र आईकेयर फाउन्डेशनबिच सम्झौता

नेपालअखबार, मुगु। नेपाल नेत्रज्योति संघ अन्तरगत कर्णाली प्रदेशको मुगु र हुम्ला जिल्लामा सञ्चालित आँखा उपचार केन्द्रहरुको स्तरोन्नतीका लागि नेत्रज्योति संघ र आईकेयर फान्डेशनका बिचमा सम्झौता भएको छ । बुधबार नेत्रज्योति भवनमा भएको सम्झौतापत्रमा नेपाल नेत्रज्योति संघका तर्फबाट महासचिब भरतबहादुर चन्द र कार्यकारी निर्देशक डा। शैलेशकुमार मिश्र तथा आईकेयर फाउन्डेशनको तर्फबाट फाउन्डेशनका सिईओ वियोन स्टेनभर्स र नेपालका कन्ट्री डाइरेक्टर अनिल गोर्खालीले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै नेत्रज्योति संघका उपाध्यक्ष एबं कर्णाली प्रदेशका सभापति तिलकबहादुर मल्लले भौगोलिक रुपमा पछाडि परेको कर्णाली प्रदेशका बिकट जिल्लाहरुमा आँखा उपचार सेवा विस्तारका लागि सहयोग गरेकोमा आईकेयर फाउन्डेशनलाई धन्यबाद दिए । नेपाल नेत्रज्योति संघ र आईकेयर फाउन्डेशनका बिचमा बिगत ३९ बर्षदेखि न...
१२ जना सशस्त्र प्रहरी सम्पर्कविहीन
प्रशासन, समाचार

१२ जना सशस्त्र प्रहरी सम्पर्कविहीन

नेपालअखबार, काठमाडौं । १२ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन् । उनीहरू केही समयदेखि आफू कार्यरत कार्यालयमा सम्पर्कमा नआएको सशस्त्र प्रहरी बल, केन्द्रीय कार्यालयले जनाएको छ । सम्पर्कविहीन हुनेहरूमा दुई जना हवल्दार र १० जना जवानहरू रहेका छन् । कोही बिदामा गएर सम्पर्कविहीन भएको र कोही आफुखुसी ब्यारेक छाडेर सम्पर्कमा नरहेको कार्यालयले सूचना जारी गरी जानकारी गराएको छ । सम्पर्कविहीन हुनेहरूमा छिन्नमस्ता बाहिनी महोत्तरीमा कार्यरत हवल्दार त्रियुगा नगरपालिका-१६ का ध्रुवकुमार बस्नेत, बिओपी टेपरी बर्दियामा कार्यरत हवल्दार बाँसगढी-३ का हरि किसुन थारु रहेका छन् । यस्तै, जवानहरूमा झापाका  प्रेम बुढाथोकी, उदयुपुरका गायत्रा बोहरा, मोरङका लिलाबहादुर लिम्बु, हुम्लाका बिरजन रोकाया, सिरहाका संतोषकुमार यादव, दैलेखका सुरेश थापा, दैलेखकै भरतबहादुर खड्का, बैतडीका दीपकराज कपाडी, नुवाकोटका प्रविन त...
अपराह्न ४ बजे प्रधानन्यायाधीशको शपथ
प्रशासन, समाचार

अपराह्न ४ बजे प्रधानन्यायाधीशको शपथ

नेपालअखबार,काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको शपथ अपराह्न ४ बजेका लागि तय भएको छ । प्रधानन्यायाधीशले राष्ट्रपतिसमक्ष शपथ लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार अपराह्न ४ बजे राष्ट्रपति निवास शीतल निवासमा शपथ लिइन लागिएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता सहसचिव शैलजा रेग्मी भट्टराईका अनुसार अपराह्न ४ बजेका लागि शपथको तयारी भएको हो । त्यसका लागि मंगलबार बिहानैबाट चिठी पठाउने लगायतको काम हुने भट्टराईले बताइन् । गत साउन १८ गते संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस भएका विश्वम्भरप्रसाद श्रेष्ठको भदौ ४ गते सोमबार संसदीय सुनुवाइ भएको थियो । संसदीय सुनुवाइ समितिबाट सर्वसम्मतिमा प्रधानन्यायाधीशमा अनुमोदित भएपछि सोमबार नै संवैधानिक परिषद्ले सो को जानकारी राष्ट्रपति कार्यालयलाई गराएपछि राष्ट्रपतिबाट सोमबार साँझ नै श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गर...
सुन तस्करीको फेरियो शैली
अपराध, पत्रपत्रिका, प्रशासन, समाचार

सुन तस्करीको फेरियो शैली

नेपालअखार, काठमाडौं । राजस्व अनुसन्धान विभाग, नेपाल प्रहरी र भन्सार विभाग चनाखो हुन थालेपछि सुन तस्करले नयाँ रुटबाट सुन तस्करी गर्न थालेका छन् । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गरेपछि तस्कर अन्य उपायमा लागेका हुन् । विमानस्थलको भन्सार विभागमा कार्यरत कर्मचारी नै पक्राउ परेपछि तस्करको चेन पनि भत्किएको छ । मिलेमतोमा र घुस लेनदेन मिलाएर तस्करी हुँदै आएकोमा सरकारले कडाइ गरेपछि तस्करले हवाइ मार्ग छाडेर स्थलमार्गबाट तस्करी गर्न थालेका छन् । तस्करले चीनबाट नेपालमा सुन भित्र्याउन कुनै मालवाहक गाडीको प्रयोग नगरीकन सामान्य व्यक्तिलाई हिँडाएर सुन तस्करी गराउन थालेका छन् । सिन्धुपाल्चोकको गोसाइकुण्ड गाउँपालिका–५, स्याफ्रुबेंसीबाट प्रहरीले पैदलयात्री सुदीप शेर्पालाई बिस्कुट आकारको २ थानमा लुकाइछिपाइ ल्याएको सो धातुसहित फेला पारेपछि तस्करको नयाँ शैली बाहिरिएको हो । प्रहरीले ज...
ललिता निवास प्रकरणमा सीआईबीको अनुसन्धान पूरा
पत्रपत्रिका, प्रशासन, समाचार

ललिता निवास प्रकरणमा सीआईबीको अनुसन्धान पूरा

नेपालअखबार, काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवास प्रकरणमा अनुसन्धान पूरा गरी रायसहितको प्रतिवेदन तयार पारेको छ । सङ्गठित अपराधको कसुरमा प्रहरीलाई अनुसन्धानको हदम्याद ६० दिन हुने भएकाले भदौ ८ गतेभित्र प्रतिवेदन बुझाइसक्नुपर्ने हुन्छ। प्रधानमन्त्री निवास बालुवाटारसँगै जोडिएको २९९ रोपनी नौ आना तीन दाममध्ये ललिता निवासको १४३ रोपनी सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा अवैध रूपमा नामसारी गरेको पाइएपछि सिआइबीले गत असार १२ गतेदेखि विस्तृत अनुसन्धान सुरु गरेको थियो । उक्त सरकारी जग्गा २०४९, २०६२, २०६४, २०७९ साल गरी चार चरणमा योजनाबद्ध रूपमा सङ् गठित गिरोहले सरकारी कागजात किर्ते गरी, नक्कली हकवालासमेत तयार गरी अवैध रूपमा व्यक्तिको नाममा नामसारी भएको अनुसन्धान प्रतिवेदनको निष्कर्ष छ । अनुसन्धान प्रतिवेदनमा ललिता निवासको सरकारी जग्गा हिनामिनामा संलग...
साउदी अरबका लागि निगमकाे सिधा उडानको टिकट बुकिङ खुला
प्रशासन, समाचार

साउदी अरबका लागि निगमकाे सिधा उडानको टिकट बुकिङ खुला

नेपालअखबार, काठमाडौँ । नेपाल वायुसेवा निगमले काठमाडौँबाट साउदी अरबको दमाममा नियमित सिधा उडानका लागि शनिबारबाट टिकट बुकिङ्ग खुला गरेको छ । निगमले भदौ २० गतेदेखि सो उडान सञ्चालन गर्ने जनाएको हो । उडान तालिका अनुसार काठमाडौँ–दमाम–काठमाडौँ सेक्टरमा निगमले हप्ताको दुई दिन बुधबार र शनिवार उडान गर्नेछ । बजारको माग तथा निगमको बजार व्यवस्थापन अनुसार उडानको सङ्ख्या बढाउँदै लैजाने योजना रहेको समेत निगमले जनाएको छ । यात्रुहरूले निगमको कार्यालय वा निगमको वेबसाइट www.nepalairlines.com.np मा लग इन गरी अनलाइनबाट वा नजिकको ट्राभल एजेन्सीबाट टिकट सकिने । यसबाट यात्रुहरूलाई थप सुविधा पुग्ने निगमले विश्वास लिएको छ । काठमाडौँ–दमामको प्रवर्द्धनात्मक भाडादर रु ३५ हजार तोकिएको छ । दमाम–काठमाडौँका लागि भने पाँच सय ९६ साउदी रियाल तोकिएको छ । निगमले अहिले दुई थान वाइडबडी र दुई थान न्यारोबडी जहाजमार्फत...
बाढीले क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत सुरु
प्रशासन, समाचार

बाढीले क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत सुरु

नेपालअखबार, गाेरखा। त्रिशूली नदीमा आइतबार राति आएको भीषण बाढीले क्षति पुर्‍याइएको झोलुङ्गे पुल मर्मत सुरु भएको छ। गोरखाको गण्डकी गाउँपालिका–६ भुम्लिचोक र धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० जोड्ने हिक्लुङघाटको झोलुङ्गे पुल मर्मत सुरु भएको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए। बाढीले पुलमा क्षति पुर्‍याएपछि आवतजावत बन्द भएको छ। गाउँपालिकाले तत्काल पहल गरी स्थानीय पूर्वाधार विभागबाट प्राविधिकको टोली झिकाएर पुल मर्मत सुरु गरिएको उनले बताए। त्यस्तै त्रिशूली नदीकै बाढीले क्षति पुर्‍याएको गण्डकी गाउँपालिका–७ ध्याल्चोक र धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ जोड्ने धवादीघाट माथिको झोलुङ्गे पुल मर्मत भने आजदेखि मात्र सुरु हुने अध्यक्ष तिमिल्सिनाले जानकारी दिए। ‘धवादीघाटमाथिको क्षतिग्रस्त मर्मत सुरु गर्नका लागि शुक्रबार अवलोकन गरिसकिएको छ,’ उनले भने, ‘त्रिशूली नदीमा...