अति संवेदनशील मतदानस्थलमा ३ प्रहरी र १० जना निर्वाचन प्रहरी खटाइने
नेपालअखबार,काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा १० हजार ९६७ मतदानस्थल निर्धारण गरिएको छ । मतदानस्थलभित्र २३ हजार ११२ वटा केन्द्र रहनेछन् । मतदाता संख्याको आधारमा एउटा मतदानस्थलमा थप केन्द्र रहन्छन् ।
प्रतिनिधिसभाको २७५ सिटका लागि निर्वाचन हुँदैछ । जसमा १६५ प्रत्यक्ष र ११० सिट समानुपातिक प्रणालीबाट निर्वाचित हुनेछन् । निर्वाचन आयोगले तय गरेको मतदानस्थललाई सुरक्षाको दृष्टिकोणले तीन तहमा वर्गीकरण गरिएको छ । सुरक्षाको दृष्टिले चुनौतीपूर्ण मानिएको मतदानस्थललाई ‘अति संवेदनशील’मा वर्गीकरण गरिएको छ ।
आयोगले तय गरेको मतदानस्थलमध्ये ३ हजार ६८० स्थललाई अति संवेदनशील वर्गीकरण गरिएको प्रहरी प्रवक्ता (डीआईजी) अबिनारायण काफ्लेले रातोपाटीलाई बताए । संवेदनशील मतदानस्थल ४ हजार ४४२ वटा र सुरक्षा संवेदनशीलताको हिसाबले २ हजार ८४५ स्थललाई सामान्य मतदान स्थलमा वर्गीकरण गरिएको छ । जिल...









