संविधान मिच्न बानी परेकाहरू कानुन मिच्न पनि अग्रसर छन् : अध्यक्ष माधव
नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेस–नेकपा एमाले नेतृत्वको सरकारले बहुदलीय लोकतन्त्रलाई चुनौती दिंदै दुई दलीय शासन व्यवस्था अघि बढाउन खोजेको आरोप लगाएका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कमिटिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘संविधानलाई मिच्ने बानी परिसकेका व्यक्तिहरू कानुन मिच्न पनि त्यत्ति नै अग्रसर भएका छन् ।’
साना र प्रतिस्पर्धी दलहरूलाई समाप्त पारेर सिंगो देशमा तानाशाही लागु गर्ने कुचेष्टा भइरहेको उनको भनाइ छ ।
‘संसदको नियम र नियमावलीलाई मिच्नेदेखि लिएर विधि विधानलाई बेवास्ता गर्ने काम गरिरहको छन् र आफ्ना आलोचक कोही छन् भने तिनीहरूको घाँटी निमोठ्ने काममा अग्रसर भइरहेका छन् ।’
दुई दलीय शासन एकदलीय तानाशाही सोच भएको अध्यक्ष नेपालले बताए ।
‘हाम्रो देशमा अहिले जुन सरकारले शासन गरिरहेको छ त्यो बहुदलीय लोकतन्त्रको...









