Friday, May 22

विदेश

कर्नाटकामा कंग्रेस आई बहुमततर्फ अग्रसर
राजनीति, विदेश, समाचार

कर्नाटकामा कंग्रेस आई बहुमततर्फ अग्रसर

नेपालअखबार, एजेन्सि। कर्नाटकामा बुधबार सम्पन्न विधानसभा निर्वाचनको मतगणना जारी छ। शनिबार बिहानदेखि सुरू भएको मतगणनाको अहिलेसम्मको विवरणमा सत्तारूढ भारतीय जनता पार्टीलाई पछि पार्दै कंग्रेस आई बहुमततर्फ अग्रसर देखिएको छ। मतगणना जारी रहँदा विधानसभाका कुल २२४ मध्ये ११८ क्षेत्रमा कंग्रेस आईले अग्रता लिइरहेको छ। बहुमतकाे सरकार बनाउन ११३ सिट आवश्यक रहन्छ। टाइम्स अफ इन्डियाका अनुसार हालसम्म सत्तारूढ भारतीय जनता पार्टीले ७९ निर्वाचन क्षेत्रमा अग्रता लिइरहेको छ भने जनता दल सेकुलर (जेडिएस) ले २५ क्षेत्रमा अग्रता लिएको छ। मतगणनाको ताजा विवरणअनुसार भाजपा २०१८ को निर्वाचनमा जितेको २५ निर्वाचन क्षेत्रमा यसपालि पछि परेको छ भने कंग्रेसले अघिल्लो निर्वाचनमा हारेका ३९ निर्वाचन क्षेत्रमा यसपटक अग्रता लिइरहेको छ। भारतका विभिन्न सञ्चारमाध्यमहरूले गरेको एक्जिट पोलहरूले यसपालि कर्नाटकामा भारतीय जनत...
पाकिस्तान : दुई दिन हिरासतमा बसेपछि इमरान खान लाहोर फर्किए
राजनीति, विदेश, समाचार

पाकिस्तान : दुई दिन हिरासतमा बसेपछि इमरान खान लाहोर फर्किए

नेपालअखबार, लाहोर । पाकिस्तान तेहरिक–ए–इन्साफ पार्टीका प्रमुख इमरान खान दुई दिन हिरासतमा रहेपछि शनिबार बिहान लाहोरस्थित आफ्नो घर पुगेका छन् । इस्लामाबाद उच्च अदालतले शुक्रबार अल-कादिर ट्रस्ट मुद्दामा पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई दुई हप्ताको लागि अन्तरिम जमानत दिएको थियो । लाहोरमा उनका समर्थकहरुले उनलाई न्यानो स्वागत गरेका थिए । इमरान सडकबाट लाहोरस्थित आफ्नो घर पुगेका थिए । जमानत पाएपछि पनि इमरान खान केही घण्टा इस्लामावाद हाईकोर्ट परिसरमै बसेका थिए । इस्लामाबाद पुलिसका प्रमुखले उनलाई लाहोर जानबाट रोक्न सक्दो प्रयास गरेको र उनलाई तीन घण्टा पर्खाइएको पूर्व प्रधानमन्त्रीको दावी छ । एक भिडियो सन्देशमा इमरान खानले अदालतमा तीन घण्टासम्म बन्धक बनाएको र विभिन्न बहाना बनाएर बाहिर निस्कन नदिइएको बताएका छन् । यसैबीच, इस्लामाबाद पुलिसले ट्वीट गर्दै इमरान खानले सुरक्षामा सहयोग...
इमरान खानलाई धरौटीमा रिहा गर्न इस्लामावाद उच्च अदालतको आदेश
राजनीति, विदेश, समाचार

इमरान खानलाई धरौटीमा रिहा गर्न इस्लामावाद उच्च अदालतको आदेश

नेपालअखबार, एजेन्सि। पक्राउ परेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई धरौटीमा रिहा गर्न इस्लामावाद उच्च अदालतले आदेश दिएको छ। द डन समाचार पत्रका अनुसार शुक्रबार इस्लामावाद उच्च अदालतका दुई न्यायाधीशको संयुक्त इजलासले खानलाई १४ दिनसम्म फेरि पक्राउ नगर्न आदेश दिएको हो। अदालतको आदेशसँगै खान हिरासतबाट रिहा भएका छन्। यसअघि बिहीबार पाकिस्तानको सर्वोच्च अदालतले खानलाई पक्रिनु गैरकानुनी भएको उल्लेख गर्दै उनको मुद्दामा उच्च अदालतमा सुनुवाइ गर्न आदेश दिएको थियो। इस्लामावाद उच्च अदालत जान लागेका खानलाई गत मंगलबार पक्राउ गरिएको थियो। अल क्वाडर युनिभर्सिटी ट्रस्टको भ्रष्टाचार मुद्दामा खानलाई पक्राउ गरिएको थियो।  ...
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ
राजनीति, विदेश, विश्व

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

नेपालअखबार, काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान इस्लामावाद उच्च अदालत बाहिरबाट पक्राउ परेका छन् । आफू जोडिएका दुईवटा मुद्दाको सुनुवाइका लागि अदालत पुगेका खानलाई प्रहरीले अल कादिर ट्रस्टसँग सम्बन्धित घटनालाई लिएर पक्राउ गरेको हो । इस्लामावाद प्रहरीका तर्फबाट महानिरीक्षक अकबर नासिर खानले विज्ञप्ति जारी गर्दै उनी पक्राउ परेको पुष्टि गरेका छन् । उनले भनेका छन्, ‘ पक्राउ पर्नु सामान्य हो।’ इमरान खानको पार्टी पाकिस्तान तहरिक ए इन्साफ (पीटीआई) का नेता फवाद चौधरीले अदालत परिसरबाटै खान पक्राउ परेको बताएका छन् । ‘पूर्व प्रधानमन्त्री इमरान खानलाई अदालत परिसरबाटै उठाइएको छ। वकिल र आम जनतालाई पीडा दियो।  इमरान खानलाई अज्ञात मानिसले अज्ञात लोकेशनमा लिएर गए। इस्लामावाद हाइकोर्टका मुख्‍य न्यायाधीशले गृह सचिव तथा आइजीलाई १५ मिनेटभित्र अदातमा पेश हुन आदेश दिएका छन्’ फारुकले ले...
भारतको केरलामा डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु
दुर्घटना, विदेश, समाचार

भारतको केरलामा डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु

नेपालअखबार, काठमाडौं । भारतको केरलामा पर्यटकहरु चढेको डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । मलमपुरम जिल्लाको तानुर इलाकामा थुवलथिरम समुद्री तट नजिक गएराति डुंगा दुर्घटना भएको हो । सो डुंगामा ४० जना सवार थिए । मृत्यु हुनेमा धेरैजसो बालबालिकाहरु छन् । छुट्टीमा घुम्न आएकाहरु दुर्घटनामा परेको र दुर्घटनास्थलबाट २१ वटा शव बाहिर निकालिएको केरला राज्यका एकजना मन्त्री वी अब्दुराहमानले जानकारी दिएका छन् । दुर्घटनास्थलमा गएरातिदेखि आज बिहानसम्म पनि खोज तथा उद्धार कार्य जारी छ । प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र केरलाका मुख्यमन्त्री पिनराई विजयनले घटनाप्रति दुःख व्यक्त गरेका छन् । साथै सरकारले मृतकका परिवारलाई दुई लाख रुपैयाँको दरले राहत उपलब्ध गराउने घोषणा गरेको छ ।मुख्यमन्त्री विजयनले पूर्व निर्धारित सबै कार्यक्रमहरु रद्द गरेर आज बिहान दुर्घटनास्थलको भ्रमण गर्दैछन् ...
भारतको मणिपुर राज्यमा जारी जातीय हिंसामा ५२ जनाभन्दा बढीको मृत्यु
विदेश, समाचार

भारतको मणिपुर राज्यमा जारी जातीय हिंसामा ५२ जनाभन्दा बढीको मृत्यु

नेपालअखबार, काठमाडौं । भारतको पूर्वोतर राज्य मणिपुरमा जारी जातीय हिंसामा परी मृत्यु ५२ जनाभन्दा बढीको मृत्यु भएको छ । बुधबारदेखि सुरु भएको हिंसा प्रशासनले जारी गरेको कर्फ्यु र ‘शुट एट साइट’ आदेशका बाबजुत पनि शनिबारसम्म कम्तिमा ५२ जनाको मृत्यु भएको छ । र, हजारौँको संख्यामा मानिसहरू विस्थापित भएको जनाइएको छ । भारतीय दैनिक पत्रिका इन्डियन एक्सप्रेसको आइतबार प्रकाशित समाचारका अनुसार मुख्यमन्त्री एन विरेन सिंहले शनिबार सर्वदलीय बैठक बोलाएका थिए । उक्त बैठकमा मुख्यमन्त्री सिंहले क्षतिको यकिन विवरण दिन सकेनन् । यद्यपि, एक्सप्रेसले सरकारी अधिकारीहरूको हवाला दिँदै प्रकाशन गरेको समाचारमा मृतकको संख्या बढेको हुनसक्ने जनाएको छ । हिंसा सुरु भएपछि शनिबार पहिलोपटक सञ्चारकर्मीसँग अन्तरक्रिया गरेका भारतीय कानुनमन्त्री किरेन रिजिजुले झडपमा धेरैको मैत्यु भएको र सम्पत्तिमा क्षति पुगेको स्वीकार गरेका ...
नेपाली उत्पादनलाई न्यूयाेर्कमा बजार व्यवस्थापन गर्न ब्रुक्लिन चेम्बर अफ कमर्सकाे तैयारी
अर्थ, विदेश, समाचार

नेपाली उत्पादनलाई न्यूयाेर्कमा बजार व्यवस्थापन गर्न ब्रुक्लिन चेम्बर अफ कमर्सकाे तैयारी

नेपालअखबार, न्यूयाेर्क । संयुक्त राज्य अमेरीको न्यूयोर्कमा  ब्रुक्लिन चेम्बर अफ कमर्सले नेपाल सरकारकाे दुतावास बिच नेपाली उत्पादन र बजारलाई न्यूयाेर्ककाे बजार व्यवस्थापन गर्ने बारे  बैठक सम्पन्न भएकाे छ । उत्त बैठकमा नेपाल सरकारकाे तर्फवाट  कन्सुल  विष्णु प्रसाद गाैतम र वाइस कन्सुल संगिता न्याैपानेकाे उपस्थित रहेकाे थियाे । कन्सुल  गाैतमले अमेरीकामा रहेर पनि नेपालकाे विकासका लागि सहकार्य गर्न अघि बढ्यकाेमा  ब्रुक्लिन चेम्बर अफ कमर्सलाई धन्यवाद दिए । नेपाल सरकारकाे तर्फबाट आवश्यक सहयाेग र सहकार्य गर्ने  कन्सुल  गाैतमले जानकारी दिएका थिए । ब्रोक्लिन चेम्बर अफ कमर्शकाे  चेम्बरका अध्यक्ष रेन्डी पियर्सका साथमा चेम्बरका  पदारीकारीकाे उपस्थित रहेकाे थियाे । अध्यक्ष रेन्डीले नेपालकाे विकास र उत्पादन साम्रागिलाई  अमेरीकाकाे न्यूयाेर्क ल्याउने  आफ्नाे  चाहना रहेकाे बताए । उत्त बैठक ...
भारतमै पक्राउ परे अमृतपाल सिंह
प्रशासन, विदेश, समाचार

भारतमै पक्राउ परे अमृतपाल सिंह

नेपालअखबार, काठमाडौं । खलिस्तान समर्थक अमृतपाल सिंह भारतमा पक्राउ परेका छन् । उनी पक्राउ परेको पन्जाबका प्रहरी अधिकृतहरुले पुष्टि गरेका छन् । शिख समुदायका लागि स्वायत्त राज्यको माग गर्दै उनले ‘वारिस पन्जाब दे’ संगठनको नामबाट गतिविधि गर्दै आएका छन् । त्यो संगठनका प्रमुख अमृतपाल सिंह नेपालमा लुकेर बसेको नेपालस्थित भारतीय दूतावासले दावी गरेको थियो । तर नेपाल प्रहरीले त्यसको खण्डन गरेको थियो । अमृतपाल सिंहको बारेमा प्रतिनिधि सभामा पनि कुरा उठेको थियो । तर पन्जाब प्रहरीले अमृतपाल सिंह पन्जाबकै मोगा भन्ने स्थानबाट पक्राउ परेको जनाएको छ । लामो समय दुबईमा बसेपछि उनी गत वर्षको अगष्ट महिनामा पन्जाब फर्किएका थिए । त्यसपछि उनले अमृत सन्चार नशा मुक्ति आन्दोलनको नामबाट युवाहरुलाई संगठित गर्न सुरु गरेका थिए । पन्जाबबाट उनका थुप्रै समर्थकहरुलाई प्रहरीले गिरफ्तार गरेको थियो । अमृतपाल भने लुकेर बस्...
ब्रुक्लिन चेम्बरअफ कमर्सले बहत् इफ्तार कार्यक्रम सम्पन्न
धर्म/संस्कृति, विदेश, समाचार, समाज

ब्रुक्लिन चेम्बरअफ कमर्सले बहत् इफ्तार कार्यक्रम सम्पन्न

नेपालअखबार । संयुक्त राज्य अमेरीको न्यूयोर्क स्थित ब्रुक्लिन चेम्बर अफ कमर्सले रमदानकाे शुभअवसरमा  रमदान मुवारककाे सन्देश दिदै इफ्तार कार्यक्रम सम्पन्न गरेकाे छ । ब्रोक्लिन चेम्बर अफ कमर्शकाे स्थापनाकाे  एक सय पाँच वर्षमा पहिलाे पटक इफ्तार पाटी गरेकाे छ । चेम्बरका अध्यक्ष रेन्डी पियर्सले रमदानकाे शुभकामना व्यत्त गरेका थिए । उत्त कार्यत्रममा न्यूयोर्क स्थित ब्रुक्लिन चेम्बर अफ कमर्सले  अमेरिकामा रहेका  व्यापारी,  मिडिया  साथै पाकिस्तानका व्यापारीकाे उपस्थिति रहेकाे ब्रोक्लिन चेम्बर अफ कमर्शका बोर्डसदस्य शाहिद खानले  जानकारी दिए ।...
पत्रकारको भीडबाट गोली चल्दा भारतीय पूर्वसांसद अतिक अहमद र उनका दाजु मारिए
राजनीति, विदेश, समाचार

पत्रकारको भीडबाट गोली चल्दा भारतीय पूर्वसांसद अतिक अहमद र उनका दाजु मारिए

नेपालअखबार, काठमाडौं । भारत उत्तर प्रदेशका पूर्व सांसद अतिक अहमद र उनका दाजु अशरफको गोली हानी हत्या भएको छ । पूर्व विधायक राजु पालको हत्या आरोपमा प्रहरी नियन्त्रणमा रहेका अतिक र अशरफ प्रयागराजस्थित एक अस्पतालमा स्वास्थ्य जाँच गरी फर्किने क्रममा पत्रकारलाई प्रतिक्रिया दिइरहेको बेला गोली प्रहार भएको थियो । उनीहरुलाई गोली लागेको दृष्य पनि टेलिभिजनमा प्रत्यक्ष प्रसारण भएको थियो । भिडियो फुटेजमा एक व्यक्तिले उनीहरुलाई नजिकैबाट टाउकोमा गोली हानेको देखिन्छ । अतिकका वकिल विजय मिश्राले पत्रकारहरुको भिड भित्रबाट अज्ञात व्यक्तिले निकै नजिकबाट गोली हानेको बताएका छन् । प्रहरीका एक आयुक्त रमित शर्माले पत्रकार बनेर आएकाहरुले गोली हानेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताएका छन् । गोली हानेकाहरुले घटनास्थलमै आत्मसमर्पण गरेका थिए । अतिक अहमद र उनका भाइ अशरफलाई १० भन्दा बढी गोली लागेको स्थानीय मिडि...