Sunday, July 12

समाचार

बाघ गणना गर्न राखिएका सात वटा क्यामेरामा क्षति, दुई वटा हात्तीले फुटायो
प्रशासन, समाचार, समाज

बाघ गणना गर्न राखिएका सात वटा क्यामेरामा क्षति, दुई वटा हात्तीले फुटायो

नेपालअखबार,चितवन । चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि राखिएका सातवटा क्यामेरामा क्षति पुगेको छ ।  पुस ३ गतेदेखि सुरु गरिएको बाघ गणनाका क्रममा राखिएका पाँच क्यामेरा हराएका छन् भने दुई क्यामेरा हात्तीले फुटाएको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार बाघ गणनामा राखिएका क्यामेरामध्ये तीन थुम्सी क्षेत्रमा र दुईवटा तमासपुर क्षेत्रमा राखिएका क्यामेरा हराएका हुन् । टाइगर टप्स क्षेत्रमा रहेका दुई क्यामेर हात्तीले फुटाएको उनले बताए । करिब २८६ ग्रिडमा क्यामेरा राखेर बाघ गणना गरिएको थियो । मगरका अनुसार पहिलो भागको गणनाको काम सकेर क्यामेरा उठाउने क्रममा तीन स्थानमा राखिएका क्यामेरा हराएको र हात्तीले क्षति पुर्‍याएको हो । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर बाघ गणना सुरु गरिएको छ । उनका अनुसार त्रिवेणी, अमलटारी, कसरा हुँदै बरणडाभार क्षेत्रलाई पहिलो भाग बन...
देउवापक्षका केन्द्रीय सदस्यको अर्को बैठक बस्दैछ नयाँ बानेश्वरमा
राजनीति, समाचार

देउवापक्षका केन्द्रीय सदस्यको अर्को बैठक बस्दैछ नयाँ बानेश्वरमा

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट ३० जना केन्द्रीय सदस्यहरूले बेग्लै भेला गरेका छन्। आमचुनावअघि महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका केन्द्रीय सदस्यहरूले आज भेला गरेर अपिल जारी गरेका हुन्। राजेन्द्र केसी, भरतकुमार शाह, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, कर्णबहादुर बुढा, गणेश लामा, आङगेलु शेर्पा, डिला संग्रौला, उदयशम्शेर राणा, नानु बास्तोला, धना खतिवडा, अब्दुल रज्जाक, देवेन्द्रराज कँडेल, योगेन्द्र चौधरी, गोपाल दहित, बहादुर सिंह लामा, दिलमान पाख्रिन, अब्दुल सत्तार, मोहन आचार्य, अमृत अर्याल, जिपछिरिङ लामा, रामजनम चौधरी, चम्पादेवी खड्का, नारायणबहादुर कार्की, चीनकाजी श्रेष्ठलगायत चुनावअघि महाधिवेशनका पक्षमा उभिएका थिए। उनीहरूले पार्टीभित्र देखा परेको विवाद समाधान गर्न पनि यसअघि सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला र दुवै महामन्त्री गगन थापा र विश्वप्रक...
फिलिपिन्समा ल्यान्डफिल साइडमा पहिराे खस्दा १ जनाको मृत्यु, ३८ जना बेपत्ता
विश्व, समाचार

फिलिपिन्समा ल्यान्डफिल साइडमा पहिराे खस्दा १ जनाको मृत्यु, ३८ जना बेपत्ता

नेपालअखबार, मनिला । फिलिपिन्समा फोहोर व्यवस्थापनस्थलमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ । बिहीबार सेबु सहरको बिनलिउ ल्यान्डफिलमा पहिरो जाँदा उक्त घटना भएको हो । साे घटनामा ३८ जना बेपत्ता रहेको अधिकारीहरूले बताएका छन् । फोहोरको थुप्रोमा पुरिएर घाइते भएका १२ जना सरसफाइ कर्मचारीलाई उद्धारकर्मीहरूले निकालेको बताइएको छ । उनीहरूको अस्पतालमा उपचार भइरहेको छ । निजी स्वामित्वमा रहेको यो ठाउँमा सरकारी एजेन्सी र नागरिक समाजबाट झन्डै ३०० जना खटाइएको थियो । घटनास्थलमा कयौँ एक्जाभेटर, एम्बुलेन्स र दमकल देखिएका छन् । यो घटना अचानक भएको भए पनि फोहोर व्यवस्थापनमा लापरबाही यसको मुख्य कारण हुनसक्ने सेबु नगरका काउन्सिलर जोएल गार्गानेराले बताएका छन् ।फोहोर व्यवस्थापन कम्पनीले फोहोर थुपार्नका लागि पहाड काटेर माटो निकालिरहेको थियो ।...
नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा
समाचार, समाज

नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा

नेपालअखबार,काठमाडौँ । नेपालमा जलीय जैविक विविधता संरक्षण तथा दिगो मत्स्य व्यवस्थापनका लागि ऐतिहासिक पहलस्वरूप नेपालको पहिलो मत्स्य अभयारण्य घोषणा गरिएको छ । बर्दियाको राजापुर नगरपालिका र कैलालीको टीकापुर नगरपालिकाले तल्लो कर्णाली नदीमा पहिलो मत्स्य अभयारण्य संयुक्त रूपमा घोषणा गरेका छन् । उक्त मत्स्य अभयारण्य करिब तीन दशमलव नौ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यसको सिमाना राजापुर नगरपालिका–३ को दक्षिणी टेढिया र वडा नं ४ को छेडिया क्षेत्रदेखि टिकापुर नगरपालिका–८ अन्तर्गतको अर्नहवा फाँटसम्म फैलिएको छ । घोषणा गरिएका नदी खण्डलाई पारिस्थितिकीय दृष्टिले महत्वपूर्ण क्षेत्रका रूपमा पहिचान गरिएको छ, जहाँ रैथाने मत्स्य प्रजातिको प्रजनन,अण्डा पार्ने तथा नर्सरी आवास रहेका छन् । साथै यी क्षेत्रले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा महत्त्वपूर्ण जलचर प्राणी जस्तै डल्फिन, घडियाल र खैरो ओतका लाग...
इरानको स्थिति खराब: प्रदर्शनका क्रममा प्रहरीको हत्या, इन्टरनेट सेवा समेत बन्द
राजनीति, विश्व, समाचार

इरानको स्थिति खराब: प्रदर्शनका क्रममा प्रहरीको हत्या, इन्टरनेट सेवा समेत बन्द

नेपालअखबार,काठमाडौँ । इरानमा बढ्दो महँगी र आर्थिक संकटका विरुद्ध सुरु भएको भनिएको जारी  जनप्रदर्शनले उग्र रूप लिँदै गएको छ। देशभरका १०० भन्दा बढी सहरहरूमा फैलिएको यो आन्दोलन अहिले सरकारका लागि ठुलो चुनौती बनेको छ। पछिल्लो हिंसात्मक झडपका क्रममा एक प्रहरी अधिकारीको छुरा प्रहार गरी हत्या गरिएको छ भने प्रदर्शनका क्रममा अहिलेसम्म ८ बालबालिकासहित ४५ जनाले ज्यान गुमाइसकेका छन्। सुरक्षा बलले हालसम्म २ हजार २७० भन्दा बढी प्रदर्शनकारीहरूलाई हिरासतमा लिएको छ। स्थिति नियन्त्रण बाहिर जान थालेपछि इरानी सरकारले कडा कदम चाल्न सुरु गरेको समाचारहरूमा उल्लेख छ। राजधानी तेहरानको विमानस्थल बन्द गरिएको छ भने देशभर इन्टरनेट र फोन सेवा पूर्ण रूपमा ठप्प पारिएको छ। सेनालाई अलर्ट अवस्थामा राखिएको छ। सञ्चार सेवा बन्द गरिए पनि प्रदर्शनकारीहरूले विभिन्न वैकल्पिक माध्यमबाट भिडियोहरू सार्वजनिक गरिरहेका छन्, जहाँ '...
कांग्रेस कार्यवाहक सभापति खड्काले पत्रकार सम्मेलन गर्दै
राजनीति, समाचार

कांग्रेस कार्यवाहक सभापति खड्काले पत्रकार सम्मेलन गर्दै

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनसम्बन्धी विवाद उत्कर्षमा पुगेका बेला कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पत्रकार सम्मेलन गर्दैछन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यसअघि बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशन तत्काल रोक्न अपिल गर्ने निर्णय गरेको थियो । इतर समूहका नेता डा. शेखर कोइरालाको उपस्थितिमा हुन गइरहेको पत्रकार सम्मेलनमार्फत् कार्यवाहक सभापति खड्काले फेरि विशेष महाधिवेशन रोक्न आग्रह गर्ने बताइएको छ ।...
वर्तमान सरकारमा बस्नेलाई कुनै दलतिर ढल्कने छुट छैन : गृहमन्त्री अर्याल
राजनीति, समाचार

वर्तमान सरकारमा बस्नेलाई कुनै दलतिर ढल्कने छुट छैन : गृहमन्त्री अर्याल

नेपालअखबार,काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारमा बस्ने मन्त्रीहरूलाई कुनै दलतिर ढल्कने छुट नभएको बताएका छन् । शुक्रबार ललितपुरमा आयोजित बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मन्त्री अर्यालले जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारको म्यान्डेट स्मरण गराएका हुन् । गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त रूपमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बाँनिया, प्रदेशका आन्तरिक मामिला मन्त्री लगायतको उपस्थिति रहेको छ । कार्यक्रमको उद्‍घाटन समारोहमा मन्तव्य राख्दै गृहमन्त्री अर्यालले वर्तमान सरकारको म्यान्डेट तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु र सुशासन कायम गर्नु रहेको बताए । सरकार निर्वाचनमा होमिसकेकाले तोकिएको मितिमा नै निर्वाचन हुनेमा शंका नगर्न सम्बन्धित सबैपक्षलाई आग्रह गरे । जेनजी ज...
१५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रशासन, समाचार

१५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने

नेपालअखबार,काठमाडौँ । निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक परेको खण्डमा निश्चित शुल्क तिरेर उपलब्ध गराउने व्यवस्था गरेको छ । आयोगले तयार पारेको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिकाअनुसार देशभरका मतदाता नामावलीका लागि रु १० हजार तिरेर लिन सकिनेछ । त्यसका लागि आयोगमा निर्वाचन प्रयोजनका लागि दर्ता भएका दललाई दलको औपचारिकपत्रको आधारमा उपलब्ध गराइने व्यवस्था गरिएको छ । आयोगले मतदाताको जन्ममिति, नागरिकता नम्बर र मोबाइल नम्बरबाहेकको विवरण विद्युतीय रूपमा उपलब्ध गराउनेछ । आयोगले हार्डड्राइभ वा पेनड्राइभमा त्यस्तो विवरण उपलब्ध गराउनेछ । एउटा प्रदेशको मात्र विवरण चाहिएको खण्डमा रु पाँच हजार तिरेर लिन सकिनेछ । निर्वाचन अधिकृतले कुनै मतदाता, दलको प्रतिनिधि वा उम्मेदवारले मतदाता नामावली हेर्न वा आफ्नै खर्चमा सार्न चाहेमा मतदाता नामावली च्यात्न, बिगार्न वा केरमेट गर्...
सुनको भाउ २ हजार १ सय बढ्यो
कर्पोरेट, समाचार

सुनको भाउ २ हजार १ सय बढ्यो

नेपालअखबार, काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा २ हजार १ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६७ हजार ८ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ६५ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यसअघि पुस १३ गते सुनको भाउ हालसम्मकै उच्च २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको रेकर्ड छ । चाँदीको भाउ घटेको छ । प्रतितोला ५५ रुपैयाँले चाँदीको भाउ घटेको हो । अघिल्लो दिन तोलाको ४ हजार ८३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७८० रुपैयाँ कायम भएको छ । यसअघि चाँदी पुस २३ गते हालसम्मकै उच्च ४ हजार ९३५ रुपैयाँ पुगेको रेकर्ड छ ।...
फागुन १ गतेदेखि आन्दोलनमा जान्छौँ : दुर्गा प्रसाईँ
राजनीति, समाचार

फागुन १ गतेदेखि आन्दोलनमा जान्छौँ : दुर्गा प्रसाईँ

नेपालअखबार,मकवानपुर । हेटौँडा पुगेका नागरिक बचाउ अभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँले फागुन १ गतेदेखि देशव्यापी आन्दोलन गर्ने बताएका छन् । बिहीबार हेटौँडामा पत्रकारहरूसँग कुरा गर्दै उनले जेनजी आन्दोलनमार्फत जनताले महसुस गर्ने खालको परिवर्तन नभएको बताए । उनले देशका लागि निर्णायक रूपमा लड्नुपर्ने समय आएको बताए । प्रसाईँले आगामी २१ फागुनमा गर्ने भनिएको निर्वाचन बहिष्कार गर्न पनि उनले आव्हान गरे । अहिलेको प्रमुख आवश्यकता चुनाव नभएर व्यवस्था र नेतृत्वप्रति जनताको असन्तोषलाई सम्बोधन गर्नु भएको उनले बताए । उनले जेनजी आन्दोलनलाई हाइज्याक गरेर वर्तमान सरकार गठन गरिएको आरोप लगाए । ’सुशीला कार्की नेतृत्वको सरकार पश्चिमाहरूको डिजाइनमा बनेको सरकार हो । फेरि पनि निर्वाचन मार्फत पश्चिमी शक्तिहरूले आफ्नो इशारामा चल्ने व्यक्तिलाई नेपालमा प्रधानमन्त्री बनाउन खोजिरहेका छन्,’उ...