Sunday, July 12

समाचार

अमेरिकाको जलवायु सन्धि बहिर्गमन खेदजनक : युरोपेली सङ्घ
विश्व, समाचार

अमेरिकाको जलवायु सन्धि बहिर्गमन खेदजनक : युरोपेली सङ्घ

नेपालअखबार,काठमाडाैँ । युरोपेली सङ्घ (इयु) युनियनका जलवायु प्रमुखले अमेरिकाले संयुक्त राष्ट्रसङ्घीय जलवायु सन्धिबाट बाहिरिने घोषणा गरे पनि युरोपले विश्व तापक्रम वृद्धिसँग जुध्न अन्य राष्ट्रहरूसँग सहकार्य निरन्तर जारी राख्ने स्पष्ट पारेका छन् । इयुका जलवायु आयुक्त वोप्के होक्स्ट्राले बिहीबार प्रतिक्रिया दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय फ्रेमवर्क कन्भेन्सन (युएनएफसीसीसी) सहित दर्जनौँ अन्तर्राष्ट्रिय सङ्गठन र सन्धिहरूबाट अमेरिका बाहिरिने निर्णय सार्वजनिक गरेपछि पनि युरोपको प्रतिबद्धता कमजोर नहुने बताए । सन् १९९२ मा पारित युएनएफसीसीसी सन्धि हरितगृह ग्यास उत्सर्जन घटाउने, विश्व तापक्रम नियन्त्रण गर्ने तथा जलवायु परिवर्तनका प्रभावसँग अनुकूलन गर्न राष्ट्रहरूलाई सहकार्यका लागि एक साझा आधार उपलब्ध गराउने उद्देश्यले गरिएको विश्वव्यापी सम्झ...
कुलमानसँगको सहमति औपचारिक प्रक्रियामा : रवि लामिछाने
राजनीति, समाचार

कुलमानसँगको सहमति औपचारिक प्रक्रियामा : रवि लामिछाने

नेपालअखबार,चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कुलमान घिसिङसँग भएको सहमतिलाई अब पार्टी प्रक्रियामार्फत औपचारिकता दिने तयारी भइरहेको बताएका छन् । घिसिङले बुधबार मात्रै मन्त्री पदबाट राजीनामा दिएका थिए । बिहीबार चितवन जिल्ला अदालतमा उपस्थित भएर फर्कने क्रममा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै लामिछानेले भने, ‘उहाँसँग सरकारमै रहनुभएको समयमा हामीले सहमति गरेका थियौंं । अब उहाँले राजीनामा दिएर आउनुभएको छ, त्यसैले सो सहमतिलाई पार्टीले औपचारिकता दिने काम सुरु हुन्छ ।’ केही साताअघि राष्ट्रिय स्वतन्त्र पार्टी र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपालबीच सहमति भएको थियो ।सो सहमतिअनुसार कुलमान घिसिङलाई उपसभापतिसहित दोस्रो वरीयतामा राख्ने निर्णय भएको थियो ।...
श्रीमतीलाई पढाएर बनाए सब–इन्सपेक्टर, श्रीमानलाई नै हालिदिइन् मुद्दा
समाचार, समाज

श्रीमतीलाई पढाएर बनाए सब–इन्सपेक्टर, श्रीमानलाई नै हालिदिइन् मुद्दा

नेपालअखबार,हापुर/भारत । भारतको उत्तरप्रदेशस्थित हापुरमा एक महिला सब–इन्स्पेक्टर (एसआई) ले आफ्ना श्रीमान् र परिवारविरुद्ध दाइजो उत्पीडनको मुद्दा दर्ता गरेकी छन् । पतिले भने आफूले नै पत्नीलाई पढाएर ‘दरोगा’ बनाएको तर अहिले उनले झुटो मुद्दामा फसाउन लागेको आरोप लगाएका छन्, यो घटना हापुरको गणेशपुरा मोहल्लाको हो । बरेली जनपदमा कार्यरत सब–इन्स्पेक्टर पायल रानीले सन् २०२५ नोभेम्बर १३ मा हापुर प्रहरी उपरीक्षक (एसपी) समक्ष उजुरी दिएकी थिइन् । त्यसको आधारमा नगर कोतवालीमा मुद्दा दर्ता भएको छ । पायलले बताएअनुसार उनको विवाह सन् २०२२ डिसेम्बर २ मा पिलखुवा कोतवाली क्षेत्रको पुठा हुसैनपुर गाउँका गुलशनसँग भएको थियो । पायल रानीले विवाहका बेला माइती पक्षले पर्याप्त दाइजो दिए पनि ससुराली पक्ष सन्तुष्ट नभएको आरोप लगाएकी छन् । विवाहपछि पति गुलशन, सासू–ससुरा र अन्य आफन्तहरूले थप दाइजो मागेका उनले दर्ता गरेको...
लोक सेवा आयोगद्वारा उपसचिवको परीक्षा स्थगित
प्रशासन, समाचार

लोक सेवा आयोगद्वारा उपसचिवको परीक्षा स्थगित

नेपालअखबार, काठमाडौँ । लोक सेवा आयोगले उपसचिवको परीक्षा स्थगित गरेको छ । आयोगले बिहीबार एक सूचना जारी गर्दै उपसचिव (अप्राविधिक) को परीक्षा स्थगित गरेको हो । माघ १० गतेदेखि माघ २८ गतेसम्म उपसचिवको परीक्षा हुने भनिएको थियो । आयोगका अनुसार स्थगित भएको परीक्षा कार्यक्रम १५ दिनको सूचना दिई पछि प्रकाशन गरिनेछ । गत पुस १७ गते निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा र फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै लोक सेवाद्वारा सञ्चालन हुने परीक्षा स्थगितका लागि आग्रह गरेको थियो । सोही अनुसार आयोगले परीक्षा कार्यक्रम स्थगित गरेको हो ।...
इरानमा चर्किंदै विरोध प्रदर्शन
राजनीति, विश्व, समाचार

इरानमा चर्किंदै विरोध प्रदर्शन

नेपालअखबार,काठमाडौं । इरानमा जारी विरोध प्रदर्शन १२औँ दिनमा प्रवेश गरेको छ । बीबीसीका अनुसार, विरोध प्रदर्शन मत्थर हुनेभन्दा थप चर्कंदै गएको छ । बीबीसीको ‘फ्याक्ट फाइन्डिङ युनिट’ले मानव अधिकारवादी समाचार एजेन्सी (एचआरएनए) लाई उद्धृत गर्दै उल्लेख गरेका अनुसार, देशभर जारी प्रदर्शनका क्रममा हालसम्म ‘दुई सुरक्षाकर्मीसहित ३५ जनाको मृत्यु भएको’ अनुमान छ। मारिनेमा चारजना बालबालिका समेत रहेका छन् । एजेन्सीका अनुसार २८ डिसेम्बरदेखि सुरु भएको यो विरोध प्रदर्शन अहिले देशका ३१ प्रान्त र १११ शहरहरूमा फैलिसकेको छ । पछिल्लो ११ दिनमा ६० भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् भने २ हजार २०० जनालाई पक्राउ गरिएको छ । बीबीसी फ्याक्ट फाइन्डिङ युनिटले मृत्यु हुनेमध्ये बालबालिकासहित २१ जनाको पहिचान स्वतन्त्र रूपमा पुष्टि गर्न सफल भएको उल्लेख गरेको छ । यसैबीच, एक अज्ञात प्रदर्शनकारीले तेहरानको एउटा सडक...
अमेरिकाले खोस्यो भेनेजुएली तेल बोक्ने दुई वटा जहाज
राजनीति, विश्व, समाचार

अमेरिकाले खोस्यो भेनेजुएली तेल बोक्ने दुई वटा जहाज

नेपालअखबार,वासिङ्टन डीसी । अमेरिकाले भेनेजुएली तेल बोक्ने गरेका दुई वटा जहाजलाई जफत गरेको छ । उत्तर एट्लान्टिक र क्यारबियन सागरमा एक पछि अर्को कारबाहीमा ती जहाज अमेरिकी सेनाले आफ्नो नियन्त्रणमा लिएका हुन् । दुई हप्तासम्मको प्रयासपछि सेना अन्ततः रुसको झन्डा राखिएको मरिनेरा नाम गरेको जहाजभित्र पस्न सफल भएका हुन् । त्यतिबेला जहाज आइसल्यान्ड र स्कटल्यान्डको बिचमा थियो । यस काममा बेलायतको शाही जलसेनाले अमेरिकी सेनालाई लजिष्टिक सहयोग गरेको बताइएको छ । अमेरिकाले जफत गरेको दोस्रो जहाज भने एमरटी सोफिया हो । यो जहाज गैरकानूनी गतिविधिहरूमा संलग्न रहेको आरोप अमेरिकाको छ । भेनेजुएलाको कच्चा तेल निर्यात पूरै रोक्ने अमेरिकी प्रयासबिच यो कदम चालिएको हो । अमेरिकी सेनाले कारकासमा आक्रमण गरेर राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई समातेर अमेरिका लगेको केही दिनमा जहाज समातिएका हुन् । अवैध भेनेजुएली ते...
बाहुनडाँगीमा चौथो अन्तर्राष्ट्रिय तरुल महोत्सव हुने
समाचार, समाज

बाहुनडाँगीमा चौथो अन्तर्राष्ट्रिय तरुल महोत्सव हुने

नेपालअखबार,काठमाडौं । मेचीनगर नगरपालिका–४ बाहुनडाँगी बजारमा माघे संक्रान्तिको अवसर पारेर यही पुस ३० गते र माघ १ गतेसम्म दुई दिने अन्तरराष्ट्रिय तरुल महोत्सव आयोजना हुने भएको छ । सरकारी र गैरसरकारी गरी १४ वटा संस्थाले सञ्चालन गर्ने महोत्सवमा नेपाल, भारत र भुटानका तरुलसहित रैथाने खानेकुराको प्रदर्शनी हुने आयोजक समितिका अध्यक्षसमेत रहनुभएका मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले जानकारी दिए। उनका अनुसार हात्ती प्रभावित क्षेत्रका रूपमा परिचित बाहुनडाँगीमा चौथोपटक तरूल महोत्सव सञ्चालन हुन लागेको हो । महोत्सवमा प्रदर्शन गरिने तरुलजन्य १८ प्रकारका रैथाने खानेकुरा आकर्षण रहने आयोजकले जनाएको छ । युएनडिपी, इसिमोड, डब्ल्युडब्ल्युएफ, प्रकृति संरक्षण कोषलगायत गैरसरकारी संस्थाको सहयोगमा कोशी प्रदेश सरकार र पर्यटन कार्यालय काँकडभिट्टाको सहभागितामा महोत्सव आयेजना हुने वडाध्यक्ष कार्कीले जानकारी दिए।...
भेनेजुएलामा अमेरिकी आक्रमणमा सर्वसाधारणसहित कम्तीमा १ सय जनाको मृत्यु
राजनीति, विश्व, समाचार

भेनेजुएलामा अमेरिकी आक्रमणमा सर्वसाधारणसहित कम्तीमा १ सय जनाको मृत्यु

नेपालअखबार,काराकास । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिने उद्देश्यले अमेरिकाले गरेको आक्रमणमा कम्तीमा १०० जनाको ज्यान गएको छ। भेनेजुएलाका आन्तरिक मामिला मन्त्री डियोसडाडो क्याबेलोले बुधबार अबेर यसको पुष्टि गर्दै मृतकको संख्या अझै बढ्न सक्ने चेतावनी दिएका हुन्। मन्त्री क्याबेलोका अनुसार आक्रमणमा १०० जना मारिनुका साथै सोही संख्यामा मानिसहरू घाइते भएका छन्। उनले मारिनेहरूमा द्वन्द्वसँग कुनै सरोकार नभएका सर्वसाधारण नागरिक र आफ्नै घरमा बसिरहेका महिलाहरू समेत रहेको बताएका छन्। भेनेजुएलाको राजधानी र अन्य क्षेत्रमा खसालिएका शक्तिशाली बमका कारण ठुलो क्षति भएको बताइएको छ। यसैबिच, क्युबा सरकारले आइतबार एक विज्ञप्ति जारी गर्दै उक्त सैन्य अभियानका क्रममा आफ्ना ३२ जना नागरिक मारिएको जानकारी दिएको थियो। क्युबाली सशस्त्र बल र गृह मन्त्रालयको मिशनमा रहेका ती नागरिकहरू ‘लडाइँका क्र...
८ वर्षमा बन्यो केरुङ्गे खोलामा पुल
प्रशासन, समाचार, समाज

८ वर्षमा बन्यो केरुङ्गे खोलामा पुल

नेपालअखबार,त्रिवेणी (नवलपरासी) । निर्माण सुरु गरिएको आठ वर्षमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीस्थित केरुङ्गे खोलामा पुल निर्माण भएको छ । विसं २०७५ मा  निर्माण सुरु गरिएको उक्त पुल आठ वर्षमा बल्ल बनेको हो । एडभेन्चर कन्स्ट्रक्सन कम्पनीले २०७७ सालमा पुल निर्माण सक्ने गरी काम अघि बढेको थियो । तर, पटक-पटक म्याद थप पछि बल्ल अहिले पुलले पूर्णता पाएको कावासोती नगरपालिका–४ का वडाअध्यक्ष नारायणप्रसाद लोहनीले बताए । कावासोती नगरपालिका–३ र ४ जोड्ने केरुङ्गे खोलामा पुल निर्माण भएसँगै स्थानीयलाई आवतजावतमा सहजता भएको वडाअध्यक्ष लोहनीले बताए । १४० मिटर लम्बाइको पुल करिब रु १० करोड ५० लाखको लागतमा निर्माण भएको हो । लामो समयसम्म पुल निर्माण नहुँदा स्थानीयले सास्ती खेप्दै आएका अध्यक्ष लोहनीले बता। बर्खाको समयमा खोलामा बाढी आउँदा घुमेर बजार क्षेत्रमा जानुपर्ने अवस्था रहेको र अन्य सम...
कांग्रेस कास्की विशेष महाधिवेशनको पक्षमा, प्रतिनिधिलाई अनिवार्य उपस्थित हुन अपिल
राजनीति, समाचार

कांग्रेस कास्की विशेष महाधिवेशनको पक्षमा, प्रतिनिधिलाई अनिवार्य उपस्थित हुन अपिल

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेस कास्कीले काठमाडौंमा हुन गइरहेको विशेष महाधिवेशनलाई सफल बनाउनका लागि सक्रिय भूमिका निर्वाह गर्न जिल्लाका प्रतिनिधिहरूलाई अपिल गरेको छ । जिल्ला सभापति किशोरदत्त बरालले बिहीबार विञप्तिमार्फत् २७–२८ मा हुन गइरहेको विशेष महाधिवेशन सफल बनाउनका लागि सक्रिय भूमिका निर्वाह गर्न जिल्लाका प्रतिनिधिहरूलाई अपिल गरेका हुन् । ‘नेपाली कांग्रेस कास्कीको सभापतिको हैसियतले म तपाईंहरु सबैमा विशेष महाधिवेशनमा अनिवार्य रूपमा उपस्थित भई महाधिवेशनलाई सफल, ऐतिहासिक र सार्थक बनाउन सक्रिय भूमिका निर्वाह गर्न हार्दिक अपिल गर्दछु,’ उनले भनेका छन् । पार्टीको वैचारिक स्पष्टता, संगठनात्मक एकता, आन्तरिक लोकतन्त्र र देशको समसामयिक राजनीतिक चुनौतीहरूबारे गम्भीर निर्णय लिने विशेष अवसरमा कास्कीबाट निर्वाचित सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूको सक्रिय, जिम्मेवार र गरिमामय उपस्थिति अत...