Saturday, November 21

समाचार

हर्मुजमा जहाजबाट शुल्क उठाउन इरान र ओमानबीच छलफल
राजनीति, विश्व, समाचार

हर्मुजमा जहाजबाट शुल्क उठाउन इरान र ओमानबीच छलफल

नेपालअखबार, काठमाडौँ । स्ट्रेट अफ हर्मुजबाट आवतजावत गर्ने जहाजहरूबाट शुल्क लिने विषयमा इरान र ओमानबीच छलफल भइरहेको खुलेको छ। अमेरिकाको चेतावनीका बाबजुद इरान र ओमानले हर्मुजमा जहाजहरूबाट शुल्क लिने विषयमा छलफल गरेको भनेर अमेरिकी अखबार द न्युयोर्क टाइम्सले जनाएको छ। इरानले हर्मुजमा जहाजहरूबाट शुल्क उठाउन यसअघि पर्सियन गल्फ स्ट्रेट अथोरिटी (पिजिएसए) नामको समुद्री नियामक निकाय नै गठन गरेको थियो। पिजिएसएले जहाजहरूलाई अनिवार्य ‘भेसल इन्फरमेसन डिक्लेरेसन’ फाराम भर्नुपर्ने, फारममा जहाजको नाम, पहिचान नम्बर, पुरानो नाम, झण्डा बोकेको देश, गन्तव्य, कार्गो विवरण, जहाज मालिक र चालक दलको राष्ट्रियतासम्म खुलाइनुपर्ने भनेको थियो। ती सबै विवरण सम्बन्धित जहाजहरूले हर्मुज पार गर्नुअघि नै इमेलमार्फत पठाउनुपर्ने भनेको थियो। हर्मुजमा अमेरिकाको पनि नाकाबन्दी कायम रहेकाले इरानले निकाय नै बनाए पनि त्...
समाज कल्याण परिषद् र बाल अधिकार परिषद्लाई पुनःसंरचना गछौँ : मन्त्री वादी
राजनीति, समाचार

समाज कल्याण परिषद् र बाल अधिकार परिषद्लाई पुनःसंरचना गछौँ : मन्त्री वादी

नेपालअखबार, काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले समाज कल्याण परिषद् र राष्ट्रिय बाल कल्याण परिषद्लाई पुनःसंरचना गरिने बताएकी छन्। प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिको आजको बैठकमा मन्त्री वादीले आफूले कार्यभार सम्हालेपछि मन्त्रालयसँग सम्बन्धित नीतिगत र संरचनात्मक पुनःसंरचना गर्न थालिएको बताएकी हुन्। उनले स्रोत र साधनले भ्याएसम्म मन्त्रालयको कार्यक्षेत्रमा रहेका विषयमा अधिकतम परिणाम आउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले सामाजिक ऐनमार्फत सङ्घ–संस्थाको व्यवस्थापन, लैङ्गिक समानतासम्बन्धी ऐन तर्जुमा, बालबालिका र अपाङ्गता अधिकारसम्बन्धी कानुनको पुनरावलोकन गर्ने योजना रहेको पनि जानकारी गराइन्। “हाम्रो संविधानले सबै नागरिक कानुनको दृष्टिमा समान हुने र कसैलाई कानुनको समान संरक्षणवाट वञ्चित नगरिने व्यवस्था गरे...
संविधान संशोधनमा सुझाव पठाउन सार्वजनिक आह्वान
राजनीति, समाचार

संविधान संशोधनमा सुझाव पठाउन सार्वजनिक आह्वान

नेपालअखबार, काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले संविधान संशोधनका लागि राय आम नागरिकबाट लिने भएको छ । प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा रहेको कार्यदलले संविधान संशोधनमा सुझाव पठाउन सार्वजनिक सूचना जारी गरेको छ । शुक्रबार सार्वजनिक सूचना जारी गरेर एक साताभित्र सुझाव पठाउन अनुरोध गरिएको छ । कार्यदलको बैठकको निर्णय अनुसार ‘सबै नेपाली नागरिकको सहभागीता’ सुनिश्चित गर्न लिखित रुपमा सुझाव माग गरिएको जनाइएको छ । सुझाव इमेल र ह्वाट्सएप मार्फत पठाउन सकिने छ । संविधान संशोधनका लागि लिखित सुझाव इमेल एड्रेस sambidhansansodhan@gmail.com र sambidhansansodhan@opmcm.gov.np मा पठाउन सकिने छ । ह्वाट्सएपमा सुझाव पठाउन मोबाइल नम्बर ९८५६०२९९४७ उपलब्ध गराइएको छ ।...
उच्च प्रशोधित युरेनियम इरान बाहिर नपठाउन सर्वोच्च नेता खामेनीको निर्देशन
राजनीति, विश्व, समाचार

उच्च प्रशोधित युरेनियम इरान बाहिर नपठाउन सर्वोच्च नेता खामेनीको निर्देशन

नेपालअखबार,काठमाडौँ ।  इरानका सर्वोच्च नेता मोज्तबा अली खामेनीले उच्च प्रशोधित युरेनियम देशबाहिर नपठाउन निर्देशन दिएको खुलेको छ। उच्च प्रशोधित युरेनियम इरान-अमेरिका वार्ताको सबैभन्दा बढी विवाद र पेचिलो विषय बन्दै आएको छ। दुई वरिष्ठ इरानी स्रोतहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले युरेनियम तेहरानबाट बाहिर नपठाउन भनेर खामेनीले निर्देशन दिएको जनाएको छ। इरानसँग झन्डै ४०० किलो उच्च प्रशोधित युरेनियम छ। अमेरिका र इसराइलले त्यो युरेनियम इरानले राख्न नपाउने सर्त राख्दै आएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले त उच्च प्रशोधित युरेनियम इरानले वाशिङ्टनलाई हस्तान्तरण गर्नुपर्ने पनि बताएका थिए। तर खामेनीले देशभित्रै राख्न निर्देशन दिएपछि लामो समयदेखि अवरूद्ध इरान-अमेरिका वार्ता थप जटिल बन्ने संकेत देखिएको भनेर रोयटर्सले लेखेको छ। यसले ट्रम्पको मुख्य मागलाई पनि चुनौती ...
आज १० वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
राजनीति, समाचार

आज १० वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

नेपालअखबार, काठमाडौँ । आज एकै पटक १० वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत दिउँसो ३ बजे बस्ने अर्थ समितिको बैठकमा उपसमितिहरूबाट आ.व. २०८३–८४ को बजेटमा समावेश गर्नुपर्ने नीतिगत विषयहरू सहितको सुझाव पेस हुनेछ । दिउँसो २ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समितिगत विषयमा छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कारागार तथा प्रहरी हिरासतमा रहेका कैदीबन्दी एवं थुनुवाहरूको मानव अधिकार सम्बन्धमा गृह मन्त्रालयसँग छलफल हुनेछ । बिहान ९ बजेबाट सुरु भएको पूर्वाधार विकास समितिको बैठकमा मध्यपूर्वमा जारी युद्धका कारणले सार्वजनिक पूर्वाधार निर्माणमा परेको समस्याबारे छलफल भइरहेको छ । त्यस्तै दिउँसो १ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा नेपाल सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटका सम्बन्धमा महिला, ब...
बुद्ध एयरको भरतपुर-पोखरा उडान बन्द
कर्पोरेट, समाचार

बुद्ध एयरको भरतपुर-पोखरा उडान बन्द

नेपालअखबार, चितवन । बुद्ध एयरले दुई पर्यटकीय प्रमुख गन्तव्य चितवनको भरतपुरदेखि कास्कीको पोखरासम्म गर्दै आएको उडान बन्द गरेको छ । विगत एक महिनादेखि भरतपुर पोखराको उडान रोकिएको बुद्ध एयर भरतपुरका स्टेशन म्यानेजर भक्त बस्नेतले जानकारी दिए । उनका अनुसार पोखरा र भरतपुर आउने जाने यात्रुको संख्या ज्यादै न्यून हुनु, भाडा पनि बढ्नु, पोखरा–मुग्लिन सडकखण्ड राम्रो बन्नु जस्ता कारणले उडान रोक्नु परेको हो । पोखरा जाने वा चितवन आउने ग्रुपहरु भएमा उडान सक्ने गरी हाललाई सेवा रोकिएको स्टेशन म्यानेजर बस्नेतले बताए । ‘केही समय यतिकै पनि चलाइयो, तर सधैं जहाज खाली–खाली उडाउने कुरा पनि भएन,’ बस्नेतले भने, ‘…पोखरा र भरतपुर दुबै पर्यटकीय क्षेत्र भएकाले पर्यटकलाई फोकस गरेर सञ्चालन गरिएको सेवा खासै राम्रो हुन सकेन ।’ चितवन र पोखराका पर्यटन तथा होटल व्यवसायीहरुको विशेष अनुरोधमा बुद्धले २०७४ भदौ ३० गतेदेखि भरतपुर प...
नवलपुरमा हुलाकमार्फत घरदैलोमै राहदानी सेवा
प्रशासन, समाचार

नवलपुरमा हुलाकमार्फत घरदैलोमै राहदानी सेवा

नेपालअखबार,नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा हुलाकमार्फत घरदैलोमा राहदानी पुर्याउने सेवा सुरु गरिएको छ । जिल्ला हुलाक कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले सेवाग्राहीको घरदैलोमै राहदानी (पासपोर्ट) पुर्याउने सेवाको शुभारम्भ गरेको हो । जिल्ला हुलाक कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बीच समझदारी भएअनुसार हुलाकमार्फत घरदैलोमै राहदानी पुर्याउने व्यवस्था लागू गरिएको जिल्ला हुलाक कार्यालयका हुलाक अधिकृत ठानेश्वर सापकोटाले बताए । जिल्ला प्रशासन कार्यालयबाट प्राप्त राहदानी कावासोती–१६, पिप्रेनी निवासी अमित परियारको घरमै पुगेर हस्तान्तरण गरी सेवा शुभारम्भ गरिएको हुलाक अधिकृत सापकोटाले बताए । परियारको मञ्जुरीमा उनकी आमा विमला परियारलाई राहदानी हस्तान्तरण गर्दै सेवाको सुरुआत गरिएको हो । राहदानी लिन सदरमु...
अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत आउँदै
राजनीति, विश्व, समाचार

अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत आउँदै

नेपालअखबार, काठमाडौं । अमेरिकाका विदेशमन्त्री मार्को रुबियो भारत आउने भएका छन् । रुबियोको भारत भ्रमण शनिबारदेखि सुरू हुँदैछ । ‘आकाशवाणी’ का अनुसार विदेशमन्त्री रुबियो चार दिने भारत भ्रमणमा आउन लागेका छन् । भ्रमणका दौरान उनी दिल्ली, जयपुर, कोलकाता र आगरा जाने कार्यक्रम तय भएको छ । भ्रमण अघि रुबियोले भारत अमेरिकाको ‘एक महत्वपूर्ण सहयोगी र साझेदार’ भएको बताएका छन् । भारतका साथ कयौं मुद्दाहरूमा काम गर्नुपर्ने उनको भनाइ छ । बीबीसीका अनुसार मिडियासँग कुरा गर्दै रुबियोले भनेका छन्, ‘हामी भारतले खरिद गर्न चाहेजति एनर्जी बेच्न चाहन्छौं । अमेरिका यतिबेला उत्पादन र निर्यातको ऐतिहासिक स्तरमा छ । हामी यसलाई अझै बढाउन चाहन्छौं ।’होर्मुज स्ट्रेटमा आवतजावत बन्द रहेका कारण संसारभर ऊर्जा संकट जारी छ । भारतमा पनि त्यसको असर देखिएको छ । यद्यपि, भारत सरकारले देशमा पर्याप्त इन्धन मौजदात रहेको दाबी गर्दै आएको...
अमेरिकी संसदमा जन्मजातको आधारमा मात्रै सत्ता सम्हाल्न पाउने कानुन पेस
राजनीति, विश्व, समाचार

अमेरिकी संसदमा जन्मजातको आधारमा मात्रै सत्ता सम्हाल्न पाउने कानुन पेस

नेपालअखबार,वासिङ्टन डीसी । अमेरिकी संसदमा जन्मजात अमेरिकी भएकाले मात्रै सरकारका ठुला पदमा बस्न पाउने प्रस्ताव ल्याइएको छ । प्राकृतिक रूपमा अमेरिकी नागरिकता पाएका व्यक्तिलाई सत्तामा रोक्ने यस कानुनलाई लिएर बहस सुरु भएको छ । रिपब्लिकन सांसद नेन्सी मेसले संवैधानिक संशोधनको प्रस्ताव पेस गरेकी छिन् । यसमा प्राकृतिक रूपमा अमेरिकी नागरिक बनेकाहरूलाई अमेरिकी कांग्रेस तथा सङ्घीय सरकारका उच्च पदमा बस्न रोक लगाउन माग गरिएको छ । दक्षिण क्यारोलिनाबाट निर्वाचित सांसद मेसले बुधबार आफ्नो प्रस्ताव सार्वजनिक गर्दै केही डेमोक्रेट सांसदहरूलाई प्रत्यक्ष रूपमा लक्षित गरेकी थिइन् । उनले विशेष रूपमा इल्हान उमर, प्रमिला जयपाल र श्री थानेदारको नाम उल्लेख गर्दै उनीहरू जन्मँदै अमेरिकी नागरिक नभएको र अहिले अमेरिकी कांग्रेसमा बसेर कानुन बनाइरहेको टिप्पणी गरेकी थिइन् । उनीहरूमाथि मेसले अमेरिकाभन्दा अन्य देशप्रति ब...
राष्ट्रिय बाल अधिकार परिषद् खारेज गर्ने निर्णय फिर्ता लिन रास्वपा सांसदको माग
राजनीति, समाचार

राष्ट्रिय बाल अधिकार परिषद् खारेज गर्ने निर्णय फिर्ता लिन रास्वपा सांसदको माग

नेपालअखबार,काठमाडौं । सत्तारुढ रास्वपा सांसद इन्दिरा रानामगरले राष्ट्रिय बाल अधिकार परिषद् खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेकी छिन् । बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले अघिल्लो सरकारले सो निर्णय गरेको भन्ने सुनिन आएको भन्दै सांसद रानाले त्यसमा सरकारले पुनर्विचार गर्न आवश्यक रहेको बताइन् । ‘राष्ट्रिय बाल अधिकार परिषद् खारेज गर्ने अघिल्लो सरकारको निर्णय भन्ने सुनिन आएको छ । बाल अधिकार संरक्षण, बालबालिकाको हक अधिकार जस्ता संवेदनशील विषयलाई मध्यनजर गर्दै कुनैपनि स्पष्ट वैकल्पिक संरचना तथा प्रभावकारी व्यवस्था सुनिश्चिन नभएसम्म उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न नेपाल सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भनिन् । उनले बालबालिकाको हक, हित र संरक्षणका लागि वैकल्पिक व्यवस्था समेत नगरी सरकारले उक्त परिषद खारेज गरेको भन्दै आक्रोश समेत व्यक्त गरिन् ।‘साथै यस वि...