Wednesday, November 25

समाचार

चर्चित भारतीय टेलिश्रृङ्खला ‘बालिका बधु’ का निर्देशक ठेलामा तरकारी बेच्दै
मनोरञ्जन, विदेश, समाचार

चर्चित भारतीय टेलिश्रृङ्खला ‘बालिका बधु’ का निर्देशक ठेलामा तरकारी बेच्दै

नेपालअखबार, एजेन्सि। कोरोनाभाइरसको कहर संसारभरी फैलिएको छ । यो महामारीका कारण लाखौं मानिसहरुको गाँस–बाँस–कपासमा संकट निम्तिएको छ । यसले कुनै क्षेत्र, व्यवसाय, जाती, वर्गलाई नछोएको भन्ने नै छैन । छिमेकी देश भारतको कुरा गर्नुपर्दा फिल्म र टिभी इन्डष्ट्रिलाई पनि कोरोना महामारीले असाध्यै धेरै प्रभावित पारेको छ । यो क्षेत्रसँग जोडिएका थुप्रै मानिसहरुको अगाडि आर्थिक संकट उत्पन्न भएको छ । थुप्रै टिभी सिरियल र फिल्मलाई निर्देशन गर्ने निर्देशक रामवृक्ष गौड ठेलामा तरकारी बेच्न बाध्य भएका छन् । निर्देशक रामवृक्ष हाल उत्तर प्रदेशको आजमगढमा आफ्नो घरमा छन् । रामवृक्षले आफ्नो परिवारको पेट पाल्नका लागि यस्तो काम गरिरहेको भारतीय सञ्चार माध्यमले बताएका छन् । निर्देशक रामवृक्ष गौडले रियल लाइफ र रिल लाइफ नितान्त रुपमा फरक हुने भारतीय सञ्चार माध्यमलाई बताएका छन् । उनी आफ्ना सन्तानलाई परीक्षा दिलाउनका लागि गृह ...
कोरोना निको हुने दर सार्ककै कम, अन्यत्र मृत्यु घट्दा नेपालमा बढ्दै
समाचार, स्वास्थ्य

कोरोना निको हुने दर सार्ककै कम, अन्यत्र मृत्यु घट्दा नेपालमा बढ्दै

नेपाल अखबार, काठमाडौँ नेपालमा कोरोना संक्रमणबाट निको हुने दर सार्क मुलुककै कम पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निको हुने दर ७३.४ प्रतिशत छ । हालसम्म कोरोना संक्रमणबाट ५३ हजार ८ सय ९८ जना निको भएका छन् । सार्क मुलुकमध्ये पाकिस्तान र श्रीलंकामा निको हुने दर सबैभन्दा बढी छ । पाकिस्तानमा ९५.४ प्रतिशत, श्रीलंकामा ९४.४ प्रतिशत । त्यसपछि तेस्रोमा माल्दिभ्स छ । त्यहाँ निको हुने दर ८३.२, भारतमा ८२.६ प्रतिशत छ । त्यसपछि अफगानिस्तानमा ८३.२, भारतमा ८२.१, भुटानमा ७५.३ र बंगलादेशमा ७४.८ प्रतिशत छ । नेपालमा पछिल्लो २४ घण्टा (आइतबार अपराह्नसम्म) मा ८ सय ८५ जना मात्रै डिस्चार्ज भएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी सार्क राष्ट्रमध्ये कतिपयले विशेष औषधिको प्रयोग गरिरहेको हुन सक्ने बताउँछन् । ‘बंगलादेशलगायत केही मुलुकले विशेष औषधि चलाएका प...
बालिका हत्या गर्ने पक्राउ
प्रशासन, समाचार

बालिका हत्या गर्ने पक्राउ

नेपाल अखबार, इनरुवा । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ कटहरेकी १२ वर्षीया बालिका मीना राईको हत्या गरेको अरोपमा एक जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिमेकी १६ वर्षीय किशोर रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले बताउनुभयो । चटपटे किनबेचको विषयमा वादविवाद हुँदा ती किशोरले शनिबार राति बालिकाको घरमा कोही नभएको बेला बोतलले प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । शनिबार बालिकाको अभिभावक छोरीलाई घरमै राखेर छिमेकीको घरमा धामी बसेको हेर्न गएका बेला चटपटे किन्न आएका किशोरसँग विवाद भएको थियो । त्यसपछि ती किशोरले बोतलले प्रहार गर्नुका साथै घाँटी कसेर हत्या गरेको अनुसन्धानबाट खुलेको सुनसरीका प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।रासस...
टोखामा कोरोना सङ्क्रमितको सङ्ख्या ८०० नाघ्यो, तीनको मृत्यु
समाचार, स्वास्थ्य

टोखामा कोरोना सङ्क्रमितको सङ्ख्या ८०० नाघ्यो, तीनको मृत्यु

नेपाल अखबार,काठमाडौँ ।टोखा नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ८२५ पुगेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा आइतबार थप २९ सङ्क्रमित थपिएसँगै नगरपालिकाभित्र कोरोना सङ्क्रमितको कुल सङ्ख्या ८२५ पुगेको हो । वडा नं १ मा सबैभन्दा थोरै २१ र वडा नं ३ मा सबैभन्दा धेरै ९५ कोरोना सङ्क्रमित भेटिएका छन् । वडा नं २ मा ५१, वडा नं ४ मा ४३, वडा नं ५ मा ८६, वडा नं ६ मा ९१, वडा नं ७ मा ८०, वडा नं ८ मा ९४, वडा नं ९ मा ५५, वडा नं १० मा ६६ र वडा नं ११ मा ६२ सङ्क्रमित छन् । कोरोना सङ्क्रमितमध्ये ४४४ जना निको भएर घर फर्किसकेको, ३०४ जना होम आइसोलेसन र ६९ सङ्क्रमितको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले जानकारी दिनुभयो । तीमध्ये पाँचजना अहिलेसम्म सम्पर्कविहिन छन् । टोखामा हालसम्म कोरोना सङ्क्रमणका कारण तीनजनाको मृत्यु भइसकेको छ । वडा नं ४, ६ र ९ मा एक/एक जनाक...
कोरियाली युद्धमा मारिएका ११७ चिनियाँ सेनाको अवशेष स्वदेश फर्काइयो
विश्व, समाचार

कोरियाली युद्धमा मारिएका ११७ चिनियाँ सेनाको अवशेष स्वदेश फर्काइयो

नेपालअखबार, एजेन्सि। कोरियाली युद्धमा मारिएका ११७ चिनियाँ सेनाको अवशेष आइतबार स्वदेश फर्काइएको छ। अमेरिकासँग सम्बन्ध बिग्रँदै गइरहेको समयमा चीनले राष्ट्रवादी अभियानलाई तिव्रता दिइरहेको छ। सोही क्रममा चीनले कोरियाली युद्धमा मारिएका ११७ चिनियाँ सेनाको अवशेष स्वदेश फर्काएको एससीएमपीले जनाएको छ। आइतबार स्थानीय समयअनुसार ११ बजेर २० मिनेट जाँदा चिनियाँ जनमुक्ति सेनाको वाई–२० विमान सेनाहरुको अवशेषसहित सेनयाङ ताओसियान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। उक्त विमान सोलको इन्चिओल अन्तर्राष्ट्रिय विमानस्थलबाट चीन उडेको थियो। बेइजिङका अनुसार कोरियाली युद्धमा ३ लाख ६० हजार चिनियाँ सेना मारिएको अथवा घाइते भएका थिए। सन् १९५० देखि १९५३ सम्म भएको कोरियाली युद्धमा चिनियाँ सेनाले उत्तर कोरियाको साथ दिएको थियो। उक्त युद्धमा ५० लाख मारिएको बताइन्छ। कोरियाली समाचार संस्था योनहापका अनुसार गतवर्...
भारतमा कोरोना संक्रमित ६० लाख नजिक, ९४ हजारको मृत्यु
विश्व, समाचार, स्वास्थ्य

भारतमा कोरोना संक्रमित ६० लाख नजिक, ९४ हजारको मृत्यु

नेपाल अखबार, एजेन्सी । भारतमा कोरोना भाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या ५९ लाख ९२ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयले पछिल्लो २४ घण्टामा ८८ हजार ६ सय जना नयाँ संक्रमित थपिएको जनाएको छ । साथै पछिल्लो २४ घण्टामा १ हजार १ सय २४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भारतमा योसँगै कूल मृत्यु हुनेको संख्या ९४ हजार ५ सय ३ पुगेको छ । मन्त्रालयका अनुसार ९ लाख ५६ हजार ४ सय २ जनामा सक्रिय कोरोनाको अवस्था छ भने ४९ हजार ४१ हजार ६ सय २८ जना निको भएका छन् । कोरोनाबाट सबैभन्दा बढी महाराष्ट्र राज्य प्रभावित भएको छ । यहाँ २ लाख ६९ हजार ५ सय ३५ जना संक्रमित अवस्थामा छन् भने कर्नाटक राज्यमा त्त लाख १ हजार ८ सय १ जना, आन्ध्र प्रदेशमा ६५ हजार ७ सय ९४ जना, उत्तर प्रदेशमा ५७ हजार ८६ तथा तामिल नाडू राज्यमा ४६ हजार ३ सय ३६ जनामा संक्रमण सक्रिय अवस्थामा रहेको छ...
कोरोना संक्रमणबाट थप १० जनाको निधन
समाचार, स्वास्थ्य

कोरोना संक्रमणबाट थप १० जनाको निधन

नेपाल अखबार, पाेखरा। नेपालमा कोरोना भाइरसको संक्रमणबात थप १० जनाको निधन भएको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौँ उपत्यकाका ५ जनासहित देशभरमा थप १० जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा १ महिला र ९ पुरुष रहेका छन्। मृत्यु हुनेमा काठमाडौँका १ महिलासहित ३, ललितपुरका २, बर्दियाका २, बारा, रुपन्देही र अछामका १÷१ जना रहेको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७७ पुगेको छ। यो कूल संक्रमितमध्येको ०.६५ प्रतिशत हो।...
अज्ञात रोगबाट सुनकोसी गाउँपालिकामा ५० बाख्रा मरे
कृषि, समाचार

अज्ञात रोगबाट सुनकोसी गाउँपालिकामा ५० बाख्रा मरे

नेपाल अखबार, सिन्धुपाल्चोक । सुनकोसी गाउँपालिका–७ मा धमाधम किसानका बाख्रा मर्न थालेका छन् । बाख्रा मरेर खोर नै रित्तिन थालेपछि पात्ले, कापिङ र आसपासका किसान चिन्तित बनेका छन् । पछिल्लो दुई साताका बीच ५० भन्दा बढी बाख्रा मरिसकेको र मर्ने क्रम नरोकिएको स्थानीयवासी सानु तिमल्सिनाले बताए । ‘कतिपयको त खोर नै रित्तिएको छ, धमाधम बाख्रा मरिरहेको छ,’ तिमल्सिनाले भने, ‘गाउँपालिकालाई यसबारे सुनाउँदा कुनै चासो नै दिएन ।’ पिपिआर रोगको सुई माग गर्दा गाउँपालिकाले पठाउन नसकेको उनले गुनासो गरे । गाउँपालिकाले सबै वडामा गरी नौ गाउँ प्रहरी राखे पनि किसानका बाख्रा धमाधम मरिरहँदा औषधोपचारमा दक्ष चिकित्सक खटाउन सकेको छैन । गाउँपालिकाको पशु सेवा शाखामा एक मात्र कर्मचारी छन् । पछिल्लो दुई सातामा कापिङमा स्थानीयवासी सीताराम तिमल्सिना, हरि तिमल्सिना, अर्जुन तिमल्सिना, अनिता तिमल्सिना र अन्यका गरी ४० बढी बाख्रा मरेको...
काठमाडौँ उपत्यकामा एकैदिन ८०९ जनामा कोरोना पुष्टि
समाचार, स्वास्थ्य

काठमाडौँ उपत्यकामा एकैदिन ८०९ जनामा कोरोना पुष्टि

नेपालअखबार ,काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टमा थप ८०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ८०९ जनामा कोरोना संक्रमण पुष्टि हो। मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ६३३, भक्तपुरमा ७२ र ललितपुरमा १०४ थप जनामा कोरोना पुष्टि भएको हो। शनिबार उपत्यकामा ७२४ जनामा कोरोना पुष्टि भएको थियो।...
२४ घण्टामा १५७३ कोरोना संक्रमित थपिए
समाचार, स्वास्थ्य

२४ घण्टामा १५७३ कोरोना संक्रमित थपिए

नेपाल अखबार, पाेखरा। बितेको २४ घण्टामा देशभर १५७३ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार हालसम्म कुल संक्रमितमध्ये ५३ हजार ८९८ निको भइरहेका छन् । आइतबारमात्रै ८८५ डिस्चार्ज भएका छन् । यस्तै आज देशभर देशभर सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ । जसमा संस्थागत आइसोलशेनमा ८ हजार ३२१ जना र होम आइसोलेशनमा  १० हजार ६९८ जना रहेका छन्  ।...