Monday, November 23

समाचार

बाँकेमा मन्दिरको कुटीमै बोलाएर पुजारीले गरे दुई युवतीलाई बलात्कार
समाचार, समाज, हाइलाइट-समाचार

बाँकेमा मन्दिरको कुटीमै बोलाएर पुजारीले गरे दुई युवतीलाई बलात्कार

नेपाल अखबार, बाँके। बाँकेमा एक पुजारीले झारफुकको बहानामा मन्दिरको कुटीमै बाेलाएर दुई युवतीलाई बलात्कार गरेका छन्। पीडितकाे उजुरीका आधारमा जिल्लाको डुडुवा गाउँपालिका-५ कम्मरजँहास्थित बाबाकुटी मन्दिरका पुजारी ४० वर्षीय नजिर महमदलाई पक्राउ गरिएको बाँके जिल्ला प्रहरी प्रमुख, एसपी ओमबहादुर रानाले जानकारी दिए। उनले स्थानीय २८ र ३० वर्षीया दुई महिलालाई झारफुक गर्ने बहानामा बुधबार कुुटीमै बोलाई जबर्जजस्ती करणी गरेको अभियोग लागेको छ। बाँके जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, डीएसपी सुवास खड्काका अनुसार घटना भदौ १० गते (बुधबार) राति १२ बजे भएको हो। ‘हामीलाई चाहिँ उजुरी भदौ ११ गते (बिहीबार) आएको हो,’ डीएसपी खड्काले शनिबार बिहान  भने, ‘त्यही दिन उसलाई हामीले पक्राउ गरेका हौं।’ एसपी रानाका अनुसार उनीविरुद्ध बलात्कार मुद्दा दर्ता गरेर घटनाबारे थप अनुसन्धान भइरहेकाे छ। डीएसपी खड्काका अनुसार पीडित दुवै युव...
धनुषामा तस्कर र प्रहरीबीच झडप
प्रदेश २, प्रशासन, समाचार

धनुषामा तस्कर र प्रहरीबीच झडप

नेपाल अखबार, जनकपुर  । धुनषामा गएराति नेपाल–भारत सिमावर्ती क्षेत्रमा प्रहरी र तस्करबीच झडप भएको छ । शुक्रबार राति विदेह नगरपालिकास्थित दुहबीमा तस्कर र प्रहरी बीच झडप हुदाँ हवाई फायर समेत भएको छ । २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले नेपालबाट भारत तस्करी गर्न लागेको छहरा छापामारी गर्न गएको बेला प्रहरी टोलीमाथि तस्करको एक समूहले ढुंगामुढा गरेको थियो । प्रहरी उपरिक्षक बस्नेतले पिकअपमा करिब एक सय बोरा मटर भारततर्फ तस्करी भइरहेको सूचना पाए लगत्तै १५ जनाको संख्यामा पुगेको प्रहरी टोलीमाथि तस्करका स्थानीय सहयोगीहरुले सिमावर्ती क्षेत्र अवस्थित दशगजामा पुगेर ढुंगामुढा गर्न थालेपछि बाध्य भएर प्रहरीले हवाइ फायर गर्नुपरेको बताए । धनुषाका प्रहरी उपरिक्षक रमेश बस्नेतको कमाण्डमा गएको टोली माथि अचानक प्रहरीमाथि ढुंगामुढा भएपछि केहि समयका थप बलको प्रतिक्षा...
पृथ्वीराजमार्ग दुईतर्फी खुलाउने तयारी
समाचार

पृथ्वीराजमार्ग दुईतर्फी खुलाउने तयारी

नेपाल अखबार, तनहुँ ।  सुख्खा पहिरोले शुक्रबार बिहान अवरुद्ध भएको तनहुँको आँबुखैरेनी–मुग्लिङ सडकखण्ड दुईतर्फी खुलाउने तयारी गरिएको छ । आँबुखैरेनी गाउँपालिका र सडक विभागको सहयोगमा हिजो नै सडक एकतर्फी बनाइएको थियो ।आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरा नजिक खसेको पहिरो डोजरले हटाएर एकतर्फीरुपमा सञ्चालन गरिएपनि दुईतर्फी सञ्चालनमा आउन अझै केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । साना–साना ढुङ्गा हिजै डोजरको सहायताले हटाइएपनि ठूला ढुङ्गा हटाउन ब्रेकरको प्रयोग गर्नुपर्ने भएकाले केही समय लाग्ने देखिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।...
गण्डकी प्रदेशमा आज कोरोनाबाट थप एक जनाको मृत्यु
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा आज कोरोनाबाट थप एक जनाको मृत्यु

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशमा आज कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । गोरखाको गोरखा नगरपालिका–१३ मजुवा स्थायी ठेगाना रहेका ३८ वर्षीय कोरोना संक्रमित पुरुषको भरतपुर अस्पतालमा हिजो आइसीयूमा उपचारको क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको निर्देशनालयले उल्लेख गरेको छ ।...
तनहुँको परेवा डाँडामा पर्यटक भित्र्याउन परेवाको मूर्ति
समाचार

तनहुँको परेवा डाँडामा पर्यटक भित्र्याउन परेवाको मूर्ति

नेपाल अखबार, तनहुँ । तनहुँको व्यास नगरपालिका–१० स्थित परेवा डाँडामा परेवाको एक जोडीे मूर्ति निर्माण शुरु गरिएको छ । डाँडामा रहेको पहरोमा परेवा बस्ने गरेको र पछिल्लो समय गुलेली र बम हान्ने जस्ता कार्यले विस्थापित भएपछि त्यसको संरक्षण गर्न लागिएको हो । वडाका दुम्सीचौर, कुमालटारी र पाथ्राघाटस्थलको संरक्षण गरी आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ऐतिहासिक स्थलहरुको नाम नमेटिने गरी पहिलो चरणमा परेवाको जोडी बनाउन शुरु गरिएको छ ।” मूर्ति बनाउन छ लाख खर्च हुनेछ । उक्त मूर्ति सात फिट अग्लो हुनेछ । दुम्सीचौरमा दुम्सी चरिरहेको, कुमालटारीमा कुमाल जातिले आरी, हुक्का, घैटो बनाइरहेको, पाथ्राघाटमा माझीले डुङ्गा चलाएको संरचना बनाउने गरी निर्णय गरिएको वडाध्यक्ष सापकोटाले जानकारी दिनुभयो । यो वर्ष परेवा डाँडामा परेवा जोडी र दुम्स...
गण्डकीमा २१ जना कोरोना संक्रमित थपिए
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकीमा २१ जना कोरोना संक्रमित थपिए

गण्डकी प्रदेशमा  शनिबार बिहान थप २१ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार बिहान नवलपुरका  १३ जना  पुरुष र ८ महिलामा कोरोना देखिएको जनाएको हो  । निर्देशनालयका अनुसार नवलपुर बिनयत्रिवेणी ६ र ७ का १३ पुरुष तथा ७ महिला तथा गैँडाकोट -८ की एक महिलामा  कोरोना सक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि भए सँगै उनीहरुलाई आइसोलेसनमा लैजाने तयारी भएको निर्देशनालयले जनाएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २  हजार ७७ पुगेको छ ।...
सज्जा चौलागाईं बनिन् ‘नेपाल आइडल’ सिजन–३ को विजेता
Uncategorized, चलचित्र, मनोरञ्जन, समाचार, समाज, साहित्य \कला, हाइलाइट-समाचार

सज्जा चौलागाईं बनिन् ‘नेपाल आइडल’ सिजन–३ को विजेता

काठमाडौं । सज्जा चौलागाईं ‘नेपाल आइडल’ सिजन–३ को विजेता बनेकी छिन्  । शुक्रबार साँझ (आज) भएको ग्रान्ड फिनालेमा प्रवीण बेडुवाल र किरण कुमार भुजेललाई पछि पार्दै सज्जा विजेता बनेकी हुन् । उनले टाइटलसँगै नगद ५० लाख रुपैयाँ प्राप्त गरिन् । फष्ट रनरअप प्रविण वेडुवाल बनेका छन् । किरणले सेकेन्ड रनरअपमा चित्त बुझाएका छन् । उनीहरुले क्रमशः १० लाख र ५ लाख रुपैयाँ प्राप्त गरेका छन् । कोरोनाका कारण यो पटकको ग्रान्ड फिनाले सामाजिक दूरी कायम गर्दै स्टुडियोमै गरिएको थियो । फाइनलमा पुगेका सज्जा, प्रविण र किरणमध्ये किरण वाइल्ड कार्ड इन्ट्रीमार्फत फाइनलमा पुगेका थिए । कोरोना संक्रमणको त्राससँगै चैत पहिलो साताबाट स्थगित ‘नेपाल आइडल’ केही साता अगाडि पुनः सुरु भएको थियो ।  नेपाल आइडलमा विगतमा झैं यो सिजनमा पनि न्ह्यू वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक थिए । पहिलो सिजनको विजेता बुद्ध लामा...
विष सेवनबाट ८ महिने शिशुको मृत्यु, आमा सिकिस्त
समाचार, समाज

विष सेवनबाट ८ महिने शिशुको मृत्यु, आमा सिकिस्त

नेपाल अखबार, कैलाली । जिल्लाको पुनर्बास नगरपालिका– १ गणेश बस्तीमा आफ्नै आमाले विष खुवाउँदा ८ महिने शिशुको मृत्यु भएको छ । स्थानीय २४ बर्षीया निर्मला रानाले आफूसँगै ८ महिने शिशु एलेक्स रानालाई समेत सल्फास नामक विषादी सेवन गराएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । ‘आमाले आफूसँगै शिशुलाई पनि विष खुवाएकी थिइन्’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले भने ‘आमा बाँचिन्, शिशुको मृत्यु भयो ।’ निर्मला अहिले धनगढीस्थित सारथी अस्पतालमा उपचार भइरहेको उनले बताए । उनको होस् अझैसम्म खुलेको छैन । तर, स्वास्थ्यमा केही सुधार आएको प्रहरीको भनाइ छ । ‘घटनाबारे अनुसन्धान भइरहेको छ’ प्रहरी नायव उपरीक्षक थापाले भने ‘उनको स्वास्थ्यमा सुधार आएलगत्तै शिशुलाई पनि किन विष खुवाइन् भन्नेबारे हामी सोधपुछ गर्नेछौं ।’...
कास्कीको निषेधाज्ञा केही खुकुलो
प्रशासन, समाचार

कास्कीको निषेधाज्ञा केही खुकुलो

नेपाल अखबार, पाेखरा।  कोरोना संक्रमण बढेपछि न्यूनीकरणका लागि गत भदौ ३ गतेबाट कास्की जिल्लाभर लागू गरिएको निषेधाज्ञा आज राति (भदौ ११ गते राति १२ बजे )बाट केही खुकुलो बनाइएको छ । शुरुमा पाँच दिन तथा गत भदौ ७ गते पुनः पाँच दिन थप गरिएको निषेधाज्ञा केही खुकुलो बनाएर भदौ २० गतेसम्मलाई कायम गरिएको छ । अव यात्रु बाहक सार्वजनिक बस तथा माइक्रोबस सञ्चालनमा रोक लगाइएको छ भने ट्याक्सी तथा निजी सवारीमा विहान ६ बजेदेखी साँझ ८ बजेसम्म जोर विजोर लागू गरिएको छ । भदौ १२ गतेराति देखी २० गतेसम्मका लागि जोर गते जोर नम्वर र विजोर गते विजोर नम्वरका सवारी साधन सञ्चालन हुने प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिए । त्यसैगरी अत्यावश्यक कामका लागि घर बाहिर निस्कदाँ अनिवार्य मास्कको प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ । हेर्नुहोस् प्रशासनको सूचना ।...
प्रेस यूनियन गण्डकीले भन्योः ‘सञ्चारकर्मीको जागिर र तलव ज्ञारेण्टी गर’
समाचार

प्रेस यूनियन गण्डकीले भन्योः ‘सञ्चारकर्मीको जागिर र तलव ज्ञारेण्टी गर’

नेपाल अखबार, पाेखरा। नेपाल प्रेस यूनियन गण्डकीले सबै पत्रकार र सञ्चारकर्मीलाई विभिन्न वहानामा मिडिया हाउसले निकालेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । ११ वटै जिल्लाका यूनियन कर्मीहरुको भर्चुअल भेलापछि पत्रकार तथा कर्मचारीलाई जागिरबाट निकाल्नु अमानविय र मिडिया मालिकको मनपरी भएको आरोप लगाएको छ । ‘लकडाउनलाई देखाएर नियमित तलव नदिनु गलत छ । कुनैपनि बहानामा आफ्ना कर्मचारी र पत्रकारलाई जागिरबाट निकाल्ने र बेतलवी विदामा बस्न बाध्य पारिएको घटनाप्रति यूनियनको गम्भीर ध्यानाकषर्ण भएको छ,’ भेलापछि जारी अपिलमा भनिएको छ, ‘जागिर गुमाएका वा जागिर छोड्न बाध्य बनाईएका र नियमित पारिश्रमिक नपाएका सञ्चारकर्मीहरुको जागिर र तलव तत्कालै ज्ञारेण्टी गर्न सम्बन्धित सञ्चारमाध्यम सँग नेपाल प्रेस यूनियन गण्डकी प्रदेश जोडदार माग गर्दछ ।’ पत्रकार अप्ठ्यारोमा परेको बेला सम्बन्धित जिल्लाका पत्रकार महासंघले पनि प्रभावकार...