Monday, November 23

समाचार

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो
अर्थ, समाचार

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

नेपाल अखबार, पाेखरा । अघिल्लो दिनको तुलनामा प्रतितोला ११ सय रुपैयाँले बढेर सुनको भाउँमा ऐतिहासिक रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको कारोबार प्रतोतोला मूल्य एक लाख दुई हजार पाँच सय रुपैयाँ तोकेको छ । एक तोला सुनको यो मूल्य हालसम्मकै उच्च हो । महासंघले तेजाबी सुनको प्रतितोला मूल्य एक लाख दुई हजार रुपैयाँ तोकेको छ । बिहीबारका लागि चाँदीको खरिद बिक्री मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँ छ । बढ्दो मूल्यका कारण सुन चाँदीको बिक्र अत्यन्तै न्यून रहेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा बढेको भाउको असर नेपालमा देखिएको महासंघका महाचिव धर्मसुन्दर बज्राचार्यले बताए । सुनको भाउ बढने क्रम तत्काल रोकिने सम्भावना नभएको पनि उनको भनाइ छ ।...
तनहुँमा चितुवाको आक्रमणबाट १८ महिने बालकको मृत्यु
समाचार, समाज

तनहुँमा चितुवाको आक्रमणबाट १८ महिने बालकको मृत्यु

नेपाल अखबार, तनहुँ । चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मसारमा बुधबार राति डेढ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका विष्णुकुमार रानाका छोरा रोहन राना रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । घरको पिढीमा बसिरहेको बेला चितुवाको आक्रमणमा परेर बालकको मृत्यु भएको कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए। मृत्यु भएका बालकको शव घरभन्दा केही पर भेटिएको थियो । जिल्लामा पछिल्लो समय बालबालिका चितुवाको निशानामा पर्ने गरेका छन् । गत असार १७ गते राति आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरमा चितुवाको आक्रमणबाट १० वर्षीया अमिषा थापा घाइते भएकी थिइन् । विसं २०७४ फागुन यता चितुवाको आक्रमणबाट १० बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाका आहारा प्रजाति मृग, बँदेल, खरायो, वन कुखुरा आदि वनमा लोप हुँदै गएपछि चितुवा बस्तीमा प्रवेश गरी बालबालिकामाथि आक्रमण गर्न थ...
मध्यरातमा पानीसँगै आएको हावाहुरीले केराखेतीमा लाखौँको क्षति
समाचार, समाज

मध्यरातमा पानीसँगै आएको हावाहुरीले केराखेतीमा लाखौँको क्षति

नेपाल अखबार,नवलपरासी । मङ्गलबार मध्यरातमा पानीसँगै आएको हावाहुरीले यहाँको केराखेतीमा लाखौँको क्षति पु¥याएको छ । हावाहुरीको कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा रु ७० लाख भन्दा बढीको केराखेतीमा क्षति पुगेको हो । मङ्गलबार राति आएको हावाहुरीले यहाँको ३० बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको केराखेतीमा क्षति पु¥याएको कावासोती नगरपालिका उपप्रमुख प्रेम शङ्कर मर्दनियाले जानकारी दिए । कावासोतीको वडा नम्बर २, ३ र १६ मा गरी रु ७० लाखभन्दा बढीको क्षति भएको मर्दनियाको भनाइ छ । आगामी दशैँका लागि लक्षित गर्दै किसानले केरा उत्पादनको तयारी गरेको तीनवटै वडामा लगाइएको खेराखेतीमा पूर्ण क्षति पुगेको उनले बताए । हावाहुरीले केराखेतीमा पु¥याएको क्षतिको बारेमा स्थलगत अध्ययन गरी यकिन तथ्याङ्क लिने काम भइरहेको समेत उनले जानकारी दिए । नगरपालिकामा केरा किसानहरुले दिएको क्षतिको प्रारम्भिक तथ्याङ्कअनुसार रु ७० ...
वीरगन्जमा ४२ जनामा कोरोना संक्रमण पुष्टि
प्रदेश २, समाचार, स्वास्थ्य

वीरगन्जमा ४२ जनामा कोरोना संक्रमण पुष्टि

इरफान अलि, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना,  बैंक कर्मचारी डाक्टर सहित ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा ३६ जना पुरूष र ६ जना महिला रहेका छन् । संक्रमित हुनेमा ७ वर्षका देखि ७३ वर्ष सम्म रहेका छन् । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट उपाध्यायले जानकारी दिए अनुसार बिहिबार बिहान संक्रमण पुष्टि भएका ४२ जनामा वीरगन्ज ब्यारेकका १२ जना नेपाली सेना रहेका छन जस मध्ये ७ जना वीरगन्ज कारागारमा सुरक्षार्थ खटेका छन् भने वीरगन्जस्थित नेपाली सेनाको चण्डी प्रसाद गणमा कार्यरत ५ जना रहेका छन् । नेपाल इनभेस्टमेन्ट बैंक वीरगन्ज शाखामा कार्यरत २८ बर्षका १ जना पुरुष रहेको छ । वीरगन्ज महानगरपालिकाका वडा नम्बर १० की ३५ बर्षिय नारायणी अस्पतालमा उपचारर्थ १ जना म...
बिहानैदेखि वर्षा, बाढी/पहिरोबाट जाेगिन भन्दै ‘अलर्ट’ जारी
समाचार, समाज

बिहानैदेखि वर्षा, बाढी/पहिरोबाट जाेगिन भन्दै ‘अलर्ट’ जारी

नेपाल अखबार, काठमाडाैं। पछिल्लो तीन घण्टायता पश्चिमका ६ जिल्लाका केही स्थानमा मध्यमदेखि भारीसम्म वर्षा भइरहेकाले स्थानीय बासिन्दालाई सतर्क रहन जल तथा मौसम विज्ञान विभागले सुझाव दिएको छ। विभागका अनुसार कालीकोट, दैलेख, जाजरकोट, अछाम, डोटी र कैलालीका केही स्थानमा पछिल्लो तीन घण्टा मध्यमदेखि भारीसम्म वर्षा भइरहेको हो। जसका कारण स्थानीय नदी तथा खोलामा बाढी आउने तथा भिरालो जमिनमा पहिरो जाने जोखिम देखिएको भन्दै विभागले ‘अलर्ट’ जारी गरेको छ। अहिले बिहान १० बजेसम्मै सतर्क रहन आग्रह गरिएको छ। यस्तै यसअघि (बिहान २ः३० बजे) जारी सूचनामा लमजुङ, गोरखा, कास्की, स्याङ्जा, तनहुँ, म्याग्दी र धादिङ आसपासका जिल्लामा पछिल्लो ३ घण्टा भारी वर्षा भएकाले उक्त क्षेत्र भएर बहने नदी, साना खोलामा बाढी आउन सक्ने र भिरालो तथा कमजोर जमिनमा पहिरो जान सक्ने भएकाले बिहान १० बजेसम्मै सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्...
भारतको कोरोना अस्पतालमा आगलागी, ८ संक्रमितको मृत्यु
विदेश, समाचार

भारतको कोरोना अस्पतालमा आगलागी, ८ संक्रमितको मृत्यु

नेपाल अखबार, एजेन्सि। भारतको गुजरातस्थित कोरोना अस्पतालमा आगलागी हुँदा आत्तिएर ८ संक्रमितको मृत्यु भएको छ। अहमवाद सहरको नवरंगपुरस्थित सहरमा रहेको श्रेय अस्पतालमा बिहान ३ बजेतिर अचानक आगलागी भएको अहमदाबादका अतिरिक्तम मुख्य अग्निनियन्त्रक राजेश भट्टले बीबीसीलाई जानकारी दिएका छन्। अधिकारीका अनुसार अस्पतालका कर्मचारीले पीपीई किट लगाएर काम गरिरहेका थिए, सर्ट सर्किटका कारण आगो लागेको हो। आगो एक घण्टामै नियन्त्रणमा लिइयो तर आत्तिएर ८ बिरामीको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ।...
कनकासुन्दरी गाउँपालिकास्थित स्वास्थ्य चौकी सिल
प्रशासन, समाचार

कनकासुन्दरी गाउँपालिकास्थित स्वास्थ्य चौकी सिल

नेपाल अखबार, जुम्ला। जुम्लाको कनकासुन्दरी  गाउँपालिका वडा नं ८ स्थित पाण्डब गुफा  स्वास्थ्य चौकीमा लामो समय बसेर गएकी एक महिलाको कर्णाली स्वास्थ्य  विज्ञान  प्रतिष्ठानमा कोरोनासंक्रमण पुष्टिपछि सो स्वास्थ्य चौकी सिल गरिएको छ । कनकासुन्दरी  गाउँपालिका वडा नम्बर  ३ स्थायी घर भएकी ती महिलामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य चौकी इन्चार्ज  पद्मा रावतले जानकारी  दिइन् ।  संक्रमण देखिएपछि उनी बसेको स्वास्थ्य चौकी र आसपासका क्षेत्र सिल गरिएको हो । साथै स्वास्थ्य चौकीबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु अनिश्चितकालको लागि बन्द गरिएको छ ।...
भारतमा काम गर्ने नेपाली जोडी २ करोड मूल्य बराबरको गहना र नगदसहित फरार
विदेश, समाचार

भारतमा काम गर्ने नेपाली जोडी २ करोड मूल्य बराबरको गहना र नगदसहित फरार

नेपाल अखबार, एजेन्सि। घरेलु कामदारको रुपमा भारतको हैदराबादस्थित एक घरमा कार्यरत नेपाली जोडी आइतबार राती २ करोड भारु मूल्य बराबरको पैसा, गहना र विद्युतीय उपकरणसहित फारर भएको आरोप लागेको छ । भारतीय मिडिया द न्यू इन्डियन एक्सप्रेसका अनुसार यो नेपाली जोडीले घरका पूरा परिवार एक कार्यक्रममा गएका बेला नगद, गहना र सर–सामान लिएर फरार भएको हो । यो जोडी उक्त घरको परिसरमा नै बनेको अर्को घरमा बस्ने गर्दथे । माल्काजगिरीका डिसीपी रक्षिता के मूर्तीका अनुसार फरार नेपाली जोडीको खोजीमा एक विशेष समूह गठन गरिएको छ । ‘हामीले प्राविधिक प्रमाण जुटाएका छौं र अनुसन्धान थालेका छौं,’ उनले भनिन् । घर–जग्गा व्यवसायी ए नरसिम्ह रेड्डीका छोराको जुलाई २९ मा विवाह भयो । विवाहको रिसेप्सनका लागि पूरा परिवार आइतबार राती फलाकनुमा प्यालेस पुगेका थिए । घरको पूरा जिम्मेवारी उनीहरुले नेपाली जोडीलाई सुम्पिएका थिए । जब मध्य राती उनीह...
जोर–बिजोर लागु, आज जोर नम्बरका गाडीमात्र चलाउन पाइने
प्रशासन, समाचार

जोर–बिजोर लागु, आज जोर नम्बरका गाडीमात्र चलाउन पाइने

नेपाल अखबार, काठमाडौं। काठमाडौं उपत्यकासहितका जिल्लाहरुमा आजबाट सार्वजनिक तथा निजी सवारी साधनमा जोर–बिजोर लागु भएको छ । कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि सरकारले फेरि जोरबिजोरको आधारमा सवारी साधन सन्चालन गर्ने निर्णय गरेको हो । गृहमन्त्रालयका अनुसार काठमाडौं उपत्यका र दुई सय जनाभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाहरुमा जोर–बिजोर लागु गरिएको छ । आज साउन २२ गते जोर गते रहेकाले जोर नम्बर प्लेट भएका सवारी साधनमात्र चल्न पाउने छन् । सवारी साधनको नम्बर प्लेट र गतेको अन्तिमको अंकको आधारमा जोर–बिजोर छुट्याइन्छ । गृह मन्त्रालयले अत्यावश्यक ढुवानीबाहेकका गाडीहरुलाई बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौं उपत्यकामा प्रवेश निषेध गरेको छ । साथै दुई सय जनाभन्दा बढी कोरोना संक्रमित भएका जिल्लाका शहरी क्षेत्रमा पनि बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गरिएको छ ।...
फेसबुकले डिलिट गर्‍यो ट्रम्पको स्टाटस
विश्व, समाचार

फेसबुकले डिलिट गर्‍यो ट्रम्पको स्टाटस

नेपाल अखबार, एजेन्सि । फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एक पोष्ट डिलिट गरिदिएको छ । कोरोना भाइरसबारे ट्रम्पले गरेको पोष्टलाई फेसबुकले पहिलो पटक डिलिट गरेको हो । फेसबुक कम्पनीका अनुसार अमेरिकी राष्ट्रपति ट्रम्पले गलत सूचना सेयर गरेकाले त्यसलाई डिलिट गरिएको हो । ट्रम्पले स्टाटसको साथमा फक्स न्युज च्यानललाई दिएको अन्तरवार्ताको एक भिडियो क्लिप पनि राखेका थिए । त्यो भिडियोमा ट्रम्पले भनेका छन्- कोरोना भाइरसबाट बालबालिकाहरु लगभग सुरक्षित छन् । फेसबुकका प्रवक्ताले भनेका छन्, ‘यस भिडियोमा कोरोना भाइरसबारे गलत दाबी गरिएको छ । यो हाम्रो नीतिको उल्लंघन हो । हामी कोरोना भाइरस संक्रमणको विषयमा गलत सूचना प्रवाहको विरुद्धमा छौं ।’ यसबारे ह्वाइट हाउसको प्रतिक्रिया भने आइसकेको छैन ।...