खनाल एमालेमा हुँदा पनि ओलीले गुट नै चलाएका हुन, अहिले पनि गुट छाड्न सकेनन्
नेपाल अखबार, काठमाडाैं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको नाममा स्थापित मदन भण्डारी फाउन्डेसनबाट देशव्यापी गुट चलाएको बताएका छन्।
बुधबार काठमाडौँमा आयोजित एक अन्तक्र्रियामा पूर्वप्रधानमन्त्री समेत रहेका खनालले पार्टीभित्रको अर्को समूहका विरुद्धमा फाउन्डेसन परिचालन गरिएको बताए।
‘अध्यक्ष ओलीले मदन भण्डारी फाउन्डेसनबाट रास्ट्रव्यापी गुट चलाए, जिल्ला मात्र होइन पालिका वार्डसम्म कमिटी बनाएर अर्का अध्यक्ष प्रचण्ड लगायतका पक्षलाइ खण्डन गर्ने आलोचना गर्ने काम गरे, अनि प्रचण्डले पदको लोभले लडाइँ चर्काएको आरोप लगाए’, नेता खनालले भने।
उनले अध्यक्ष ओलीलाई रुपान्तरण गर्न अनेक प्रयास गरिए पनि असफल भएपछि अहिले स्थायी कमिटीमा छलफल भएको बताए। उनले प्रधानमन्त्री ओलीले एमालेमा हुँदा पनि गुट नै चलाएको र अहिले पनि गुट...
