Saturday, November 21

समाचार

पहिरोमा परी बागलुङमा चार जनाको मृत्यु
समाचार

पहिरोमा परी बागलुङमा चार जनाको मृत्यु

नेपाल अखबार, बलेवा । बागलुङको विभिन्न ठाउँमा पहिरोमा परी चार जनाको मृत्यु भएको छ । सोमबार रातिदेखि निरन्तर भइरहेको वर्षासँगै आएको पहिरोले घर पुरिँदा तमानखोला गाउँपालिका–२ मा पालबहादुर विकका १३ वर्षीया छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रीता विकको मृत्यु भएको छ । घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट आएको पहिरोले उनीहरुलाई पुरेको प्रहरीले जनाएको छ । सँगै सुतिरहेकी मृतककी आमा होमकुमारी विक गम्भीर घाइते भएकी छन् । उनलाई उपचराका लागि अस्पताल पठाउने तयारी भइहेको छ । पालबहादुर रोजगारीको सिलसिलामा विदेशमा छन् । घर क्षतविक्षत अवस्थामा रहेको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।त्यस्तै निसीखोला गाउँपालिका–१ मा एक घर पहिरोले पुरेको छ । पहिरोमा परी अन्दाजी पाँच वर्षीय समिर परियारको मृत्यु भएको प्रनाउ रेग्मीले बताए । निसीखोला गाउँपालिकामानै अन्दाजी ६० वर्षीया एक महिलाको शव खोलाको छेउमा फ...
म्याग्दीमा थप चार जनामा डेङ्गु : सङ्क्रमितको सङ्ख्या २५ पुग्यो
समाचार, स्वास्थ्य

म्याग्दीमा थप चार जनामा डेङ्गु : सङ्क्रमितको सङ्ख्या २५ पुग्यो

नेपाल अखबार, म्याग्दी। हिमाली जिल्ला म्याग्दीमा आज थप चार जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । रुघाखोकी र ज्वरो आएपछि उपचारका लागि बेनी अस्पताल आएका मङ्गला गाउँपालिका–१ का ४१ वर्षीय पुरुष, धवलागिरि गाउँपालिका–६ ठेगाना भई हाल सिङ्गा बस्दै आएकी १९ वर्षीया युवती र बेनी नगरपालिका–४ का २५ वर्षीय पुरुषमा डेङ्गु सङ्क्रमण देखिएको अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिए । सङ्क्रमितमध्ये दुई जना आइतबार र बेनपा–४ का २५ वर्षीय पुरुष आज उपचारका लागि अस्पताल आएका थिए । सूचना अधिकारी सुवेदीका अनुसार सङ्क्रमित बिरामीमा उच्च ज्वरो आउने, शरीर दुख्नेलगायत लक्षण देखापरेको थियो । उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, आँखाको गेडी र टाउकाको पछिल्लो भाग दुख्ने शरीरमा बिमिरा आउने, हाडजोर्नी तथा मांसपेसी दुख्ने डेङ्गुका मुख्य लक्षण हुन् । एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु सङ्क्रमण हुन्छ । ...
पेट्रोलियम पदार्थको मूल्य बढाउने निगमको तयारी
अर्थ, समाचार

पेट्रोलियम पदार्थको मूल्य बढाउने निगमको तयारी

नेपाल अखबार, काठमाडाैं।अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य आकासिएको भन्दै नेपाल आयल निगमले मूल्य बढाउने तयारी गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै भारतमा डिजेलको भाउ दिनप्रति दिन बढेपछि अगष्टमा मूल्य बढाउने तयारी भएको जनाइएको छ । भारतमा डिजेलको मूल्य बढ्दा प्रत्यक्ष असर नेपालमा पर्न थालेपछि निगमलाई पेट्रोल, डिजेल लगायतका पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने दबाब बढेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य आकासिनु, भारतसँग सीमा जोडिएका नाकामा मूल्यान्तर बढेर जानु, निगमको घाटा एकपछि अर्को बढेर जानु, विगतमा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा नेपालले स्वचालित मूल्य समायोजन नगर्नु जस्ता कारणले निगम मूल्य बढाउनैपर्ने दबाबमा पुगेको हो । पेट्रोलियम पदार्थमा अन्तर्राष्ट्रिय बज...
सुुकुम्बासीको जबर्जस्ती विस्थापन रोक्न माग गर्दै सर्वोच्चमा रिट
समाचार

सुुकुम्बासीको जबर्जस्ती विस्थापन रोक्न माग गर्दै सर्वोच्चमा रिट

नेपाल अखबार, काठमाडौं । भूमिहीन र सुकुम्बासीको जबर्जस्ती विस्थापन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता राजुप्रसाद चापागाईं, प्रकजकुमार कर्ण, विष्णुप्रसाद पोखरेल लगायतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सहरी विकास मन्त्रालय, वन मन्त्रालय, गृह मन्त्रालयलगायतलाई विपक्षी बनाई सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । उनीहरुले जबर्जस्ती विस्थापनको रोकथाम तथा पुनः नदोहोरिने प्रत्याभूति गराउन र कुनै वस्तीबाट भूमिहीन र सुकुम्बासी परिवारलाई वासस्थानबाट विस्थापन नगर्नु नगराउनू भनी परमादेश माग गरेका छन् । त्यस्तै यस मुद्धाको अन्तिम टुंगो लाग्ने अवस्थासम्म जुनसुकै वस्तीबाट पनि सुकुम्बासी र भूमिहीनको उठीबास हुन सक्ने भन्दै कुनै पनि परिवारलाई वस्तीबाट विस्थापित गर्ने कार्य नगर्न नगराउन अन्तरिम आदेश पनि माग गरिएको छ । चितवनको माडीमा चितवन राष्ट्रिय निकुञ्जबाट उठीबास गरा...
पोखराको जिएमसीमा एक नर्समा  कोरोना संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

पोखराको जिएमसीमा एक नर्समा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, पोखरा । पोखराको गण्डकी मेडिकल कलेजकी एक स्टार्फ नर्समा पनि कोरोना संक्रमण पुष्टि भएको छ । केही दिन उपचार भई डिस्चार्ज भएकी नर्समा कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ नतिजा आएको कास्कीका बरिष्ठ जनस्वास्थ्य अधिकृत बाबुराम आचार्यले बताए । ३० वर्षीया ती नर्स केही दिन देखि बिदामा रहेको अस्पताल स्रोतले जानकारी दिएको छ । कोरोना पुष्टि भए सँगै उनको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक ट्रेसिङ गर्न सुरु भएको उनले जनाइएको छ । यस अघि आजै  पाे खरा मणिपाल अस्पतालका डाक्टरमा पनि संक्रमण पुष्टि  भएको थियो । पोखरा महानगरका दुई जना सहित आज मात्रै गण्डकी प्रदेशमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।...
दाङमा १५ किलो चरेशसहित ६ जना पक्राउ
प्रशासन, समाचार

दाङमा १५ किलो चरेशसहित ६ जना पक्राउ

नेपाल अखबार,बुटवल । दाङको घोराही उपमहानगरपालिका १४ नयाँ बसपार्कबाट १५ किलो चरेशसहित ६ जना पक्राउ परेका छन्  । ५ नं.प्रदेश प्रहरी ब्युरोबाट खटिएको प्रहरी टोलीले नयाँ बसपार्कमा रहेको रोल्पा नुवागाउँ होटलबाट १५ के.जी. लागुऔषध चरेससहित ६ जनालाई नियन्त्रणमा लिएको हो । प्रहरी निरिक्षक प्रमोदकुमार क्षेत्रीको टोलीले बाँके नेपालगञ्ज उ.म.न.पा. २५ बस्ने वर्ष ४० का सन्तोष गुरुङ, रोल्पाको रोल्पा नपा–१० बस्ने वर्ष २२ का आकाश विक, सोही ठाउँ बस्ने २२ वर्षीय जितकुमार विक, थवाङ गापा–५ बस्ने वर्ष ४० की कमला घर्तीलाई पक्राउ गरेको छ । त्यस्तै पक्राउ पर्नेमा रोल्पाको परिवर्तन गापा ४ बस्ने वर्ष ४५ की जुनु बुढा र २८ वर्षीय डिल बहादुर विक समेत रहेको प्रहरीले जनाएको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय, दाङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
दलहरुमा आर्थिक पारदर्शिता नहुँदा दलीय व्यवस्थापन र प्रणालीमा समस्या
प्रशासन, समाचार

दलहरुमा आर्थिक पारदर्शिता नहुँदा दलीय व्यवस्थापन र प्रणालीमा समस्या

नेपाल अखबार, काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरुमा आर्थिक पारदर्शिता नहुँदा दलीय व्यवस्थापन र प्रणालीमा समस्या भएको बताएको छ । राजनीतिक दलहरुले हरेक वर्षको लेखापरीक्षण प्रतिवेदन आयोगमा पेश गर्नुपर्ने कानून भएपनि न्यूनतम शर्तहरु समेत पालना नगर्दा दलीय व्यवस्थापन र प्रणालीमा समस्या भएको आयोगले बताएको हो । संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले राजनीतिक दलहरुले न्यूनतम कानून पनि पालना गर्न नसक्ने र आयोगले ध्यानाकर्षण बाहेक कारवाही पनि गर्न नसक्ने कारण दलीय व्यवस्थापन र प्रणालीमा समस्या भएको बताए । राजनीतिक दलहरु परिपक्व हुन नसकेको उल्लेख गर्दै उनले भने, ‘‘प्रत्येक दलहरुले आर्थिक वर्ष सकिएपछि वार्षिक विवरण पठाउनुपर्ने हुन्छ । आजसम्म १ सय ३१ वटा दलहरु दर्ता भएका छन् । कुनै पनि वर्ष बढीमा ७० भन्दा बढी दलले विवरण बुझाएका छैनन । क...
भारतले कालापानीमा नेपालीलाई प्रवेश  नदिने
राजनीति, समाचार

भारतले कालापानीमा नेपालीलाई प्रवेश नदिने

नेपाल अखबार, काठमाडौँ । भारतको धार्चुलाका उपजिल्लाधिकारी अनिलकुमार शुक्लाले कालापानी, गुन्जी र लिम्पियाधुरा क्षेत्रमा नेपालीको प्रवेशलाई रोक लगाउन निर्देशनात्मक पत्र जारी गरेका छन् । जिल्ला प्रशासन कार्यालय, दार्चुलालाई पत्राचार गर्दै उनले नेपालीको प्रवेश रोक्न भनेका हुन् । एक हप्ताअघि नेपाली प्रशासनलाई दिइएको पत्रमा भनिएको छ, ‘विशेष स्रोतबाट जानकारी प्राप्त भएको छ कि विभिन्न नेपाली समूह भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गरेर आउन चाहन्छन्, जसबाट मिडियाको ध्यान आकृष्ट गर्न सकियोस् र दुवै देशको प्रशासनलाई हैरान बनाउन सकियोस्, अतः यस प्रकारका कुनै सूचना तपाईहरुलाई प्राप्त भयो भने त्यसको जानकारी तत्काल दिने कष्ट गरिदिनुहोला ।’ दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी तेजकुमार सिंहले पत्र प्राप्त भएको पुष्टि गरे । ‘अहिले त्यस क्षेत्रमा मुभमेन्ट बढेपछि पत...
स्याङ्जा प्रहरी प्रमुखलाई कोरोना संक्रमण
प्रदेश ४, समाचार, स्वास्थ्य

स्याङ्जा प्रहरी प्रमुखलाई कोरोना संक्रमण

नेपाल अखबार, स्याङजा । जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरी प्रमुखलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रहरी प्रमुखसहित सोमबार १८ जना प्रहरी कर्मचारीलाई कोरोना पुष्टि भएको हो । प्रादेशिक स्वास्थ्य निर्देशनालयका प्रवक्ता डा. विनोद विन्दु शर्माले एकैपटक उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । गत शुक्रबार जिल्ला प्रहरी कार्यालयका दुईजना हवल्दार र एकजना सिपाहीमा कोरोना संक्रमण पुष्टि भएसँगै ९८ जना प्रहरीको स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएको थियो । सोही क्रममा १८ जनामा संक्रमण पुष्टि भएको हो । बाँकीको रिपोर्ट आएको छैन । संक्रमण पुष्टि भएका सबैलाई आइसोलेसनमा राखिएको छ । स्याङजा प्रहरी कार्यालय सिल गरेर प्रहरीलाई क्वारेन्टनमा राखिएको छ ।  योसँगै जिल्ला प्रहरी कार्यालयका कोरोना संक्रमित प्रहरी कर्मचारीको संख्या २१ पुगेको छ । यसअघि आइतबार मात्रै प्रदेश १ मा १९ जना प्रहरीमा को...
कोरोना सङ्क्रमणबाट एक युवकको मृत्यु
प्रदेश २, समाचार

कोरोना सङ्क्रमणबाट एक युवकको मृत्यु

नेपाल अखबार, धनुषा। धनुषामा कोरोनाको सङ्क्रमणबाट आइतबार ३८ वर्षीय एक युवकको मृत्यु भएको छ । शहीदनगर–८ डुमरिया बस्ने तीे युवक रुघाखोकी र ज्वरोबाट पीडित भएपछि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका थिए । उनको अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लग्ने क्रममा ंसिरहामा मृत्यु भएको प्रादेशिक अस्पतालले जनाएको छ । प्रदेश नं २ का स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजयकुमार झाले ती युवकको आइतबार बिहान स्वाबको नमूना सङ्कलन गरिएको र साँझ रिपोर्ट पोजिटिभ आएको जानकारी दिए । शवलाई जनकपुरमै व्यवस्थापन गरिने बताइएको छ । धनुषामा कोरोना सङ्क्रमणबाट मृत्युको यो पहिलो घटना हो । यस प्रदेशमा अहिलेसम्म कोरोनाबाट १२ जनाको मृत्यु भइसकेको छ । रासस...