Friday, November 20

समाचार

पोखराको फेवातालमा जलकुम्भी झारले डुङ्गा नै पुरियो
समाचार

पोखराको फेवातालमा जलकुम्भी झारले डुङ्गा नै पुरियो

नेपाल अखबार, पोखरा।  पोखराको फेवाताल किनारमा बन्दाबन्दीका कारण जलकुम्भी झारले पुरिएका डुङ्गा । तस्वीर : कृष्ण दवाडी, रासस
पृथ्वी राजमार्ग खुल्न अझै २ दिन लाग्ने
समाचार

पृथ्वी राजमार्ग खुल्न अझै २ दिन लाग्ने

नेपाल अखबार, धादिङ। यही साउन ४ गतेदेखि परेको वर्षापछिको बाढी र पहिराले अवरुद्ध राजमार्ग अझै खुल्न सकेको छैन । यही साउन ५ गते को धादिङ र चितवनको सिमानामा पर्ने मौवाखोलास्थित सडकलाई खोलाले भत्काएपछि काठमाडौँ जाने एकमात्र राजमार्ग खुल्न अझै २ दिन लाग्ने भएको छ । पृथ्वीराजमार्गको मुग्लिनदेखि नौबिसेसम्मको क्षेत्रमा करिब १ सय  स्थानमा पहिराले राजमार्ग बन्द भएको छ भने पहिराका कारण जताततै सडकसमेत भत्किएको छ । सडकमा थुप्रिएको पहिरो डोजरको सहायताले सफा गरिँदै गरेको छ । प्रहरीले सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रहसमेत गरिरहेको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए । मौवा खोलामा सडक भत्काएको खोलामा ग्याभिन जाली लगाएर खोलालाई नियन्त्रण गर्ने काम भइरहेको छ । नेपाली सेना र प्रहरीले संयुक्तरुपमा पर्खाल लगाउने काम गरिरहेको र केही दिनपछि मात्र निर्माण पूरा गरेर राजमार्ग सञ्चालन गरिने प्र...
कतै खाना नपाएर, कतै उपचार नपाएर मृत्यु
समाचार, समाज, हाइलाइट-समाचार

कतै खाना नपाएर, कतै उपचार नपाएर मृत्यु

नेपाल अखबार, जाजरकोट । जिल्लामा एक हप्तामा उपचार नपाएर दुई सुत्केरीको मृत्यु भएको छ । एक जनाको खानाका अभावमा तथा एक जनाको लडेर मृत्यु भएको छ । बारेकोट गाउँपालिका–४ सार्कीटोलमा गत असार २५ गते आएको पहिराले घर बगाउँदा विस्थापित दलवीर सार्कीको खाना नपाएर मृत्यु भएको वडा सचिव डम्बर पुनले बताए । यहाँ खानाको अभावमा जटिल अवस्थासमेत आएको छ । बारेकोट गाउँपालिका– ७ सुवाकोटकी २१ वर्षीया मनकुमारी परियारको सुत्केरी भएको पाँच घण्टापछि मृत्यु भएको हो ।  स्वास्थ्यचौकी सेपुखोलाकी अनमी मीरा शाहीका अनुसार सामान्यावस्थामा सुत्केरी भएको र सुत्केरी भएको केही समयपछि पेट दुखेर एकाएक रक्तचाप बढ्दा उपचार गर्दागर्दै मृत्यु भएको हो । शिशुको स्वास्थ्यावस्था सामान्य छ । जुनिचाँदे गाउँपालिका–३ की ३४ वर्षीया सिंह पुरीको सुत्केरी भएलगत्तै शिशुलाई जन्म दिएर अत्यधिक रक्तश्राव भई आइतबार मृत्यु भएको परिवारले जनाएको छ ।  गाउँभन...
प्रदेश प्रहरीको काम अनलाइनबाट, प्रहरी कर्मचारी क्वारेन्टाइनमा
प्रशासन, समाचार

प्रदेश प्रहरीको काम अनलाइनबाट, प्रहरी कर्मचारी क्वारेन्टाइनमा

नेपाल अखबार, विराटनगर । प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टिमा प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी कर्मचारी सेल्फ क्वारेन्टाइनमा बसेका छन् । बुधबार २७ वर्षीय एक प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अन्य प्रहरी कर्मचारी क्वारेन्टाइनमा बसेर कार्यालयको काम भर्चुअल माध्ययमबाट गरिरहेका छन् । कार्यालयको फाँटहरुमा एकजना कर्मचारी राखेर भर्चुअल माध्ययमबाट काम गरिरहेका छौं’, प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक दिपक पोखरेलले भने, ‘अझै केही दिन कार्यालयको काम अनलाइन र सञ्चार सेटबाट नै हुन्छ ।’ पोखरेलले बुधबार प्रदेश प्रहरी कार्यालयका थप १२ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ । १२ जनाको रिपोर्ट आएपछि थप १५० जनाको नमुना संकलन गर्न लागिएको उनले बताए । ‘आज १५० जनाको स्वाब संकलन हुन्छ’, उनले भने, ‘थप परीक्षण पनि गर्छाैं ।’ संक्रमित प्रहरीमा रुघाखोक...
निजी विद्यालयमा अनलाइन कक्षा पुनः सञ्चालन
शिक्षा, समाचार

निजी विद्यालयमा अनलाइन कक्षा पुनः सञ्चालन

नेपाल अखबार, काठमाडाैं। सरकारसँगको वार्ता सकारात्मक भएपछि निजी लगानीका विद्यालयले आफूले स्थगन गरेका अनलाइन पढाइ आजदेखि पुनः सञ्चालन गरेका छन् । सरकारले आफूहरुलाई सहुलियत ऋण नदिएको र शुल्क उठाउन पनि कठिनाइ हुँदा शिक्षकको तलब सुविधा दिन नसकिएकाले गत असार ३१ गते निजी तथा आवासीय विद्यालयका छाता संस्थाले विज्ञप्ति जारी गरी शिक्षकलाई बेतलबी बिदा दिई यही साउन १ गतेदेखि अनलाइन कक्षा स्थगन गराएका थिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय पुनः सञ्चालनको कार्यविधि तयारीसहित सरोकार पक्षसँग बुधबार छलफल गरेपछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन (एनप्याब्सन), नेपाल शिक्षक महासङ्घ, संस्थागत विद्यालय शिक्षक युनियन र अभिभावक महासङ्घसँग परामर्श गरेको थियो । शिक्षक र अभिभावकले पनि निजी विद्यालयलयलाई अनलाइन कक्षा नरोक्न दबाब दिएका ...
गण्डकी प्रदेशमा ५ जना कोरोना संक्रमित थपिए
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा ५ जना कोरोना संक्रमित थपिए

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशमा पाँच जना कोरोना संक्रमित थपिएका छन् । पर्वतमा दुई, कास्कीमा दुई र स्याङ्जामा एक जना कोरोना संक्रमित थपिएका हुन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या १ हजार ३ सय ५० पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयले बिहीबार बिहान जारी गरेको प्रेस विज्ञप्तिअनुसार पर्वतको मोदी गाउँपालिकामा एक जना पुरुष र एक जना महिलामा कोरोना संक्रमण देखिएको छ । उनीहरु २५ र ३१ वर्ष उमेर समूहका छन् । यसैगरी कास्कीको पोखरा उपमहानगरपालिकामा २५ र ३८ वर्षका दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जाको चापाकोट नगरपालिकाका २८ वर्षीय एक जना पुरुषमा पनि कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।...
पर्सामा थप १७ जनामा कोरोना संक्रमण
प्रदेश २, समाचार, स्वास्थ्य

पर्सामा थप १७ जनामा कोरोना संक्रमण

इफान अलि, बीरगन्ज । पर्सामा पुण्ह १७ जना मानिसमा काेराेनाकाे संक्रमण पुष्टि भएकाे छ । चिकित्सक , अस्पतालमा उपचाररत बिरामी लगायत पर्सा जिल्लामा गए राति मात्र १७ जनामा काेराेना पुष्टि भएकाे पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले फेसबुक पेज मार्फत जानकारी दिनुभएकाे छ । उनका अनुसार कतिपय संक्रमित लक्षण सहित समेत देखिएकाेले निकै गम्भिर अवस्था सृजना भएकाे उनले बताए। फेसबुक पेजमा लेख्दै सहायक प्रमुख बस्नेतले वास्तवमा देशभरी काेराेना संक्रमण घटेकाे हाेइन, परीक्षणकाे दायरा घटेकाेले संक्रमितकाे संख्या घटेकाे जस्ताे देखिएकाे उनको बुझाइ रहेकाे छ। बस्नेतले आफ्नो फेसबुक पोष्टमा लेखेका छन्, ‘पेड टेस्ट शुरू नगरूञ्जेल पर्सामापनि संक्रमित सबै निकाे हुँदै २ जना मात्र बाँकी रहेकाे अवस्था थियाे तर पर्सामा पेड टेस्टसँगै विभिन्न व्यक्तिहरूले स्वेच्छाले जाँच गर्न थालेपछि र्‍यान्डम टेस्ट जस...
गृह प्रवक्ता शर्मासहित २६ सह–सचिवको सरुवा
प्रशासन, समाचार

गृह प्रवक्ता शर्मासहित २६ सह–सचिवको सरुवा

नेपाल अखबार, काठमाडौँ । गृह मन्त्रालयले २६ जना सह–सचिवको सरुवा गरेको छ । गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माको समेत सरुवा भएको छ । गृहका सहसचिव शर्माको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, गण्डकी प्रदेश पोखरामा सरुवा भएको छ । त्यस्तै, गृहका सहसचिव मदन भुजेलको आर्थिक मामिला तथा योजना मन्त्रालय, बाग्मती प्रदेश हेटौँडा सरुवा भएको छ । भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीको रक्षा मन्त्रायलयमा सरुवा भएको छ । यसैगरी गृह मन्त्रालयका सहसचिव ज्ञानेन्द्र पौडेलको अर्थ मन्त्रालयमा सरुवा भएको छ । हेर्नुहोस् को कहाँ सरुवा भए ? गण्डकी प्रदेशका प्रदेश सचिव किरण राज शर्माको सञ्चार तथा सूचना प्रविधि मन्त्रायलयमा सरुवा भएको छ । बागमती प्रदेशका सहसचिव विनोद प्रकाश सिंहको युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ । बागमती प्रदेशका सहसचिव मुकुन्द प्रसाद पौड्यालको राष्ट्रिय सूचना आयोगमा ...
अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी
अर्थ, समाचार, समाज

अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

नेपाल अखबार,कञ्चनपुर । अज्ञात समूहले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ को वडा कार्यालयमा गए राति आगजनी गरेका छन् । आगजनीबाट वडा कार्यालयको प्रशासन कक्ष, सभा कक्ष र वडासचिवको कार्यकक्षमा क्षति पुगेको छ । कार्यालयका फर्निचर, सोफा, महत्वपूर्ण कागजात, कम्प्युटर, फोटोकपी मेसिन, कार्पेट पूरै जलेको वडाध्यक्ष जगतबहादुर सिंहले जानकारी दिए । कार्यालय भवनको मुख्य प्रवेशद्वारको ताला फुटाउन नसकेपछि झ्यालको सिसा फोरेर पेट्रोल छर्किइ आगजनी गरिएको छ उनले भने, “राष्ट्रिय परिचय पत्र वितरण गर्न ल्याइएका उपकरणमा समेत आगजनीबाट क्षति भएको छ ।” सुरक्षाकर्मीको टोली वडा कार्यालयमा भर्खरै पुगेको छ । के कति क्षति भएको छ । यकिन विवरण सङ्कलनको कार्य भइरहेको वडाध्यक्ष सिंहले बताए । रासस...
सर्लाहीमा बाढीले बगाउँदा दुई जनाको मृत्यु
समाचार

सर्लाहीमा बाढीले बगाउँदा दुई जनाको मृत्यु

नेपाल अखबार, सर्लाही। सर्लाहीका दुई छुट्टाछुट्टै ठाउँमा बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ। ईश्वरपुर नगरपालिका र रामनगर गाउँपालिकामा बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। रामनगर ६ मा कुण्डी नहरले बगाउँदा स्थानीय ४५ वर्षीय बजेन्द्र झाको मृत्यु भएको छ। बुधबार दिउँसो बाढीले बगाएर बेपत्ता भएका झाको साँझ शव फेला परेको हो। यसैगरी ईश्वरपुर ४ मा अमुवा खोलाको बाढीले बगाउँदा एक किशोरको मृत्यु भएको छ। लालबन्दी नगरपालिका ४ का १९ वर्षीय विशाल गोले बाढीले बगाउँदा सोमबारदेखि बेपत्ता थिए। उनको शव पनि बुधबारै फेला परेको हो। साथीहरुसँग पौडी खेल्न जाँदा उनलाई बाढीले बगाएको प्रहरीले जनाएको छ।...