Friday, November 20

समाचार

त्रिविका क्याम्पसहरु खुले
प्रशासन, शिक्षा, समाचार

त्रिविका क्याम्पसहरु खुले

नेपाल अखबार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरु बुधबारबाट खुल्ने भएका छन् । साउन ६ गतेदेखि   लकडाउन अन्त्य   भएसँगै शिक्षक÷कर्मचारीहरुको सार्वजनिक विदा पनि सकिएकाले साउन ७ गतेदेखि क्याम्पस तथा कार्यालयहरु सुचारु हुने त्रिविले जानकारी दिएको छ । क्याम्पसहरु खुले पनि विद्यार्थीहरुको नियमित पठनपाठन र पुस्तकालय सन्चालन भने नहुने त्रिवि रजिष्ट्रारको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । कोरोना संक्रमण जोखिमका कारण सरकारले २०७६ चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको थियो । त्यति बेलादेखि नै क्याम्पसहरु पूर्णरुपमा बन्द गरी परीक्षाहरु पनि स्थगित गरिएको थियो । शिक्षक तथा कर्मचारीहरुलाई लकडाउन अवधिभर सार्वजनिक विदा दिइएको थियो । यद्यपि त्रिभुवन विश्वविद्यालयले प्रशासन भने असार १ गतेदेखि खोलेको थियो । गत सोमबारको मन्त्रिपरिषद बैठकले साउन ६ गते मध्यरातिदेखि लकडाउन अन्त्य गर्ने निर्णय...
सरकारी कार्यालयमा अब दुई सिफ्टको व्यवस्था हट्यो
प्रशासन, समाचार

सरकारी कार्यालयमा अब दुई सिफ्टको व्यवस्था हट्यो

नेपाल अखबार, काठमाडौं । सरकारले सरकारी कार्यालयमा हाल भइरहेको दुई सिफ्टको व्यवस्था अन्त्य गरेको छ । अब विहान १० बजेदेखि साँज ५ बजेसम्म कार्यालय सञ्चालन हुने सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । हाल विहान ८ बजेदेखि १ बजेसम्म र १ देखि ६ बजेसम्म सरकारी कार्यालय सञ्चालन भएका छन् । सार्वजनिक यातायात खुलेपछि सरकारी कार्यालय पनि नियमित १० देखि ५ बजेसम्म सञ्चालन हुने उनले बताए  ।...
बाढी पहिरोमा परी घाइते भएकाको उपचारको सम्पूर्ण व्यवस्था सरकारले गर्ने
समाचार

बाढी पहिरोमा परी घाइते भएकाको उपचारको सम्पूर्ण व्यवस्था सरकारले गर्ने

नेपाल अखबार, काठमाडाैं। सरकारले बाढी पहिरोमा परी घाइते भएकाको उपचारको सम्पूर्ण व्यवस्था मिलाउने निर्णय गरेको छ । यस्तै घाइते, अशक्त र मृतकका परिवारलाई सरकारले यथोचित व्यवस्था गर्ने पनि निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले बैठकको निर्णय सार्वजनिक गर्दै आज बताए ।...
३६ घण्टापछि खुल्यो नारायणगढ-मुग्लिन सडक
समाचार

३६ घण्टापछि खुल्यो नारायणगढ-मुग्लिन सडक

नेपाल अखबार, चितवन । माथिबाट पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड ३६ घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ । सोमबार बिहान ५ बजे चारकिलोमा खसेको ठूलो पहिरो पन्छाएपछि आज साँझ ४ः५०  बजेबाट एकतर्फी सञ्चालनमा आएको हो । नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनीयर शिव खनालका अनुसार सो सडकको चारकिलोमा पहिराले ६० मिटर सडक ढाकेको थियो । दुवैतर्फबाट लोडरलगायतका साधनले पहिरो पन्छाइएको उनले जानकारी दिए । सोमबार दिनभर वर्षा र पहिरो खसिरहेपछि काम गर्न सकिएको थिएन । आज बिहानबाट पहिरो पन्छाउने काम थालिएको थियो । पहिरो खसेको ठाउँ नारायणगढबाट ३१ दशमलव पाँच किलोमिटर मुग्लिनतर्फ पर्दछ । सो ठाउँ इच्छाकामना गाउँपालिका–६ हो । सो सडकको पहिरो खस्ने अन्य ठाउँ मर्मतसम्भार गरिएको भए पनि त्यस ठाउँमा काम गर्न शुरु गर्दागर्दै पहिरो खस्न थालेको हो । यसअघि पनि त्यही पहिरो खसेर सडक अवरुद्ध भएको थियो । सो सडक ...
देवरको कुटपिटबाट भाउजुको मृत्यु
समाचार

देवरको कुटपिटबाट भाउजुको मृत्यु

नेपाल अखबार, जनकपुरधाम । महोत्तरीमा देवरको कुटपिटबाट भाउजुको मृत्यु भएको छ । देवर शेखनारायण महतोले कुटपिट गर्दा  बर्दिबास नगरपालिका-१४ निवासी लुखियादेवी महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टका अनुसार ४९ वर्षीय शेखनारायणले ५५ वर्षीया भाउजु लुखियादेवीलाई कुटपिट गर्दा उनको ज्यान गएको हो । विष्टले भने,  ‘घटनाको प्रारम्भिक अनुसन्धान अनुसार सोमबार राति घरायसी विवादका क्रममा देवरले भाउजुमाथि कुटपिट गरि घाइते बनाएकाे देखिन्छ ।’ देवरको कुटपिटबाट घाइते भएका लुखियादेवीलाई शुभ स्वास्तिक अस्पताल बर्दिबासमा प्राथमिक उपचार गराई थप उपचारका लागि धनुषा अस्पताल जनकपुरधाम लगिएको भएपनि उनको उपचारको क्रममा मृत्यु भएको विष्टले बताए । कुटपिट गर्ने देवरलाई इलाका प्रहरी कार्यालय बर्दिबासले नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
२४ घण्टामा नेपालमा थप १५० जनामा कोरोना संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

२४ घण्टामा नेपालमा थप १५० जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, काडमाडाैं। पछिल्लो २४ घण्टामा नेपालमा थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका परीक्षण केन्द्रमा गरिएको परीक्षणमा थप १५० जनाको पीसीआर रिपोर्ट पोजिटिभ देखिएको बताए। योसँगै नेपालमा काेराेना संक्रमितको संख्या  १७ हजार ९९४  पुगेकाे छ भने सक्रिय संक्रमितको संख्या ५ हजार ४७७ रहेको छ। पछिल्लो २४ घण्टामा २७ परीक्षण केन्द्रमा ३ हजार ९६३ जनाको पीरीआर परीक्षण गरिएको थियो। नेपालमा पछिल्लो २४ घण्टामा थप ६०९ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन्। योसँगै नेपालमा उपचारपछि कोरोनालाई जितेर घर फर्कनेको संख्या १२ हजार ४७७ पुगेको छ। प्रवक्ता गौतमका अनुसार नेपालमा कोरोनाका कारण अहिलेसम्म ४० जनाको ज्यान गइसकेको छ।...
ढल निकास नहुँदा जलमग्न भए काठमाडौंका सडक
समाचार

ढल निकास नहुँदा जलमग्न भए काठमाडौंका सडक

नेपाल अखबार, काठमाडौँ । नियमित वर्षाका कारण काठमाडौँ उपत्यकाका धेरै स्थानमा सडक जलमग्न हुँदा सवारी चालक र यात्रुलाई आवतजावत गर्न गाह्रो भएको छ । उपत्यकाका मुख्य र सहायक सडकमा कतिपय घर र पसलभित्रै पानी पस्न थालेको छ । उपत्यकाका सुन्धारा, बालुवाटार, तीनकुने, कुमारीपाटी, तीनकुनेलगायत स्थानमा सवारी साधन नै डुबिरहेको देख्न सकिन्छ । वाग्मतीलगायत नदीको बहाव बढ्दा करिडोरमा पानी जमेको छ । उपत्यकामा रहेको ढल साँघुरो र नियमित मर्मतका अभावमा यस्तो समस्या देखिरहेको छ । भौतिक संरचनाको निर्माणको जिम्मेवार कुन निकायको हो भनी स्पष्ट भए पनि ढल निर्माणको काम धेरै निकायले गरिरहेकाले समन्वयका कारण वर्षेनी यो समस्या दोहोरिरहेको हो । ढल प्रणाली पुरानो भएको तथा  पुरानो र नकुहिने वस्तु पस्दा पानी ढलमा नगएर सडकमै जम्मा भएको खानेपानी तथा सरसफाइ मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए । ढल जाम हुनेलगायत समस्या आ...
राहत र उद्धारमा जुट्ने प्रस्ताव पास गर्दै नेकपा बैठक स्थगित
राजनीति, समाचार

राहत र उद्धारमा जुट्ने प्रस्ताव पास गर्दै नेकपा बैठक स्थगित

नेपाल अखबार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बाढी, पहिरोमा परेकाहरुको उद्धार, राहत र पुनर्स्थापनामा परिचालित हुन नेता कार्यकर्तालाई निर्देशन दिएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा स्थायी कमिटी बैठकले प्रकृतिक विपत्तिमा परेकाहरुको उद्धार प्रभावकारी बनाउन, घाइतेहरुको निःशुल्क उपचार, घरबारविहीन भएकाहरुलाई अस्थायी अवास र अभिभावक गुमाएका बालकालिकालाई संरक्षण गर्न सरकारको विशेष ध्यानाकर्षण गराएको छ । नेकपा बैठकले ध्वस्त भएका सडक पुल जस्ता संरचना पुनर्निर्माणमा पनि जोड दिएको छ । बैठक साउन १३ गतेसम्मका लागि स्थगित भएको छ । बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित थिए । स्थायी कमिटी बैठक अघि ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो ।...
लमजुङमा पहिरोका कारण गाउँ नै विस्थापित
समाचार

लमजुङमा पहिरोका कारण गाउँ नै विस्थापित

नेपाल अखबार, लमजुङ । अविरल वर्षाले गाउँमाथिबाट आएको पहिराबाट पल्लोटारी गाउँ नै घेरिन थालेपछि गाउँ नै विस्थापित भएको छ । आइतबारदेखि निरन्तर परेको वर्षाले आज बिहान पहिरो जाँदा जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–३ पल्लोटारीका करीब ७४ घर नै विस्थापित भएको वडाध्यक्ष प्रेम बस्नेतले बताए । गाउँमाथि करिब ५०० मिटर लम्बाइ र ४० मिटर चौडाइमा आएको पहिराले गाउँका घर चारैतिरबाट घेरेको र चार घरमा क्षति पुगेको उनको भनाइ छ । “सो पहिरो सीधै आएको भए  गाउँ नै सखाप बनाउने थियो तर मडारिँदै आएकाले मानिस भाग्न सफल भएकाले मानवीय क्षति भने हुन पाएन”,  वडाध्यक्ष बस्नेतले भने, “भिरालो जमीनमा बनेको बस्ती, माथिबाट आएको पहिरोले गाउँलाई चारैतिरबाट घेरेकाले घरको पिँढी तथा आँगन भत्किएका  छन् ।” त्यस्तै गोठ पुरिँदा नौ पशुचौपाया मरेका छन् । एउटा राँगा, पाँच बाख्रा, एकएक ब्याउने गाई, पाडा र  गोरु पहिराले पुरिँदा मरेको ...
गण्डकीमा थपिए १६ जना कोरोना संक्रमित
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकीमा थपिए १६ जना कोरोना संक्रमित

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशमा मं‌गलबार फेरि १६ जना कोरोना भाइरस (कोभिड-१९)का नयाँ संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा भएको परीक्षणबाट मंगलबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार थपिएका १६ जाना मध्ये ७ जना स्याङजाको पुतलीबजारका ७ जना रहेका छन् । तीमध्ये ३ जना नयाँ पुष्टि भएका हुने भने ४ जना यसअघि गणना हुन छुटेका गल्याङ र वालिङका हुन् । यस्तै, लमजुङका राईनाश का ३ पुरुष, बेशीसहर, सुन्दरबजार र मध्यनेपालका ३ गरी ६ जना पुरुष रहेका छन् । अन्य ३ जना बागलुङको बागलुङ नगरपालिका र जैमिनीका रहेका छन् । मंगलबार बिहानै मात्रै गण्डकीमा  ९ जनामा काेराेना संक्रमण पुष्टिभएको थियो । यससँगै गण्डकीमा मंगलबार मात्रै २५ मा संक्रमण पुष्टि भएको छ भने जम्मा संक्रमित संख्या १३४५ पुगेको छ ।...