Tuesday, September 15

समाचार

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुग्यो
समाचार, स्वास्थ्य

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुग्यो

नेपाल अखबार, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार एक महिलाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७ पुगेको हो । असार ११ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै अचेत अवस्थामा भेटिएकी महिलालाई उपचारका लागि अस्पताल भर्ना गरेपनि अस्पतालले मृत्यु भएको घोषणा गरेको थियो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ती महिलाको नाम ठेगाना नखुलेको शुक्रबारको प्रेस ब्रिफिङमा जानकारी दिए । अन्दाजी २५, ३० वर्षिया महिलाको ११ गते नै स्वाव संकलन गरिएको थियो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको कोरोना परीक्षणमा नतिजा पोजेटिभ आएको उनले बताए ।...
कोरोना अपडेट : काठमाडौंका ३ सहित ५९३ जनामा संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

कोरोना अपडेट : काठमाडौंका ३ सहित ५९३ जनामा संक्रमण पुष्टि

नेपाल अखबार, काठमाडाैं। मोरङ, झापा, सुनसरी, धनुषा, महोत्तरी, सिरहा, अझाम, बैतडी, बझाङ, बाजुरा, बारा, दार्चुला, गोरखा, कैलाली, कञ्चनपुर, कपिलबस्तु, रौतहट, सल्यान, नवलपरासी, पूर्व, काठमाडौं, सिन्धुली, कास्की, लमजुङ, बागलुङ, तनहुँ, स्यांजा, अर्घाखाँची, गुल्मी, पाल्पा, रुपन्देही, दाङ, प्युठानलगायतका जिल्लामा गरी ५९३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । नयाँ संक्रमितमा १०७ महिला र ४८६ जना पुरुष रहेको गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ हजार ७५५ पुगेको छ। यस्तै बितेको २४ घण्टामा ८ महिला र ४० पुरुष गरी ४८ डिस्चार्ज भएको गौतमले जानकारी दिए । योसँगै कोरोना निको हुनेको कूल संख्या २ हजार ६९८ रहेको मन्त्रालयले जनाएको छ । यसैगरी कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।  मन्त्रालयका अनुसार बु...
८६ किलो गाँजासहित वडाध्यक्ष पक्राउ
समाचार, हाइलाइट-समाचार

८६ किलो गाँजासहित वडाध्यक्ष पक्राउ

नेपाल अखबार, गलकोट । बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–६ का वडाध्यक्ष सूर्यबहादुर घर्ती ८६ किलो गाँजासहित पक्राउ परेका छन् । उनलाई घरमा लुकाईछिपाई गाँजा राखेको भन्ने सुराकीका आधारमा शुक्रबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए । इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीको नेतृत्वमा गएको प्रहरीको टोलीले वडाध्यक्ष घर्तीलाई पक्राउ गरी सो परिमाणको गाँजा बरामद गरेको हो । उनलाई थप अनुसन्धानका लागि जिल्ला सदरमुकाम ल्याउने र गाँजाको धुलोलाई ल्याब परीक्षण गर्ने तयारी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।रासस...
गोरखाको भिमसेन थापा गाउँपालिका एक साताको लागि सिल
प्रशासन, समाचार, स्वास्थ्य

गोरखाको भिमसेन थापा गाउँपालिका एक साताको लागि सिल

नेपाल अखबार, गोरखा । गोरखाको भिमसेन थापा गाउँपालिका एक साताको लागि सिल गरिएको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या गाउँपालिका पनि बढ्दै गएको र कन्ट्याक्ट ट्रेसिङमा समेत केहीलाई संक्रमण भएको देखिएपछि गाऊँपालिका सिल गर्ने निर्णय भएको भिमसेन गाउँपालिकाले गोरखाले जनाएको छ। हिजो बसेको गाउँ कार्यपालिकाको २३ औं बैठकले अर्को निर्णय नभएसम्मका लागि पालिकाका विभिन्न क्षेत्रमा पूर्ण रुपमा बन्दाबन्दी गर्ने निर्णय गरेको हो ।वडा नम्वर ५ रिट्ठेपानी, वडा नम्वर ६ झिंगटे र मोहरिया, वडा नम्वर ८ को महादेवटार क्षेत्रमा कोरोना संक्रमण फैलिएकोले ती क्षेत्रसहित पालिकाभर लकडाउन अर्थात बन्दाबन्दी गर्ने निर्णय भएको हो। गाउँपालिकाको बैठकले कोरोना संक्रमण हुन सक्ने सम्भावित स्थानहरुमा मानिसहरुको अवतजावत पूर्ण रुपमा बन्द गर्ने, पालिकाभित्रका सम्पूर्ण बैङ्क तथा वित्तिय संस्था, उद...
नेकपा बैठकमा ओली अनुपस्थित
राजनीति, समाचार

नेकपा बैठकमा ओली अनुपस्थित

नेपाल अखबार, काठमाडौं । नेकपा स्थायी कमिटी बैठक सञ्चालनको जिम्मा कार्यकारी अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेललाई दिएर प्रधानमन्त्री तथा पहिलो वरीयताका अध्यक्ष केपी शर्मा ओली बालुवाटारमै अन्य काममा व्यस्त भएका छन् । बैठकको दोस्रो दिन आजबाट नेताहरूले बैठकका एजेण्डामा केन्द्रित रहेर धारणा राख्ने क्रम सुरु भएको छ। सरकार र पार्टीमा कामको समीक्षासहित अधिकांश एजेण्डा प्रधानमन्त्री ओलीसँग सम्बन्धित छन् । तर ओली भने सदस्यहरूका धारणा सुन्ने बैठकमा अनुपस्थित भएका हुन् । बैठकको पहिलो दिन नै प्रधानमन्त्रीले आफ्ना धारणा राखेर सदस्यहरूलाई कार्यसूचीमा केन्द्रित भई कुरा राख्न भनिसकेको र उनीहरूले राखेका धारणा प्रधानमन्त्रीसम्म आइपुग्ने भएकाले अन्य काममा व्यस्त भएको ओली निकट स्रोतले जनाएको छ । बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमै बसिरहेको छ। दुई अध्यक्षबीचको सल्लाहअनुसार नै बैठकको अध्यक्षता प्रचण्डले गर्न...
जनप्रतिनिधिले पाउने सुविधाको ४० लाख कोरोना कोषमा
समाचार, हाइलाइट-समाचार

जनप्रतिनिधिले पाउने सुविधाको ४० लाख कोरोना कोषमा

नेपाल अखबार, दोलखा ।  जिल्लाको शैलुङ गाउँपालिकाका जनप्रतिनिधिले आफूहरुले पाउने सेवा सुविधाबापतको रु ४० लाख रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ । शैलुङ गाउँपालिकाका जनप्रतिनिधिले पाउने सेवा सुविधा भत्ताबापतको आठ महिनाको रु ४० लाख बराबरको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष भरत दुललले बताए । गाउँपालिका अध्यक्षदेखि वडा सदस्यसम्म ४२ जना जनप्रतिनिधिले आठ महिनाको तलब सेवा सुविधा भत्ता कोरोना रोकथाम कोषमा हाल्ने बुधबार सम्पन्न गाउँ सभाले निर्णय गरेको छ । २०७६ चैत मसान्तसम्म सबै जनप्रतिनिधिले आठ महिनाको सेवा सुविधा लिन बाँकी रेहको थियो । अदालतले जनप्रतिनिधिलाई तलब नबुझ्न आदेश गरेपछि वाग्ममी प्रदेशले तलब नभनी सेवा सुविधाको नाममा पारिश्रमिक दिने कानून पास गरेपछि जनप्रतिनिधिले सेवा सुविधा बुझ्दै आएका छन् । कोरोनाको कारण सिङ्गो देशनै समस्यामा रहेको कारण अर्थतन्त्...
इन्स्पेक्टर शाहीलाई ९ दिन थुनामा राख्न अनुमति
प्रशासन, समाचार

इन्स्पेक्टर शाहीलाई ९ दिन थुनामा राख्न अनुमति

नेपाल अखबार, काठमाडौं । ललितपुर प्रहरी परिसर, जावलाखेलबाट पक्राउ परेका नेपाल प्रहरीका निरीक्षक रुद्र शाहीलाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत, काठमाडौंले लागूऔषध कारोबार सम्बन्धी कसूरमा अनुसन्धानका लागि थुनामा राख्न अनुमति दिएको हो । लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरका एसपी प्रविण धितालका अनुसार प्राप्त समयमा शाहीको बयान र उनको संलग्नताबारे विस्तृत अनुसन्धान हुनेछ । ब्युरोले बुधबार पेप्सीकोलाबाट उदयपुरका एलिसन बस्नेत, बर्दियाका सन्तोषकुमार शाह, काठमाडौंका भुपेश शेरचन र अभियान थपलियालाई लागूऔषधसहित पक्राउ गरेको थियो । उनीहरुमाथि अनुसन्धान गर्ने क्रममा घटनामा शाहीको पनि  संलग्रता भेटिएको एसपी धितालले अनलाइनखबरलाई बताए । त्यसैले बिहीबार उनलाई पनि पक्राउ गरी हिरासतमा राखिएको थियो । अन्य आरोपितविरुद्ध भने १० दिन म्याद थप भएको छ । प्रहरीका अनुसार शाही लागूऔषध दुर्व्यसन...
प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ३१ सय बढी
प्रदेश ५, समाचार, स्वास्थ्य

प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ३१ सय बढी

नेपाल अखबार, बुटवल । प्रदेश ५ मा थप १ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले अद्यावधिक गरेको पछिल्लो तथ्यांक अनुसार प्रदेशका १० जिल्लामा बिहीबार रातिसम्म १ सय २४ नयाँ संक्रमित थपिएका हुन् । योसँगै प्रदेश नं. ५ मा कारोना संक्रमितको संख्या ३ हजार १ सय १० पुगेको छ । नयाँ संक्रमित थपिनेमा दाङमा सबैभन्दा धेरै ५४ जना, पाल्पामा २१ जना, गुल्मीमा १२ जना, रुपन्देहीमा ९ जना, प्युठानमा ७ जना, बर्दियामा ६ जना, नवलपरासी पश्चिममा ६ जना, बाँकेमा ४ जना र कपिलवस्तुमा १ जना थपिएका हुन् । यसअघि बिहीबारै पाल्पाका १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै जिल्लागत रुपमा कोरोना संक्रमितको संख्या कपिलबस्तुमा ७०८, पाल्पामा ३९३, दाङमा ३८२, बाँकेमा ३५४, रुपन्देहीमा २७५, गुल्मीमा २५९, अर्घाखाँचीमा २५४, प्युठानमा १९१, बर्दियामा १६१, नवलपरासीमा ८४, रोल्पामा ४५ र रुकुमपूर्वमा ...
हेटौंडा–कुलेखानी सडकखण्ड र कान्ति लोकपथ पहिरोले अवरुद्ध
समाचार

हेटौंडा–कुलेखानी सडकखण्ड र कान्ति लोकपथ पहिरोले अवरुद्ध

नेपाल अखबार, हेटौंडा । तराईका जिल्लालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने छोटोे दूरीका दुई राजमार्ग र कान्ति लोकथप पहिरोका कारण अबरुद्ध भएको छ । हेटौंडा–भिमफेदी–कुलेखानी मार्ग र निर्माणाधीन कान्ति लोकपथ पहिरोका कारण अवरुद्ध भएको हो । हेटौंडा–भिमफेदी–कुलेखानी सडक खण्डअन्तर्गत भिमफेदी गाउँपालिका–६ जुरिखेत नजिक लेदो माटो र चट्टानसहितको पहिरो जाँदा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भिमफेदीले जनाएको छ । सो खण्डमा वागमती प्रदेश सरकारले सडक बिस्तारको काम गरिरहेको छ । १६ किलोमिटर लामो सडकमा दुर्घटनाको उच्च जोखिम भएपछि सरकारले चौडा पार्ने काम गरिरहेको हो । लगातारको वर्षाका कारण बिस्तारको क्रममा रहेको बाटोको माथिबाट लेदो माटोसहित पहिरो खस्दा दुईतर्फी बाटो अवरोध भएको छ । अहिले पहिरो पन्छयाउने काम भइरहेको प्रहरीले जनाएको छ । पहिरोका कारण बाटो अवरुद्ध हुँदा सवारी साधनहरु बिच बाटोमै रोकिएका छन् । नि...
चितवनमा गरिएको परीक्षणमा ३४ जनामा कोरोना पुष्टि
समाचार, स्वास्थ्य

चितवनमा गरिएको परीक्षणमा ३४ जनामा कोरोना पुष्टि

नेपाल अखबार, चितवन । चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नवलपुरका २१, चितवनमा १२ र कैलालीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नवलपुरको कावासोती नगरपालिकामा दुई महिलासहित १४ जना र गैंडाकोट नगरपालिकामा ७ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत एक जना पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । उनी कैलालीको गोदावरी–७ का ५० वर्षीय पुरुष रहेको भरतपुर अस्पतालले जनाएको छ । उनी क्यान्सर अस्पतालबाट रिफर भएर आएका थिए । यसैगरी चितवनको माडी नगरपालिकामा १७ देखि ६३ वर्ष उमेर समूहका ९ जना पुरुषमा पनि कोरोना संक्रमण देखिएको भरतपुर अस्पतालले जानकारी दिएको छ । चितवनकै भरतपुर महानगरपालिका १६ का २१ वर्षीय पुरुष र भरतपुर महानगरपालिका–१५ की ३७ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । चितवनकै रत्ननगर नगरपालिका...