Friday, November 20

समाचार

विप्लवका कार्यकर्ता पक्राउ
समाचार

विप्लवका कार्यकर्ता पक्राउ

नेपाल अखबार, रौतहट । नेत्रविक्रम चन्द (विप्लव) समूहका एक जना कार्यकर्तालाई यहाँस्थित प्रहरीले पक्राउ गरेको छ । विषेश सूचनाका आधारमा चन्द्रपुर नपा–८ बेतौना घर भएका ३५ वर्षीय विप्लव कार्यकर्ता वीरेन्द्र पासवानलाई गएराति १०ः३० बजे उनको घरैबाट प्रहरीले पक्राउ गरेको हो । विभिन्न आपराधिक कार्यमा संलग्न रही फरार रहेका पासवानलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिगएको टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक हेमबहादुुर शाहीले जानकारी दिए । रासस...
पहिरो जाँदैछ भनेर कसरी थाहा पाउने? (भिडियो सन्देश)
प्रशासन, समाचार

पहिरो जाँदैछ भनेर कसरी थाहा पाउने? (भिडियो सन्देश)

नेपाल अखबार, काठमाडाैं। पहिरो जानुअघि सधैं संकेत नदेखिए पनि कहिलेकाहीं पूर्वसंकेत देखापर्ने विज्ञले बताएका छन्। विज्ञका अनुसार आफ्नो घरआँगत, बस्ती वरिपरि चिरा परेको देखिए, जमिनमा अस्वाभिवक कटकट गर्ने आवाज आए, बिजुलीका पोल/रुख ढल्ने, पानीको मूल अचानक सुक्ने वा नयाँ मूल देखापर्ने आदि पहिरो जाने लक्षण हुन्। विस्तृत जानकारी यस भिडियोमाः...
सुनसरीमा तस्कर समूह र प्रहरीबीच गोली हानाहान
समाचार, हाइलाइट-समाचार

सुनसरीमा तस्कर समूह र प्रहरीबीच गोली हानाहान

नेपाल अखबार, सुनसरी। सुनसरीको भारतीय सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिका–३ स्थित पानी ट्याङ्की नजिक गए राति नेपाल प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान भएको छ। प्रहरीको गोली लागेर दुई जना तस्कर घाइते भएका छन्। उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ भने अन्य तीन जना फरार भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। घाइते हुनेमा देवानगन्ज-२ का राजेश यादव र ३ का पिन्टु यादव रहेका सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए। घाइते दुवै जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहको छ। भारतीय क्षेत्रबाट बिआर ३८ भि ३५२८ नम्बरको मोटरसाइकल र वनटेष्ट होण्डा साइन १२५ सिसिको मोटरसाइकलमा भारतबाट आएका तस्करलाई गोप्य सूचनाको अधारमा जेकजाँच गर्ने क्रममा गोली हानाहान भएको एससी थापाले जानकारी दिए। हतियार लिएर आइरहेकाबाट प्रहरीले हतियार खोस्न थालेपछि प्रहरीमाथि गोली प्रहार...
पहिरोले तानसेन-बुटबल सडक अवरुद्ध
समाचार

पहिरोले तानसेन-बुटबल सडक अवरुद्ध

नेपाल अखबार,पाल्पा । सिद्धार्थ राजमार्गमा पहिरो खस्दा शुक्रबार बिहानैदेखि तानसेन-बुटवल सडकखण्ड अवरुद्ध भएको छ। पाल्पाको तानसेन-८, गौडेपुलमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले जानकारी दिए। वर्षा भइरहेकाले अहिले पनि पहिरो हटाउन समस्या भइरहेको प्रहरीले जनाएको छ। वर्षा भइरहेको र पहिरो खसिरहेकोले पहिरो पन्छाउन समस्या भएको हो।रासस...
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमितको मृत्यु
समाचार, स्वास्थ्य

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमितको मृत्यु

नेपाल अखबार,  काठमाडाैं। नेपालमा कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। कोरोना संक्रमणपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सप्तरी राजविराज नगरपालिका–१ घर भएका ७२ वर्षीय वृद्धको मृत्यु भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई असार ३० अस्पतालमा भर्ना गरिएको थियो। मधुमेह, उच्च रक्तचाप र मुटु रोगबाट पीडित ती वृद्धाको बुधबार अस्पतालमै स्वाब संकलन गरिएको थियो। बिहीबार बिहान आएको रिर्पामा उनमा कोरोना पोजिटिभ देखिएको थियो। उनको बिहीबार राति उपचारकै क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४० पुगेको छ।...
गाडी किन्ने बजेटबाट मेयरले खोले प्राविधिक कलेज
शिक्षा, समाचार

गाडी किन्ने बजेटबाट मेयरले खोले प्राविधिक कलेज

नेपाल अखबार, झापा। मुलुकभर स्थानीय तहले गाडी खरिदमा ठूलो धनराशि खर्चेको विषयमा आलोचना भइरहेका बेला झापाको कनकाई नगरपालिकाले सवारीसाधन खरिदका लागि छुट्याएको बजेट प्राविधिक शिक्षामा सदुपयोग गरेको छ । गत आर्थिक वर्ष २०७६/७७ मा कनकाई नगरसभाले नगरपालिकाको प्रमुख चढ्नका लागि रु ६० लाख बजेट विनियोजन गरेको थियो तर नगरप्रमुख राजेन्द्र पोखरेलले लाखौँ खर्चेर आफ्ना लागि सवारीसाधन खरिद गर्ने प्रस्ताव अस्वीकार गरे । “बजेटमा रकम छुट्याइएको थियो, प्रमुखले सवारीसाधन किन्न मान्नुभएन”, कनकाईकी उपप्रमुख मञ्जु प्रसाईले भने, “त्यसपछि गाडी किन्ने बजेट प्राविधिक शिक्षालय स्थापनामा खर्च गरियो ।” नगरलाई शैक्षिक हब बनाउने र रोजगारीमूलक शिक्षा प्रदान गर्ने योजनाअनुरुप नगरप्रमुख पोखरेलले नै इञ्जिनीयरिङ विषयको पढाइ हुने कलेज खोल्ने प्रस्ताव अघि बढाए । अहिले त्यही सवारीसाधन खरिद किन्ने भनिएको बजेटबाटै शुरु भएको कनकाई पो...
बन्दाबन्दीमा बलात्कारका घटनामा वृद्धि
समाचार, समाज

बन्दाबन्दीमा बलात्कारका घटनामा वृद्धि

नेपाल अखबार,दाङ । बन्दाबन्दी समयमा दाङमा बलात्कारका घटनामा वृद्धि भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दाङले  बिहीबार प्रतिवेदन सार्वजनिक गर्दै तीन महिना २० दिनका अवधिमा  बलात्कारका ३२ घटना भएको जनाएको छ । इन्सेक जिल्ला प्रतिनिधि जेएन सागरका अनुसार बलात्कारका घटनाबाट जिल्लामा  ४० महिला पीडित भएका छन् । सन् २०१९ को पहिलो ६ महिनामा  बलात्कार तथा बलात्कार प्रयासका ४२ घटना भएका थिए । रासस...
घुससहित समातिए इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत
प्रशासन, समाचार

घुससहित समातिए इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत

नेपाल अखबार, विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकास पोखरेललाई घुससहित रंगेहात पक्राउ गरेको छ । बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीले उपमहानगरका लेखा अधिकृत पोखरेललाई ६५ हजार घुससहित रंगेहात पक्राउ गरेको हो । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार विद्यालयको परीक्षा योजनाको खर्च हिसाब मिलान गर्न उनले सेवाग्राहीसँग ६५ हजार घुस मागेका थिए । उक्त रकम लिन बिहीबार साँझ उनी इटहरीको वीपी चोकमा रहेको समिप होटलमा पुगेका थिए । होटल अगाडी मोटरसाइकलको स्टार्ट बन्द नगरीभित्र पसेका पोखरेललाई घुस लिएर निस्कन खोज्दा अख्तियारको टोलीले पक्राउ गरेको हो ।...
कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पहिरो जाँदा ३ जनाको मृत्यु
समाचार, समाज

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पहिरो जाँदा ३ जनाको मृत्यु

नेपाल अखबार, पोखरा । कास्कीमा पहिरो जाँदा तीन जनाको ज्यान गएको छ । जिल्लाको माछापुछ्रे गाउँपालिका वडा नम्बर ८ खोराकोमुखमा गए राती पहिरो जाँदा ३ जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालका अनुसार प्रेमराज विकको घरमा पहिरो खस्दा ३ जनाको ज्यान गएको हो । उनका अनुसार पहिरोले प्रेमराजको माइलो छोराको छोरा १६ वर्षीय नाती कुशल विक, १६ वर्षकी नातिनी रोजिना विक र १४ वर्षीय नाती समिर विककको ज्यान गएको छ । अर्को कोठामा सुतेका प्रेमराजको दम्पती भने सकुशल नै छन् । पहिरोमा पुरिएका तीनै जनाको शव निकालिएको उनले जानकारी दिए ।...
नवीकरण सहज नहुँदासम्म पुरानै प्रेस पासलाई मान्यता दिन महासंघको आग्रह
समाचार

नवीकरण सहज नहुँदासम्म पुरानै प्रेस पासलाई मान्यता दिन महासंघको आग्रह

नेपाल अखबार, काठमाडाैं। नेपाल पत्रकार महासंघले पत्रकारहरुलाई जारी गरिएको प्रेस पास नवीकरणमा समस्या भएको भन्दै नवीकरण सहज नहुँदासम्म पुरानै प्रेस पासलाई मान्यता दिन माग गरेको छ। पत्रकारलाई जारी गरिएको प्रेस पासको अवधि असार मसान्तबाट सकिएको र नवीकरण गर्न सहज नहुँदा राज्यको प्रमुख कार्यालय रहेको सिंहदरबार प्रवेशमा पत्रकारहरुलाई रोक लगाइनुको साथै आवत–जावतमा समेत समस्या परेको महासंघले बिहीबार विज्ञप्तिमार्फत जनाएको छ। ‘कोभिड–१९ संक्रमणको जोखिम मोलेर पेशागत कर्म निर्वाहमा जुटेका पत्रकारहरुको प्रेस पास नवीकरण समयमै नहुँदा अनेक समस्या झेल्नु परेको अवस्थालाई मध्यनजर गर्दै प्रेस पासको नवीकरण सहज नहुँदासम्म पुरानै प्रेस पासबाट सहजरुपमा समाचार संकलन, आवत–जावत तथा सिंहदरबार प्रवेशको व्यवस्था मिलाउन सूचना तथा प्रसारण विभाग र सम्बन्धित निकायसँग नेपाल पत्रकार महासंघ आग्रह गर्दछ’ विज्ञप्तिमा भनिएकाे छ। साथ...