Friday, November 20

समाचार

आइतबार ९८४ जना नेपाल आए, १०३ जना विदेशिए
समाचार

आइतबार ९८४ जना नेपाल आए, १०३ जना विदेशिए

नेपाल अखबार, काठमाडौं । आइतबार उद्दार उडानका लागि गरिएका विभिन्न चार्टर्ड उडानबाट करीव १ हजार नेपाली घर फर्किएका छन् । त्रिभुवन विमानस्थलको तथ्यांक अनुसार आइतबार ९८४ जना नेपालीलाई विभिन्न वायुसेवा कम्पनीले काठमाडौं ल्याएका छन् । नेपालबाट भने १ सय ३ जना विदेश उडेका छन् । आइतबार बहराइनबाट नेपाल एयरलाइन्सले १ सय ४४ जना नेपालीलाई काठमाडौं ल्याएको छ । हिमालय एयरलाइन्सले दमामबाट १ सय ५४ जना नेपालीलाई घर ल्याएको छ । हिमालय एयरलाइन्सले नै फिलिपिन्सको मनिलाबाट १ सय ८ जनालाई काठमाडौं ल्याएको छ । हिमालय एयरलाइन्सले नै क्वालालाम्पुरबाट १ सय ५६ जनालाई नेपाल अवतरण गराएको तथ्यांक छ । फ्लाइ दुबईले १ सय ६० जनालाई काठमाडौं फर्काएको छ । नेपाल एयरलाइन्सले जापानको नारिताबाट २ बच्चासहित २ सय ६२ जनालाई काठमाडौं ल्याएको छ । आइतबार दमाम र क्वालालाम्पुरबाट २/२ वटा शव नेपाल ल्याइएको छ । आइतबार आन्तरिकतर्फ मनाङ एयरले...
निर्वाचन आयोगले दियो जसपालाई प्रमाण पत्र
राजनीति, समाचार

निर्वाचन आयोगले दियो जसपालाई प्रमाण पत्र

नेपाल अखबार, काठमाडौं । निर्वाचन आयोगले समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भई बनेको जनता समाजवादी पार्टी (जसपा) नेपाललाई दल दर्ता प्रमाण पत्र दिएको छ । जसपाले दल दर्ताका लागि गत वैशाख ११ गते आयोगमा निवेदन दिएको थियो । जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो दललाई निर्वाचन आयोगले आधिकारिक प्रमाणपत्र प्रदान गरेको जानकारी दिएका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘हामी निर्वाचन आयोगलाई धन्यवादका साथ आभार व्यक्त गर्दछौं । यस अवसरमा अग्रगामी परिर्वतनका पक्षधर, संघीयता, राष्ट्रिय पहिचान, सुशासन, लोकतन्त्र, समृद्धि, सामाजिक न्याय र समाजावदप्रति समर्पित सम्पूर्ण राजनीतिक शक्ति र व्यक्तिहरुलाई जसपामा आवद्ध हुन आव्हान गर्दछौं ।’...
थप ८२ जनामा कोरोना संक्रमण, उपत्यकामा ६ जना
समाचार, स्वास्थ्य

थप ८२ जनामा कोरोना संक्रमण, उपत्यकामा ६ जना

नेपाल अखबार, काठमाडौं । आइतबार नेपालमा ८२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । ३ हजार ९ सय १६ वटा पीसीआर परीक्षणमा ८२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले  जनाएको छ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ । काठमाडौंमा ५ र ललितपुरमा एक जनामा संक्रमण देखिएको छ । हाल उपचाररत कोरोना संक्रमितको संख्या ८ हजार १७४ रहेको  छ । आइतबार १४७ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना भाइरस संक्रमण निको भएर ८  हजार ५ सय ८९ जना घर फर्किएका छन् ।...
थपिए १५ कोरोना संक्रमित गण्डकी प्रदेशमा
प्रदेश ४, समाचार, स्वास्थ्य

थपिए १५ कोरोना संक्रमित गण्डकी प्रदेशमा

नेपाल अखबार,  पोखरा । गण्डकी प्रदेशमा १५ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् । पोखरास्थित क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणबाट आइतबार  १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार तनहुँमा ६ जना, पर्वत, बागलुङ र लमजुङमा दुई/दुईजना, नवलपुर (बर्दघाट सुस्तापूर्व), स्याङ्जा र गोरखाका एक/एकजनामा संक्रमण पुष्टि भएको हो ।आइतबार थपिएका १५ जनासहित गण्डकीमा कोरोना संक्रमितको संख्या ११९२ जना पुगेको छ । जसमध्ये ७३६ जना भने डिस्चार्ज भइसकेका छन् ।...
क्वारेन्टिनमा बस्दाबस्दै विक्षिप्त बनेका वृद्धले गरे आत्महत्या
समाचार

क्वारेन्टिनमा बस्दाबस्दै विक्षिप्त बनेका वृद्धले गरे आत्महत्या

नेपाल अखबार, वीरगञ्ज । बाराको परवानीपुर गाउँपालिकामा एक वृद्धले क्वारेन्टिनबाट निस्केको एक सातापछि आत्महत्या गरेका छन् । परवानीपुर गाउँपालिका–५ बहुअरी बस्ने ७० वर्षीय महादेव ठाकुरले धोतीको पासो लगाएर आत्महत्या गरेका हुन् । राति खाना खाएर सुतेका महादेव ठाकुर बिहान अचानक मृत फेला परेको उनका छोरा जितेन्द्रले बताए । उनी क्वारेन्टिनमा बस्दा मानसिक रुपमा विक्षिप्त भएको र घर आएपछि आत्महत्या गरेको स्थानीयको अनुमान छ । स्थानीयका अनुसार उनले साथीभाइ र आफन्तलाई भेट्दा ‘मलाई कोरोना भइसकेको छ, प्रहरीको गाडी आएर लैजान्छ’ भन्ने गर्दथे । वडा अध्यक्षलाई समेत उनले आफूलाई कोरोना संक्रमण भइसकेको बताएका थिए । तर, आफूले पीसीआर रिपोर्ट नेगेटिभ आएकाले नआत्तिन भनेर सम्झाएको वडा अध्यक्ष साह बताउँछन् । ‘हिजो बिहान मसँग उहाँको भेट भएको थियो, मलाई कोरोना भइसकेको छ, प्रहरी आएर लैजान्छ भन्दै हुनुहुन्थ्यो,’ वडाअध्यक्ष रा...
आज कहाँ-कहाँ छ बाढीको खतरा?
समाचार

आज कहाँ-कहाँ छ बाढीको खतरा?

नेपाल अखबार, काठमाडाैं। आज (आइतबार) कोसी, कमला, बागमती र नारायणी नदीमा बाढीको सतह सतर्कता आसपास पुग्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई होसियारी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। यस्तै आज कन्काई नदीमा बाढी खतरा तहसम्म पुग्ने सम्भावना छ भने प्रदेश १, २ र ५ का चुरे/तराईबाट वहने साना नदीमा आकस्मिक रूपमा बाढी उच्च सम्भावना रहेकाले डुबान भइरहने होचा स्थानमा सतर्कता अपनाउन बाढी महाशाखाले सचेत गराएको छ। हेरौं, विस्तृत सूचनाः  ...
जाजरकोटमा ९ शव भेटिए, ५सय भन्दा बढी परिवार विस्थापित
समाचार, समाज

जाजरकोटमा ९ शव भेटिए, ५सय भन्दा बढी परिवार विस्थापित

नेपाल अखबार,जाजरकोट । पहिरोले गाउँ बगाउन थालेपछि जाजरकोटको बारेकोटमा पाँच सय भन्दा बढी परिवार विस्थापित भएका छन्। बाढीपहिराेमा बेपत्ता नाै जनाकाे शव फेला परेकाे छ। घर नजिकैबाट पहिरो जान थालेपछि बारेकोट–४ जिरीका ३२ घर, गोठगाउँका आठ घर, मैनागाउँका ५० भन्दा बढी परिवार विस्थापित भएको प्रहरीले जनाएको छ। विस्थापित परिवारलाई हिमालय आधारभूत विद्यालय गोठगाउँ र भगवती आधारभूत विद्यालय जिरीमा राखिएको छ। मैनाका सर्वसाधारण गाउँबाट माथि रहेको रतनकोटडाँडामा आएर बसेको स्थानीय पत्रकार तीर्थराज बोहोराले जानकारी दिए। वडा नम्बर १ को धौलाकोटमा ३२ घरधुरी विस्थापित भएका छन्। त्यस्तै वडा नम्बर ५ को पाखा, तोलखाना र कालाखोलीका १५० भन्दा बढी घरधुरी विस्थापित भएर विद्यालयमा आश्रय लिएका छन्। विस्थापितलाई दुई विद्यालयमा राखिएको बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले जानकारी दिए। सिंहका अनुसार पाँच स...
पहिरोले संखुवासभामा गावैँ बगायो, ११ जना बेपत्ता
समाचार, समाज

पहिरोले संखुवासभामा गावैँ बगायो, ११ जना बेपत्ता

नेपाल अखबार, संखुवासभा। संखुवासभाको सिलिचोङ गाउँपालिका १ मा पहिरोमा परेर ११ जना बेपत्ता भएका छन्। सिलिचोङ १ सिसुवाखोलामा गए राति पहिरोले आठ घर बगाउँदा ११ जना बेपत्ता भएका संखुवासभाका प्रहरी प्रमुख डिएसपी नवराज मल्लले जानकारी दिए। ‘रातिको घटना हो, हामीलाई आइतबार बिहान ६ बजे खबर अयो,’ डिएसपी मल्लले भने, ‘अहिले घटनास्थल तर्फ प्रहरी टोली जाँदै छ।’ राति सुतिरहेको बेला आएको पहिरोले घर बगाउँदा स्थानीय जुद्धबहादुर माने र उनकी आमा, सन्दीप कुलुङ र उनका बुवा-आमा, जुद्धबहादुर गैरी, राममान कुलुङ र उनकी आमासहित ६ घरका ११ जना बेपत्ता भएका मल्लले जानकारी दिए। बाँकी दुइ घरका मानिस भने भागेर जागिएका छन्। घटनास्थलमा अझै प्रहरी पुगेको छैन। ‘घटनास्थलमा प्रहरी टोली पुग्न नसकेकाले विस्तृत विवरण आउन बाँकी छ,’ डिएसपी मल्लले भने, ‘अहिले पनि भारी बर्षा भइरहेकाले उद्धारमा कठिनाई भएको छ।’ मल्लका अनुसार नजिकै रहेको प्र...
पहिरो पीडित भन्छन्, ‘तान्दातान्दै श्रीमती र छोरीलाई  पुर्‍यो’
समाचार, समाज

पहिरो पीडित भन्छन्, ‘तान्दातान्दै श्रीमती र छोरीलाई पुर्‍यो’

नेपाल अखबार, म्याग्दी । धवलागिरि गाउँपालिका–६ रिखकी ३३ वर्षीया हीरा जुग्जालीको शुक्रबार बिहानै कोदो रोप्न बारीमा जाने योजना उज्यालो हुन नपाउँदै खसेको पहिरोले पूरा हुन दिएन । “बिहानै मेलामा जाने योजना थियो । जेठी छोरी र छोरा मसँग थिए”, हीराका श्रीमान् धनबहादुरले भने, “अर्को कोठामा सुतेका दुई छोरी र श्रीमतीलाई तान्दातान्दै पहिरोले बगायो ।” पहिरोमा भाग्ने क्रममा घाइते भएर बेनी अस्पतालमा उपचार गराइरहेका धनबहादुर श्रीमती, छोरी कञ्चन र करिश्मालाई गुमाउनुको पीडाले भक्कानिए । जुग्जालीका छोरा अर्जन र अर्की छोरी रितु पहिरो आएको थाहा पाएपछि भागेका थिए । करिब ३६ घण्टासम्म शरीरमा लागेको चोटको पीडा सहेर बसेका धनबहादुरले शनिबार साँझ अस्पताल आएपछि दुःखाई कम भएको सुनाए । “खेतबारी, गोठ र घर सबै पहिरोले बगायो”, उनले भने, “न बस्ने घर छ । न जीवनमा साथ दिने श्रीमती र साना छोरीहरु रहे ।” पहिरोमा घाइते भएका १२ जन...
आजकाे मौसम अवस्था
समाचार

आजकाे मौसम अवस्था

नेपाल अखबार, काठमाडौं  । जल तथा मौसम विज्ञान विभागले हाल मनसुनी न्यून चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेको जनाएको छ । विभागले देशभर सामान्य बदली रही प्रदेश १, २ तथा बागमति प्रदेशका धेरै स्थान र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्सहित वर्षाको भईरहेको छ। प्रदेश १ र २ का थोरै स्थानहरूमा भारी वर्षा पनि भईरहेको जनाएको छ । विभागले जारी गरेको आइतबारको मौसम पूर्वानुमानमा दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरैजसो स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिइएको छ । यसैगरी, प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा र  गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदुरपश्चिम प्रदेशको एकरदुई स्थानहरुमा भारी वर्षाको हुनसक्ने मौसम पूर्वानुमानमा उल्लेख छ । यस्तै, राति देशभर सामान्य देखि पूर्ण बदली रही  धेरैजसो स्थानहरुमा मेघगर्जन, चट्याङ्गसह...