Friday, November 20

समाचार

गंगालाल अस्पतालमा उपचाररत ७ जनामा कोरोना संक्रमण
समाचार, स्वास्थ्य

गंगालाल अस्पतालमा उपचाररत ७ जनामा कोरोना संक्रमण

नेपाल अखबार, काठमाडाैं। बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । लक्षणविहीन ७ जना कोरोना संक्रमित भएको इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बासुदेव पाण्डेले बताए । संक्रमित ७ जनाको विस्तृत जानकारी आउन बाँकी रहेको उनले बताए । उपचाररत बिरामीमा कोरोना भाइरस संक्रमण पुष्टिभएसँगै अस्पतालको आकस्मिक बाहेक सबै सेवा अर्को सूचना नआउन्जेल बन्द गरिएको अस्पतालले जनाएको छ । सरकारले कोरोना भाइरस संक्रमणको लक्षण नदेखिएका र अपरेसन गर्नुभन्दा अगाडि कोरोना परीक्षण गर्न पर्दैन भनेर अस्पताललाई आदेश दिएपनि गंगालाल राष्ट्रिय हृदय केन्द्रले बीस जना बिरामीको कोरोना परीक्षण गर्न पठाएको अस्पतालले जनाएको छ । बीस जना मध्ये सात जना लक्षण बिहीनको कोरोना संक्रमित भएको पुष्टि भएको अस्पतालले जनाएको छ । यसभन्दा अघि थापाथलीस्थित प्रसूति गृह, ...
पहिरामा फसेकी महिलाको  उद्धार
समाचार

पहिरामा फसेकी महिलाको उद्धार

नेपाल अखबार, गुल्मी । गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर १ हस्तिचौरमा पहिरामा फसेकी महिलाको १८ घण्टापछि आज जीवितै उद्धार गरिएको छ । मुसिकोट नगरपालिका २ की तारा कुमालको पहिराबाट उद्धार गरिएको हो । उनलाई आज  हस्तिचौरको मल्दी च्युटारीबाट उद्धार गरिएको स्थानीयवासी श्रीराम महतले बताए ।  खेतबारीको मकै लिन जानुभएका उनी फर्कने बेला  रातिदेखि ठूलो पानी परी बगेको लेदोले च्यापेको थियो । दर्लामचौरबाट पहिरो हेर्न आएका व्यक्तिले फसेको देखेपछि मिलेर कुमालको उद्धार गरेका हुन् । अहिले हस्तिचौर र मुसिकोटका अधिकांश सडक अवरुद्ध छन् । एम्बुलेन्सको व्यवस्था गरेर जान सक्ने स्थानसम्म गएर बिरामी ल्याउन प्रहरीलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । रासस...
सडकको विषयमा पर्साको पोखरियामा झडप, ३ जना घाइते
प्रदेश २, समाचार

सडकको विषयमा पर्साको पोखरियामा झडप, ३ जना घाइते

नेपाल अखबार, वीरगञ्ज । सडकको विषयमा भएको विवादपछि झडप हुँदा पर्साको पोखरियामा ३ जना घाइते भएका छन् । पोखरिया नगरपालिका-७ रानीगञ्जमा मंगलबार बिहान भएको झडपमा उपभोक्ता समितिका अध्यक्ष रामायण राम, भन्टु राम र स्थानीय सञ्जुकुमारी राम  घाइते भएका हुन् । सडक कतै ८ फिट र कतै १० फिट फराकिलो बनाइएको भन्दै स्थानीय सन्दीप राम र लालदेव रामले  विरोध गर्दै आएका थिए । मंगलबार विहान सञ्जुकुमारी रामको परिवारले घर अगाडिको माटो हटाउन लाग्दा उपभोक्ता समितिका अध्यक्षले रोकेपछि दुई पक्षबीच झडप भएको प्रत्यक्षदर्शीले जानकारी दिए । सञ्जु कुमारीको नाक, मुख, ओठ र टाउकोमा चोट लागेको छ । उनीसंगै अध्यक्ष रामायण र भन्टुको पोखरिया अस्पतालमा उपचार भइरहेको छ । बाटो निर्माणको विषयमा उपभोक्ता समिति र स्थानीय वासिन्दाबीच सामान्य झडप भएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र सिंहले जानकारी दिए । घटनामा संलग्...
ओली र प्रचण्डबीच आज पनि छलफल
राजनीति, समाचार

ओली र प्रचण्डबीच आज पनि छलफल

नेपाल अखबार, काठमाडाैं । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज (मंगलबार) पनि भेटवार्ता हुँदैछ। बिहान १० बजेपछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच बालुवाटारमा छलफल हुन लागेको हो। ‘उहाँहरु (अध्यक्षद्वय) बीच आज पनि छलफल हुँदैछ, तर समय निश्चित भएको छैन,’ प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा (जुगल) ले भने, ‘सम्भवतः बिहान १० बजेपछि छलफल सुरु हुन्छ होला।’ पार्टीमा बढेको गतिरोध अन्त्यका लागि सोमबार पनि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एक्लाएक्लै छलफल भएको थियो। आइतबार अन्य नेताहरुसहित वार्तामा बसेका उनीहरु सोमबार भने एक्लाएक्लै छलफलमा बसेका हुन्। नेकपा फुटको संघारमा पुगेपछि स्थायी समितिको बैठक २४ असारसम्मका लागि स्थगित गरेर नेताहरु छलफलमा जुटेका छन्। आज र भ...
करणी मुद्दा प्रभावित पार्न किर्ते गरेको अभियोगमा पक्राउ
प्रशासन, समाचार

करणी मुद्दा प्रभावित पार्न किर्ते गरेको अभियोगमा पक्राउ

नेपाल अखबार, लमही ।   किर्ते गरेको आरोपमा प्रहरीले घोराहीबाट वडा सचिव सहित तीन जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नं १ का सचिव धनबहादुर केसी र वडा नं १३ का खरिदार लीलाजित नेपाली तथा वडा नं १३ कै हेल्लो टावर नजीकै बस्ने ४९ वर्षीय हुकुमबहादुर जिसीलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्ष सुमित खड्काले जानकारी दिए । उनीहरुले जबर्जस्ती करणी मुद्दामा पीडित केटीका बाबुले छोरीलाई न्याय दिलाउन छोरीको उमेर घटाउने कार्यमा सघाएको देखिएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । ‘‘पक्राउ परेका दुई जना वडा सचिवहरुले २०५९ सालको जन्ममिति भएकी पीडित किशोरीलाई उमेर घटाएर २०६१ साल बनाउन सघाएको देखिएकाले पक्राउ गरेका हौंँ’’, प्रहरी प्रवक्ता खड्काले भने । अभियुक्त तीन जनालाई जिल्ला अदालतबाट दश दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ । जबर्जस्ती करणी मुद्दाका अभियुक्...
मन्त्रिपरिषद बैठक बस्दै, प्रहरी महानिरीक्षक नियुक्त गर्ने
राजनीति, समाचार

मन्त्रिपरिषद बैठक बस्दै, प्रहरी महानिरीक्षक नियुक्त गर्ने

नेपाल अखबार, काठमाडौं । मंगलबार अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बस्दैछ । बैठकले नेपाल प्रहरीका लागि नयाँ प्रमुख छनौट गर्ने छ । हालका प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारबाट अवकाश पाउँदैछन् । उनीसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक (डीआईजी) सूर्यप्रसाद उपाध्यायले पनि अवकाश पाउनेछन् । नयाँ महानिरीक्षक बन्ने दौडमा एआईजी शैलेश थापा क्षेत्री र हरिबहादुर पाल छन् । थापाको संगठनमा इमान्दार अधिकृतका रुपमा छवि छ भने पाल कमाण्ड कन्ट्रोलका कारण चिनिन्छन् । दुवै एआईजीले सरकारले जसलाई महानिरीक्षकमा बढुवा गरे पनि स्वीकार्ने बताएका छन् । त्यसैको छनक दिँदै थापा र पाल सार्वजनिक कार्यक्रममा पनि एकैसाथ जाने गरेका थिए । प्रहरी प्रधान कार्यालय, नक्सालले भने आईजीपी ज्ञवालीको बुधबार विदाइ कार्यक्रम राखेको छ । सँगै नयाँ...
भारतीयलाई नागरिकता दिलाउने प्रशासकीय अधिकृत कारागार चलान
समाचार

भारतीयलाई नागरिकता दिलाउने प्रशासकीय अधिकृत कारागार चलान

नेपाल अखबार, झापा । भारतीय नागरिकलाई झुटा विवरणको आधारमा नागरिकता प्रदान गरेको अभियोग लागेका झापाका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्य पुर्पक्षका लागि कारागार चलान भएका छन् । झापा जिल्ला अदालतले सोमबार आरोपित आचार्यलाई कारागार चलान गर्ने निर्णय गरेको हो । उनलाई झापा कारागारमा राखिएको छ । झापा जिल्ला प्रशासन कार्यालयमा प्रशासकीय अधिकृत पदमा रहँदा आचार्यले वि.सं. २०७२ मङ्सिर १० गते भारतीय नागरिक मुस्तफा आलमलाई झुटा विवरणको आधारमा ०४–०१–७२–०३९० नम्बरको नेपाली नागरिकता बनाइदिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले जानकारी दिए । झुटा विवरणमा नागरिकता बनाइदिएको खुलासा भएपछि फरार रहेका आचार्यलाई झापा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले यही असार २० गते काठमाडौँको गोठाटारमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी झापा ल्याएको थियो । नेपाली नागरिकता ऐन, २०६३ को दफा २१ क...
बहिनी बलात्कारको आरोपमा दाजु पक्राउ
समाचार

बहिनी बलात्कारको आरोपमा दाजु पक्राउ

नेपाल अखबार, ओखलढुंगा । बहिनी बलात्कार गरेको आरोपमा दाजु पक्राउ परेका छन् । चम्पादेवी गाउँपालिकामा आफ्नै बहिनीमाथि जबरजस्ती करणी गरेको आरोपमा १७ वर्षीय युवक पक्राउ परेका हुन् ।  नाताले बहिनी पर्ने (काकाकी छोरी) ११ वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा १७ वर्षीय दाजुलाई पक्राउ गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए । बालिकाको स्वास्थ्य परीक्षणलगायत अन्य अनुसन्धान भइरहेको उनको भनाइ छ । पीडित बालिकाले घटनाका विषय आफ्नी आमालाई बताएपछि यो घटना बाहिर आएको हो । पक्राउ परेका युवाको नाम प्रहरीले गोप्य राखेको छ । यही असार १५ गते घरमा कोही नभएको मौका छोपी ललाइफकाई बालिकामाथि जबरजस्ती करणी गरेको पीडित पक्षको उजुरीमा उल्लेख छ । बालिकाकी आमाले आइतबार उजुरी दिएपछि प्रहरीले युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ...
रसुवागढी नाकाबाट सामान आयात शुरू
समाचार

रसुवागढी नाकाबाट सामान आयात शुरू

नेपाल अखबार, काठमाडाैं। रसुवागढी नाकाबाट आजदेखि चिनियाँ सामग्री नेपाल भित्रिन थालेको छ । कोभिड –१९ जोखिमका कारण गत माघ १५ गतेदेखि आवतजावत समेत बन्द रहेको रसुवागढी नाकाबाट पाँच महिनापछि आज बिहान पहिलो पटक मालसामान आयात भएको सशस्त्र प्रहरी भन्सार सुरक्षा तथा राजश्व २१ नं गुल्म टिमुरेका प्रहरी नायब उपरीक्षक लक्ष्मण थापाले जानकारी दिए । कोरोना  भाइरस सङ्क्रमणलाई ध्यानमा राखी  चिनियाँ पक्षले रसुवागढीकोे मितेरी पुलसम्म सामग्री पु¥याई दिएको सीमाक्षेत्रका सरकारी अधिकारीले बताएका छन् । मध्याह्न १२ बजे अगावै दुई ट्रकमा जुुत्ता, चप्पल, कपडालगायत मालवस्तु भन्सार हातामा पुगिसकेको र आउने क्रम जारी रहेको प्रनाउ थापाले बताए । कोरोना भाइरस नियन्त्रण गर्ने उद्देश्यले  दुुई देशका सीमा अधिकारीबीच गत हप्ता भएको सहमतिअनुरूप रसुवागढीस्थित मितेरी पुलमा चिनियाँ व्यवसायीले सामग्री ल्याएको बताइएको छ ।रासस...
बहुविवाहका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ
समाचार

बहुविवाहका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

नेपाल अखबार, कास्की । प्रहरीले विभिन्न दुई मुद्दामा अदालतबाट दोषी ठहर भएका दुई जनालाई पक्राउ गरेको छ । बहुविवाह मुद्दाका दोषी पोखरा महानगरपालिका–२० विजयपुर बस्ने ४७ वर्षीय खड्कबहादुर गुरुङलाई प्रहरीले आइतबार पक्राउ परेका गरेको हो । गुरुङलाई कास्की जिल्ला अदालतबाट २०६० चैत १९ मा बहुविवाह मुद्दामा एक वर्ष ११ महिना २१ दिन कैद र रु १० हजार जरिवानाको सजाय सुनाएको थियो । जिल्लाबाट खटिएको प्रहरी टोलीले गुरुङलाई पोखरा–१३ कमलपोखरीबाट पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । त्यसैगरी पक्राउ परेका अर्का फरार प्रतिवादी पोखरा–१० अमरसिंहका ४४ वर्षीय ओमबहादुर सिग्देल रहेका छन् । सिग्देलविरुद्ध २०७२ पुस ५ मा कास्की जिल्ला अदालतले वन पैदावार मुद्दामा रु तीन हजार ११६ जरिवाना फैसला गरेको थियो । वडा प्रहरी रामबजारको टोलीले सिग्देललाई पक्राउ गरेको हो । पक्राउ परेका दुवैलाई अ...