Sunday, June 14

समाचार

नयाँ सवारीचालक अनुमतिपत्र पूर्ण सुरक्षित, व्यावहारिक र गुणस्तरीय : सञ्चार मन्त्रालय
प्रशासन, समाचार

नयाँ सवारीचालक अनुमतिपत्र पूर्ण सुरक्षित, व्यावहारिक र गुणस्तरीय : सञ्चार मन्त्रालय

नेपालअखबार,काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को छपाइ, प्रविधि र सुरक्षा सुदृढीकरणसम्बन्धी पछिल्लो प्रगति सार्वजनिक गर्दै हाल लागू गरिएको प्रणाली अन्तरराष्ट्रिय मापदण्डअनुरूप, बढी सुरक्षित र व्यावहारिक रहेको जनाएको छ । मन्त्रालयले साेमबार प्रेस विज्ञप्ति जारी गर्दै सुरक्षण मुद्रण केन्द्रमार्फत छापिँदै आएको नयाँ स्मार्ट लाइसेन्सको प्राविधिक संरचना, सुरक्षा तह र दीर्घकालीन रणनीतिबारे विस्तृत जानकारी दिइएको हो । मन्त्रालयका अनुसार नयाँ स्मार्ट लाइसेन्स पूर्णरूपमा अन्तरराष्ट्रियस्तरको ‘आईएसओ ७८१० आइडी–१’ मापदण्डअनुसार तयार गरिएको छ । जसको आकार विश्वभर प्रयोग हुने क्रेडिट कार्डको जस्तो छ । विकसित देशहरूले दशकौँदेखि प्रयोग गर्दै आएको यस्तै प्रविधिमा आधारित यो कार्डलाई नेपालले पनि अवलम्बन गरेको मन्त्रालयले जनाएको छ । विगतमा प्रयोगमा रहे...
संसदीय समितिले गृहमन्त्रीलाई छलफलका लागि बोलाउने
राजनीति, समाचार

संसदीय समितिले गृहमन्त्रीलाई छलफलका लागि बोलाउने

नेपालअखबार, काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकले महत्त्वपूर्ण समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको समितिको यो बैठकले विशेषगरी मनसुनजन्य विपद्को पूर्वतयारी र समाजमा बढ्दै गएको किशोरीमाथिको साइबर बुलिङलाई मुख्य एजेन्डा बनाएको हो। समितिले आगामी वैशाख १० गते गृहमन्त्री सुधन गुरुङलाई बोलाएर विपद् व्यवस्थापन र साइबर सुरक्षाका विषयमा विस्तृत छलफल गर्ने तय गरेको छ। बर्खायाम नजिकिँदै गर्दा हुनसक्ने जनधनको क्षति न्यूनीकरणका लागि सरकारले कस्तो प्रतिकार्य योजना बनाएको छ भन्नेबारे समितिले जवाफ माग्ने भएको छ। साथै पछिल्लो समय प्रविधिको दुरुपयोग गरी किशोरीहरूलाई मानसिक तनाव दिने र सामाजिक रूपमा अपमानित गर्ने साइबर बुलिङका घटना बढेकाले यसको कानुनी उपचार र नियन्त्रणका उपायबारे पनि गृहमन्त्रीसँग विमर्...
प्रधानमन्त्री बालेनले विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरुसँग छलफल गर्दै
राजनीति, समाचार

प्रधानमन्त्री बालेनले विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरुसँग छलफल गर्दै

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज विश्वविद्यालय र  प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दै छन् । यो छलफल दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छ । प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात वटा प्रतिष्ठानका उपकुलपतिहरूलाई छलफलमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा विशेषगरी विश्वविद्यालय र प्रतिष्ठानहरुका समसामयिक समस्या र समाधानका उपायहरूबारे विमर्श हुने बताइएको छ । साथै कतिपय तत्कालै समाधान गर्न सकिने समस्याबारे पनि छलफल हुनेछ । बैठकमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपतिहरु पनि उपस्थित हुनेछन् । कृषि तथा वनविज्ञान विश्वव...
डुंगा पल्टिँदा कर्णालीमा बेपत्ता बाबु–छोराको शव फेला
समाचार, समाज

डुंगा पल्टिँदा कर्णालीमा बेपत्ता बाबु–छोराको शव फेला

नेपालअखबार,काठमाडौँ । डुंगा पल्टिदा कर्णाली नदीमा बेपत्ता बाबु छोराको शव फेला परेको छ। अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानमा डुंगा पल्टिदा तुर्माखाँद –३ बल्देका ३५ वर्षीय पहलसिंह बुढा र उनका १३ वर्षीय छोरा नरि बुढा बिहीबार बेलुकादेखि बेपत्ता थिए। खोजीका क्रममा  छोराको शब शनिबार र बुवाको शब आइतबार फेला  परेको हो। अछामका प्रहरी प्रमुख  डिएसपी  ओमप्रकाश खनालले छोराको शब घटनास्थलदेखि एक किलोमिटर दक्षिणमा र बाबुको शव पाँच सय मिटर दक्षिण बाट गोताखोरको टोलीले निकालेको थिए। डिएसपी खनालका अनुसार सानो र जीर्ण डुंगामा  ओभर लोडका कारण सन्तुलन खलबलिन गइ पल्टिन पुगेको थियो। डुंगामा तीन बाबु छोरा र घाँसको भारी राखिएको थियो। डुंगा पल्टिँदा दुई बाबु छोराको मृत्यु भएको हो। पहलसिंहका ९ वर्षीय छोरा भने भने पौडी खेलेर ज्यान जोगाउन सफल भएका थिए। तीन बाबु छोरा कर्णालीपारी सुर्खेत जिल्लाको पञ्...
अमेरिकाको लुजियानामा आफ्नै सन्तानसहित ८ बालबालिकाको गोली हानेर हत्या
अपराध, विदेश, समाचार

अमेरिकाको लुजियानामा आफ्नै सन्तानसहित ८ बालबालिकाको गोली हानेर हत्या

नेपालअखबार,काठमाडौँ ।  अमेरिकाको लुजियानाका एक व्यक्तिले आइतबार बिहान आफ्ना ७ छोराछोरी सहित आठ बालबालिकाको गोली हानी हत्या गरेका छन्। ३१ वर्षीय शमार एल्किन्सले श्रीभपोर्टमा एउटै घरमा तीन बालक र पाँच बालिक सहित आठजनाको हत्या गरेको स्थानीय अधिकारीहरूको हवाला दिंदै द एसोसिएटेड प्रेसले लेखेको छ। मृतकहरू सबैको उमेर ३ देखि ११ वर्षको बीचमा थियो। घटनामा एल्किन्सले दुई महिला माथि पनि गोली प्रहार गरेका थिए। बन्दुकधारी एल्किन्सको घटना पछि प्रहरीसँगको मुठभेडपछि मृत्यु भएको छ। स्थानीय प्रहरीका अनुसार एल्किन्स सन् २०१९ मा हातहतियार सम्बन्धी एक मुद्दामा पक्राउ परेका थिए। उनले किन हत्या गरे भनेर प्रशासनले खुलाएको छैन। तर आफुलाई एल्किन्सकी श्रीमतीको नातेदार बताउने क्रिस्टल ब्राउनका अनुसार एल्किन्स र श्रीमतीको सम्बन्ध विच्छेद हुँदै थियो। उनीहरू सोमबार अदालतमा उपस्थित हुनुपर्ने थियो। गोली च...
अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौं आइपुगे
राजनीति, समाचार

अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौं आइपुगे

नेपालअखबार, काठमाडौं । अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौं आइपुगेका छन् । उनी आज बिहान सवा ६ बजेतिर  त्रिभुवन विमानस्थलमा अवतरण भएको स्रोतको भनाइ छ । भारतीय मूलका कपुर बालेन शाह नेतृत्वको नयाँ सरकारसँग सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित काठमाडौं आइपुगेका हुन् । काठमाडौं बसाइको क्रममा कपुरले उच्चस्तरीय भेटघाट गर्ने र सरकारका केही मन्त्रीहरुलाई पनि भेट्ने तयारी छ । गत वर्ष अक्टोबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण एशियाली सुरक्षाका विज्ञ कपुरलाई दक्षिण एशिया मामिला हेर्ने सहायक विदेशमन्त्रीमा नियुक्त गरेका थिए । त्यसअघि डोनाल्ड लुले दक्षिण एशिया मामिला हेर्दथे ।कपुरको काठमाडौं भ्रमण तीन दिनको हुने बताइएको छ । उनी बुधबार फर्किनेछन् । नेपाल आएका कपुर बालेन नेतृत्वको सरकार बनेपछि काठमाडौं आउने सबैभन्दा वरिष्ठ...
सबै कुरा प्रधानमन्त्रीलाई सोध्नुपर्छ भन्ने स्थिति नहोस् : हर्क साम्पाङ
राजनीति, समाचार

सबै कुरा प्रधानमन्त्रीलाई सोध्नुपर्छ भन्ने स्थिति नहोस् : हर्क साम्पाङ

नेपालअखबार,काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले संघीयतासम्बन्धी सबै विषय प्रधानमन्त्रीलाई सोध्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् । आइतबार पार्टीद्वारा ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संघीयताको मर्मअनुसार काम नभएको भन्दै त्यस्तो स्थितिको अन्त्य हुनुपर्ने बताएका हुन् । मुलुकमा विकास, निर्माणको काम गर्नका लागि कानुनमा तत्काल ठूलो परिवर्तन ल्याउन पनि सरकारलाई उनले आग्रह गरे । ‘कानुनमा ठूलो फेरबदल हामीले ल्याउनुपर्छ । कस्तो खालको कानुन छ भन्दाखेरी मैले हिजो कानुनमन्त्रीजीलाई पनि भेटेँ । टिप्पणी उठाउनुपर्छ भन्दै हुनुहुन्थ्यो । हामीले के बुझ्न जरुरी छ भने कानुनमा हामीले परिवर्तन ल्याउन सकेनौं भने काम गर्न सकिँदैन,’ उनले भने, ‘जस्तै एउटा उदाहरण दिन्छु, बाटो बनाउने मन्त्रालयले बाटो बनाउन खोज्छ, वन मन्त्रालयले रोक्छ । पानी खुवाउने मन्त्रालयले ट्यांकी बनाउन ...
इरानसँगको वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाने
राजनीति, विश्व, समाचार

इरानसँगको वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाने

नेपालअखबार,काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्नेछन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल एक्समा गरेको पोष्टमा अमेरिकाले इरानलाई ‘उचित सम्झौता’ प्रस्ताव गरिरहेको र यदि तेहरानले प्रस्तावलाई हल्का लिएमा उसले इरानका सबै पावर प्लान्ट र पुलहरूमा आक्रमण गर्ने बताएका छन्। आइतबार सामाजिक सञ्जालमा पोष्ट गर्दै ट्रम्पले इरानले दुई हप्तादेखि जारी युद्धविराम सहमतिका बुँदाहरूको उल्लङ्घन गरेको आरोप लगाएका छन् भने मध्यस्थकर्ताको अनुरोधमा आफ्नो वार्ता टोली पुनः एक पटक पाकिस्तान जाने बताएका हुन्। सामाजिक सञ्जाल ट्रुथ सोसल प्लेटफर्ममा गरिएको आफ्नो ताजा चेतावनीमा राष्ट्रपति ट्रम्पले अगाडि भने, “यदि उनीहरू सम्झौताका लागि सहमत भएनन् भने इरानका लागि जे गरिनुपर्ने थियो र अमेरिकाका राष्ट्रपतिहरूले वि...
कांग्रेसले भन्याे– १०० रुपैयाँमा भन्सार नियम जनविरोधी र जनताको ढाड सेक्ने अर्को बोझ
राजनीति, समाचार

कांग्रेसले भन्याे– १०० रुपैयाँमा भन्सार नियम जनविरोधी र जनताको ढाड सेक्ने अर्को बोझ

नेपालअखबार,काठमाडौँ । नेपालको सीमावर्ती क्षेत्रहरूमा हालै १०० रुपैयाँभन्दा बढी मूल्यका घरायसी तथा व्यक्तिगत प्रयोगका वस्तुमा अनिवार्य भन्सार शुल्क लिइरहेको घटनाप्रति नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आइतबार प्रवक्ता देवराज चालिसेले प्रेस विज्ञप्ति जारी गर्दै यस्ता घटना वा सरकारी व्यवहारहरू जनविरोधी, अव्यवहारिक र असंवेदनशील मात्र नभई वर्तमान आर्थिक संकटकाबिच जनताको ढाड सेक्ने अर्को बोझ भएको बताए । विज्ञप्तिमा लेखिएको छ,‘खुला सीमाको अवस्थाका कारण सीमावर्ती क्षेत्रका नागरिकहरूले दैनिक उपभोग्य वस्तुहरू भारतबाट सस्तो मूल्यमा ल्याएर जीवन निर्वाह गर्दै आएका छन्। विशेषगरी मधेश प्रदेशका लाखौं सर्वसाधारण, ज्यालादारी मजदुर, साना किसान तथा निम्न आय भएका परिवार यस निर्णयबाट प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।’ यता डिजेलको मूल्य २३७ रुपैयाँ प्रतिलिटरजस्तो उच्च स्तरमा पुगेको अवस...
सडक विस्तारले वीरगञ्जको विद्युत् अवरुद्ध
समाचार, समाज

सडक विस्तारले वीरगञ्जको विद्युत् अवरुद्ध

नेपालअखबार, वीरगञ्ज । औद्योगिक तथा व्यापारिक नगरी वीरगञ्जको मुख्य बजार क्षेत्रमा सडक विस्तार गर्दा यहाँको विद्युत् तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ । सडक डिभिजन हेटौँडाले आज बिहानदेखि वीरगञ्जको मुख्य सडक अतिक्रमण गरेर निर्माण गरिएका घरटहरा डोजर र एक्साभेटर लगाएर भत्काउन थालेपछि यहाँको विद्युत् र इन्टरनेट सेवा प्रभावित भएको हो । विद्युत् र इन्टरनेट सेवा अवरुद्ध भएपछि दैनिक काममा समस्या हुनुका साथै जनजीवन प्रभावित भएको छ । वीरगञ्जको गण्डकचोकबाट मितेरीपुलसम्मको क्षेत्रमा बिहान ५ः०० देखि दिउँसो ४ः३० बजेसम्म विद्युत् र इन्टरनेट सेवा प्रभावित भएको छ । विद्युत् र इन्टरनेट सेवा कति बेला आउने अनिश्चितता कायमै रहेको स्थानीय बताउँछन् । वीरगञ्ज महानगर-६ का स्थानीय व्यापारी परशुराम कलवारले सडक विस्तारका क्रममा विद्युत् र इन्टरनेट सेवा प्रभावित भएको बताए। ‘आज बिहानैदेखि विद्युत् र इन्टरनेट स...