गोरखामा चार करोड बढी खर्चेर बनाइएको ज्येष्ठ नागरिक भवन सञ्चालनमै अन्योल
नेपालअखबार,गोरखा । गोरखा नगरपालिका–१० छेपेटारमा चार करोड बढी रकम खर्च गरेर बनाइएको सुविधासम्पन्न ज्येष्ठ नागरिक आवास भवन सञ्चालनमा अन्यौलता देखिएको छ ।
वृद्धाश्रमको रुपमा प्रयोग गर्ने उद्देश्यसहित गण्डकी प्रदेश सरकारले उक्त भवन बनाएको हो । तर भवन स्थानीय सरकारलाई हस्तान्तरण गर्ने वा प्रदेश आफैंले सञ्चालन गर्ने भन्ने अन्योल छ । मोडालिटी नै टुंगो नलागेको र कार्यविधि समेत नबनेकाले भवन अझै सञ्चालनमा आउन सकेको छैन ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भवन सञ्चालनका लागि तीन वटा मोडालिटी सोचिएको बताए । ‘कुनै संस्थालाई चलाउन दिने वा स्थानीय तहसँग सम्झौता गरेर चलाउने वा प्रदेश आफैंले चलाउने भन्ने तीन वटा मोडालिटी हामीले सोचेका छौं,’ उनले भने, ‘आवश्यक छलफल गरेर यीमध्ये एउटा मोडालिटीमा सञ्चालन गर्छौं ।’
भवन सञ्चालनका लागि कार्यविधि समेत तयार गरिने उनले जानकारी दिए । पोखरामा म...










